काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले आज शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा भएको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ। भेटमा मन्त्री भुसालले दुई देशबिचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आवागमनलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएकी थिइन्। उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख…
काठमाडौं : नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा ओली सरकारको समयमा भएका विकासका काम उल्लेख गरिएको छ। यस्तै, स्थानीय तह निर्वाचन लक्षित विकासका अवधारणाहरु प्रस्तुत गरिएको छ। सार्वजनिक गरिएको घोषणा पत्रमा आगामी दिनमा पार्टी कसरी अघि बढछ…
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। बिहीवार गुजरातबाट भारत भ्रमण सुरु गरेका उनले आज नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेका हुन्। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबिच द्वीपक्षिय छलफल भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। दुवै देशको प्रतिनिधिमण्डलसहितको छलफलमा अर्थ व्यवस्था, भौतिक पूर्वाधारको विकास, पाइपलाइन लगायतका विषयमा कुराकानी भएको छ। भेटपछि मोदी र बोरिसले संयुक्त…
बुटवल : रुपन्देहीका पूर्व कांग्रेस नेता मातृका प्रसाद यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन्। शुक्रवार भैरहवामा आयोजना गरिएको कार्यक्रममा यादवलाई जसपा नेताहरू सहसराम यादव, सुमन शर्मा रायमाझी, महेन्द्र यादव, ओमप्रकाश यादव लगायतले पार्टीमा स्वागत गरेका हुन्। कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का पूर्व क्षेत्रीय सभापति समेत रहेका नेता यादवले केही दिन अघि नेपाली कांग्रेस परित्याग गरेको…
काठमाडौं : कर्तव्य ज्यान मुद्दामा तीन वर्षदेखि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-७ बस्ने रानी देवी मण्डल रहेकी छन्। उनी बिहीवार पक्राउ परेको प्रहरीले जनाएको छ। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले उनीविरुद्ध २०७५ फागुन १५ गते २० वर्ष कैद सजाय सुनाएको थियो। फरार रहँदै आएकी उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता तथा कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकतावद्ध हुन आह्वान गरेका हुन्। उनले जनयुद्ध र…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ। राखेपको बोर्ड बैठक तीन वर्ष देखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो। राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए। खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षता बसिरहेको…
काठमाडौं : काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पेप्सीकोलास्थित सडकमा रोकिराखेको बा.२१ च ८८९५ नम्बरको गाडीमा बा.३९ प ५१८० नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना भएको थियो। मोटरसाइकल चालक काठमाडौं कोटेश्वर बस्ने कालिकोट तिला गुफा नगरपालिका घर भएका २० वर्षीय धर्मेन्द्र बमको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पेप्सीकोलास्थित मडरल्याण्ड अस्पतालमा उपचारको…
काठमाडौं : नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गरेका छन्। शीतल निवासमा गेब्रेयसस र भण्डारीबिच छलफल भएको हो। त्यसक्रममा भण्डारीले कोरोना भाइरस महामारीका क्रममा संगठनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। यस्तै, महानिर्देशक गेब्रेयससले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटघाट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र गेब्रेयससबिच…
काठमाडौं: नेपाली क्रिकेट टोलीले वैशाख १७ गतेबाट जिम्बावे 'ए' सँग घरेलु मैदानमा क्रिकेट सिरिज खेल्दै छ। सिरिजका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल र जिम्बावेबीच तीन खेलको टी २० सिरिज र तीन खेलकै वानडे सिरिज हुनेछ। वैशाख १७, १९ र २१ गते वानडे र २३, २४ र २६ गते टी २० सिरिजका खेल हुनेछन्। नेपाली टोली सन्दीप…
पंजाबी गायक गेभी सिंहको स्वरमा सार्वजनिक भएको नेपाली गीत अहिले चर्चामा छ। अप्रिल १७ मा प्रिमियर भएको कभर भर्सनमा उनले स्वर सम्राट नारायण गोपालको चर्चित गीत ‘मलाई माफ गरिदेउ’मा आवाज दिएका छन्। लण्डनमा छायांकन भएको उक्त गीतको निर्देशन जीएस जोन्नीले गरेका हुन्। संसार ब्लगले निर्माण गरेको उक्त गीतमा आवाज दिएका सिंहलाई नेपाली राम्ररी बोल्न आउँदैन। विदेशी र नेपाली संस्कृतिलाई जोड्ने उद्धेश्यले सिंहलाई नारायण गोपालको गीतको कभर…
काठमाडौं : नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ। आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई दिने गठबन्धनमा सहमति जुटिसकेको छ। तर, चितवनका नेताहरु केन्द्रको उक्त निर्णयको पक्षमा छैनन्। त्यसैले जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर केही नोबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्। विज्ञप्तिमा…
काठमाडौं : जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ। बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो। चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो। मन्दिरमा सुटुक्क विवाह गर्ने तथा…
रसिया र युक्रेनबिचको युद्ध सुरु भएको आज ५७ औं दिन पुगेको छ। युद्धका कारण ५० लाख युक्रेनी नागरिकहरु पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौं मानिसको मृत्यु भइसकेको छ। अहिले डोनवास र लुहान्सकमा युक्रेनी सेना र रसियाली सेनाबिच युद्ध जारी छ। यी दुवै विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि रसियाले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। युद्धका कारण युक्रेनका कयौं शहर खण्डहर…
काठमाडौंः भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र विराटनगर महानगरपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षीय भूपेन्द्र कुमार शाहलाई पक्राउ गरिएको डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनीहरू विरुद्ध मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच म्याद थप…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै गत वर्ष कम्युनिस्ट आन्दोलनको प्रतिगामी तत्तवले संविधानमाथि प्रहार गरेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्। 'शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत…
काठमाडौं : आज वैशाख ९ गतेदेखि देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। कोभिड- १९ संक्रमणका कारण २०७६ र २०७७ सालमा भौतिक रुपमा एसईई परीक्षा भएन। आन्तरिक मूल्याकंनको आधारमा नजिता प्रकाशन गरिएको थियो। कोरोना महामारी सुरु भएपछि पहिलोपटक भौतिक उपस्थितिमै एसईई संचालन हुन लागेको हो। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले मुम्बइ इन्डियन्समाथि जित निकालेको हो। मुम्बइस्थित बीवाइ पाटिल स्पोर्ट्स एकेडेमीमा सम्पन्न खेलमा चेन्नइले मुम्बइमाथि ३ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। ओपनर तथा कप्तान रोहित शर्मा र इशान किशनलाई शुन्य रनमै गुमाएको मुम्बइले खेलको खराब सुरुवात…
धनगढी: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ। धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। आज सम्पन्न खेलमा पुलिसले वनदेवीमाथि ३–० को अन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। पुलिसलाई फाइनलमा पुर्याउनका लागि निर्मला विकले दुई…
काठमाडौँः नेपाल पत्रकार महासंघले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नुअघि राजीनामा दिन सदस्यहरुलाई निर्देशन दिएको छ। सदस्यता परित्याग नगरी उम्मेदवार बनेमा विधान अनुसार स्वतः पदमुक्तको निर्णय पनि महासंघले गरेको छ। बिहीबार बसेको बैठकले आचारसंहिताको पालना गर्न र तटस्थ भूमिका निर्वाह गर्न सदस्यहरुलाई आग्रह गरिएको छ। निर्णयमा भनिएको छ, 'महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको…