काठमाडौं : ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटनमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पाटन औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा काम गर्ने भारतीय नागरिकको मृत्यु भएको हो। घाइतेहरुको पाटन अस्पताल र…
बुटवल : रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा आएको छ। बिहीवार बिहानदेखि विमानस्थलको पुरानो एक हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर तीन हजार मिटर लामो नयाँ धावनमार्गबाट उडान र अवतरण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए। सन् १९५८ जुलाई ८ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गमा यती एयरले…
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठकले काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरेको छ। आज बसेको कार्यसमिति बैठकले कार्यसमिति सभापति नीलकाजी शाक्य, कार्यसमिति सचिव सुसन वैद्य, बहालवाला उपप्रमुख हरीप्रभा खड्की श्रेष्ठको नाम सिफारिस गरेको हो। यस्तै, सिर्जना सिंह र प्रगतिमान रञ्जिको नाम पनि महानगर प्रमुखका लागि सिफारिस भएको कार्यसमितिका एक सदस्यले जानकारी दिए। विगतमा नेपाल विद्यार्थी संघमा…
इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज चेन्नइ सुपर किंग्स र मुम्बइ इण्डियन्स भिड्दैछन्। दुवै टोलीको इतिहास हेर्ने हो भने यो खेललाई 'एल क्लासिको' भन्न द्विधा मान्नु पर्दैन तर वर्तमानमा अवस्था फरक छ। यी दुवै टोली जितका लागि संघर्ष गरिरहेका छन्। चेन्नइले जारी सिजनका ६ खेल खेल्दा एउटा मात्र जित निकालेको छ भने मुम्बइले लगालग ६ खेलमा पराजय ब्यहोरेको छ। यसपटक आईपीएलमा…
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस नेपाल आइपुगेका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए। भारत भ्रमण सकाएर उनी आज नेपाल आएका हुन्। भारतमा रहँदा उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'तुलसी भाइ' भनेर नयाँ नाम दिएका थिए। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र…
फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघेको छ। अप्रिल १० देखि आँधीबाट प्रभावित फिलिपिन्समा हालसम्म २२४ जनाको मृत्यु भइसकेको त्यहाँको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले जनाएको छ। परिषद्का अनुसार १४७ जना अझै हराइरहेका छन्। आँधीबाट करिब ६ लाख परिवार प्रभावित भएका छन् भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अगाटन आँधीको असर फिलिपिन्सको ३३ वटा…
इजरायलले गाजापट्टीमा आक्रमण गरेको अलजजिराले उल्लेख गरेको छ। एक सातामा दोस्रोपटक गाजापट्टीमा आक्रमण भएको हो। रकेट इन्जिन भण्डारण गरिएर राखिएको स्थानमा आफ्नो फाइटर जेटले आक्रमण गरेको इजरायलले जनाएको छ। आक्रमणका कारण अल बुरेइज शरणार्थी शिविरमा रहेका कयौं घरहरु नष्ट भएका छन्। आक्रमणका कारण भएको क्षति बारे केही सार्वजनिक गरिएको छैन। लगातार भएको हिंसात्मक आक्रमणमा प्यालेन्टाइनी नागरिकहरुको संलग्नता रहेको खुलेको भन्दै…
आलिया भट्ट अभिनित बलिउड फिल्म 'गंगुबाई काठियावाडी' अब नेटफ्लिक्समा आउने भएको छ। गत २५ फेब्रअरीमा सिनेमाहलमा रिलिज भएको यो फिल्म २६ अप्रिलमा नेटफ्लिक्समा रिलिज हुनेछ। नेटफ्लिक्सले नै फिल्मको रिलिज डेटबारे जानकारी दिएको हो। सञ्जयलिला भंसाली निर्देशित यो फिल्म नेटफ्लिक्समा हिन्दी र तेलगू भाषामा समेत रिलिज हुनेछ। व्यवसायिक र समीक्षात्मक रूपमा सफल भएको यस फिल्ममा आलियाका साथै अजय देवगनको अभिनय रहेको…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ महामारीको जोखिम कायमै रहेको भन्दै सबैलाई बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले एक विज्ञप्ति जारी गर्दै पूर्ण मात्रा खोप लगाएकाहरुले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेकी छिन्। ‘कोभिड-१९ को संक्रमणदर भारतलगायतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको…
हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रदेशका १३ जिल्लामा संयोजकहरु मनोनित गरेका छन्। कांग्रेस वाग्मती प्रदेश समितिका मुख्य सचिव राजु नेपालले एक विज्ञप्ति जारी गरी उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला संयोजक तोकिएको जानकारी दिएका हुन्। काभ्रेपलाञ्चोकमा…
काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन्। ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु…
काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै पालिकामा आजबाट निर्वाचन अधिकृतको कार्यालय संचालनमा आउँदैछ। प्रदेशका सबै निर्वाचन कार्यालयले आज ९ वटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको हो। वैशाख ३० गतेका लागित तय निर्वाचनमा सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन…
काठमाडौं : ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धि विक्रम शाहले जानकारी दिए। पाटन औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा काम गर्ने भारतीय नागरिकको मृत्यु भएको हो। अन्य चार जना कामदार घाइते भएका छन्। घटनास्थलमा पुगेर उद्धार गर्ने काम भइरहेको प्रहरीले…
काठमाडौंः प्रहरीले काठमाडौँबाट नक्कली सुन सहित पेस्तोलमा प्रयोग हुने गोली फेला पारेको छ। बुधवार दिउँसो काठमाडौंको कोटेश्वरस्थित नरेफाँटमा सुनमाया श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रमिला तामाङको डेरा कोठा खाली गर्दा सामान फेला परेको हो।काठमाडौँ महानगरपालिकाको प्रतिनिधि समेतको प्रहरी टोलीले ढोका खोली कोठा भित्र चेक गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए। पेस्तोलमा प्रयोग हुने नाएन एमएम लेखिएको ४ थान…
काठमाडौं : दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव 'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू हुँदैछ। महोत्सव पाटनढोकास्थित यलमाया केन्द्रमा आइतबारसम्म चल्नेछ। महोत्सवको १३ औं संस्करणमा ८ देशका ७१ फिल्म प्रदर्शन हुनेछन्। कोरोना महामारीपछि पहिलोपटक भौतिक रूपमा हुन लागेको फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ। महोत्सवको उद्घाटनमा भारतीय गायिका, संगीतकार तथा गीतकार सोना उपस्थित हुने बताइएको छ। महोत्सवको उद्घाटनमा उनकै वृत्तचित्र ‘सट अप सोना’ देखाइनेछ।…
काठमाडौं: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा स्थान बनाएको छ। आज धनगढी रंगशालामा सम्पन्न सेमिफाइनल पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो। रोमाञ्चक खेलमा एपीएफले आर्मीलाई ३–२ ले हराउँदै फाइनलको यात्रा तय गर्न सफल रह्यो। एपीएफलाई उपाधि…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा दिल्लीले ९ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो। पञ्जाबका लागि जितेश शर्माले सर्वाधिक ३२ रन बनाउँदा कप्तान मयंक अग्रवालले २४ रन बनाए। त्यस्तै मोहम्मद शाहरुख…
वीरगंजः सत्ता गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णय पुनर्विचार गर्न माग गर्दै पर्सा कांग्रेसका नेताहरु सभापति शेरबहादुर देउवासमक्ष पुगेका छन्। नेताहरुको टोलीले देउवालाई भेटेर निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन्। टोलीमा केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, संविधान सभा सदस्य अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीलगायत छन्। बुधबार उनीहरुले सभापति देउवालाई भेटेका हुन्। जिल्लामा गठबन्धन नगर्दा नै…
जनकपुरधामः सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख जनता समाजवादी पार्टी (जसपा) लाई दिनेगरि निरण गरे पनि स्थानीय स्तरमा भने कांग्रेसले पनि उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस नगर समितिले नगर प्रमुखका लागि ३ जनाको नाम सिफारिस गरेको हो। बैठकले नगरप्रमुख र उपप्रमुखका लागि नाम सिफारिस गरेको हो। कांग्रेसले नगर प्रमुखमा मनोजकुमार साह, किशोरी साह र राकेशविक्रम शाहको नाम सिफारिस गरेको हो। उपप्रमुखमा…
जनकपुरधाम : सत्तारुढ गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पद जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन्। आज बसेको गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबन्डा टंगो लगाएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबन्डा मिलाएको थियो। भागबन्डाको आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी…