PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा सपना नदेख्न उपेन्द्र यादवको चेतावनी

    लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा सपना नदेख्न उपेन्द्र यादवको चेतावनी

    जनकपुरधाम : जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन्। महोत्तरीको रौजामा आयोजित रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संघीय सरकारमा लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत संघीयता विरोधी, स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र हावी हुँदै गएको आरोप लगाए। सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट…

    विस्तृतमा पढ्नुस्

  • रौजा मजार सौन्दर्यीकरणको शिलान्यास, १२ करोडको लगानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

    रौजा मजार सौन्दर्यीकरणको शिलान्यास, १२ करोडको लगानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

    जनकपुरधाम : मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गरिएको छ। जसपा कार्यकारी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व मन्त्री शरदसिंह भण्डारी र मुख्यमन्त्री लालबाबु राउतले रौजा मजार सौन्दर्यीकरण योजनाको संयुक्त रुपमा शिलान्यास गरेका हुन्। मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत शिलान्यास गरिएको उक्त योजनामा ११ करोड ९० लाख रुपैयाँको लागत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम टी-२० टुर्नामेन्ट : सिरहा क्रिकेट एकेडेमी र युथ ११ क्रिकेट टिम विजयी

    जनकपुरधाम टी-२० टुर्नामेन्ट : सिरहा क्रिकेट एकेडेमी र युथ ११ क्रिकेट टिम विजयी

    जनकपुरधाम : जनकपुरधाममा जारी टी-२० टुर्नामेण्ट अन्तर्गत बुधवार भएका दुई खेलमा सिरहा क्रिकेट एकेडेमी र युथ ११ क्रिकेट टिम विजयी भएको छन्। बुधवार भएको पहिलो खेलमा युथ ११ ले जनकपुर क्रिकेट एकेडेमीलाई २० रनले पराजित गरेको हो। युथ ११ ले दिएको १ सय ३६ रनको जवाफमा जनकपुरले मात्रै १ सय १५ रन बनाउन सक्यो। जनकपुरका लागि हिमांशु दत्तले ४१ रन…

    विस्तृतमा पढ्नुस्

  • भन्सार छलेर ल्याइएका २ लाख बराबरको सामान प्रहरीको नियन्त्रणमा

    भन्सार छलेर ल्याइएका २ लाख बराबरको सामान प्रहरीको नियन्त्रणमा

    जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले करिब २ लाख बराबरको भन्सार छलेर ल्याइएका अवैध सामानहरु नियन्त्रणमा लिएको छ। मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको प्रहरी टोलीले विदेह नगरपालिका वडा नम्बर-५ बाट भन्सार छलेर अवैध रुपमा ल्याइएका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए। बरामद गरिएका बल्यांकेट र कपडाहरु अन्दाजी करिब १ लाख…

    विस्तृतमा पढ्नुस्

  • लथालिङ्ग नीति आयोग : जसपाको आन्तरिक किचलोका कारण १ वर्षदेखि सदस्यविहीन

    लथालिङ्ग नीति आयोग : जसपाको आन्तरिक किचलोका कारण १ वर्षदेखि सदस्यविहीन

    जनकपुरधाम : प्रदेश २ को नीति तथा योजना आयोग १ वर्षदेखि सदस्यविहीन हुँदा लथालिङ्ग बनेको छ। जनता समाजवादी पार्टी (जसपा) भित्रको आन्तरिक किचलोका कारण सदस्यहरुको नियुक्ति हुन नसकेको बताइएको छ। नीति तथा योजना आयोगको उपाध्यक्षमा डा भोगेन्द्र झालाई नियुक्त गरिए पनि अहिलेसम्म पार्टीभित्र भागबण्डा मिल्न नसक्दा सदस्यहरुको नियुक्ति हुन सकेको छैन। तत्कालिन उपाध्यक्ष डा हरिवंश झा र सदस्यहरुलाई गत वर्ष…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम टी-२० टुर्नामेन्ट : जलेश्वर र जनकपुर विजयी

    जनकपुरधाम टी-२० टुर्नामेन्ट : जलेश्वर र जनकपुर विजयी

    जनकपुरधाम : जनकपुरधाम टी-२० टुर्नामेन्ट अन्तर्गत आइतवार भएका दुई खेलमा जलेश्वर क्रिकेट टिम र जनकपुर क्रिकेट एकेडमी विजयी भएका छन्। जलेश्वर क्रिकेट टिमले रामगोपालपुर राइनो टिमलाई ४ विकेटले पराजित गरेको हो। रामगोपालपुर राइनोले दिएको ८३ रनको लक्ष्य जलेश्वरले अरुण मण्डलको ३६ र हरेराम झाको १९ रनको सहयोगमा १३ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो। रामगोपालपुर राइनोका लागि कैलाश…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम टी-२० टुर्नामेन्ट : युथ ११ जनकपुर र फूलहटा युथ क्रिकेट टिम विजयी

    जनकपुरधाम टी-२० टुर्नामेन्ट : युथ ११ जनकपुर र फूलहटा युथ क्रिकेट टिम विजयी

    जनकपुरधाम : जनकपुरधाम टी-२० टुर्नामेन्ट अन्तर्गत शनिवार भएका दुई खेलमा युथ ११ जनकपुर र फूलहटा युथ क्रिकेट टिम विजयी भएका छन्। शनिवार भएको पहिलो खेलमा युथ ११ जनकपुरले आरके क्रिकेट टिमलाई ५१ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको युुथ ११ ले सोनु शर्माको विस्फोटक ७३ रनको पारीको सहयोगमा १ सय ४६ रनको स्कोर खडा गरेको थियो। युथ ११ का…

    विस्तृतमा पढ्नुस्

  • वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षड्यन्त्रमा लागेको छ : नेता भण्डारी

    वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षड्यन्त्रमा लागेको छ : नेता भण्डारी

    जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का नेता शरद सिंह भण्डारीले वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। विद्यापति स्मृति दिवसको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले वर्तमान सरकारमा अनुशासनहिनता अत्यधिक रहेकोले मुलुकमा अराजकता बढेको आरोप लगाएका छन्। कानुनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको बहुमत दिएर जनादेश दिएपनि भ्रष्टाचार, अनुशासन हिनता…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम टी-२० टुर्नामेन्ट : धमौरा क्रिकेट क्लब र सिरहा क्रिकेट एकेडमी विजयी

    जनकपुरधाम टी-२० टुर्नामेन्ट : धमौरा क्रिकेट क्लब र सिरहा क्रिकेट एकेडमी विजयी

    जनकपुरधाम : जनकपुरधाम टी-२० टुर्नामेन्ट अन्तर्गत शुक्रवारको पहिलो खेलमा धमौरा क्रिकेट क्लबले राजदेवी युवा कमिटीलाई ११ रनले पराजित गरेको छ। धमौरा क्रिकेट क्लबले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको राजदेवी युवा कमिटी १ सय २० रनमा समेटिएको हो। राजदेवीका लागि गणेश यादवले २४, किसन साहले १४ र प्रशान्त अरविन्दले १२ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन…

    विस्तृतमा पढ्नुस्

  • सरुवा रोग अस्पताल र ट्रमा सेन्टर निर्माणका लागि मुख्यमन्त्री राउतले गरे जग्गाको निरीक्षण

    सरुवा रोग अस्पताल र ट्रमा सेन्टर निर्माणका लागि मुख्यमन्त्री राउतले गरे जग्गाको निरीक्षण

    जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माणका लागि शुक्रवार जग्गाको स्थलगत निरीक्षण गरेका छन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघ सरकारले समेत सहयोग गर्ने भएपछि मुख्यमन्त्री राउत सहितका टोलीले दुवै अस्पतालको लागि जग्गाको निरीक्षण गरेका हुन्। बाराको कलैया उपमहानगरपालिका-१६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • बर्दिबास घटना : न्यौपानेको मृत्युको विरोधमा युवाले गरे मुखमा कालोपट्टी बाँधेर प्रदर्शन

    बर्दिबास घटना : न्यौपानेको मृत्युको विरोधमा युवाले गरे मुखमा कालोपट्टी बाँधेर प्रदर्शन

    जनकपुरधाम : महोत्तरीको बर्दिबास घटनाको विषयलाई लिएर बुधवार महोत्तरीको सदरमुकाम जलेश्वरमा स्वतन्त्र युवाहरुले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्। युवा नेता आशुतोष झा ‘नवीन’को नेतृत्वमा बर्दिबासको घटनालाई लिएर युवाले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्। ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा मंगलवार बर्दिबासमा पीडित परिवारको न्यायका लागि आन्दोलन गर्ने क्रममा प्रहरीको गोली लागेर तीन जना घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • राजा महेन्द्रमाथि बम प्रहार गरिएकै ठाउँमा गुन्जियो ‘राजा आउ, देश बचाउ’को नारा

    राजा महेन्द्रमाथि बम प्रहार गरिएकै ठाउँमा गुन्जियो ‘राजा आउ, देश बचाउ’को नारा

    जनकपुरधाम: तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरिएको स्थान जनकपुरमा बुधबार ‘राजा आउ, देश बचाउ’को नारा गुन्जिएको छ। राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि विसं २०१८ माघ ९ गते तत्कालीन राजा महेन्द्र शाहमाथि बम प्रहार गरिएको ठाउँ जनकपुरमा राजतन्त्र फर्काउनु पर्ने माग गर्दै र्‍याली निकालिएको हो। नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै जनकपुरधाममा र्‍याली निकालेको हो। र्‍यालीले नगरका विभिन्न भागको…

    विस्तृतमा पढ्नुस्

  • स्कुल भर्ना भएको खुशी टिक्न नपाउँदै हत्याराको सिकार : बाबुको सपना मर्‍यो, छोरीको खुशी

    स्कुल भर्ना भएको खुशी टिक्न नपाउँदै हत्याराको सिकार : बाबुको सपना मर्‍यो, छोरीको खुशी

    जनकपुरधामः आइतबार बिहानदेखि नै ६ वर्षीया गुलबासा खातुनको अनुहारमा बेग्लै खुशी देखिन्थ्यो। कारण धेरै ठूलो थिएन - भोलिदेखि (सोमवार) उनी विद्यालय भर्ना भएर पढ्न पाउँदै थिइन्। मुस्लिम समुदायमा छोरीले पढ्न पाउनु अहिले पनि हाम्रो जस्तो समाज सामान्य बन्न सकेको छैन। त्यही समाजमा खातुनले भने टाई जुत्ता लगाएर अङ्ग्रेजी मिडियमको विद्यालयमा पढ्न पाउँदै थिइन्। आइतबार उनी यूकेजीमा भर्ना भएकी थिइन्। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाकै बीच बर्दिबासमा प्रदर्शन, दुई राउन्ड अश्रु ग्यास प्रहार

    निषेधाज्ञाकै बीच बर्दिबासमा प्रदर्शन, दुई राउन्ड अश्रु ग्यास प्रहार

    जनकपुरधाम : महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि स्थानीयले बिहानैदेखि विरोध तथा प्रदर्शन गरेका छन्। ६ वर्षीया बालिका हत्याको विरोधमा प्रदर्शनमा स्थानीय उत्रेका थिए। प्रदर्शनकै क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागि मृत्यु भएपछि तनाव थप बढेको हो। स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि आक्रोशितहरूले बिहानैदेखि प्रदर्शन गरेका हुन्। प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन भन्दै दुई राउन्ड अश्रु ग्यास समेत…

    विस्तृतमा पढ्नुस्

  • बालिका हत्या प्रकरण : प्रदर्शनकारीबाट प्रहरीले खोस्यो शव, गोली लागेर तीन जना घाइते

    बालिका हत्या प्रकरण : प्रदर्शनकारीबाट प्रहरीले खोस्यो शव, गोली लागेर तीन जना घाइते

    जनकपुरधाम : बर्दिबासमा हत्या भएकी ६ वर्षीया बालिकाको शवलाई प्रहरीले प्रदर्शनकारीबाट नियन्त्रणमा लिई पोस्टमार्टमको लागि जनकपुर ल्याएको छ। बलात्कार पश्चात हत्या भएकी ६ वर्षीया बालिका गुलाबा साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको हो। मंगलवार दिउँसो स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबास चोकमा राखी पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले गोली चलाएर बालिकाको शव नियन्त्रणमा लिई पोस्टमार्टमको…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षीया बालिकाको हत्यापछि बर्दिबास तनावग्रस्त, अभियुक्त साहको यसअघिको हत्यामा पनि कनेक्सन!

    ६ वर्षीया बालिकाको हत्यापछि बर्दिबास तनावग्रस्त, अभियुक्त साहको यसअघिको हत्यामा पनि कनेक्सन!

    जनकपुरधामः महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका हत्या गरेपछि स्थिति तनावग्रस्त बनेको छ। आइतबारदेखि हराएकी बर्दिबास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव खातुनको आज शव फेला परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा हत्याको अभियोगमा २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ। बलात्कारपछि हत्या भएको भन्दै स्थानीय र आफन्तले आज प्रदर्शन तथा विरोध गरिरहेका छन्। त्यसै क्रममा अभियुक्त साहको घरमा…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा छठको रौनक : अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य

    जनकपुरमा छठको रौनक : अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य

    जनकपुरधाम : छठ पर्वको तेस्रो अर्थात मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। जनकपुरको गंगासागरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरुले छठ पर्व मनाएका छन्। छठ पर्व मनाउन जनकपुरधामको तलाउहरुमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरु पुगेका थिए। आज अस्ताउँदै गरेको सूर्यलाइ अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइने छ। कोरोना महामारीका बीच अहिले जनकपुरधामको गंगासागर,…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाममा छठको रौनक यस्तो, आज अस्ताउँदो सुर्यलाइ अर्घ दिइने

    जनकपुरधाममा छठको रौनक यस्तो, आज अस्ताउँदो सुर्यलाइ अर्घ दिइने

    जनकपुरधाम : छठ पर्वको तेस्रो अर्थात मुख्यदिन आज देशभर अस्ताउँदो सुर्यलाइ अर्घ दिइने छ। छठ मनाउन जनकपुरधामको तलाउहरुमा बिहानैदेखि अर्घ लिएर श्रद्धालुहरु पुगेका छन्। कोरोना महामारीकोबीच अहिले जनकपुरधामको गंगासागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्ड, अग्निकुण्ड लगायतका पोखरीहरुमा विहानैदेखि श्रद्धालुहरु अर्घ लिएर पुगेका छन्। अन्य वर्ष जनकपुरधामको पोखरीहरुमा छठ हेर्न अन्य मुलुकबाट समेत पर्यटकहरु आउने गरे पनि यस…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा कोरोना संक्रमणका कारण वडाध्यक्षको मृत्यु

    धनुषामा कोरोना संक्रमणका कारण वडाध्यक्षको मृत्यु

    जनकपुरधाम : धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो। ७० वर्षीय मोक्तानको बिहीवार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए। वडाध्यक्ष मोक्तानलाई एक हप्ता पहिले ज्वरो आएपछि पुष्पवलपुरस्थित स्वास्थ्यचौकीमा उपचार गराइएको थियो। त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार…

    विस्तृतमा पढ्नुस्

  • छठ पर्वमा आज खरना : नदीतलाउमा सजिसजाउ, भिड रोक्ने प्रयासमा रहेको प्रशासन भन्छ, 'कसैले टेर्दैनन्'

    छठ पर्वमा आज खरना : नदीतलाउमा सजिसजाउ, भिड रोक्ने प्रयासमा रहेको प्रशासन भन्छ, 'कसैले टेर्दैनन्'

    जनकपुरधाम : मिथिलाञ्चलको लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि मनाइँदै छ। छठ पर्व गरेका व्रतालुहरुले आज बेलुका इष्टदेवलाइ पूजा अराधना गरी खरना विधि सम्पन्न गर्ने छन्। खरना विधिमा माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाइन्छ। खरनामा नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell