PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुखमा कांग्रेसबाट खान सिफारिस

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुखमा कांग्रेसबाट खान सिफारिस

    बुटवल : आसन्न स्थानीय तह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। संविधान सभा सदस्यसमेत रहेको खानलाई नगरको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरिएको नगर सभापति कोसिश खड्काले जानकारी दिए। सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेको छ। त्यहाँ  उपप्रमुख माओवादी केन्द्रलाई दिने तयारी छ। गत निर्वाचनमा सिद्धार्थनगरमा…

    विस्तृतमा पढ्नुस्

  • आलिया १२ वर्षकी हुँदा नै रणवीर थिए उनका फ्यान

    आलिया १२ वर्षकी हुँदा नै रणवीर थिए उनका फ्यान

    बलिउड स्टार आलिया भट्ट र रणवीर कपुर १४ अप्रिलमा वैवाहिक बन्धनमा बाँधिए। करिब पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको पहिलो भेटको किस्सा पनि निकै रोचक छ। आलिया र रणवीरको पहिलो भेट सन् २००२ मा भएको थियो। त्यसबेला सञ्जय लिला भंसालीले फिल्म 'बालिका बधू' बनाउने तयारी थिए। जसमा उनी रणवीरसँगै आलियालाई कास्ट गर्न चाहन्थे। सो समय आलिया १२ वर्षकी थिइन् भने रणवीर २० वर्षका।…

    विस्तृतमा पढ्नुस्

  • आलोचनापछि हट्यो नेपाल आउने पर्यटकले नगद बोक्नुपर्ने प्रावधान, थपिँदै एटीएम मेसिन

    आलोचनापछि हट्यो नेपाल आउने पर्यटकले नगद बोक्नुपर्ने प्रावधान, थपिँदै एटीएम मेसिन

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ। विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो। उक्त व्यवस्थाको चौतर्फी रुपमा आलोचना भएपछि नगद बोक्नुपर्ने प्रावधान…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसबाट खेलराज पाण्डे सिफारिस

    बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसबाट खेलराज पाण्डे सिफारिस

    बुटवल : बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट खेलराज पाण्डेको नाम सर्वसम्मतले सिफारिस भएको छ। पार्टीको नगर समितिको बैठकले नगर सभापति समेत रहेका पाण्डेलाई सर्वसम्मत रुपमा मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए। पाण्डे २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए। सुवेदीले २३ हजार २४९ र पाण्डे २० हजार ८५१ मत ल्याएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मानव बेचबिखनको आरोपमा जेलमा रहेकी इजिप्टकी टिकटक स्टारको सजाय घटाइयो

    मानव बेचबिखनको आरोपमा जेलमा रहेकी इजिप्टकी टिकटक स्टारको सजाय घटाइयो

    इजिप्टको एक अदालतले टिकटक इन्फ्लुएन्सर हनीन होसामको कैद सजाय घटाएको छ। ‘मानव बेचबिखन’ मुद्दामा उनलाई १० वर्षको कैद सजाय सुनाइएको थियो। अदालतले कैद सजाय घटाएर ३ वर्ष बनाएको अदालतको एक स्रोतलाई उदृत गर्दै अलजजिराले उल्लेख गरेको छ। उनको कैद सजाय कटौती गरिएको भएपनि होसामले कायरो फौजदारी अदालतले तोकेको २ लाख इजिप्सियन पाउन्ड (१० हजार ७४० अमेरिकी डलर) जरिवाना भने तिर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील साझाले ललितपुर महानगरको मेयरमा उज्वल कृष्ण श्रेष्ठलाई उठाउने

    विवेकशील साझाले ललितपुर महानगरको मेयरमा उज्वल कृष्ण श्रेष्ठलाई उठाउने

    काठमाडौं : विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्वल कृष्ण श्रेष्ठलाई उठाउने भएको छ। आसन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट ललितपुर महानगरको प्रमुख पदमा उज्वल कृष्ण श्रेष्ठले उम्मेद्वारी दिने पार्टीले जानकारी दिएको छ। उम्मेद्वारीको औपचारिक घोषणा दिउँसो २ वजे हुँदैछ।

    विस्तृतमा पढ्नुस्

  • नेपाली विद्यार्थीलाई विशेष छुट दिन उत्तराखण्ड सरकार तयार

    नेपाली विद्यार्थीलाई विशेष छुट दिन उत्तराखण्ड सरकार तयार

    काठमाडौं : भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराउने बताएका छन्। नेकपा एमालेका नेता महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए। सो क्रममा…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल: बेङ्ग्लोर र लखनउ भिड्दै, शीर्षस्थानको होड

    आईपीएल: बेङ्ग्लोर र लखनउ भिड्दै, शीर्षस्थानको होड

    इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपरजाइन्ट प्रतिस्पर्धा गर्दैछन्। जारी सिजन ६ खेल खेलेका दुबै टोली ४ जित र २ हार ब्यहोर्दै ८ अंक जोडेका छन्। उनीहरुको निकट प्रतिद्वन्द्वी राजस्थान रोयल्स र सनराइजर्स हैदराबादको पनि समान ८ अंक छ। नेटरनरेटका आधारमा लखनउ तेस्रो र बेङग्लोर चौथो स्थानमा छ। र, यी दुबै टोलीका लागि सुनौलो अवसर…

    विस्तृतमा पढ्नुस्

  • ‘महिलालाई जनताले पत्याउँछन्, तर पार्टीले विश्वास गरेनन्’

    ‘महिलालाई जनताले पत्याउँछन्, तर पार्टीले विश्वास गरेनन्’

    बागलुङ : आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गलकोट नगरप्रमुखका १४ आकंक्षीमा तीन महिला छन्। तीमध्ये बहालवाला उपप्रमुख रेणुका काउचा पनि एक हुन्। उनले पाँच वर्ष उपप्रमुख भएर काम गरेकोले अब प्रमुखमा आफ्नो सशक्त दाबेदारी रहेको बताइन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारले लोकप्रिय मत लिएर जितेको उनले स्मरण गराइन्।  जनताले पत्याए पनि पार्टीले भने आफूहरुमाथि विश्वास नगरेको उनको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधामको मेयरका लागि लोसपाबाट सिफारिस भएका जानकी राम साह एमालेमा प्रवेश

    जनकपुरधामको मेयरका लागि लोसपाबाट सिफारिस भएका जानकी राम साह एमालेमा प्रवेश

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट सिफारिस भएका जानकी राम साह नेकपा एमालेमा प्रवेश गरेका छन्। स्थानीय तह निर्वाचनको मनोनय हुन केही दिनमात्र बांकी रहँदा २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित साह एमाले प्रवेश गरेकीका हुन्। भक्तपुरको बालकोटमा पुगेका उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका हुन्। मेयरमा सिफारिसमा भएका साह लोसपाबाट टिकट पाउने…

    विस्तृतमा पढ्नुस्

  • रसिया युक्रेन युद्धको ५४ औं दिन : दोनबासका लागि सुरु भयो ‘ब्याटल’

    रसिया युक्रेन युद्धको ५४ औं दिन : दोनबासका लागि सुरु भयो ‘ब्याटल’

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले दोनबास क्षेत्रका लागि युद्ध सुरु भएको बताएका छन्। दोनबास क्षेत्र रसिया समर्थित विद्रोही समूहको नियन्त्रणमा छ। रसियाले ५४ दिन अघि युक्रेनका दुई विद्रोही क्षेत्र दोनबास र लुहान्सकलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि युद्ध सुरु भएको थियो। हालसम्म जारी युद्धमा दुवै तर्फबाट हजारौं मानिसको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसंघले भने हालसम्म २ हजार ७२ जना सर्वसाधरणको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर अधिकारीको मुद्दा फुयालको इजलासमा, निलम्बन खारेज गर्न माग

    गभर्नर अधिकारीको मुद्दा फुयालको इजलासमा, निलम्बन खारेज गर्न माग

    काठमाडौं : सरकारले छानबिन गर्ने भन्दै पदबाट निलम्बन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका गभर्नर महाप्रसाद अधिकारीको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ। अधिकारीले गत आइतबार सर्वोच्चमा वकिलहरुमार्फत रिट हालेका थिए। उनले छानबिन समिति खारेज गरी तत्काल पुन: बहालीका लागि आदेश माग गरेका छन्। न्यायाधीश फुयालको इजलासमा मंगलबार ४ वटा पेशी तोकिएको छ। जसमा अधिकारीको पेशी चौथोमा राखिएको छ। गभर्नर अधिकारीलाई सरकारले…

    विस्तृतमा पढ्नुस्

  • नगर र गाउँपालिकामा गठबन्धनबिच तालमेल हुन नसके प्रतिस्पर्धा : वर्षमान पुन

    नगर र गाउँपालिकामा गठबन्धनबिच तालमेल हुन नसके प्रतिस्पर्धा : वर्षमान पुन

    काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुंगो लाग्ने बताएका छन्। पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आसन्न स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताएका हुन्। दलहरूबिच आ-आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उनको भनाइ छ। पुनले गठबन्धनमा नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • चहलको ह्याट्रिकसहित ५ विकेट र बटलरको सानदार शतकको सहायतामा राजस्थानको सनसनीपूर्ण जित

    चहलको ह्याट्रिकसहित ५ विकेट र बटलरको सानदार शतकको सहायतामा राजस्थानको सनसनीपूर्ण जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा राजस्थानले कोलकत्तामाथि ७ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। राजस्थानलाई विशाल लक्ष्यतर्फ डोहोर्‍याउन जोस बटलरले शतकीय पारि खेल्दै सर्वाधिक १०३ रन बनाउँदा कप्तान सञ्जु सामसनले ३८…

    विस्तृतमा पढ्नुस्

  • बिस्का जात्रामा रथले किचेर घाइते भएका पुरुषको मृत्यु

    बिस्का जात्रामा रथले किचेर घाइते भएका पुरुषको मृत्यु

    काठमाडौँः भक्तपुरमा बिस्का जात्राको रथले किचेर घाइते भएका एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ५ का ७१ वर्षका दुर्गामान कस्पालको मृत्यु भएको हो। जात्रा हेर्ने क्रममा उनलाई रथले किचेको थियो। घाइते कस्पालको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। सोमबार करिब पौने ६ बजे गहिटीबाट बंशगोपालतर्फ लाँदै गरेको रथ नासमाना चोकमा…

    विस्तृतमा पढ्नुस्

  • क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना काठमाडौंबाट समातिए, एक वर्षमा ६६ करोड रुपैयाँको कारोबार

    क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना काठमाडौंबाट समातिए, एक वर्षमा ६६ करोड रुपैयाँको कारोबार

    काठमाडौँ क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न अनुप मिश्र, दिपेश थापा र राहुल चचानलाई नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले उनीहरुलाई शनिबार र आइतबार काठमाडौँको महाबौद्ध, न्यूरोड र कलंकीबाट कारोबारमा प्रयोग हुने विद्युतीय उपकरणसहित पक्राउ गरेको हो। अनुसन्धानमा ६६ करोड ७९ लाख ७९ हजार ९६३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको महाशाखाका…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनले मिलाउन सकेन सिट बाँडफाँट, मंगलबारका लागि सारियो भाका 

    सत्ता गठबन्धनले मिलाउन सकेन सिट बाँडफाँट, मंगलबारका लागि सारियो भाका 

    काठमाडौँः सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएको छ। स्थानीय तह निर्वाचनको सिट बाँडफाँटबारे सहमति गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ। सोमबार बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरुको बैठक निरन्तर बसेको थियो। तर, सिट बाँडफाँटमा सहमति नभएको हो।  सोमबार बिहानदेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महानगर र उपमहानगरको उम्मेदवारको टुंगो लगाउने एजेण्डामाथि छलफल भएको थियो। कांग्रेसबाहेकका अन्य दलहरु माओवादी केन्द्र,…

    विस्तृतमा पढ्नुस्

  • देवेन्द्र बब्लुको 'हिरोनी' बोलको गीत सार्वजनिक

    देवेन्द्र बब्लुको 'हिरोनी' बोलको गीत सार्वजनिक

    काठमाडौं : गायक देवेन्द्र बब्लुको ‘हिरोनी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा देवेन्द्रसँगै गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। देवेन्द्रकै शब्द, संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्। सार्वजनिक भिडियोमा देवेन्द्रका साथै मोडल कविता नेपालीको अभिनय रहेको छ। देवेन्द्रकै निर्देशन र कन्सेप्टमा गीतको भिडियो निर्माण भएको हो। तीनमहिनाअघि देवेन्द्रले ‘म त पर्खेको पर्खै छु’ गीत ल्याएका थिए। उक्त गीतले निकै चर्चा पाएको थियो।

    विस्तृतमा पढ्नुस्

  • ‘वैदेशिक सहायता आएन, सरकारकै पूर्ण बजेटले निर्वाचन सामग्री किनिरहेका छौँ’

    ‘वैदेशिक सहायता आएन, सरकारकै पूर्ण बजेटले निर्वाचन सामग्री किनिरहेका छौँ’

    काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि वैदेशिक सहायताको आह्वान गरेको भएपनि कुनै पनि देशले सहयोग नगरेको बताएको छ। सोमवारको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विकास साझेदार संस्थाहरुसँग सहायताका लागि आह्वान गरिएको तर कुनै पनि संस्थाबाट नगद तथा जिन्सी सामान सहयोगको प्रतिवद्धता नआएको जानकारी दिए। सहयोग प्राप्त नभएपछि नेपाल सरकारकै बजेटबाट सबै सामानहरु आयात गरिएको आयोगले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्ने निर्देशन दिएका हुन्। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मन्त्री खाणले अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell