PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • भित्र प्रदेश सरकारको भोज, बाहिर शहीद परिवारको आन्दोलन

    भित्र प्रदेश सरकारको भोज, बाहिर शहीद परिवारको आन्दोलन

    जनकपुरधाम : प्रदेश सरकारले आयोजना गरेको शुभकामना अदान प्रदान तथा चियापान समारोहमा जसपाका शिर्ष नेतादेखि प्रदेशका मन्त्रीहरु भोजभतेरमा व्यस्त रहेको समयमा मधेस आन्दोलनका शहीद परिवारहरु आन्दोलन उत्रेका छन्। नव वर्ष २०७८, पूर्व जुडशीतल तथा सिरुवा पर्वको अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान समारोहमा सहभागीहरु भोज खाइरहँदा शहीद परिवारहरुले आफूहरुलाई प्रदेश सरकारले झुक्याएको भन्दै विरोध तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा एमाले प्रवेश गरेका माओवादीका ४ प्रदेश सांसद पदमुक्त

    प्रदेश २ मा एमाले प्रवेश गरेका माओवादीका ४ प्रदेश सांसद पदमुक्त

    जनकपुरधाम : नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ। माओवादी केन्द्र छाडेर नेकपा एमालेतर्फ लागेको भन्दै पार्टीको केन्द्रीय समितिले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको हो। मण्डल धनुषा क्षेत्र नम्बर १को(ख) बाट निर्वाचित भएका हुन् भने कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को (ख) बाट, ज्वाला कुमारी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा नेपाल समूहले संसदीय दलको नेतामा शत्रुधन महतोलाई गर्‍यो चयन

    प्रदेश २ मा नेपाल समूहले संसदीय दलको नेतामा शत्रुधन महतोलाई गर्‍यो चयन

    जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेको माधव नेपाल समूहले छुट्टै संसदीय दलको नेता चयन गरेको छ। नेपाल पक्षको आइतवार बसेको बैठकले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको हो। आइतवार जनकपुरधामस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले महतोलाई दलको नेतामा चयन गरेका हुन्। सत्यनारायण मण्डल एमालेको केपी ओली पक्षधर हुन्।…

    विस्तृतमा पढ्नुस्

  • १८ घण्टापछि भारतमा भेटिएका सात किशोरी भन्छन् : गायिका बन्न भारत गएका हौं

    १८ घण्टापछि भारतमा भेटिएका सात किशोरी भन्छन् : गायिका बन्न भारत गएका हौं

    जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका ८ बाट बेपत्ता भएका सात जना बालिका/किशोरीहरु भारतको सीतामढीमा फेला परेका छन्।भारतीय रेलवेका सुरक्षाकर्मीको सहयोगमा उनीहरुलाई फेला पारेर नेपाल ल्याउने तयारी भइरहेको छ। मंगलवार दिउँसो २ बजेतिर घरबाट घाँस काट्न भनेर निस्किएका उनीहरु राति अबेरसम्म पनि घर नफर्किएपछि आफन्त र प्रहरीले उनीहरुको खोजी गरेको थियो। बेपत्ता भएको १८ घण्टापछि उनीहरु फेला परेका हुन्। उनीहरु आफैं भारत…

    विस्तृतमा पढ्नुस्

  • मालपोत कार्यालय लहानमा भएको बम विस्फोटका मुख्य योजनाकारसहित दुई जना पक्राउ

    मालपोत कार्यालय लहानमा भएको बम विस्फोटका मुख्य योजनाकारसहित दुई जना पक्राउ

    जनकपुरधाम : चैत १ गते सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विस्फोटका योजनाकार भनिएका सिरहाका सुखीपुर नगरपालिका-५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका-३ का २६ वर्षीय अभिमन्यु गिरी छन्। दुवैजनालाई प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले पक्राउ गरेको हो। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • यस वर्ष महजोडी बने ‘महामुर्ख’, मन्त्री सोनल ‘मुर्खशिरोमणि’

    यस वर्ष महजोडी बने ‘महामुर्ख’, मन्त्री सोनल ‘मुर्खशिरोमणि’

    जनकपुरधाम : जनकपुरधाममा होली पर्वको पूर्व सन्ध्यामा आयोजित ‘महामुर्ख सम्मेलन’मा आफूलाई ‘महामुर्ख’को उपाधि अथवा ‘मुर्ख’को उपाधि दिइयोस् भन्ने ईच्छाका साथ जनकपुरधामको जानकी मन्दिरमा कयौँ गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। सबै आ-आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित थिए। मिथिला नाट्य कला परिषद्को महामुर्ख सम्मेलनका लागि बनाइएको मञ्चमा नेपालका शिद्धस्थ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रदेश २ का मन्त्री जितेन्द्र सोनल, मैथिली…

    विस्तृतमा पढ्नुस्

  • होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतिस्पर्धा, वभनगामाको टोली प्रथम

    होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतिस्पर्धा, वभनगामाको टोली प्रथम

    जनकपुरधाम :  मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा तीन जिल्लाका १० वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा जमुनीवास, बसैहिया, गेरुवाही, वभनगामा युवा क्लव, खर्ताल युवा होली समूह, लादोबेला, विश्वम्भरपुर, मंगलपुर लगायतको होरैया टोलीको सहभागिता रहेको…

    विस्तृतमा पढ्नुस्

  • मधेश मुद्दालाई प्रधानमन्त्रीले गम्भिरतापूर्वक लिएका छन्, केही कामहरु अगाडि बढिसकेका छन्: महन्थ ठाकुर

    मधेश मुद्दालाई प्रधानमन्त्रीले गम्भिरतापूर्वक लिएका छन्, केही कामहरु अगाडि बढिसकेका छन्: महन्थ ठाकुर

    जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको बताएका छन्। उनले पछिल्ला समय भएको छलफलमा मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक कुरा भएको बताए। शुक्रवार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले…

    विस्तृतमा पढ्नुस्

  • एक महिनादेखि बेपत्ता रहेका झा दम्पतीको शव गाडिएको अवस्थामा पर्‍यो फेला

    एक महिनादेखि बेपत्ता रहेका झा दम्पतीको शव गाडिएको अवस्थामा पर्‍यो फेला

    जनकपुरधाम : महोत्तरीमा दुई शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ। पिपरा गाउँपिलिका वडा नम्बर २ अतरार जाने बाटोमा जमिनमा पुरिएको अवस्थामा दुई शव फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उनले एउटा शव महिला र अर्को पुरुषको रहेको बताए।  दुई शव एक महिना अघि बेपत्ता भएका झा दम्पतीको रहेको अनुमान गरिएको छ। गत फागुन १० गते राति घरमा सुतिरहेकै अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • खेतखेतमा पुगेर किसानलाई सम्मान गर्दै प्रदेश प्रमुख राजेश झा

    खेतखेतमा पुगेर किसानलाई सम्मान गर्दै प्रदेश प्रमुख राजेश झा

    जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा राजेश झा (अहिराज)ले खेतखेतमा पुगेर किसानलाई सम्मान गर्ने अभियान थालेका छन्। केही दिनअघि प्रदेश २ सरकारले पदक वितरण सम्बन्धी ऐनमा प्रदेश २ को मुख्य पेसा कृषि रहेको उल्लेख गरेतापनि किसानलाई सम्मान गर्ने कुरा समावेश नगरेको भन्दै प्रदेश प्रमुख झा किसानलाई पनि पदक दिने सूचिमा राख्न सुझाव दिएका थिए। सोही कारण प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • ओलीको विकल्पमा गठबन्धन तयार गर्न जसपाका राजेन्द्र महतो बाधक : मातृका यादव

    ओलीको विकल्पमा गठबन्धन तयार गर्न जसपाका राजेन्द्र महतो बाधक : मातृका यादव

    जनकपुरधाम : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले माओवादीले कुनै विकल्प तयार पारेर मात्र केपी शर्मा ओली सरकारको समर्थन फिर्ता लिने बताएका छन्। जनकपुरमा सोमवार नेकपा माओवादी केन्द्र धनुषाले आयोजना गरेको जनयुद्धका शहीद अजवलाल यादवको १९ औँ श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओलीको विकल्पमा गठबन्धन तयार हुने बताए। ‘सम्भावना छ, ओलीको विकल्पको…

    विस्तृतमा पढ्नुस्

  • झा दम्पती बेपत्ता प्रकरण : पक्राउ परेका चार जनाको के छ घटनासँग सम्बन्ध?

