PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • अभिनेत्री केकी अधिकारीले गरिन् रोहित तिवारीसँग विवाह

    अभिनेत्री केकी अधिकारीले गरिन् रोहित तिवारीसँग विवाह

    काठमाडौं : अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन्। आज परिवार र नजिकका साथीहरुको उपस्थितिमा उनले व्यापारी रोहित तिवारीसँग विवाह गरेकी हुन्। रोहित हाम्रो बजार डट कमका सिइओ हुन्। बुधवार नै केकीको विवाहको हल्ला चलेको थियो। केकी र रोहितको मेहेन्दी कार्यक्रमको तस्विर सार्वजनिक भएपछि विवाहको हल्ला चलेको थियो। बिहीवार भने केकीले सामाजिक संजालमा विवाहका तस्विरहरु राखेकी हुन्। उनले आफ्ना दर्शकहरुमाझ विवाहको…

    विस्तृतमा पढ्नुस्

  • गणेशमान सिंह स्मृति बक्सिङमा सेमिफाइनलको होड, यस्तो देखियो वसन्तपुरमा प्रतिस्पर्धा

    गणेशमान सिंह स्मृति बक्सिङमा सेमिफाइनलको होड, यस्तो देखियो वसन्तपुरमा प्रतिस्पर्धा

    काठमाडौँ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत बिहीबार वसन्तपुर डबलीमा सम्पन्न खेलमा पुरुष ५७ केजीमा गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई सेमिफाइनलमा प्रवेश गरेका छन्। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई हराए। पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिम प्रदेशका सन्दीप नाथ तथा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा एमाले र लोसपाबीच तालमेल

    वीरगंज महानगरमा एमाले र लोसपाबीच तालमेल

    वीरगंजः नेकपा (एमाले) का मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठले आसन्न स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेलको प्रयास भइरहेको बताएका छन्। महासेठले वीरजंग महानगरसँगै मधेश प्रदेशका अन्य जिल्लाका स्थानीय तहमा पनि तालमेलको प्रयास भइरहेको बताएका हुन्। वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमालेले लोसपासँग वीरगंजमा मात्र तालमेल गर्न लागेको होइन अन्य जिल्लामा र आवश्यक परे देशकै आवश्यक स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरको अक्सिजन प्लान्टमा विस्फोटको छानबिन गर्न समिति गठन

    ललितपुरको अक्सिजन प्लान्टमा विस्फोटको छानबिन गर्न समिति गठन

    काठमाडौं : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले पनि विस्फोटपछि घटनाको समिति बनाएर छानविन गर्न निर्देशन समेत दिएका छन्। उद्योग मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा ८६ हजार ६२४ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

    लुम्बिनीमा ८६ हजार ६२४ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

    बुटवल : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ मा लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ जना विद्यार्थी सहभागी हुने भएका छन्। शुक्रबारदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका १२ वटा जिल्लाबाट नियमिततर्फ ८५ हजार ६७३, ग्रेड वृद्धितर्फ ९५१ र प्राविधिक धारतर्फ दुई हजार ८६६ जना विद्यार्थी सहभागी हुन लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका सुचना अधिकारी माधव प्रसाद पोख्रेलले जानकारी दिए। कूल ३२७ परिक्षा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज, भरतपुर र ललितपुरमा एमालेबाट मेयरको उम्मेदवार तय, अन्य महानगरमा यसकारण हुन सकेन चयन

    वीरगंज, भरतपुर र ललितपुरमा एमालेबाट मेयरको उम्मेदवार तय, अन्य महानगरमा यसकारण हुन सकेन चयन

    काठमाडौं :  नेकपा एमालेले गण्डकी प्रदेश सरकार परिवर्तनको सम्भावना रहेकाले प्रदेशसभाका सदस्यहरुलाई स्थानीय तह निर्वाचनमा अघि नसार्ने बताएको छ। एमालेको बिहीवार सम्पन्न भएको सचिवालयको ८ औं बैठकमा गण्डकी प्रदेशसभाका सदस्यहरुलाई आसन्न निर्वाचनमा अघि नसार्ने निर्णय भएको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।  पोखरा महानगरको मेयरका लागि भने १२ जनाको नाम प्रदेश कमिटीले केन्द्रमा पठाएको छ। तर, त्यहाँ अहिले प्रदेश सभाका सदस्यहरुको सिफारिस पनि…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    मकवानपुरको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    हेटौँडा : स्थानीय तह निर्वाचनका लागि हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो। बैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो। जिल्लाको दशवटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकृतहरू नियुक्तिपत्र…

    विस्तृतमा पढ्नुस्

  • बीआरआई भू-राजनीतिक रणनीति होइन : चिनियाँ राजदूत, 'नेपाली विद्यार्थीलाई चीन फर्काउने तयारी भइरहेको छ'

    बीआरआई भू-राजनीतिक रणनीति होइन : चिनियाँ राजदूत, 'नेपाली विद्यार्थीलाई चीन फर्काउने तयारी भइरहेको छ'

    काठमाडौं : नेपालका लागि चीनका राजदूत होउ यान्छीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) भू-राजनीतिक रणनीति नभएको बताएकी छिन्। बिहीवार भर्चुअल पत्रकार सम्मेलनमा उनले बीआरआई नेपाल जस्ता विकासशील देशहरुलाई दीगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने परियोजना भएको दाबी उनले गरिन्। उनले विकासको साझा लक्ष्य हासिल गर्न र साझा समृद्धि प्रवर्द्धन गर्न उक्त परियोजनाले सघाउने बताइन्।  यसैबिच उनले नेपाली उत्पादनलाई चीन निर्यात गर्न सहयोग…

    विस्तृतमा पढ्नुस्

  • ‘मेरो नाम कर्मा होइन कार्म हो’

    ‘मेरो नाम कर्मा होइन कार्म हो’

    काठमाडौं : फिल्म ‘षट्कोण’का मुख्य अभिनेताले आफ्नो नामबारे स्पष्ट पारेका छन्। यसअघि मिडियामा कर्मा शाक्य भनेर चिनिने अभिनेताले ‘षट्कोण’को पत्रकार भेटघाट कार्यक्रममा आफ्नो नामबारे स्पष्ट पारेका हुन्। ‘मेरो नाम कर्मा होइन् कार्म हो। सन् २००७ मा रिलिज भएको फिल्म 'सानो संसार' देखि मैले त्यही नाम प्रयोग गर्दै आएको छु। कर्मा र कार्मको अंग्रेजीमा एउटै तरिकाले लेखिन्छ। धेरै जनाले कर्मा भनेको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

    कांग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

    काठमाडौं : नेकपा एमालेले केही स्थानीय तहमा सत्तामा रहेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग पनि चुनावी तालमेल हुन सक्ने बताएको छ। नेकपा एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सकारात्मक राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल हुनसक्ने बताएका हुन्। सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उनले भने,'सकारात्मक पार्टीहरुसँग सहकार्य हुन सक्छ। १२ गते सम्म पुग्दासम्म नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग पनि कतिपय ठाउँमा जिल्ला लेभलमा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनको उम्मेदवार हुन जनप्रतिनिधिले कहाँ दिने राजीनामा?

    स्थानीय तह निर्वाचनको उम्मेदवार हुन जनप्रतिनिधिले कहाँ दिने राजीनामा?

    काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि १ करोड १९ लाख पतपत्र छापेको छ। हालसम्म ५३ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनले विभिन्न जिल्लामा अहिले निर्वाचनका लागि आवश्यक समाग्री ढुवानीको काम भइरहेको बताए। तर, मतपत्र भने सुरक्षाका हिसाबले बढी संवेदनशील हुने भएकाले अलि पछि मात्रै ढुवानी गर्ने आयोगको तयारी छ। ढुवानी व्यवसायीसँग…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो कार्यकालका लागि समर्थन गर्ने महानिर्देशक टेड्रोसलाई मन्त्री खतिवडाको प्रतिवद्धता

    दोस्रो कार्यकालका लागि समर्थन गर्ने महानिर्देशक टेड्रोसलाई मन्त्री खतिवडाको प्रतिवद्धता

    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्। सो क्रममा मन्त्री खतिवडाले कोभिड-१९ महामारीविरुद्ध लड्न डब्लुएचओले सहयोग गरेकोमा धन्यवाद दिएका छन्। डब्लुएचओले नेपाललाई कोभिड-१९ विरुद्धको राष्ट्रिय खोप अभियान सुरु गर्न सहयोग गरेको स्मरण गर्दै उनले २०२२ को मध्यसम्ममा ७० प्रतिशत पूर्ण खोप पुर्‍याउने डब्लुएचओको लक्ष्य हासिल गर्ने पथमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • डाइपरभित्र लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट महिला पक्राउ

    डाइपरभित्र लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट महिला पक्राउ

    काठमाडौंः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक महिला सुन सहित पक्राउ परेकी छिन्। दोलखा घर भएकी २४ वर्षीया महिलालाई लुकाईछिपाई ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। कतार एयरवेजमार्फत बुधवार बेलुका ७ बजे काठमाडौं ओर्लिएकी महिलाले ४२ थान बच्चाको डाइपर भित्र लुकाएर ल्याएको ३१७ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनका अनुसार ३१७ ग्राम सुनलाई २५०…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरबाट ७ हजार १३८ जनाले एसईई दिने

    मकवानपुरबाट ७ हजार १३८ जनाले एसईई दिने

    हेटौंडा : शुक्रवारबाट सुरु हुने एसईई परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजार १३८ जना परीक्षार्थी सहभागी हुने भएका छन्। यस वर्ष नियमित तर्फ ७ हजार १२४ जना र आंशिकतर्फ (पुरानो ग्रेड बृद्धि) १४ जना परीक्षार्थीले परीक्षा दिने भएका छन्। कोरोना भाइरस संक्रमणका कारण २०७६ र २०७७ सालमा भौतिक रुपमा एसईई परीक्षा संचालन भएको थिएन। आन्तरिक मूल्याकंनको आधारमा नजिता प्रकाशन गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश एमालेको गढ बनेको ओलीको दाबी, 'सूर्य सिध्याउन हिँडेकाको थुतुनो डढ्यो'

    मधेश प्रदेश एमालेको गढ बनेको ओलीको दाबी, 'सूर्य सिध्याउन हिँडेकाको थुतुनो डढ्यो'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने दाबी गरेका छन्। बिहीवार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराईमा एमालेको लहर आएको बताएका हुन्। विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको भदै उनले अहिले मधेश प्रदेश एमालेको मजबुत गढ बनेको समेत बताए। ‘तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन। यसपल्ट…

    विस्तृतमा पढ्नुस्

  • गुजरातमा बोरिस जोनसन, शुक्रवार मोदीसँग नयाँ दिल्लीमा वार्ता

    गुजरातमा बोरिस जोनसन, शुक्रवार मोदीसँग नयाँ दिल्लीमा वार्ता

    काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसन दुई दिने भ्रमणको सिलसिलामा भारतको गुजरात पुगेका छन्। बिहीवार उनी गुजरातको अहमदावाद पुगेका हुन्। भारतलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रिक राष्ट्र भन्दै उनले बेलायत र भारतको साझेदारीले धेरै कुराहरु हासिल गर्न सक्ने बताएका छन्। आज अहमदावादको गान्धी आश्रम पुगेर महात्मा गान्धीको अर्धकदको शालिकमा माल्यापर्ण समेत गरेका थिए। अहमदावादमा उनले गुजरातका व्यापारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले दिए राजीनामा, एमालेबाट भरतपुर महानगरको मेयरमा उठ्ने

    वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले दिए राजीनामा, एमालेबाट भरतपुर महानगरको मेयरमा उठ्ने

    काठमाडौं : वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्। नेकपा (एमाले)बाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका सुवेदीले आज सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन्। प्रदेशसभा निर्वाचनमा उनी चितवन २ ‘ख’ क्षेत्रबाट निर्वाचित भएका थिए। निर्वाचन आयोगले आसन्न निर्वाचनमा फेरि निर्वाचनमा लड्न चाहने बहालवाला जनप्रतिनिधिले मनोनयन दिनुअघि राजीनामा गर्नेपर्ने जनाएको छ। स्थानीय तह निर्वाचनका लागि बैशाख ११…

    विस्तृतमा पढ्नुस्

  • घोषणा पत्र बेचेर पोखरामा ‘अटेरी’ले उठायो ९६ हजार रुपैयाँ

    घोषणा पत्र बेचेर पोखरामा ‘अटेरी’ले उठायो ९६ हजार रुपैयाँ

    पोखरा : आसन्न स्थानीय तह निर्वाचनका लागि सुरु भएको स्वतन्त्र उम्मेद्वार अभियान ‘अटेरी’ले घोषणापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ रकम संकलन गरेको छ। पोखरामा अभियान सुरु गरेका लेखक गनेश पौडेलले सुरुवातदेखि नै चुनावी घोषणापत्र (कार्ययोजनापत्र)को बिक्रीबाट चुनावी खर्च जुटाउने बताउँदै आएका थिए। सोही अनुरुप अटेरीले ९६ हजार ७ सय ७० रुपैयाँ उठाएको अटेरीका निर्वाचन अभियान संयोजक हरि…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग संचालनमा आयो

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग संचालनमा आयो

    बुटवल : रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग संचालनमा आएको छ। बिहीबार बिहानदेखि विमानस्थलको पुरानो एक हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर तीन हजार मिटर लामो नयाँ धावनमार्गबाट उडान र अवतरण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले जानकारी दिए। सन् १९५८ जुलाई ८ बाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गमा यती एयरको…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनका शीर्ष नेताले सातै प्रदेशमा चुनावी सभा गर्ने

    गठबन्धनका शीर्ष नेताले सातै प्रदेशमा चुनावी सभा गर्ने

    काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ। आज बसेको संयन्त्रको बैठकले सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो। सभामा पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरि ६ जनाले सम्बोधन गर्ने निर्णय समेत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell