काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेलाई कारबाही गरिने बताएका छन्। रुपन्देही पुगेका खानले एक अन्तरक्रिया कार्यक्रममा निर्वाचनमा गठबन्धन दलबिच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लंघन गर्ने छुट कसैलाई नभएको बताएका हुन्। ‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्वपूर्ण होइन। कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा स्थानमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको…
काठमाडौं : अभिनेता महेश त्रिपाठी ‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको मनोनयनमा छनोट भएका छन्। अमेरिकाको टेक्सासमा आजबाट सुरु भएको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा महेश फिल्म ‘हल्कारा’बाट मनोनयनमा परेका हुन्। बुधवार ‘वर्ल्ड फेस्ट ह्युस्टन’ फेसबुकमार्फत मनोनयनमा परेका तीन अभिनेताहरूको नाम सार्वजनिक गरिएको हो। उत्कृष्ट अभिनेताका लागि महेशले अमेरिका र बेलायतका अभिनेतासँग प्रतिस्पर्धा गर्नेछन्। फिल्म ‘नोभेम्बर रेन’बाट अभिनयमा डेब्यू गरेका महेशले ‘चपली हाइट…
काठमाडौं : सत्ता गठबन्धनको बुधवारको सहमति अनुसार ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डाको टुंगो लागेको छ। केही दिनयता बालुवाटारमा लगातार रुपमा बसेको गठबन्धनको बैठक बुधवार निष्कर्षमा पुगेको हो। सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले सहमति जुटाएको र कुनै ठाउँमा केही कारणले सहमति नजुटे गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन्। बाँकी पालिकामा के हुन्छ? महानगर र…
काठमाडौं : सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा लगातार बसेको बैठक बुधवार निष्कर्षमा पुगेको हो। सबै महानगर र उपमहानगरमा भागबन्डा टुंगिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकरी दिए। अब नेपाली कांग्रेसले ३ महानगरमा प्रमुख र ३ महानगरमा उपप्रमुखमा उम्मेदवारी दिनेछ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकामा कांग्रेसले मेयरमा उम्मेदवारी दिने तय भएको हो। वीरगंज, भरतपुर…
हेटौँडा : हेटौँडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिले विरोध जनाएको छ। बुधवार पार्टी कार्यालयमा हेटौँडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे नगरका १९ वटै वडाका सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा एकल उम्मेदवार खडा गर्ने चेतावनी दिएको हो। नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचनका लागि निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। बुधवार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। प्रतिवद्धतापत्रमा सुशासन कायम गर्न भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने, जनतालाई छिटो छरितो सेवा दिने, निर्वाचन जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिना भित्र…
काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी बैशाख ८ गते अपराह्न नेपाल आउने भएका हुन्। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन्। त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण…
धनगढी: मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो। देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई ४०–१६ ले हरायो। यसअघि मंगलवार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित…
इण्डियन प्रिमियर लिग (आईपीएल) का पहिला कमिश्नर ललित मोदीमाथि फिल्म बन्ने भएको छ। '८३', 'थलाइबी' लगायतका फिल्मका प्रोड्युसर विष्णु वर्धन इन्दुरी यो फिल्म लिएर आएका हुन्। यो फिल्म खेल पत्रकार बोरिया मजुमदारको पुस्तकमा आधारित हुनेछ। फिल्मको कलाकारबारे अझै टुंगो लागेको छैन। सन् २००५ देखि २०१० सम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डको उपाध्यक्ष रहेका मोदीलाज्ञ आईपीएलका 'गड फाडर' समेत भनिन्छ। सन् २०१० मा…
पोखरा : पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारी नेकपा (एकीकृत समाजवादी)को भागमा परेपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ। गठबन्धनको निर्णयबाट रुष्ट रहेका कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालयमा बुधवार ताला लगाएका हुन्। पोखरा महानगर समिति सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाको नेतृत्वमा विज्ञप्ति जारी गरी तालाबन्दीको गरिएको हो। एकीकृत समाजवादीलाई प्रमुख दिनु कांग्रेसको आत्मसम्मान चोट लाग्नु बताएका छन्। ‘हामी पनि विधानअनुसार निर्वाचित भएका…
इण्डियन प्रिमियर लिग (आईपीएल) यसपटक पनि कोभिड १९ को संक्रमणबाट अछुतो छैन। दिल्ली क्यापिटल्सको टिममा कोभिड संक्रमण पुष्टि भइसकेको छ र एकजना खेलाडी अस्पताल भर्ना गरिएकोसमेत दाबी स्थनीय सञ्चारमाध्यमहरुले गरेका छन्। यसैबिच कोभिडकै कारण आज पुणेमा हुनु पर्ने दिल्ली र पञ्जाबबिचको खेल मुम्बईमा स्थानान्तरण भएको छ। पञ्जाबले ६ खेल खेल्दा ३ जित र ३ हार ब्यहोर्दै ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि दिइरहेको छ। वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यतालिका छ। मन्त्रायलले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि जुकाको औषधि खुवाइँदैछ। मन्त्रालयले खोप केन्द्रमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह पनि…
काठमाडौं : अफगानिस्तानको काबुलमा दुईवटा बम आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलवार भएको घटनामा २० जना घाइते भएका छन्। मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ। शिया समुदाय बाहुल्य क्षेत्रमा रहेको अब्दुल शहिम शहीद हाइ स्कुलमा भएको विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई लक्षित गर्दै आक्रमण गरिएको बताइएको छ। विद्यालय बाहिर पनि विस्फोटक…
काठमाडौं : १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। शंखरापुर नगरपालिका-७ साल्खा टोल बस्ने ४९ वर्षीय भूपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। शंखरापुर नगरपालिका-६ स्थित बज्रयोगीनीको मूल जात्रामा मानिसहरूको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने सूचना आएपछि प्रहरी प्रभाग साँखुबाट…
काठमाडौं : गभर्नर महाप्रसाद अधिकारी आजबाट पदीय जिम्मेवारी पूरा गर्न नेपाल राष्ट्र बैंक फर्किएका छन्। सरकारले निलम्बन गरेका गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले दैनिक काममा फर्किन आदेश दिएसँगै उनले राष्ट्र बैंक पुगेर कार्यभार सम्हालेका हुन्। राष्ट्र बैंक पुग्दा गभर्नर अधिकारीलाई कर्मचारीहरुले माला र खादा लगाएर स्वागत गरेका थिए। मंगलवार अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै वैशाख १३ गते दुबै…
बलिउड निर्देशक राजकुमार हिरानीले फिल्म ‘डुंकी’ बनाउने घोषणा गरेका छन्। फिल्ममा अभिनेता शाहरूख खान मुख्य भूमिकामा देखिनेछन्। राजकुमार र शाहरूखले यस फिल्ममार्फत पहिलो पटक सहकार्य गर्न लागेका हुन्। त्यसैगरी, फिल्ममा अभिनेत्री तापसी पन्नुको पनि मुख्य भूमिका रहनेछ। फिल्ममा पन्नु शाहरूखको जोडीको रूपमा देखिनेछिन्। शाहरूखले यस फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन्। फिल्मको घोषणासँगै रिलिज मिति समेत तय भएको छ।…
काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणका लागि बजेट नथप्ने बताएकी छिन्। पछिल्लो समय गाउँगाउँमा भ्यूटावर बनाइएको भन्दै आलोचना हुँदै आएको छ। आज एक कार्यक्रममा उनले भ्यूटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने बताएकी हुन्। ‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको…
दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छिन्। पहिलो सन्तानको रूपमा उनले छोरालाई जन्म दिएकी हुन्। उनले हिजो मंगलवार १९ अप्रिलमा छोरालाई जन्म दिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। तर, यस बारेमा काजल आफैँले औपचारिक जानकारी भने दिएकी छैनन्। काजलले गत पुस अर्थात नयाँ वर्षको अवसरमा आफू गर्भवती भएको बताएकी थिइन्। त्यसपछि उनले बेबी बम्प देखिने गरी तस्बिरहरू समेत शेयर गरेकी थिइन्। काजल…
नेटफिल्क्स स्बस्क्राइबरको संख्या पछिल्लो १० वर्षमा पहिलोपटक घटेको छ। जायन्ट स्ट्रिमिङ कम्पनीले पछिल्लो १०० दिनमा मात्रै २ लाख बढी ग्राहक गुमाएको छ। अमेरिका, बेलायत लगायतका आफ्नो मुख्य बजार रहेको देशमा ‘स्ट्रिमिङ कस्ट’ (मूल्य) बढाएपछि नेटफिल्क्सको ग्राहक संख्या घटेको हो। यस्तै, युक्रेनमाथि आक्रमण गरेपछि रसियामा स्ट्रिमिङ बन्द गर्नाले पनि कम्पनीको गाह्रक संख्या घटेको हो। रसियामा सेवा बन्द गर्दा नेटफिल्क्सका ७ लाख…
काठमाडौंः 'फ्रि फायर गेम'बाट चिनजान भएर १३ वर्षीय बालिकालाई करणी गरिएको घटना सार्वजनिक भएको छ। महानगरीय प्रहरी परिसरले पीडितको उजुरीको आधारमा पाल्पा घर भएका २७ वर्षीय महेश उदासलाई पक्राउ गरेको छ। खेल मार्फत नै चिनजान भई महेशले बालिकालाई पाल्पाबाट विवाह गर्ने आश्वासन दिएर काठमाडौंमा ल्याइ जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ परेका युवकविरुद्ध मुलुकी अपराध…