    झा दम्पती बेपत्ता प्रकरण : पक्राउ परेका चार जनाको के छ घटनासँग सम्बन्ध?

    जनकपुरधाम : महोत्तरीका झा दम्पती बेपत्ता प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले एकै परिवारका तीन जनासहित चार जनालाई आज सार्वजनिक गरेको छ। जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएको ४ सातापछि ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको हो। प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु…

    विस्तृतमा पढ्नुस्

  • झा दम्पती बेपत्ता प्रकरण : एकै परिवारका तीन सहित ४ अभियुक्त सार्वजनिक, दम्पतीको अवस्था अझै अज्ञात

    झा दम्पती बेपत्ता प्रकरण : एकै परिवारका तीन सहित ४ अभियुक्त सार्वजनिक, दम्पतीको अवस्था अझै अज्ञात

    जनकपुरधाम : महोत्तरीका झा दम्पती बेपत्ता प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले एकै परिवारका तीन जनासहित चार जनालाई सार्वजनिक गरेको छ। जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएको ४ सातापछि ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको हो। प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव,…

    विस्तृतमा पढ्नुस्

  • वडाले म्याद गुज्रेको लामखुट्टेको औषधि छर्किएपछि सिंगो गाउँमै देखियो स्वास्थ्य समस्या

    वडाले म्याद गुज्रेको लामखुट्टेको औषधि छर्किएपछि सिंगो गाउँमै देखियो स्वास्थ्य समस्या

    जनकपुरधाम : मौसम परिवर्तन भएपछि गर्मीको आगमनसँगै तराई मधेसका जिल्लाहरुमा लामखुट्टेको आतंक शुरु भएको छ। लामखुट्टे आतंकबाट बच्नका लागि प्रत्येक वर्ष यहाँका स्थानीय पालिकाहरुले लामखुट्टेको औषधि छर्किने गर्छन्। तर महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ मा म्याद गुज्रिएको लामखुट्टेको औषधि छर्किएपछि सिंगो गाउँकै मानिसमा स्वास्थ्य समस्या देखिएको छ। जलेश्वर नगरपालिका वडा नम्बर ५ स्थित पर्सा, पतैली, चौरिया र बिसनपुर गाउँमा…

    विस्तृतमा पढ्नुस्

  • भगवान सीता-रामले होली खेलेको थलो कञ्चनबनको परिक्रममा सहभागिहरूले खेले होली

    भगवान सीता-रामले होली खेलेको थलो कञ्चनबनको परिक्रममा सहभागिहरूले खेले होली

    महोत्तरी : भगवान राम र माता सीताले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन्। परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनबन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग अबिर दलेर होली पर्व मनाएका छन्। कञ्चनबनमा परिक्रमामा सहभागीहरुले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ। कञ्चनबनमा महिलादेखि पुरुष सबै होलीमा रमेका थिए। परिक्रमा डोला…

    विस्तृतमा पढ्नुस्

  • गोइत समूहका 'सेकेन्ड म्यान' यादवको आत्मसमर्पण लगत्तै विस्फोट, घटनास्थलमा गोइत समूहको पर्चा

    गोइत समूहका 'सेकेन्ड म्यान' यादवको आत्मसमर्पण लगत्तै विस्फोट, घटनास्थलमा गोइत समूहको पर्चा

    जनकपुरधाम : सिरहास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ। विस्फोटमा परि मालपोत कार्यालयका कर्मचारीदेखि सेवाग्राहीसम्म घाइते भएका छन्। आइतवार दिउँसो करिब १२ बजेर ४० मिनेटको बम विस्फोट भएको हो। प्रहरीले विस्फोट नजिकैबाट जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चासमेत फेला पारेको छ। पर्चा भेटिएसँगै प्रहरीको अनुसन्धान गोइत समूहतिर केन्द्रित भएको छ। भूमिगत समूह गोहितले किन आक्रमण गर्‍यो भन्ने खुलेको छैन। आज बिहानमात्र…

    विस्तृतमा पढ्नुस्

  • सिरहाको लहान स्थित मालपोत कार्यालयमा बम विस्फोट, ६ जना घाइते 

    सिरहाको लहान स्थित मालपोत कार्यालयमा बम विस्फोट, ६ जना घाइते 

    जनकपुरधाम : सिरहास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ। जिल्लाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतवार दिउँसो करिब १ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए। बम विस्फोटमा परि ६ जना घाइते भएको प्रहरी उपरीक्षक राजभण्डारीले बताए। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने एकजनाको चोट गहिरो छ। त्यस्तै, चारजना सामान्य घाइते भएको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकै लामो धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमा : जहाँ यात्राले संस्कार सिकाउँछ

    विश्वकै लामो धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमा : जहाँ यात्राले संस्कार सिकाउँछ

    जनकपुरधाम : मिथिलाञ्चलको धार्मिक एवं ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजबाट सुरु भएको छ। परिक्रमामा अन्य वर्षहरु झैँ यस वर्षपनि श्रद्धालुहरुको भीड देखिएको छ। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोला संगै १५ दिनसम्म भारत देखि नेपाल हुँदै विभिन्न धार्मिक स्थलहरुको पैदल यात्रा गरेर परिक्रमा गरिने गरिन्छ।  मिथिला महात्मका अनुसार मिथिलामा बृहत,…

    विस्तृतमा पढ्नुस्

  • बेसहारा बृद्ध आमालाई आश्रय दिने बृद्धाश्रम आफैँ बन्यो सहाराविहीन, उधारोमा चल्दैछ गुजारा

    बेसहारा बृद्ध आमालाई आश्रय दिने बृद्धाश्रम आफैँ बन्यो सहाराविहीन, उधारोमा चल्दैछ गुजारा

    जनकपुरधाम : बुढेसकालमा सन्तान आमाबुबाका लागि सहारा हुन्छन्। तर, बुढेसकालको सहाराको रुपमा रहेको सन्तानबाटै जब बृद्ध आमाबुवा अपहेलित हुन्छन्, त्यसपछि बाध्य भएर घर बाहिरै आफ्नो नयाँ संसार बनाउने सोचका साथ बृद्धाश्रम पुग्छन्। र, त्यहीँ आफ्नो आश्रय स्थल बनाउँछन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित जानकी आँखा अस्पतालको छेउमै जानकी बृद्धाश्रम छ। त्यो वृद्धाश्रमको स्थापना २०५३ मंसिर २० गते भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा ५ महिनादेखि बस्न सकेन प्रदेशसभा बैठक, अघि बढ्न सकेनन् दर्जनौँ विधेयक

    प्रदेश २ मा ५ महिनादेखि बस्न सकेन प्रदेशसभा बैठक, अघि बढ्न सकेनन् दर्जनौँ विधेयक

    जनकपुरधाम : पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्‍न सकेको छैन। दलगत स्वार्थका लागि प्रदेश सरकारका मन्त्रीहरुले प्रदेश सभालाई बन्धक बनाई बैठक बसाउन नसकेको सत्तारुढ दलकै सांसदहरुले आरोप लगाएका छन्। ‘पार्टी एकीकरण भएपछि महिनौँदेखि संघीय समाजवादी पार्टी र राजपाबाट संसदीय दलको नेता र प्रमुख सचेतकको छुट्टाछुट्टै सुविधा पाइरहेका छन्,’ सत्तारुढ दल तत्कालिन राजपाका एक सांसदले भने। प्रदेश सभाको पछिल्लो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell