PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • जनकपुरमा पनि जल्यो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला

    जनकपुरमा पनि जल्यो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला

    जनकपुरधाम : संसद विघटनको विरोधगर्दै जनकपुरधाममा पनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरिएको छ। जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाका नेता कार्यकर्ताहरुले शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका हुन्। स्थानीय जनकचोकमा जम्मा भएका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्का नारावाजी समेत गरेका थिए। कडा सुरक्षाकाबीच प्रहरीलाई चुनौती दिदै जसपाका नेता कार्यकर्ताहरुले पुतला दहन गरे।…

    विस्तृतमा पढ्नुस्

  • पूर्व माओवादीहरु हाम्रो लागि ‘ट्युमर’ भइसकेका छन् : नेता बस्नेत

    पूर्व माओवादीहरु हाम्रो लागि ‘ट्युमर’ भइसकेका छन् : नेता बस्नेत

    जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले पार्टीभित्र पूर्व माओवादीहरु ‘ट्युमर’ भइसकेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर युवा संघको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन्। बन्दुकको बलमा सत्तामा पुगेका माओवादी मरनासन्न भएको अवस्थामा ओलीले नै आइसीयूमा राखेर फेरि जीवित बनाएको दाबी गर्दै पूर्व मन्त्री समेत रहेका बस्नेतले त्यो अहिले आएर भूल सावित भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • ओलीले राजनीतिक दल होइन गुण्डाहरुको ग्याङ चलाइरहेका छन् : मातृका यादव

    ओलीले राजनीतिक दल होइन गुण्डाहरुको ग्याङ चलाइरहेका छन् : मातृका यादव

    जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री मातृका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलभन्दा पनि गुण्डाहरुको ग्याङ चलाइरहेको आरोप लगाएका छन्। पार्टीलाई नै धरापमा पुर्‍याउने व्यक्ति कदापी नेता हुन सक्दैन भन्दै नेता यादवले प्रधानमन्त्री ओली गुण्डाहरुको नाइके रहेको बताए। आज महोत्तरीको बर्दिबासमा नेकपा समर्थित विद्यार्थी भेलालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली राजनीति भन्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन गरिएसँगै सकियो विवाहपञ्चमी

    राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन गरिएसँगै सकियो विवाहपञ्चमी

    जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज ‘रामकलेवा’ विधि गरेसँगै विधिवत रुपमा सम्पन्न भएको छ। राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव विधिवत रुपमा सम्पन्न भएको हो। शनिवार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह भएको थियो। यस अवसरमा जानकी मन्दिरलाई नवदुलही झै सिँगारिएको थियो। जानकी…

    विस्तृतमा पढ्नुस्

  • ओलीको साधारण सदस्यता समेत खारेज गर्न माग गर्दै जनकपुरमा युवा संघको प्रदर्शन

    ओलीको साधारण सदस्यता समेत खारेज गर्न माग गर्दै जनकपुरमा युवा संघको प्रदर्शन

    जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ सङ्गठन युवा संघ धनुषाले जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमको कडा विरोध गरेका छन्। आइतवार जनकपुरको जनक चोकमा विरोधसभा गर्दै युवा संघ धनुषाले प्रधानमन्त्री ओलीको नेकपाको साधारण सदस्यता समेत खारेज गर्न संयोजक सरोज यादवले माग गरेका छन्। संयोजक यादवले प्रधानमन्त्री ओलीले लोकतन्त्रको विरुद्धमा संसद विघटन गरेर तानाशाही बन्न खोजेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • रामजानकीको स्वयंवर सम्पन्न, यसरी जनकपुर परिक्रमा गराइयो डोला

    रामजानकीको स्वयंवर सम्पन्न, यसरी जनकपुर परिक्रमा गराइयो डोला

    जनकपुरधाम : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ एवं मुख्य दिन आज (शनिवार) रामजानकीको स्वयंवर सम्पन्न भएको छ। राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधनसहित बाजागाजाका साथ निस्केको भगवान रामको डोला र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकी मन्दिरबाट निस्केको माता सिताको डोला शोभायात्राका साथ नगरपरिक्रमा गर्दै रंगभूमी मैदान पुगेको थियो। रंगभूमी मैदान पुगेपछि भगवान रामको डोलाले माता…

    विस्तृतमा पढ्नुस्

  • विवाह पञ्चमी : आज स्वयंवर र विवाह, जानकी मन्दिरमा श्रद्धालुकाे घुइँचो

    विवाह पञ्चमी : आज स्वयंवर र विवाह, जानकी मन्दिरमा श्रद्धालुकाे घुइँचो

    जनकपुरधाम : विवाहपञ्चमीको रौनकता अहिले जनकपुरधाम सहित पूरै मिथिलाञ्चलमा छ। जनकपुरधामस्थित जानकी मन्दिरमा विवाहपञ्चमीका लागि विशेष तयारी नै गरिएको छ। विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन सीतारामको विवाह हुनेछ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैठौ दिन ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ। आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ। स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारमा जाने युवाका लागि सीपमूलक तालिमको व्यवस्था गर्ने मेयर बरबरियाको घोषणा

    वैदेशिक रोजगारमा जाने युवाका लागि सीपमूलक तालिमको व्यवस्था गर्ने मेयर बरबरियाको घोषणा

    जनकपुरधाम : शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तालिमको व्यवस्था पालिकामै गर्ने घोषणा गरेका छन्। २१औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा धनुषाको शहीदनगर नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तामिलको व्यवस्था गर्ने घोषणा गरेका हुन्। उनले युवालाई सीपमूलक तालिमको व्यवस्था गर्नका लागि ५ लाख रकम छुट्याउने समेत जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • त्रेता युगको झझल्को दिने विवाह पञ्चमीमा बेहुलीझैँ सिँगारिएको जानकी मन्दिर

    त्रेता युगको झझल्को दिने विवाह पञ्चमीमा बेहुलीझैँ सिँगारिएको जानकी मन्दिर

    जनकपुरधाम : विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडिदेखि नै मिथिलाञ्चलका घर-घरमा रामजानकी विवाहसँग सम्बन्धित गीतहरु गुञ्जिन थाल्छन्। रामजानकीको विवाह हुने स्थल जानकी मन्दिर सजाउने कार्य समेत एक महिना अगाडिदेखि नै शुरु भइहाल्छ। त्रेता युगको झझल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट लाखौँ दर्शनार्थीहरु जनकपुरधाम पुग्ने गर्छन्। यद्यपि यस वर्ष कोरोना महामारीका कारण अन्य देशबाट दर्शनार्थीहरु आउन नसकेकाले जनकपुरमा पहिलेको जस्तो…

    विस्तृतमा पढ्नुस्

  • विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि सम्पन्न

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि सम्पन्न

    जनकपुरधाम : सीता-राम विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन शुक्रवार मटकोर विधि सम्पन्न भएको छ। शुक्रवार जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो। कोरोना महामारीको बीच भइरहेको विवाह महोत्सवको पाँचौ दिन जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित विहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए। मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा निर्माण गरिने छ। पोखरीबाट जानकी मन्दिर भित्र्याइएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख परियारद्वारा ‘बन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण

    प्रदेश प्रमुख परियारद्वारा ‘बन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण

    जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले प्रदेशसभाबाट पारित गराएको ‘बन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेका छन्। प्रदेश नम्बर २ को प्रदेशसभाबाट पारित भई आएको यस विधेयकलाई प्रदेश प्रमुख परियारले बिहीवार प्रमाणिकरण गरेका हुन्। प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरण गरेका छन्। उनको कार्यकालमा प्रमाणिकरण गरिएको यो १४…

    विस्तृतमा पढ्नुस्

  • विवाह पञ्चमी : तिलकोत्सव सम्पन्न, जानकी मन्दिर र राम मन्दिरका महन्थले गरे सम्धी मिलन

    विवाह पञ्चमी : तिलकोत्सव सम्पन्न, जानकी मन्दिर र राम मन्दिरका महन्थले गरे सम्धी मिलन

    जनकपुरधाम : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत बिहीवार तिलकोत्सव विधि गरिएको हो। राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव पुगेका थिए। प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र…

    विस्तृतमा पढ्नुस्

  • मिथिलाञ्चलको ठूलो उत्सव विवाह पञ्चमीमा छैन रौनक, किन सुनसान भयो जनकपुर?

    मिथिलाञ्चलको ठूलो उत्सव विवाह पञ्चमीमा छैन रौनक, किन सुनसान भयो जनकपुर?

    जनकपुरधाम : मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सवको रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ। प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने विवाहपञ्चमी शुरु हुनुभन्दा अगावै जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको चहल पहल देखिन्थ्यो। तर यसपटक भने त्यस्तो देखिएन। आज विवाहपञ्चमीको तेस्रो दिन बित्न लाग्दा पनि जनकपुरधाम सुनसान छ। जनकपुमा विवाहपञ्चमीको चहलपहल नहुँदा गाउँ गाउँबाट आउने श्रद्धालुहरु समेत निराश भएर घर फर्किरहेका छन्। महोत्तरीको बलबबाट विवाहपञ्चमी…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवा आयोगको विज्ञापनप्रति कर्मचारी मञ्चको आपत्ति, सच्याएर पुनः आह्वान गर्न माग

    लोकसेवा आयोगको विज्ञापनप्रति कर्मचारी मञ्चको आपत्ति, सच्याएर पुनः आह्वान गर्न माग

    जनकपुरधाम : प्रदेश लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनप्रति आपत्ति जनाउँदै नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आयोगका अध्यक्ष सुरेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश सरकारले गरेको विज्ञापनमा बढुवा समेतको पद खुलाई कार्यतालिका निर्माण गरेर सच्याएर विज्ञापन पुनः आह्वान गर्न मञ्चले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो। प्रदेश लोकसेवा आयोगको सूचना नम्बर १/२०७७-०७८ बमोजिम गत बिहीवार प्रकाशित इन्जिनियरीङ सेवा, इन्जिनियर पदको विज्ञापन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत सीमामा सडेगलेको अवस्थामा महिलाको शव फेला, हत्या गरेर फालिएको आशंका

    नेपाल-भारत सीमामा सडेगलेको अवस्थामा महिलाको शव फेला, हत्या गरेर फालिएको आशंका

    जनकपुरधाम : धनुषाको नगराईन नगरपालिकास्थित नेपाल भारतको सीमा जटही बोर्डरमा एक महिलाको शव भेटिएको छ। नगराईन नगरपालिका वडा नम्बर-२ जहटी बोर्डरस्थित दुर्गापट्टी धार नजिक परालको कुइनो नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो। लामो समय बितिसकेकोले शव गन्हाएको अवस्थामा फेला परेको सीमा प्रहरी चौकी जटहीले जनाएको छ। घाँस काट्न गएका केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जटही भन्सारदेखि…

    विस्तृतमा पढ्नुस्

  • निर्माण शुरु भएको ८ वर्षपछि जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालन

    निर्माण शुरु भएको ८ वर्षपछि जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालन

    जनकपुरधाम : निर्माण शुरु भएको ८ वर्षपछि जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ। नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भए लगत्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उदघाटन गरेपछि सञ्चालनमा आएको हो। नयाँ टर्मिनल भवनको निर्माण कार्य विसं २०६९ सालमा शुरू भएको थियो। १८ जना यात्रु बोक्ने जहाजका लागि विसं २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट…

    विस्तृतमा पढ्नुस्

  • सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीहरुलाई मुख्यमन्त्री राउतको निर्देशन

    सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीहरुलाई मुख्यमन्त्री राउतको निर्देशन

    जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। प्रादेशिक सुशासन केन्द्र मुजेलियामा प्रदेश मातहतका कर्मचारीहरुको लागि आयोजित सूचना सञ्चार प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन्। आजको युग सूचना प्रवृद्धिको युगको रहेको उल्लेख गर्दै उनले अबको समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम टी-२० टुर्नामेन्टको उपाधि सिरहा क्रिकेट एकेडेमीलाई

    जनकपुरधाम टी-२० टुर्नामेन्टको उपाधि सिरहा क्रिकेट एकेडेमीलाई

    जनकपुरधाम : जनकपुरधाम टी-२० टुर्नामेन्टको उपाधि सिरहा क्रिकेट एकेडेमीले जितेको छ। युथ ११ लाई मात्र ३ रनले पराजित गर्दै सिरहाले उपाधि कब्जा गरेको हो। सिरहाले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको युथ ११ निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रनमा समेटिएको थियो। युथ ११ का लागि बिपुल कृष्णले २७, सरोज आनन्दले २०, राजिव सिंहले १८ रन…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम टी-२० टुर्नामेन्ट : उपाधिका लागि सिरहा र युथ ११ भिड्ने

    जनकपुरधाम टी-२० टुर्नामेन्ट : उपाधिका लागि सिरहा र युथ ११ भिड्ने

    जनकपुरधाम : जनकपुरधाममा जारी टी-२० टुर्नामेन्टको उपाधिका लागि सिरहा क्रिकेट एकेडमी र युथ ११ शुक्रवार भिड्ने भएको छ। सिरहा क्रिकेट एकेडमीले धनुषा रोयल क्रिकेट एकेडमीलाई र युथ ११ ले धमौरा क्रिकेट एकेडमीलाई बिहीवार भएको सेमिफाइनल खेलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हुन्। पहिलो सेमिफाइनल खेलमा सिरहा क्रिकेट एकेडेमीले धनुषा रोयल क्रिकेट एकेडमीलाई ४४ रनले पराजित गरेको छ। सिरहाले दिएको १…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको अधिकारमाथि संघ सरकारले हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर

    प्रदेशको अधिकारमाथि संघ सरकारले हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर

    जनकपुरधाम : संघ सरकारविरुद्ध प्रदेश २ सरकारका एक मन्त्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। संघ सरकारले प्रदेश सरकारको अधिकार हनन् गर्ने गरी सिँचाईसम्बन्धी कार्यक्रम ल्याएको भन्दै प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संघ सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। मन्त्री सोनलले भने, ‘भूमिगत सिँचाईको लागि जुन हामीसँग अधिकार छ, सोही अनुरुप हामी कार्यक्रम सञ्चालन गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell