PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • डिग्रीधारी उत्तिमलाल जसले भगवान बनाएर कमाउँछन् लाखौं

    डिग्रीधारी उत्तिमलाल जसले भगवान बनाएर कमाउँछन् लाखौं

    जनकपुरधाम : सानैदेखि ठूलो हुदाँसम्म पनि ‘राम्रोसँग अध्ययन गर्नुपर्छ र धेरै पढेर डाक्टर, ईन्जिनियर र हाकिम बन्नुपर्छ’ भनेर गाउँघरदेखि शहर बजारसम्म आफ्ना छोराछोरीलाई अभिभावकले भन्ने गर्छन्। पढेलेखेर ठूला भइसकेपछि माटोको कार्यबाट टाढा रही खेतीपाती गर्नसम्म अचेलका अधिकांश यूवाहरु रुचाउँदैनन्। तर, यस्ता युवा पनि छन्, जसले डिग्री हासिल गरेर पनि माटो पानीलाई सिँचित गर्दै मनग्य आयआर्जन गरी खुसी छन्। स्नातकोत्तरसम्म अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरका घाइतेहरुलाई यसरी पठाइयो काठमाडौं 

    जनकपुरका घाइतेहरुलाई यसरी पठाइयो काठमाडौं 

    जनकपुरधाम : आज आम हड्तालका क्रममा घाइते भएकाहरुलाई साँझ विमान मार्फत् थप उपचारका लागि काठमाडौं पठाइएको छ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा परी घाइते भएका नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झासहितका नेता कार्यकर्ता घाइते भएका थिए।  प्रहरीको लाठी प्रहारबाट घाइते भएका पूर्वमन्त्री झा र…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र झाको अवस्था गम्भीर, थप उपचारका लागि उनीसहित ४ जनालाई काठमाडौं लगिँदै

    रामचन्द्र झाको अवस्था गम्भीर, थप उपचारका लागि उनीसहित ४ जनालाई काठमाडौं लगिँदै

    जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा परी घाइते भएका नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाको अवस्था गम्भीर भएको छ।  प्रहरीको लाठी प्रहारबाट घाइते भएका पूर्वमन्त्री झा र पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव सहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको प्रहारबाट घाइते भएका रामचन्द्र झाको अवस्था यस्तो, प्रहरी पनि आन्दोलनकारीको सिकार

    प्रहरीको प्रहारबाट घाइते भएका रामचन्द्र झाको अवस्था यस्तो, प्रहरी पनि आन्दोलनकारीको सिकार

    जनकपुरधाम : आम हड्तालका कारण आज जनकपुरको जनजीवन प्रभावित बन्यो। आन्दोलना उत्रिएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूह र प्रहरीबिच भिडन्त नै भयो। त्यही भिडन्तको सिकार बने नेता रामचन्द्र झा। नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री समेत रहेका झा प्रहरीबाट घाइते भए। घाइते हुनेहरुमा अरु पनि थिए। तर, उनको चोट सबैभन्दा गहिरो थियो। 

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : प्रचण्ड-नेपाल पक्षका नेतालाई आसनग्रहण गराएपछि प्रदेशसभाको वार्षिकोत्सव ओली समूहद्वारा बहिष्कार

    प्रदेश २ : प्रचण्ड-नेपाल पक्षका नेतालाई आसनग्रहण गराएपछि प्रदेशसभाको वार्षिकोत्सव ओली समूहद्वारा बहिष्कार

    जनकपुरधाम : पछिल्ला समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चलिरहेका अन्तरविवादको असर प्रदेश नम्बर २ को प्रदेशसभामा देखिएको छ। नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डललाई नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले निर्वाचन प्रक्रियाबाट हटाएको लामो समयपछि प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा संसदीय दलको नेताको हैसिएतमा प्रचण्ड–माधव पक्षबाट निर्वाचित भएका सत्रुधन महतोलाई प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा आसन ग्रहण गराएपछि केपी ओली समूहमा रहेका मण्डलले कार्यक्रम नै बहिष्कार…

    विस्तृतमा पढ्नुस्

  • आफूलाई मधेस विरोधी भन्नेहरुलाई ओलीको चुनौती ‘म त हिँड्छु मेरै बाटो तिमी खुट्टा तान्दै गर’

    आफूलाई मधेस विरोधी भन्नेहरुलाई ओलीको चुनौती ‘म त हिँड्छु मेरै बाटो तिमी खुट्टा तान्दै गर’

    ढल्केबर : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधीका रुपमा प्रस्तुत गर्ने प्रयास भइरहेको बताएका छन्। धनुषाको ढल्केबरमा निर्मित देशकै सबैभन्दा बढी क्षमता भएको विद्युत सबस्टेशनको उदघाटन समारोहमा ओलीले देश विकासको संकल्प लिएर अगाडी बढिरहेको भएपनि आफूलाई मधेस बिरोधी भन्दै हल्ला फैलाइएको बताएका हुन्। ओलीले आफू मधेसको विकास र समृद्धिको पक्षमा रहेको भन्दै आफूले जति मधेसमा विकास कसैले गरेको दाबी…

    विस्तृतमा पढ्नुस्

  • अदालतको आदेश लत्याउँदै सडक निर्माणमा मेयरको मनपरी, निर्माण कम्पनीले रोक्यो काम

    अदालतको आदेश लत्याउँदै सडक निर्माणमा मेयरको मनपरी, निर्माण कम्पनीले रोक्यो काम

    जनकपुरधाम : सडक विस्तारको क्रममा गैरकानुनी ढंगले स्थानीयको जग्गा अतिक्रमण गर्न खोजेपछि धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास विवादमा तानिएका छन्। हुलाकी राजमार्ग आयोजनाको निर्माणाधीन वीरेन्द्र बजार-महिनाथपुर सडक खण्ड अन्तर्गत विदेह नगरपालिकाकाको वडा नम्बर ६ स्थित तिनकौरियामा नगर प्रमुख दासले अदालतको आदेश विपरित काम गराउन खोजेपछि स्थानीयले नगरप्रमुखको विरोध गरेका छन्। नगर प्रमुखले कानुन मिचेर आफ्नो पदीय दायित्व विपरित…

    विस्तृतमा पढ्नुस्

  • संसद पुनर्स्थापना र निर्वाचन दुवै विकल्पका लागि जनता र दलहरु तयार हुनुपर्छ : विमलेन्द्र निधि

    संसद पुनर्स्थापना र निर्वाचन दुवै विकल्पका लागि जनता र दलहरु तयार हुनुपर्छ : विमलेन्द्र निधि

    जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी र वर्चश्ववादी कदम रहेको बताएका छन्। उपसभापति निधिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई नै दुर्घटना तर्फ धकेलेको आरोप समेत लगाएका छन्। संसद विघट गरेर प्रधानमन्त्रीले जनता र मतदाताको अपमान गरेको उनले दावी गरे। शुक्रवार महोत्तरीको जलेश्वरमा स्वर्गीय रामनारायण मिश्रको शालिक अनावरण कार्यक्रममा नेता निधिले संघीय लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारको फन्दामा जहिले पनि साना कर्मचारी मात्र! कसरी उम्किन्छन् ठूला माछा?

    अख्तियारको फन्दामा जहिले पनि साना कर्मचारी मात्र! कसरी उम्किन्छन् ठूला माछा?

    जनकपुरधाम : मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेर पौने तीन लाख रुपैयाँ सहित दुई जनालाई नियन्त्रणमा लियो। यातायात कार्यालयमा घुसवापतको मोटो रकम रहेको र कार्यालयमै त्यसको भागबण्डा हुन लागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मंगलवार साँझै देखि कार्यालयमा पहरा जमाएको थियो। अख्तियारको टोली कार्यालय भित्र त दिउँसै पसेका थिए तर कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’

    प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’

    जनकपुरधाम : प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ। आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खोप लिएर प्रदेशमा खोप अभियानको शुरु गरेका हुन्। मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए। कानुन मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा प्रमोद…

    विस्तृतमा पढ्नुस्

  • यातायात कार्यालयमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन : पौने तीन लाखसहित दुई जना पक्राउ

    यातायात कार्यालयमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन : पौने तीन लाखसहित दुई जना पक्राउ

    जनकपुरधाम : अख्तियारको टोलीले जनकपुरधामस्थित यातायात कार्यालयमा छापा मारेर पौने तीन लाख रुपैयाँ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। यातायात कार्यालयमा घुसवापतको रकम रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले छापा मारेको थियो। टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापरको कोठाबाट २ लाख २३ हजार ८ सय ५० रुपैयाँ र बिचौलिया राजकिशोर भगतको साथबाट ५० हजार रुपैयाँ बरामद गरेको छ। कापरको…

    विस्तृतमा पढ्नुस्

  • यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

    यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

    जनकपुरधाम : जनकपुरधामस्थित यातायात कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। यातायात कार्यालय जनकपुरमा घुसवापतको मोटो रकम रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले अपरान्ह ४ बजेदेखि नै कार्यालयमा छापा जारी राखेको छ। अपरान्ह ४ बजे नै कार्यालय पसेका अख्तियारको टोली अझै पनि कार्यालय भित्रै छ। अख्तियार कार्यालय बर्दिवासका कर्मचारीका अनुसार छापा हान्ने क्रम अझै जारी रहेको छ भने…

    विस्तृतमा पढ्नुस्

  • दलहरुको विरोधका बावजुद निर्वाचन आयोगको अन्तर्क्रिया कार्यक्रम, १२ दलमध्ये २ को मात्र सहभागिता

    दलहरुको विरोधका बावजुद निर्वाचन आयोगको अन्तर्क्रिया कार्यक्रम, १२ दलमध्ये २ को मात्र सहभागिता

    जनकपुरधाम : प्रतिनिधिसभा विघठनपछि सरकारले वैशाखमा हुने आगामी चुनावका लागि निर्वाचन आयोगलाई तयारीमा जुट्न निर्देशन दिएसँगै आयोगले तयारी थालेको छ। वैशाखमा हुने आगामी निर्वाचनका लागि धनुषामा कडा सुरक्षाका बीच जिल्ला निर्वाचन कार्यालयले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। मंगलवार जिल्ला निर्वाचन कार्यालय धनुषाद्वारा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रमको क्रियाकलाप सञ्चालन हुने सम्बन्धमा जानकारी दिने उद्देश्यले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त अन्तर्क्रिया कार्यक्रममा दलहरुले…

    विस्तृतमा पढ्नुस्

  • अप्ठ्यारो पर्दा महाजनसँग जग्गा धितो राखेर ऋण लिए, जग्गा पास भइसकेको थाहा पाउँदा झसङ्ग

    अप्ठ्यारो पर्दा महाजनसँग जग्गा धितो राखेर ऋण लिए, जग्गा पास भइसकेको थाहा पाउँदा झसङ्ग

    जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसय बिघाकी जागोदेवी दासको परिवारको आर्थिक स्थिति निकै कमजोर थियो। परिवारको आर्थिक स्थिति कमजोर रहेका कारण जागोदेवीले श्रीमान् कमलेश दासलाई वैदेशिक रोजगारमा पठाउने योजना बनाइन्। तर, त्यसका लागि समेत पैसा नभएकाले गाउँकै सुरेश कुमार यादवसँग ऋण लिइन्। जागोदेवीले उनका श्रीमान् कमलेश दासकै नाउँमा रहेको १ कठ्ठा १० धुर जग्गा धितो राखेर २…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधामका १५६ पोखरी गायब : संरक्षण अभावले मासिँदै बाँकी पोखरी पनि

    जनकपुरधामका १५६ पोखरी गायब : संरक्षण अभावले मासिँदै बाँकी पोखरी पनि

    जनकपुरधाम : मैथिलीमा एउटा भनाइ छ, ‘पग-पग पोखरी, माछ, मखान, सरस बोल मुस्की मुख पान, विद्या, वैभव, शान्ति प्रतीक, सरस क्षेत्र मिथिलाञ्चल।’ अर्थात, पाइला-पाइलामा पोखरी, माछा, मखान, मीठो मुस्कान, विद्या, वैभव, शान्तिको प्रतीक र सरस क्षेत्र मिथिलाञ्चल। यो पंक्तिले मिथिलाञ्चलको सम्पूर्ण वर्णन गर्दछ। प्राचीन मिथिलाको राजधानी एवं प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको पहिचान यहाँका पोखरीहरुले गराउँदै आएका छन्। जनकपुरधामका…

    विस्तृतमा पढ्नुस्

  • बलिदानी दिवसमा झमेला : प्रदेश सरकार र मधेस आन्दोलनको नेतृत्व गरेका युवाले छुट्टै मनाए दिवस

    बलिदानी दिवसमा झमेला : प्रदेश सरकार र मधेस आन्दोलनको नेतृत्व गरेका युवाले छुट्टै मनाए दिवस

    जनकपुरधाम : मधेसमा अधिकार प्राप्तिका लागि पहिलो पटक भएको मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ। ‘स्वायत्त मधेस, एक प्रदेश’ र अधिकार प्राप्तिका लागि आज भन्दा १४ वर्ष अगाडि मधेसी जनता तथा मधेसवादी दलहरुले आन्दोलन गरेका थिए। प्रदेश सरकार गठन भएपछि प्रत्येक वर्ष माघ ५ गते औपचारिक रुपमै बलिदानी दिवस मनाइदै आएको छ। यस वर्ष पनि प्रदेश सरकारले जनकपुरधाममा एक…

    विस्तृतमा पढ्नुस्

  • अनुगमन भत्ताको नाममा प्रदेश २ मा मन्त्रीदेखि अंगरक्षकसम्मले बुझे लाखौँ रकम, कसले कति बुझे?

    अनुगमन भत्ताको नाममा प्रदेश २ मा मन्त्रीदेखि अंगरक्षकसम्मले बुझे लाखौँ रकम, कसले कति बुझे?

    जनकपुरधाम : प्रदेश २ सरकारका मन्त्रीदेखि मन्त्रीका चालकसम्मले अनुगमन भत्ताको नाममा लाखौं रकम बुझेका छन्। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री, राज्यमन्त्रीदेखि लिएर चालकसम्मले गत आर्थिक वर्षमा मात्रै अनुगमन भत्ताको नाममा १४ लाख रुपैयाँभन्दा बढी रकम बुझेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। कसले कति बुझे अनुगमन भत्ता? स्रोतका अनुसार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले अनुगमन…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्ध जनकपुरमा कांग्रेसको मोटरसाइकल र्‍याली

    प्रतिनिधिसभा विघटनविरुद्ध जनकपुरमा कांग्रेसको मोटरसाइकल र्‍याली

    जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ। पूर्व घोषित कार्यक्रम अन्तर्गत प्रदेश २ को १ सय ३६ वटा स्थानीय तहमा समेत नेपाली कांग्रेसले आज मोटरसाइकल र्‍याली निकालेको हो। जनकपुरधाम उपमहानगरपालिकामा पनि हजारौँको संख्यामा मोटरसाइकल र्‍याली निकालिएको छ। गोपाल धर्मशालाबाट निस्केको…

    विस्तृतमा पढ्नुस्

  • माघे संक्रान्तिको अवसरमा जनकपुरमा खिचडी भोज, सम्बन्ध विस्तारको एउटा अटुट माध्यम

    माघे संक्रान्तिको अवसरमा जनकपुरमा खिचडी भोज, सम्बन्ध विस्तारको एउटा अटुट माध्यम

    जनकपुरधाम : माघे संक्रान्तिको अवसरमा बिहीवार प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा खिचडी भोजको आयोजना गरिएको छ। जनकपुरको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो। स्थानीय जानकी चोकका दुई दर्जन युवाहरुको आयोजनामा खिचडी भोजको आयोजना गरिएको युवा अगुवा सुशील कर्णले जानकारी दिए। भाईचारा र संस्कृतिलाई जोगाउनका लागि विगत नौ वर्षदेखि यस भोजको आयोजन हुँदै आएको…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधिहरुलाई जनताको काम भन्दा आन्दोलनको चटारो

    जनप्रतिनिधिहरुलाई जनताको काम भन्दा आन्दोलनको चटारो

    जनकपुरधाम : प्रतिनिधिसभा विघटन भएपछि पूरै देशमा कि त आन्दोलन कि त चुनावको चर्चा चलिरहेको छ। आन्दोलन र चुनावी चर्चाकै बीचमा पिल्सिएका छन् जनता। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको चर्चा चुनावी माहौल बनाउन र त्यस इतरका दलहरु प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन चर्काउनमा लागि परेका छन्। यद्यपि आन्दोलनकै बहानामा दलहरु आफ्नो जनाधार तयार पार्ने प्रयास समेत गरिरहेका छन्। यही हुलमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell