इङ्ग्लिस प्रिमियर लिगमा गएराति लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच खेल थियो। लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको सातौं मिनेटमा खेल हेर्न पुगेका दुबै टिमका समर्थकहरुको तालि बजाउँदै शोक परेका क्रिस्टियानो रोनाल्डोको पुत्रशोक प्रति श्रद्धाञ्जली दर्शाए। जर्सी नम्बर ७ का युनाइटेडका पोर्चुगिच स्ट्राइकर रोनाल्डो अघिल्लो दिनमात्र छोराको शोकमा परेका थिए। समर्थकहरुले तालि बजाउँदै लिभरपुलको 'यू विल नेभर वाक अलोन' गाएका थिए। दुबै…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लखनउ सुपर जाइन्टमाथि जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोस्ट्स एकेडेमीको मैदानमा सम्पन्न खेलमा बेङ्ग्लोरले लखनउमाथि १८ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। बेङ्ग्लोरका लागि कप्तान फाफ डुप्लिसिसले सर्वाधिक ९६ रन बनाउँदा शहबाज अहमेदले २६, ग्लेन…
धनगढी: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब पुगेको छ। आज धनगढी रंगशालामा भएको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक वनदेवी अन्तिम चारमा पुगेको हो। वनदेवीलाई सेमिफाइनलमा पुराउनका लागि चन्द्रा भण्डारीले दुबै गोल गरिन्। पहिलो हाफको छैटौं मिनेटमा उनले गोल गर्दै आफ्नो टीमलाई १–० को अग्रता दिलाइन्। खेलको निर्धारित समय…
काठमाडौं: दुई विभागीय टीम नेपाल आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा पुगेका छन्। अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाइनल खेल सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै…
वीरगंजः आसन्न स्थानीय तहको चुनावमा मधेश प्रदेशको एक मात्र महानगर वीरगंजमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच कुनै पनि तालमेलको निर्णय नभएको दलहरुले प्रस्टीकरण दिएका छन्। महानगरमा तालमेल भएको समाचार गलत भएको दुबै दलले बताएका छन्। एमाले पर्साका नेता एवं केन्द्रीय सदस्य राजकुमार गुप्ताले तालमेलको प्रयास भए पनि औपचारिक निर्णय नभएको बताए। ‘वीरगंज महानगरमा मात्रै तालमेल गर्नेबारे छलफल…
जनपुरधाम: स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र मधेश प्रदेशमा रहेका छन्। जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान केन्द्रलाई ३ तहमा वर्गीकरण गरेको छ। सो वर्गीकरण अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र छन्। मधेश प्रदेशमा १ हजार ६३ वटा ‘अति संवेदनशील’ मतदान केन्द्र रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश…
काठमाडौं : सरकारले निलम्बन गरेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पदीय जिम्मेवारीमा फर्किन पाउने भएका छन्। सर्वोच्च अदालतले अधिकारीले हालेको रिटमा अन्तरिम आदेश दिने निर्णय गरेसँगै उनी दैनिक काममा फर्किन पाउने भएका हुन्। अदालतले सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ। सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई डाकेको छ। त्यतिबेलासम्म गभर्नर अधिकारी निलम्बन हुने छैनन्। सरकारले चैत २४…
काठमाडौं : सत्तारुढ गठबन्धनमा आसन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने टुंगो लागेको छ। आज बालुवाटारमा बसेको बैठकमा पोखरा महानगरपालिकासहित ६ महानगरको भागबन्डा टुंगिएको हो। जसअनुसार पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति भएको हो। तर, पोखरा महानगरका कांग्रेस नेताहरु भने महानगरमा तालमेलको विपक्षमा छन्। आज पनि गठबन्धनको बैठकअघि कास्कीका नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर…
काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आसन्न स्थानीय तह निर्वाचनमा फेरि आफैले टिकट पाउने दाबी गरेका छन्। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका उनले आफू पनि प्रमुख पदको दाबेदार भएको भन्दै टिकट पाउनेमा आशावादी रहेको बताए। ‘जितेको मेयर हुँ। मैले नै टिकट पाउँछु, जित्ने पनि नै मै हुँ’ उनले भने। नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिले आसन्न…
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको आचारसंहितामा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै मनोनयन गर्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ। आज न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त रिट खारेज गरेको हो। यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगको उक्त व्यवस्थाविरुद्ध परेको रिटमा सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो…
काठमाडौं : अभिनेता पूर्णविक्रम शाह ( पल) प्रकरणमा पीडित किशोरीका बुबाले पनि बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्। ‘अरु सबै कुरा उस्तै छ तर अन्तिम तिर उहाँले पछि बुझ्दा खेरी जबर्जस्ती करणी गरेको रहेनछ भनेर बयान दिनु भयो,’ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने।…
काठमाडौं : सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको भागबन्डामा सहमति जुटाएको छ। बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगर दिने सहमति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डा प्रेस संयोजक रमेश मल्लले जानकारी दिए। ६ महानगर र ११ उपमहानगरको भागबन्डामा सहमति जुटाउन सोमवारदेखि गठबन्धनको बैठकमा छलफल भएको थियो।…
हेटौँडा : नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको छ। पाँच दलीय सत्ता गठबन्धनबाट हेटौँडा उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनु पर्ने माग गर्दै कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका थिए। सोमवार बालुवाटारमा बसेको बैठकमा हेटौँडा उपमहानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाई दिने प्रस्ताव परेपछि मंगलवार मकवानपुरका कांग्रेस कार्यकर्ताले जिल्ला पार्टी कार्यलयमा तालाबन्दी गरेका हुन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दबाब सिर्जना…
काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर घोषणापत्र सार्वजनिक गरेको छ। मंगलवार पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्। ३७ बुँदे घोषणापत्रमा समाजवादीले विभिन्न घोषणा गरेको छ। आफूले जित्ने स्थानीय तहमा ३ सय युनिटसम्म विजुली नि:शुल्क गर्ने एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ। हरेक वडामा बगैँचा बनाउने, फलफूलका विरुवाले सजाउने पनि घोषणा गरिएको छ। घोषणापत्रमा भूमिहीन सुकुम्बासीको…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने बताएका छन्। मंगलबार राजधानीमा आयोजित नेकपा एकीकृत समाजवादीसँग नेकपा गौरवशाली पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताएका हुन्। उनले गठबन्धनका दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलाई लिएर अपमान गरिए…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा एमाले अध्यक्ष केपी ओली डराएको बताएका छन्। मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले गठबन्धनको शक्ति देखेर ओली थरथरी कामेको बताएका हुन्। ‘यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन्। केपी ओली हतास भएका छन्। हतास अभिव्यक्ति…
काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए। त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ शहर केन्द्रीत हुन नहुने बताएका छन्। मंगलवार नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत भएर संगठन निर्माण गर्न निर्देशन दिएका हुन्। देउवाले हाल नेविसंघ विद्यार्थी युनियनको निर्वाचनमा पराजित भइरहेको भन्दै विद्यालय तहमा नै संगठन निर्माण गर्न समेत भने। यसअघि…
काठमाडौं : शहीद स्मारक ‘बी’ डिभिजन लिग २०७८ मा मध्यपुर युथ एसोसिएसनसँगको खेलमा अपमानजनक व्यवहार र अनुशासनबाहिरको क्रियाकलाप देखाउँदा नयाँबस्ती युवा क्लब कारबाहीमा परेको छ। एन्फा लिग कमिटीको बैठकले क्लबमाथि ३ लाख रुपैयाँको जरिबाना गराउने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। त्यस्तै, क्लबका अफिसियल श्रीबहादुर योगीलाई एन्फाको फुटबल गतिबिधिबाट दुई वर्षको लागि प्रतिबन्ध लगाउने निर्यण गरेको छ भने…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोडिने दाबी गरेका छन्। मंगलवार नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५३औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताएका हुन्। गठबन्धन गरेर आफूले गल्ती नगरेको देउवाको भनाइ थियो। ‘के बिगारेँ मैले? कांग्रेस पार्टीलाई सरकारमा ल्याउने नै मेरो गल्ती हो भने मलाई…