PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • फागुमा रङ्गियो काठमाडौं, दुई वर्ष फिका रहेको फागु यसपाला जम्यो, वसन्तपुरमा विशेष रौनक

    फागुमा रङ्गियो काठमाडौं, दुई वर्ष फिका रहेको फागु यसपाला जम्यो, वसन्तपुरमा विशेष रौनक

    पछिल्ला दुई वर्ष कोरोना भाइरसका कारण फागु पूर्णिमाको रौनक फिका थियो। यसपाला भने रङमा मस्त रङ्गिएको छ काठमाडौं उपत्यका।  राजधानीका मुख्य शहरी क्षेत्रमा मानिसहरु समूह समूहमा रमाउँदै रङ र पानी खेलिरहेका छन्। भित्री शहरका चोक चोकमा गीत घन्काउँदै नाचगान गर्नेहरु पनि उत्तिकै देखिए। काठमाडौंका ठमेल, बसन्तपुर क्षेत्र विशेष रह्यो। दुई वर्ष फिका फिका महसुस भएको फागुमा यसपाला भने मानिसहरु मस्त…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन कायम राख्‍न कांग्रेस प्रतिवद्ध छ : गृह मन्त्री खाण

    गठबन्धन कायम राख्‍न कांग्रेस प्रतिवद्ध छ : गृह मन्त्री खाण

    काठमाडौंं : गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धन कायम राख्‍न नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताएका छन्। नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले मुलुकमा आइपरेको अप्ठेरो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेसले चाहेको बताए। गृहमन्त्री खाणले स्थानीयस्तरमा गाउँ र नगरमा विकास हुन काँग्रेसले स्थानीय तहको निर्वाचन जित्‍नुपर्ने बताए। ‘तल्लो तहसम्म…

    विस्तृतमा पढ्नुस्

  • खैरो हेरोइन सहित १२ जना समातिए

    खैरो हेरोइन सहित १२ जना समातिए

    काठमाडौंः लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ। मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट परिचालित टोलीले उपत्यकाकालगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो। उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९१.७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोद्वारा जारी सूचनामा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले लखेटिरह्यो भने एमालेसँग तालेमल नहोला भन्न सकिन्न : प्रचण्ड

    कांग्रेसले लखेटिरह्यो भने एमालेसँग तालेमल नहोला भन्न सकिन्न : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कायम रहने नरहनेमा नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताएका छन्। बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कांग्रेसका केहि नेताले दिएको अभिव्यक्ति गठबन्धन विरुद्ध रहेको भन्दै आपत्ति जनाए। राजनीतिमा असम्भव केही नरहेको भन्दै नेकपा (एमाले)सँगको तालमेलको ढोका पनि खुल्लै भएको बताए। यद्यपी स्थानीय तह‍को चुनावमा एमालेसँग गठबन्धन हुने सम्भावना कम रहेको उनको…

    विस्तृतमा पढ्नुस्

  • भारतको बिसौल पुग्यो मिथिला मध्यमा परिक्रममा यात्रा

    भारतको बिसौल पुग्यो मिथिला मध्यमा परिक्रममा यात्रा

    काठमाडौं : मिथिलाञ्चलको१५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो। यात्रा आज साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ। प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा…

    विस्तृतमा पढ्नुस्

  • होलीमा मिथिलाञ्चलमा बज्न छाड्यो ढोल र मृदङ्ग

    होलीमा मिथिलाञ्चलमा बज्न छाड्यो ढोल र मृदङ्ग

    अजयकुमार साह      ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?     कौन तालपर गोरिया नाचे कौन तालपर हम ?     जोगिरा सर र र !’  मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश संचार हुने गर्ने गर्छ। होली पर्व र संगीतबीच गहिरो सम्बन्ध छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। तर पछिल्लो समय होलीको…

    विस्तृतमा पढ्नुस्

  • बाइडेनले पुटिनलाई भने : वार क्रिमिनल, क्रेमलिनको प्रतिक्रिया : अस्वीकार्य र अक्षम्य

    बाइडेनले पुटिनलाई भने : वार क्रिमिनल, क्रेमलिनको प्रतिक्रिया : अस्वीकार्य र अक्षम्य

    अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाका राष्ट्रपति जो बाइडेनलाई ‘वार क्रिमिनल’ (युद्ध अपराधी) भनेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको २१ दिन पुग्दा बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन्। रसियाले भने बाइडेनको उक्त अभिव्यक्तिको विरोध गरेको छ। क्रेमलिनले बाइडेनको भनाइलाई ‘अस्वीकार्य र अक्षम्य’ भनेको छ। रसियाले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले पुटिन सहित रसियाली अधिकारीहरुमाथि प्रतिबन्धको घोषणा गरेको छ। यस्तै, रसियाले…

    विस्तृतमा पढ्नुस्

  • कबड्डी टोली आज बंगलादेश जाने

    कबड्डी टोली आज बंगलादेश जाने

    काठमाडौं: बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली टोली आज बंगलादेशको ढाका जाँदैछन्। खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गज्मेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन् । प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखिया तथा जजमा विनोद प्रजापति छन्…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष स्थानको सिटी भन्दा लिभरपुल एक अंकले पछाडि, टोटेनहम सातौं स्थानमा उक्लियो

    शीर्ष स्थानको सिटी भन्दा लिभरपुल एक अंकले पछाडि, टोटेनहम सातौं स्थानमा उक्लियो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले आर्सनलमाथि जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली आर्सनललाई २-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल ६२ औं मिनेटमा रोबर्टो फर्मिन्होले एन्ड्र्यु रोबर्टसनको पासमा गर्दा लिभरपुलले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाद्वारा फागुपूर्णिमाको शुभकामना

    प्रधानमन्त्री देउवाद्वारा फागुपूर्णिमाको शुभकामना

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।   प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन्। फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी…

    विस्तृतमा पढ्नुस्

  • चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्स क्लब लिललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेड पिअरे-मउरोएमा सम्पन्न दोस्रो लेगको खेलमा घरेलु टोलीलाई २-१ गोलले हराएको चेल्सी समग्रमा ४-१ गोलले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। गएरातिको खेलमा अग्रता भने घरेलु टोलीले बनाएको थियो। खेलको ३८ औं मिनेटमा बुरक यिल्माजले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता दिलाएका…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल अब लिटरकै १५५ रुपैयाँ, के के मा बढ्यो मूल्य?

    पेट्रोल अब लिटरकै १५५ रुपैयाँ, के के मा बढ्यो मूल्य?

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। बुधबार रातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो।  समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको भाउ १३८ रुपैयाँ कायम हुनेछ। एलपी ग्यासको मूल्य भने निगमले यथावत राखेको छ।  मूल्य समायोजनपछि पनि निगमले पाक्षिक घाटा चार अर्ब…

    विस्तृतमा पढ्नुस्

  • पपुवा न्युगिनीमाथि नेपालको रोमाञ्चक जित, आरिफ र रोहितको अर्धशतक

    पपुवा न्युगिनीमाथि नेपालको रोमाञ्चक जित, आरिफ र रोहितको अर्धशतक

    काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीमाथि संघर्षपूर्ण जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले पीएनजीमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङमा…

    विस्तृतमा पढ्नुस्

  • संसदीय दलको बैठकको निष्कर्ष : एमालेलाई देखाएर संसद बन्धक, चुनाव सार्ने षड्यन्त्र भए आन्दोलन

    संसदीय दलको बैठकको निष्कर्ष : एमालेलाई देखाएर संसद बन्धक, चुनाव सार्ने षड्यन्त्र भए आन्दोलन

    काठमाडौं : नेकपा (एमाले)को संसदीय दलको बैठकले सरकारका कारण संसद उपलब्धिविहीन भएको निष्कर्ष  निकालेको छ। संसदको लोत्से हलमा बसेको बैठकले चैत १ गते अन्त्य गरिएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन कामविहीन बनेको आरोप लगाएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेलाई देखाएर सरकारले संसद बन्धक बनाएको आरोप लगाए। 'प्रमुख प्रतिपक्षी दललाई बािहिर राखेर संसद चलाउने काम भयो। आफ्नो मक्सद पूरा गर्ने काम…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशमा सवारी कर एकै गराउने तयारी, नवीकरण पनि सवारी चलिरहेकै ठाउँबाट हुने

    सातै प्रदेशमा सवारी कर एकै गराउने तयारी, नवीकरण पनि सवारी चलिरहेकै ठाउँबाट हुने

    काठमाडौं : सातै प्रदेशका विभागीय मन्त्रीहरुले सवारी कर एकरुप गराउने सहमति गरेका छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा बुधवार सम्पन्न सबै प्रदेशका यातायात हेर्ने विभागीय मन्त्रीहरुको बैठकले यस्तो सहमति गरेका हुन्। बीस बुँदे पोखरा घोषणापत्र जारी गर्दै बैठकले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने गरी सबै प्रदेशमा एकै खालको सवारी कर, दस्तुर र जरिवानाको व्यवस्था गर्न संघीय सरकारलाई आवश्यक कानुनको व्यवस्था गर्न…

    विस्तृतमा पढ्नुस्

  • प्राध्यापकहरुलाई शिक्षा मन्त्रीले भने : स-साना कुरालाई लिएर विश्वविद्यालयमा हड्ताल नगर्नसु

    प्राध्यापकहरुलाई शिक्षा मन्त्रीले भने : स-साना कुरालाई लिएर विश्वविद्यालयमा हड्ताल नगर्नसु

    काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्। नेपाल प्राध्यापक संघका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताएका हुन्। ‘लोकतान्त्रिक मर्यादाअनुरूप माग प्रस्तुत गर्न पाइन्छ। लामो समयसम्म पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्‍यो। प्राध्यापक संघले गृहकार्य गरी…

    विस्तृतमा पढ्नुस्

  • अधिवेशन सकिएको तीन महिना पछि टुंगो लाग्यो माओवादी लुम्बिनी प्रदेश कमिटीको पदाधिकारी

    अधिवेशन सकिएको तीन महिना पछि टुंगो लाग्यो माओवादी लुम्बिनी प्रदेश कमिटीको पदाधिकारी

    बुटवल : प्रदेश अधिवेशन सकिएको तीन महिनापछि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ। माओवादी केन्द्रले गत मंसिर २५ र २६ गते दाङको भालुबाङमा सम्पन्न गरेको प्रदेश अधिवेशनमा अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा आकांक्षी बढेपछि छनोट प्रक्रिया रोकिएको थियो। बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्व सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्ष पछि फागुमा झुम्दै उपत्यका, विभिन्न स्थानमा हुँदैछ होली कार्यक्रम

    दुई वर्ष पछि फागुमा झुम्दै उपत्यका, विभिन्न स्थानमा हुँदैछ होली कार्यक्रम

    काठमाडौं : भोलि फागु। रंगहरूको चाड होलीको अवसरमा उपत्यकाभर विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन्। कोरोना महामारीका कारण दुईवर्षपछि उपत्यकामा होली विशेष कार्यक्रमहरू हुन लागेका हुन।  बिहीवार राजधानीको ठमेल, दरबारमार्ग, दरबार स्क्वायर, भृकुटीमण्डप लगायतका क्षेत्रमा कार्यक्रमहरु आयोजना हुँदैछन्। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा होली विशेष कार्यक्रम आयोजना हुँदैछ। र्‍यापर भिटेन र बालेनका साथै मिस्टर डी, माइला, सरकार ले उक्त कार्यक्रमा प्रस्तुती दिनेछन्। यस्तै, गोकर्णमा पनि होली विशेष कार्यक्रम आयोजना हुँदैछ। थापाथलीस्थित ब्लु…

    विस्तृतमा पढ्नुस्

  • रसिया-युक्रेन वार्ता सफलतातर्फ, रुसी चासोलाई सम्बोधन गर्नुपर्ने युक्रेनी राष्ट्रपतिको भनाइ

    रसिया-युक्रेन वार्ता सफलतातर्फ, रुसी चासोलाई सम्बोधन गर्नुपर्ने युक्रेनी राष्ट्रपतिको भनाइ

    काठमाडौं : रसिया र युक्रेनका अधिकारीहरुबिच बुधवार पुन: वार्ता हुँदैछ। युक्रेनी अधिकारीहरु वार्ता प्रति आशावादी देखिँदै उनीहरुले 'सम्झौताको सम्भावना' रहेको बताएको अलजजिराले जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत शान्ति वार्ताका क्रममा रसियाले राखेका मागहरु 'थप यथार्थपरक' हुँदै गएको बताएका छन्। उनले युक्रेनले नाटोसँग नजोडिने कुरालाई युक्रेनले बुझ्नुपर्ने जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले अमेरिकाको नेतृत्वमा रहेको नाटो सैन्य गठबन्धनको सदस्य…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, अहिलेसम्मकै उच्च 'रेट'

    भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, अहिलेसम्मकै उच्च 'रेट'

    काठमाडौं : इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ। आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell