PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ओपीडी र आकस्मिक कक्षमा कर्मचारीको ताला

    जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ओपीडी र आकस्मिक कक्षमा कर्मचारीको ताला

    जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड-१९ विशेष अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटेका कर्मचारीहरुले तलबभत्ताको माग गर्दै सोमवार प्रादेशिक अस्पतालको ओपीडी र आकस्मिक कक्षमा तालाबन्दी गरेका छन्। संक्रमितको उपचारमा गत जेठ महिनादेखि नै काम गर्दै आएका करारका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरुलाई तलबभत्ता नदिएको भन्दै आन्दोलित कर्मचारीहरुले तलाबन्दी गरेका हुन्। विगत ५ महिनाको भत्ता र १ महिनाको तलब यथाशीघ्र उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र महतोलाई जनकपुरमा युवाले देखाए कालो झण्डा

    राजेन्द्र महतोलाई जनकपुरमा युवाले देखाए कालो झण्डा

    जनकपुरधाम : जनकपुरमा युवाहरुको एक समूहले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई कालो झाण्डा देखाएको छ। मधेसी शहीदका सपनासँग खेलवाड गरेको आरोप लगाउँदै केही दिन अघिमात्रै नेकपाको केपी शर्मा ओली समूहमा प्रवेश गरेका युवा मुन्जय राउतले महतोलाई जनकपुरको भानु चोकमा कालो झण्डा देखाई विरोध गरेका हुन्। प्रधानमन्त्री ओलीविरुद्ध जनकपुरमा जसपाले आयोजना गरेको विरोध सभामा जाने क्रममा महतोलाई कालो…

    विस्तृतमा पढ्नुस्

  • विमलेन्द्र निधिले भने, ‘वर्तमान परिस्थितिमा सबै संवैधानिक विकल्पका लागि तयार छौँ’

    विमलेन्द्र निधिले भने, ‘वर्तमान परिस्थितिमा सबै संवैधानिक विकल्पका लागि तयार छौँ’

    जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान परिस्थितिमा संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताएका छन्। उपसभापति निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताए। जनकपुरधाममा शहीद सत्यनारायण पाठकको शालिक अनावरण कार्यक्रममा उनले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि वा निर्वाचन भएपनि दुबै विकल्पका लागि आफू तयार रहेको प्रष्ट्याए। उनले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली पार्टी र मुलुकलाई ध्वस्त पार्ने विध्वंशकारी बने, आन्दोलनका लागि अघि बढ्नुस् : माधव नेपाल

    प्रधानमन्त्री ओली पार्टी र मुलुकलाई ध्वस्त पार्ने विध्वंशकारी बने, आन्दोलनका लागि अघि बढ्नुस् : माधव नेपाल

    जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली भष्मासुर रहेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री ओली भष्मासुर बनेर पार्टी र मुलुकलाई ध्वस्त पार्ने विध्वंसकारी बनेको समेत आरोप लगाए। आज जनकपुरधाममा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले आफ्नै पार्टीभित्रका शिर्ष नेतालाई प्रधानमन्त्री र अध्यक्षको ललिपप देखाउँदै भाँडभैलो गर्नका लागि स्याल बनेर विध्वंस मच्चाएको…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा प्रदर्शन

    नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा प्रदर्शन

    जनकपुरधाम : नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ। नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राष्ट्रिय एकता अभियानले जनकपुरधाममा प्रदर्शन गरेको हो। जनकपुरधामको रेलवे स्टेशनबाट निस्केको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो। सो कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विदेशी…

    विस्तृतमा पढ्नुस्

  • विवादमा मुख्यमन्त्री स्वच्छता अभियान : कतै आर्थिक अनियमितताको आरोप त कतै पोखरी पुरेर बाटो निर्माण

    विवादमा मुख्यमन्त्री स्वच्छता अभियान : कतै आर्थिक अनियमितताको आरोप त कतै पोखरी पुरेर बाटो निर्माण

    जनकपुरधाम: प्रदेश २ लाई सफा र सुन्दर बनाउने उद्देश्यले प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम घोषणा गर्‍यो। प्रदेशमा अभियानको खुबै प्रशंसा पनि भयो। यस अभियान अन्तर्गत प्रदेशभित्र रहेका ऐतिहासिक धरोहरको संरक्षण, संवर्द्धन, सौन्दर्यकरण साथै विभिन्न ऐतिहासिक पोखरीहरूको संरक्षणको दिशामा कार्य अगाडि बढाइएको छ। मुख्यमन्त्री स्वच्छता अभियानको मुख्य उद्देश्य प्रदेशभित्रका धरोहरहरू तथा पोखरीहरूको सौन्दर्यकरण रहे पनि पछिल्लो समय स्वच्छता अभियानकै नाउँमा…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराष्ट्रपति यादवसहितका राजनीतिज्ञ उत्पादन गरेको सरस्वती मावि जीर्णोद्धारको पर्खाइमा : कतैबाट पाएन सहयोग

    पूर्वराष्ट्रपति यादवसहितका राजनीतिज्ञ उत्पादन गरेको सरस्वती मावि जीर्णोद्धारको पर्खाइमा : कतैबाट पाएन सहयोग

    जनकपुरधाम: कुनै बेला जनकपुरधामलाई शिक्षा र ज्ञानको केन्द्रको रूपमा चिनिन्थ्यो। त्रेता युगमा त यहाँ ठूला-ठूला विद्वान र विदुषी शास्त्रार्थकै लागि पुग्ने गरेको चर्चा हुने गर्छ। तर प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधामको शिक्षाको स्तर अहिले डामाडोल नै छ। जनकपुरधामको सरस्वती माध्यमिक विद्यालय यसको प्रत्यक्ष उदाहरण हो। कुनैबेला यो यस्तो विद्यालय थियो जहाँ विद्यार्थी शैक्षिक रूपमा मात्र नभई राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • जानकी मन्दिर फुलबारी जग्गा विवाद : अझै भएन अतिक्रमणमुक्त, पुनः सोही स्थानमा पर्खाल खडा गरिँदै

    जानकी मन्दिर फुलबारी जग्गा विवाद : अझै भएन अतिक्रमणमुक्त, पुनः सोही स्थानमा पर्खाल खडा गरिँदै

    जनकपुरधाम : विश्वप्रसिद्ध जानकी मन्दिरको फुलबारी जग्गा अतिक्रमणको विषयलाई लिएर करिब १ वर्ष भन्दा बढी समयदेखि विवाद चल्दै आएको छ। सडक विस्तारको नाउँमा जनकपुरधाम उपमहानगरपालिकाले व्यक्तिको निजी जग्गालाई बचाउन पौराणिक धार्मिक महत्वलाई ख्यालै नगरी मन्दिरको जग्गा अतिक्रमण गरेकोमा स्थानीयहरुले व्यापकरुपमा विरोध गर्दै आएका छन्। सो फुलबारी जग्गा अतिक्रमणबारे नापी कार्यालयद्वारा नागरिक समाजको अगुवाईमा गुठी संस्थान र जिल्ला प्रशासन कार्यालयद्वारा कार्यदल…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य सुनिश्चित छ : उपप्रधानमन्त्री पोखरेल

    पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य सुनिश्चित छ : उपप्रधानमन्त्री पोखरेल

    जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली समूहका स्थायी कमिटी सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताएका छन्। मंगलवार जनकपुरधाममा नेकपाको ओली समूहद्वारा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताएका हुन्। उपप्रधानमन्त्री पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपालतर्फ इंगित गर्दै पार्टी एकता विरोधीहरुको सपना स्वतः चकनाचुर हुने…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकाको प्रयोग

    जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकाको प्रयोग

    जनकपुरधाम : जनकपुरधाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले आज शक्ति प्रदर्शन गरेको छ। नेकपाको ओली समूहको जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै नेकपाको प्रादेशिक कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो। नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहबीच कार्यालयका लागि विवाद चलिरहेकोे समयमा ओली समूहले त्यहाँ सभा गरेको छ। यसअघि प्रचण्ड-नेपाल समूहले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले झुक्याएर आफ्नो हस्ताक्षर लिएको प्रभु साहको आरोप, ‘कुन महिनामा के भनेर सही गराउनु भएको थियो?’

    प्रचण्डले झुक्याएर आफ्नो हस्ताक्षर लिएको प्रभु साहको आरोप, ‘कुन महिनामा के भनेर सही गराउनु भएको थियो?’

    जनकपुरधाम : प्रतिनिधिसभा विघटन गरेर कोही खुशी नरहेको शहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। प्रतिनिधिसभा विघटन आफैँमा आत्मघाती रहेको उनले बताए। ‘केही नेता संसद विघटन असंवैधानिक, प्रतिगमन रहेको भनेका छन्, हामी आफैँ संसद विघटनबाट खुशी छैनौँ। प्रधानमन्त्री समेत खुशी छैनन’, मन्त्री साहले भने, ‘को चाहन्छ हामी पाँच वर्षको लागि जितेका छौँ भने तीनै वर्षमा छाडीदिउँ। यसबाट कोही खुशी छैनन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘मिनाप’ विवाद : नयाँ कार्यसमिति अवैधानिक रहेको आरोप, अध्यक्ष भन्छन्, ‘यहाँको प्रवृत्ति यस्तै हो’

    ‘मिनाप’ विवाद : नयाँ कार्यसमिति अवैधानिक रहेको आरोप, अध्यक्ष भन्छन्, ‘यहाँको प्रवृत्ति यस्तै हो’

    जनकपुरधाम : जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)को नयाँ कार्यसमिति अवैधानिक तवरले चयन गरिएको संस्थाका केही असन्तुष्ट सदस्यहरुले आरोप लगाएका छन्। शनिवार संस्थाको ४१ औँ साधारणसभाको क्रममा नियम कानुनविपरित अध्यक्ष मण्डलद्वारा एकपक्षीय रुपमा संस्थाको विधान र धारा उपधारालाई समेत ख्याल नगरी नयाँ कार्यसमितिको चयन गरिएको आरोप लगाइएको छ। अध्यक्ष मण्डलले सर्वसम्मत कार्यसमिति चयन गर्न नसकेपछि नियम संगत चुनाव नगराई उल्टै दवाव…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई उपेन्द्र यादवले दिए भस्मासुरको संज्ञा, भण्डारीले भने, ‘सन्की प्रधानमन्त्रीलाई सडकबाटै लखेटेर भगाउनु आजको आवश्यकता’

    ओलीलाई उपेन्द्र यादवले दिए भस्मासुरको संज्ञा, भण्डारीले भने, ‘सन्की प्रधानमन्त्रीलाई सडकबाटै लखेटेर भगाउनु आजको आवश्यकता’

    जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भस्मासुरको संज्ञा दिएका छन्। समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले ओली जनताको अधिकार खोस्ने ठूला भस्मासुर रहेको आरोप लगाए। अध्यक्ष यादवले जनताको मत लिएर प्रधानमन्त्री बनेका ओली अहिले आएर जनताकै अधिकार ध्वस्त पार्न लागेको आरोप लगाए। उनले ओली आफ्नो पार्टीभित्र मात्र भई देशैभरी आगो…

    विस्तृतमा पढ्नुस्

  • सीआइबी लगायत सरकारी निकायको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाउने गिरोह पक्राउ

    सीआइबी लगायत सरकारी निकायको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाउने गिरोह पक्राउ

    जनकपुरधाम : धनुषामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लगायत सरकारी निकायको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाउने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार पत्रकार सम्मेलन गरी सीआइबी लगायत सरकारी निकायको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाएको आरोपमा चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-९ मा रहेको सिटी प्यालेस गेस्ट हाउस एण्ड फेमिली रेस्टुरेन्टमा बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल समूहको प्रादेशिक भेलामा ओलीमाथि खनिए पोखरेल र यादव

    प्रचण्ड-नेपाल समूहको प्रादेशिक भेलामा ओलीमाथि खनिए पोखरेल र यादव

    जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमको खेती मात्र गरिरहेको पूर्व मन्त्री गिरिराजमणि पोखरेलले आरोप लगाएका छन्। पोखरेलले प्रधानमन्त्री ओलीले भ्रम छर्ने काम बाहेक अन्य केही नगरेकोले यसलाई चिर्नुपर्ने आवश्यकता रहेको बताए। पूर्व मन्त्री पोखरेलले भने, ‘ओलीले भ्रम छरेर पार्टी भित्रका विवाद देखाएर अराजक गतिविधिहरु गरी रहेका छन्।’ विहीवार जनकपुरधाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा प्रचण्ड-नेपाल समूहको गर्जन : प्रधानमन्त्री र राष्ट्रपतिलाई निषेध गर्नेदेखि खुट्टा सिधा गरिदिने सम्मको चेतावनी

    जनकपुरमा प्रचण्ड-नेपाल समूहको गर्जन : प्रधानमन्त्री र राष्ट्रपतिलाई निषेध गर्नेदेखि खुट्टा सिधा गरिदिने सम्मको चेतावनी

    जनकपुरधाम : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा धनुषाले जनकपुरधाममा प्रदर्शन गरेको छ। प्रचण्ड-नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत जनकपुरधाममा धनुषाको गाउँगाउँबाट र्‍यालीसहित आएका प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध नारा लगाएका थिए। गाउँबाट आएको र्‍यालीले जनकपुरको रेल्वे स्टेशनमा जम्मा भई नगरको परिक्रमा गरेको थिए। प्रदर्शनमा केन्द्रीय नेतासहित प्रदेश र…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    धनुषाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले धनुषाका चारवटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ। नेपाली कांग्रेसको पूर्व निर्धारित देशव्यापी विरोध कार्यक्रम अनुसार धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओलीको विरोधमा प्रदर्शन गरिएको हो। धनुषा क्षेत्र नम्बर १ धनुषाधाममा कांग्रेसका केन्द्रीय नेता तथा पूर्व मन्त्री समेत रहेका आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको कदमले संविधान अपूर्ण रहेको प्रष्ट गर्‍यो : मन्त्री सोनल

    प्रधानमन्त्री ओलीको कदमले संविधान अपूर्ण रहेको प्रष्ट गर्‍यो : मन्त्री सोनल

    जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि यो संविधान अपूर्ण रहेको कुरा प्रष्ट भएको दावी गरेका छन्। जनता समाजवादी पार्टीले जनकपुरधाममा आयोजना गरेको बृहत विरोध सभाको कोणसभालाई सम्बोधन गर्दै मन्त्री सोनलले प्रधानमन्त्री ओली स्वयंले संविधान अधुरो रहेको प्रमाणित गरेको बताए। प्रतिनिधसभा विघटन गरेर पूरै मुलुककै जनताको भविष्यसँग खेलवाड गरिएको जिकिर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा नेकपा : प्रादेशिक र जिल्ला कार्यालयमा दाहाल–नेपाल समूहको दावी

    प्रदेश २ मा नेकपा : प्रादेशिक र जिल्ला कार्यालयमा दाहाल–नेपाल समूहको दावी

    जनकपुरधाम : प्रतिनिधिसभा विघटनसंगै विभाजन उन्मुख नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयहरु तथा सम्पतिका लागि केन्द्रदेखि जिल्ला तहसम्म विवाद चलिरहेको छ। नेकपाको ओली समूह र दाहाल–नेपाल समूह बीच पार्टीको सम्पति तथा कार्यालयका लागि विवाद चलिरहेको समयमा दाहाल–नेपाल समूहले धनुषामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ। दाहाल–नेपाल समूहको केन्द्रीय सर्कुलर अनुसार जिल्ला जिल्लामा भेला गर्ने कार्यक्रम अनुरुप धनुषामा समेत अगुवा कार्यकर्ता भेलाको…

    विस्तृतमा पढ्नुस्

  • जसपाले जनकपुरधाममा पनि निकाल्यो मसाल जुलुस

    जसपाले जनकपुरधाममा पनि निकाल्यो मसाल जुलुस

    जनकपुरधाम : संसद विघटनको विरोधमा जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)ले मसाल जुलुस प्रदर्शन गरेको छ। जसपाले घोषणा गरेको ५ दिने आन्दोलनको कार्यक्रम अन्तर्गत शनिवार ठाउँ ठाउँमा मसाल जुलुस प्रदर्शन गरिएको हो। सोही अनुरुप जनकपुरधाममा समेत मसाल जुलुस प्रदर्शन गरिएको हो। जनकपुरधामको जनकचोकबाट शुरु भएको मसाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्नै लाग्दा प्रहरीले अवरोध सिर्जना गर्ने प्रयास गरेको थियो। सहभागी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell