काठमाडौं : फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनमाथि फिल्म बन्ने भएको छ। महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक सुब्बाको बायोपिकमा आधारित फिल्म ‘अञ्जिला’ बन्ने घोषणा भएको हो। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्म बनाउने घोषणा गरिएको हो। अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक मिलन चाम्सले जानकारी दिए। ‘अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा…
काठमाडौं : नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका दुई जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यलय संखुवासभाले संखुवासभा पांचखपन नगरपालिका घर भएका ३० वर्षीय अर्जुन तामाङ र ३४ वर्षीय रमेश कुमार तामाङलाई नियन्त्रणमा लिएको हो। घटनामा संलग्न अन्य तीन जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। 'तिम्रो श्रीमानले झुन्डिएर आत्महत्या गरे' भन्दै २६ वर्षीया प्रमिला कम्मर सार्कीलाई प्रहरीले लिएर गएको थियो।…
काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई दिन मनोनयन दर्ताको समय तोकेको छ। २०७९ वैशाख ११ र १२ गते मनोनयनको मिति तोकिएको आयोगले जनाएको छ। १२ गते अपरान्ह मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने आयोगको तयारी छ। १४ र १५ गते मनोनयनमाथि उजुरी र जाँचबुझका लागि छुट्याइएको छ भने १५ गते नै उम्मेद्वारको नामावली प्रकाशन हुने…
काठमाडौं: आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजको आज जारी खेलमा यूएईले नेपाललाई १सय ६९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको हो। दुबई इन्टरनेशन क्रिकेट मैदानमा खराब सुरुवात गरेको यूएईका मुख्य ब्याट्सम्यानहरु चिराग सुरी र बृत्य अरबिन्दलाई क्रमश ६ र ३ रनमा सोमपाल कामीले आउट गराएपछि सुरुबाटै घरेलु…
काठमाडौं : संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। रिटमाथि आगामी बुधवार पुनः सुनुवाई हुने भएको छ। संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा दुई चरणमा गरेका संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। २०७७ मंसिर ३० गते जारी…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पीसीआर परीक्षण गराउनुनपर्ने बताएका हुन्। यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो। सरकारले पीसीआर परीक्षणको…
काठमाडौं : अमेरिकाबाट आएका एक पुरुषले अवैध रूपमा सुन ल्याएको भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले राई थर भएका पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनले ल्याएको ड्रोनभित्र सय ग्राम सुन भेटिएको हो। ‘एउटै सय ग्रामको ढिक्का ड्रोनभित्र भेटिएको हो, अरू पनि सुन भेटिएको छ,’ भन्सार कार्यालयका एक अधिकृतले भने। भुटानी शणनार्थी रहेका पुरुष दिउँसो काठमाडौं आइपुगेका थिए। त्यस्तै, जुत्ताको तलुवाभित्र पनि…
काठमाडौं : आज एक नेपाली र तीन विदेशी फिल्महरू सिनेमा घरमा प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ 'चिसो एष्ट्रे', बलिउडतर्फ फिल्म 'बच्चन पाण्डे' र 'द कश्मिर फाइल्स' र जापानी फिल्म 'सोर्ड आर्ट अनलाइन' रिलिज भएको छ। दिन्श पाल्पाली निर्देशित 'चिसो एष्ट्रे' भूपि शेरचनको कविताबाट प्रभावित भएर तयार पारिएको फिल्म हो। महेशबाबु तिमल्सिना निर्माता रहेको फिल्ममा सृष्टी श्रेष्ठ, दिव्य देव, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन…
काठमाडौं: बंगबन्धु कप कबड्डी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आइतवार इन्डोनेशियाको सामना गर्दैछ। समूह 'बी' मा रहेको नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगितामा सुरुवात गर्नेछ। प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा बंगलादेश, श्रीलंका, मलेशिया र इङ्ग्ल्याण्ड छन् भने समूह 'बी' मा केन्या, नेपाल, इन्डोनेशिया र इराक छन्। दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले आइतवार इन्डोनेशियासँग,…
काठमाडौंः सेल्फी खिच्ने क्रममा घर माथिबाट लडेर एक जनाको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका-५ गोलढुङ्गास्थित होली खेली सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर सोही ठाउँ बस्ने ४३ वर्षीया जीवन कुमारी खड्काको मृत्यु भएको छ। सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। लडेर घाइते भएकी सोही ठाउँ…
काठमाडौं : वैशाख ३० गते स्थानीय निर्वाचनका लागि तय गरिएको मतदानको दिन। निर्वाचनका लागि अब ५६ दिन बाँकी छ। निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले बिहीवार आचारसंहिता जारी गर्यो। आयोगले जारी गरेको आचारसंहितामा सामाजिक सञ्जालको प्रयोगमासमेत कडाई गर्ने देखिन्छ। आयोगको परिभाषा खण्डमा एसएमएस, फेसबुक, म्यासेन्जर, भाइबर, ट्वीटर, युटुय्ब, इन्स्टाग्राम, ब्लग, गुगल प्लस, टिकटक, ह्वाट्स एप, इमो, वीच्याट, लिन्क्ड्इन, टमलरजस्ता सामाजिक सञ्जाललाई सामाजिक…
काठमाडौं: आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजको आजको खेलमा यूएईले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ। यूएईस्थित दुबई क्रिकेट रंगशालामा सवा ११ बजेबाट सुरु हुन गइरहेको खेलमा यूएईले सुरुवाती ब्याटिङ गर्नेछ। यसअघि पपुवा न्युगिनीसँग खेलेको टीममा भन्दा आज एक परिवर्तन छ। बिनोद भण्डारी प्लेइङ ११ बाट बाहिरिएका छन् भने कमलसिंह ऐरीले टीममा स्थान बनाएका छन्। पछिल्लो…
काठमाडौं: नेपाली क्रिकेट टोलीले आज चिर प्रतिस्पर्धी यूएईसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज यूएईविरुद्ध खेल्न लागेको हो। खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सवा ११ बजे सुरु हुनेछ। पछिल्लो समय यूएई लयमा छ। अघिल्लो महिनामात्र टी २० विश्वकपको ढोकैमा पुगेर यूएईसँग पराजय ब्यहोर्दा नेपाल बाहिरिन पुगेको थियो। ब्याटिङमा युवा ब्याटर बृत्य अरविन्द देखि चिराग सुरी,…
काठमाडौं: यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। भारतको जम्सेदपुरस्थित जेरआरडी टाटा कम्प्लेक्समा आज सम्पन्न खेलमा बंगलादेशसँग ४-२ ले पराजय ब्यहोरेसँगै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। खेलको पहिलो मिनेटमै अफेइदा खण्डेकरले बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। तर, ३० औं मिनेटमा दीपा शाहीले गोल गर्दै खेल बराबरीमा ल्याइन्। फेरि ३३ औं मिनेटमा अकिमा खातुनको गोलमा बंगलादेशले अग्रता…
काठमाडौँः निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भएको छ। आसन्न चुनावहरुलाई लक्षित गरेर निर्वाचन आयोगले दलहरुको समेत परामर्शमा आचारसंहिता तयार पारेको हो। आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको हो। आयोगले तोकेको मितिदेखि आचारसंहिता लागू हुनेछ। आचारसंहिता नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु तथा संवैधानिक निकाय र पदाधिकारीहरुलाई लागू हुनेछ। यस्तै, प्रदेश सरकारका निकाय, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र…
काठमाडौँ होलीमा ट्राफिक नियम पालना नगर्ने एक हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एक हजारभन्दा बढी चालकलाई कारबाही गरेको जनाएको छ। १०६ जना चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चालएकोमा कारबाही गरिएको महाशाखाका एसएसपी उमेशराज जोशीले जानकारी दिए। त्यस्तै बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका…
काठमाडौँः अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार दिउँसो साढे ३ बजेतिर अदालतमा अभियोगपत्र दायर गरेको हो। १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अभियोगपत्र दायर भएको सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता डालबहादुर नेपालीले बताए। फागुन १५ गते २०७७ चैत ७ गते शाहले सुटिङको क्रममा…
पोखरा : पोखराको लेकसाइडमा आन्तरिक तथा विदेशी पर्यटक रमाएका छन्। होलीको अवसरमा पर्यटकहरु रुमाएका हुन्। रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान)ले होली महोत्सव आयोजना गरेको थियो। लेकसाइडको सडकमा रंग खेल्दै पर्टकहरु रमाएका हुन्। एक अर्कालाई रंग लगाएर तथा विभिन्न गीत संगितमा रमाएर रमाइलो गरिरहेको देखिन्थ्यो। चोक-चोकमा भएको लाइभ म्युजिकमा पनि पर्यटक रमाइरहेका छन्।
काठमाडौं: हाँस्य टेलिश्रिखंला 'सर्खारको सर' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। होलीको अवसर पारेर टेलिसिरियलको फस्टलुक सार्वजनिक गरिएको हो। फर्स्टलुकमा कलाकार दीपक आचार्य, रविन्द्र झा र सिपि पुडासैनीलाई देख्न सकिन्छ। सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको सिरियलको निर्देशन बिनय पौडेलले गरेका छन्। सिरियलले राजनीतिक विकृति विसंगति, नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने निर्माण पक्षले…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन्। फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा उहाँले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्न उनले बताए। ‘प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै…