PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • बजेट अधिवेशन अघि नै प्रदेश २ मा सरकार परिवर्तन गर्न ध्रुवीकरण तीव्र, जसपा र कांग्रेसको मुख्यमन्त्रीमा दाबी

    बजेट अधिवेशन अघि नै प्रदेश २ मा सरकार परिवर्तन गर्न ध्रुवीकरण तीव्र, जसपा र कांग्रेसको मुख्यमन्त्रीमा दाबी

    जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) राजनीतिक रुपमा विभाजित भइसकेको छ। महन्थ ठाकुर - राजेन्द्र महतोको समूह र उपेन्द्र यादव- बाबुराम भट्टराईबिच विवाद बढ्दै जाँदा औपचारिक रुपमा मात्रै पार्टी फुटको घोषणा हुन बाँकी छ। केन्द्रमा देखिएको मतभेदले प्रदेशको समीकरणसमेत प्रभावित बनेको छ। महन्थ समूहका नेताहरु एकातिर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभागी हुने तयारीमा छन् भने अर्कातिर प्रदेश २ सरकार परिवर्तन…

    विस्तृतमा पढ्नुस्

  • बजेट अधिवेशनको तयारीमा प्रदेश २ सरकार, जसपाको किचलोले चालु अधिवेशन प्रभावित : छलफल नगरिएकोमा सांसदहरु रुष्ट

    बजेट अधिवेशनको तयारीमा प्रदेश २ सरकार, जसपाको किचलोले चालु अधिवेशन प्रभावित : छलफल नगरिएकोमा सांसदहरु रुष्ट

    जनकपुरधाम : संघ सरकारले शनिवार आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएसंगै प्रदेश सरकारहरु समेत बजेट ल्याउने तयारी थालिसकेको छ। प्रदेश २ सरकारसमेत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा लागि परेको छ। यद्यपि अहिलेसम्म प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सकेको छैन। हुन त प्रदेश सरकारले असार १५ गतेभित्र प्रदेशको बजेट ल्याउने संवैधानिक व्यवस्था रहेकाले पर्याप्त…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का बासिन्दा कोरोना महामारीबाट पिल्सिँदै, प्रदेश सरकारलाई भने निजी पोखरीमा लगानी गरेरै बजेट सकाउने चटारो

    प्रदेश २ का बासिन्दा कोरोना महामारीबाट पिल्सिँदै, प्रदेश सरकारलाई भने निजी पोखरीमा लगानी गरेरै बजेट सकाउने चटारो

    जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमणको महामारी यथावत नै छ। स्रोत साधन र दक्ष जनशक्तिको अभावमा संक्रमितहरु उपचार पाउन सकिरहेका छैनन्। अक्सिजन र भेन्टिलेटरसहितको शय्या अभावका कारण दिनहुँ कैयौँ संक्रमितको ज्यान गइरहेको छ। यता, प्रदेश सरकार भने बजेट सक्ने चटारोमा छ। सरकारको ध्यान बजेट सकाउनमा केन्द्रित छ भने मन्त्रीहरु योजना शिलान्यास तथा मन्दिर निरीक्षण गर्नमै व्यस्त देखिन्छन्। प्रदेशमा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • शव व्यवस्थापनमा खट्ने युवाको अनुभव : कोही परपर भाग्छन्, कोही गर्छन् साहसको प्रशंसा

    शव व्यवस्थापनमा खट्ने युवाको अनुभव : कोही परपर भाग्छन्, कोही गर्छन् साहसको प्रशंसा

    जनकपुरधाम : पछिल्लो केही दिन यता प्रदेश २ मा कोरोना संक्रमण दर घट्दै गइरहेको छ। यद्यपि कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या भने उच्च नै रहेको छ। कोरोना संक्रमण दर घट्नु सुखद संकेत रहे पनि मृत्युदर बढ्दै जानु चिन्ताको विषय रहेको छ। त्यसमाथि समयमै शव व्यवस्थापन नहुनु ठूलो समस्याको रुपमा अहिले रहेको छ। जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा दिनहुँ कोरोना संक्रमणबाट बिरामीको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • संदिग्ध संक्रमितको शव व्यवस्थापनमा सकस : मलामी नहुँदा सरकार पन्छियो, जुटे युवा

    संदिग्ध संक्रमितको शव व्यवस्थापनमा सकस : मलामी नहुँदा सरकार पन्छियो, जुटे युवा

    प्रादेशिक अस्पतालको कोभिड वार्डमा धनुषाको लक्षमिनिया गाउँपालिका वार्ड नं.४ सपहि बस्ने ६० वर्षीय रामप्रसाद ठाकुरको शनिबार मृत्यु भयो। पुष्टि नभएपनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाले उनको शव व्यवस्थापनमा समस्या भयो। कतैबाट साथ नपाएपछि ठाकुरका छोरा सरोज ठाकुर (शर्मा) शव व्यववस्थापनका निम्ति जिल्ला प्रशासनदेखि विभिन्न ठाउँ धाए। तर सरकारबाट सहयोग पाएनन्। --- केही दिनअघि जनकपुरधाम महानगरपालिका–११ का ३८ वर्षीय अमोद कर्णलाई रुघाखोकी…

    विस्तृतमा पढ्नुस्

  • बिरामीको निःशुल्क उपचारको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि नेविसंघ र तरुण दलको प्रदर्शन

    बिरामीको निःशुल्क उपचारको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि नेविसंघ र तरुण दलको प्रदर्शन

    जनकपुरधाम : प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि कुनै पहल नगरेको भन्दै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका युवाहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। पछिल्लो समय उपचार अभावका कारण कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको र संक्रमितहरुले उपचारका लागि अक्सिजनको उपलब्धताबाट बञ्चित रहे पनि प्रदेश सरकारले यसतर्फ कुनै व्यवस्थापन नगरेको भन्दै नेविसंघ र तरुण…

    विस्तृतमा पढ्नुस्

  • औषधीको कृत्रिम अभाव ! मेडिकल संचालक समस्यामा

    औषधीको कृत्रिम अभाव ! मेडिकल संचालक समस्यामा

    जनकपुरधाम : कोरोना संक्रमण तीव्र गतिले बढ्दै गइरहेको अवस्थामा जनकपुर बजारमा औषधीको अभाव सुरु भएको छ। औषधी अभाव हुँदा संक्रमितको उपचार समेत प्रभावित भएको छ। यहाँका थोक बिक्रेताले बजारमा औषधीको कृत्रिम अभाव सिर्जना गरेको औषधी पसल सञ्चालकहरुले आरोप लगाएका छन्।  कोरानाको उपचारका लागि पहिलो चरणमा आवश्यक पर्ने औषधीको अभाव भइरहेको हो।  जनकपुरधामको अस्पताल रोडस्थित जालान मेडिकल हलका सञ्चालक सुमित जालानले स्टकिस्टहरुले आवश्यक औषधि उपलब्ध नगराएपछि अबको…

    विस्तृतमा पढ्नुस्

  • तिरहुतिया गाछीको जग्गामा भइरहेको घर निर्माण कार्यमा धनुषा प्रहरी र नगर प्रहरीले लगायो रोक

    तिरहुतिया गाछीको जग्गामा भइरहेको घर निर्माण कार्यमा धनुषा प्रहरी र नगर प्रहरीले लगायो रोक

    जनकपुरधाम : कोरोना महामारीको नियन्त्रणको लागि लगाइएको निषेधाज्ञाको फाइदा उठाउँदै प्रदेश नम्बर २ का सत्तारुढ दल जनता समाजवादी पार्टीका केहि नेता गुठीको जग्गा कब्जा गरी अवैधानिक भवन निर्माणमा लागि परेका छन्। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको एतिहासिक तथा धार्मिक धरोहर तिरहुतिया गाछीको जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा राजनीतिक शक्तिको आडमा धमाधम भइरहेको दुई कोठे पक्की घर निर्माण कार्यमा…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको मृत्युदेखि अस्पताल तोडफोडसम्म : प्रदेश २ जहाँ, कतै बेड छैन त कतै चलाउन नजान्दा 'भेन्टिलेटर युजलेस'

    संक्रमितको मृत्युदेखि अस्पताल तोडफोडसम्म : प्रदेश २ जहाँ, कतै बेड छैन त कतै चलाउन नजान्दा 'भेन्टिलेटर युजलेस'

    जनकपुरधाम : मंगलवार नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय २५ थपियो। सरकारले पछिल्लो समय कोभिड-१९ संक्रमितको मृत्युलाई अस्पतालमा सीमित गर्ने र अस्पताल बाहिरको मृत्यु रोक्ने दाबी गरेको छ। तर, ९३ हजार १४१ सक्रिय संक्रमित मध्ये करिव ९० हजार अस्पताल वा संस्थागत आइसोलेसन बाहिर छन्। अस्पताल पुगेकालाई पनि सहज छैन। कोही अक्सिजन अभावका कारण छट्पटाइरहेका छन्। जनप्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • अक्सिजनको जोहो गर्नुपर्ने बेला प्रदेश २ सरकारको ध्यान साइकल बाँड्न र शिलान्यासमा केन्द्रित

    अक्सिजनको जोहो गर्नुपर्ने बेला प्रदेश २ सरकारको ध्यान साइकल बाँड्न र शिलान्यासमा केन्द्रित

    जनकपुरधाम : नेपालमा काठमाडौं उपत्यकापछि प्रदेश २ मा कोरोना संक्रमणको दर सबैभन्दा बढी रहेको छ। प्रदेश २ मा संक्रमित बिरामीहरुले अक्सिजन र भेन्टिलेटरसहितको शय्या अभावका कारण दिनहुँ ज्यान गुमाउँदै आइरहेका छन्। यस्तो अवस्थामा प्रदेश सरकार आफ्ना नागरिकको ज्यानको रक्षामा केन्द्रित हुनुपर्नेमा साइकल बनाउन र निर्मित मन्दिरको निरक्षणका साथै शिलान्यासमै व्यस्त देखिन्छ। अहिले प्रदेश २ को अधिकांश अस्पतालमा अक्सिजन र भेन्टिलेटरको…

    विस्तृतमा पढ्नुस्

  • किन गरियो प्रादेशिक अस्पताल जनकपुरको कोभिड कक्षमा तोडफोड?

    किन गरियो प्रादेशिक अस्पताल जनकपुरको कोभिड कक्षमा तोडफोड?

    जनकपुरधाम : मंगलवार महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ सुगा बस्ने एक जना बिरामी परेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे। उनी कोरोना संक्रमित थिए। उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो। तर, प्रादेशिक अस्पताल आएको केहि बेर नबित्दै उनको मृत्यु भयो। उनको मृत्युपछि आक्रोसित परिवारजन र त्यहाँ उपस्थितहरूले अस्पतालमा तोडफोड गरे। अस्पतालको हेलचक्र्याईँका कारण उनको मृत्यु भएको उनका माईला…

    विस्तृतमा पढ्नुस्

  • प्रादेशिक अस्पताल जनकपुरको भेन्टिलेटर बिग्रिएपछि कोरोनाका बिरामीको अवस्था गम्भीर बन्दै

    प्रादेशिक अस्पताल जनकपुरको भेन्टिलेटर बिग्रिएपछि कोरोनाका बिरामीको अवस्था गम्भीर बन्दै

    जनकपुरधाम : महोत्तरी मटिहानीकी एक महिलालाई कोरोना संक्रमण भएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड-१९ अस्पतालमा भर्ना गरियो। बुधवार दिउँसो भर्ना भएकी ती महिलाको स्वास्थ्य अवस्था नाजुक हुँदै जान थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। तर, महिलालाई भेन्टिलेटरमा राखिएको केही घण्टा नबित्दै भेन्टिलेटर बिग्रिएको छ। भेन्टिलेटर नै काम गर्न छोडेपछि उनको स्वास्थ्य बिग्रिदै गइरहेको उनका छोरोले बताए। उनले भेन्टिलेटरका लागि चिकित्सकहरु समक्ष हारगुहार…

    विस्तृतमा पढ्नुस्

  • उपचार अभावमा ज्यान गुमाउनु नपर्ने प्रम ओलीको दाबी : तर २४ घण्टा नबित्दै उपचार नपाएरै गयो लोकबहादुरको ज्यान

    उपचार अभावमा ज्यान गुमाउनु नपर्ने प्रम ओलीको दाबी : तर २४ घण्टा नबित्दै उपचार नपाएरै गयो लोकबहादुरको ज्यान

    जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा कुनै पनि बिरामीले मर्नु नपर्ने दावी गरेको २४ घण्टा नबित्दै धनुषामा एक ४० वर्षिय पुरुषले उपचार अभावमा ज्यान गुमाएका छन्। सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताएका थिए। कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार…

    विस्तृतमा पढ्नुस्

  • होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु सरकारसँग असन्तुष्ट, ‘स्वास्थ्य अवस्थाबारे कुनै सोधखोज भएन’

    होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु सरकारसँग असन्तुष्ट, ‘स्वास्थ्य अवस्थाबारे कुनै सोधखोज भएन’

    जनकपुरधाम : प्रदेश २ को पर्सा र धनुषामा सयौँको संख्यामा दिनहुँ कोरोना संक्रमितहरु थपिदै गइरहेका छन्। संक्रमितको संख्या दिनदिनै थपिन थालेपछि अस्पताल भरिभराउ भएको भन्दै स्वास्थ्य मन्त्रालयले अस्पतालमा बेड उपलब्ध गराउन नसकिने विज्ञप्ति नै जारी गरिसकेको छ। सोही अनुरुप प्रदेशका करिब ९५ प्रतिशत कोरोना संक्रमितहरु होम आइसोलेसनमा छन्। तर, होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई सरोकारवाला निकायले बेवास्ता गर्दै आइरहेको पाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड - १९ को चपेटामा प्रदेश २ : अस्पतालहरुमा स्वास्थ्कर्मीको अभाव, भेन्टिलेटर छन् जनशक्ति छैनन्

    कोभिड - १९ को चपेटामा प्रदेश २ : अस्पतालहरुमा स्वास्थ्कर्मीको अभाव, भेन्टिलेटर छन् जनशक्ति छैनन्

    जनकपुरधाम : प्रदेश २ मा कोभिड-१९ महामारीको दोस्रो लहरको प्रकोप सुरु भएसँगै कोभिड-१९ संक्रमितहरुको संख्या दिनदिनै बढ्न थालेको छ। पछिल्लो तथ्यांक अनुसार प्रदेश २ मा हाल संक्रिय संक्रमित एक हजार कटेका छन्। सरकारी तथ्यांक अनुसार हाल १ हजार ९८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। यद्यपि कोभिड-१९ संक्रमण रोक्नका लागि अपनाइने सावधानीहरु अझै सरकारी स्तरबाट अपनाउन ढिलाइ गरिएको देखिन्छ। आइतबार…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाललाई धरहरा देखाउँदै कारवाहीबारे यसो भनेका थिए अध्यक्ष ओलीले

    माधव नेपाललाई धरहरा देखाउँदै कारवाहीबारे यसो भनेका थिए अध्यक्ष ओलीले

    जनकपुरधाम : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि रहेको बताएका छन्। उनले हिजोमात्र आफूलाई केपी ओलीले धरहरा हेराएर आफ्नो दम्भ देखाएको आरोप लगाए। शुक्रवार जनकपुरधामस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले प्रधानमन्त्री ओलीमा दम्भ अहिले धरहराको भन्दा माथि भर्‍याङ उक्लेर चढेको र उनको दम्भ अर्थविहीन रहेको बताए। ‘त्यसो पनि उहाँ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नामाकरणका लागि ६ र स्थायी राजधानीका लागि ७ सांसदले गराए प्रस्ताव दर्ता

    प्रदेश २ को नामाकरणका लागि ६ र स्थायी राजधानीका लागि ७ सांसदले गराए प्रस्ताव दर्ता

    जनकपुरधाम : प्रदेश २ को नामाकरणका लागि ६ र स्थायी राजधानीका लागि ७ वटा प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएका छन्। आज दिउँसो ३ बजेसम्म निर्धारण गरिएको समयसीमाभित्र प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए। प्रदेशसभा सचिवालयमा प्रदेशको नामाकरणका लागि मधेस, जानकी, मिथिला भोजपुरा र मध्य मधेस प्रदेश नाम दर्ता गराइएको छ। त्यस्तै, स्थायी राजधानीका लागि जनकपुरधामको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ प्रस्ताव गर्ने, एमाले भने अझै अन्यौलमै

    प्रदेश २ : कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ प्रस्ताव गर्ने, एमाले भने अझै अन्यौलमै

    जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता नगराएका बाँकी दलहरुले प्रस्ताव दर्ता गराउने तयारी थालेका छन्। प्रस्ताव दर्ता गराउन बाँकी रहेको नेकपा एमाले र नेपाली कांग्रेसले अलग अलग प्रस्ताव दर्ता गराउने तयारी गरेका हुन्। प्रदेशसभा सचिवालयले दिएको समयसीमा भित्रै प्रस्ताव दर्ता गराउनका लागि दुवै दल आन्तरिक छलफलमा जुटेका छन्। बुधवार दलको बैठक बसेर प्रस्ताव दर्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न दुई/दुई वटा प्रस्ताव दर्ता

    प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न दुई/दुई वटा प्रस्ताव दर्ता

    जनकपुरधाम : प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि प्रदेशसभा सचिवालयमा दुई/दुई वटा प्रस्ताव दर्ता भएको छ। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुई/दुई वटा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। नामाकरणका लागि जसपाका प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद…

    विस्तृतमा पढ्नुस्

  • जागिर दिन्छौँ भन्दै प्रदेश सरकारले आफूहरुलाई ठगेको शहीद परिवारको आरोप

    जागिर दिन्छौँ भन्दै प्रदेश सरकारले आफूहरुलाई ठगेको शहीद परिवारको आरोप

    जनकपुरधाम : देशमा संघीयता ल्याउनका लागि मधेसमा दर्जनौँ व्यक्तिले बलिदानी दिए। मधेस आन्दोलनकै आडमा प्रदेश २ मा मधेसवादी दललले सरकार बनाए। सरकार बनाउँदा आन्दोलनमा ज्यान गुमाउनेहरुको परिवारलाई ५० लाख रुपैयाँ प्रति परिवार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो। सोही अनुसार प्रदेशका जनताले पनि प्रदेश २ मा सरकारको नेतृत्व गर्ने जिम्मा मधेसवादी दललाई दिए। प्रदेशमा मधेसवादी दलको सरकार बनेलगत्तै प्रदेश सरकारले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell