पर्वत: कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो। ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए। उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब र संकटा क्लब आमने सामने हुनेछन्। लिगका दुई खेलमा लगातार जित निकालेको मनाङ फेरि पनि तेस्रो खेलमा पनि जित निकाल्दै शीर्षस्थानमा पुग्ने होडमा हुनेछ। त्यस्तै ४ अंक जोडेको संकटा पनि जित निकाल्दै शीर्षस्थानको होडमा रहने छ। 'संकटा पनि बलियो टोली छ।…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग थ्री स्टार क्लब बराबरीमा रोकिँदा दोस्रो खेलमा सातदोबाटो युथ क्लबले एपीएफमाथि सानदार जित निकालेको छ। पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स क्लबले अग्रता बनाएको थियो। कप्तान बुढाथोकीको पासमा नाथिअल ग्रासिआले ५१ औं मिनेटमा हेडरमार्फत गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए। यद्यपि, खेलको अन्तिम…
काठमाडौं: बबरमहलस्थित नेपाल कला परिषदमा 'महिला हिंसा- भ्रूणदेखि चिहानसम्म' एकल चित्रकला प्रदर्शन भइरहेको छ। आर्टिस्ट सुप्रिया पाण्डेले महिलामाथि हुने हिंसाका विषयमा केन्द्रित भएर बनाएका पेन्टिङ प्रदर्शनमा राखिएका छन्। हिजोदेखि सुरु भएको एकल कला प्रदर्शनी शनिबारसम्म चल्नेछ। प्रदर्शनमा राखिएका पेन्टिङले महिलाको भ्रूणदेखि मृत्युसम्म भोग्नुपर्ने पीडालाई देखाएको छ। भ्रूण परीक्षण गरेर छोरीलाई जन्मिनै नदिने प्रवृत्तिदेखि महिलालाई बोक्सीको आरोपमा दिइने पीडा, एसिड आक्रमण र योग्यता क्षमता…
काठमाडौं: अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ। डिएआर मुभिजले डिजिटल राइट्स ८० लाखमा रुपैयाँमा खरिद गरेको हो। ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा खरिद् सम्झौता गरिएको छ। फिल्ममा गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षलाई कथामा समेटिएको छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रदिपका…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि द्विपक्षीय भिडन्त हुने भएको छ। राप्रपाको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुँदै छ। निर्वाचन कार्यक्रम अनुसार शुक्रवार मनोनयन दर्ता गरिएको थियो। मंसिर १५ गते देखि सुरु भएको राप्रपाको एकता महाधिवेशन अन्तर्गत बिहीवार देखि निर्वाचन प्रक्रिया सुरु भएको हो। बिहीवार मतदाता नामावली प्रकाशित भएको थियो। बिहीवार नै मनोनयन दर्ताको कार्यक्रम राखिएको भए पनि…
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिले पार्टीको अवस्था ठिक नभएको बताएका छन्। विराटनगरमा आयोजित नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको इतिहास र संघर्षका गाथा बलिदानपुर्ण र गौरवशाली भएपनि पार्टीको वर्तमान अवस्था ठिक नभएको बताएका हुन्। उनले पार्टीमा नयाँ पुस्ताको उदय हुनु आवश्यक रहेकोमा जोड दिए। १४ औं महाधिवेशनबाट पार्टीमा सही नेतृत्व छान्न उनले…
कैलाली : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन्। संस्थापन समूहका नेताहरूको छलफलपछि पूर्व मन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन्। संस्थापन पक्षबाट उप सभापतिमा जनक चौधरी, लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का, सह महामन्त्रीमा गोपाल भट्ट सह महामन्त्रीमा अम्बिका चलाउने रहेका छन्। सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन…
काठमाडौं : खुशीबुँस्थित एक कपडा गोदाममा आगलागी भएको छ। बस्तीको बिचमा रहेको गोदाममा दिउँसो लागेको आगो नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लाबाट दमकल परिचालन गरिएको छ। बिजुलीको काम गर्दा आगो लागेको हुन सक्ने बताइएको छ। आगलागीबाट गोदाममा रहेका कपडाहरु नष्ट भएका छन्। यस्तै, तयारी अवस्थामा रहेका कपडा पनि जलेका छन्। प्रहरीले घटनाको थप विवरण अनुसन्धान पछि प्राप्त हुने बताएको छ।
काठमाडौं : न्याय सम्पादन अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा नियमित मुद्दाको सुनुवाइ भएको छ। मंसिर १५ गतेदेखिनै नियमित रुपमा सुनुवाइ अघि बढाउने न्यायाधीशहरुले निर्णय गरे पनि कायम मुकायम विवादका कारण इजलास प्रभावित भएका थिए। ४० दिनको अवधिमा न्यायाधीशहरुले करिब दुई सातासम्म कुनै पनि प्रकारका मुद्दा हेरेका थिएनन्। त्यसपछि बन्दीका मुद्दा भने सुुनुवाइ गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक…
दक्षिण भारतीय फिल्म 'मरक्कर - लायन अफ द अरेबियन सी' बिहीवारबाट सिनेमाघरमा रिलिज भइसकेको छ। यसै फिल्मबाट बलिउड अभिनेता सुनिल सेट्टीले लामो समयपछि कमब्याक गरेका छन्। फिल्ममा सुनिलका साथै मोहनलाल, मन्जु वारियर र अर्जुन सरजाको पनि मुख्य भूमिका रहेको छ। यस फिल्मले दर्शक र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। यसै बिच प्रि-बुकिङबाट यस फिल्मले १०० करोड (भारु) कमाएको खबर बाहिरिएको…
काठमाडौं: अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छिन्। करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ को परीक्षा पार गरेकी हुन्। गत भदौँ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको हो। परीक्षाफल सन्तोषजनक रहेको उनको भनाई छ। '१२ पास हुँदा निकै खुशी लागिरहेको छ। कोरोना महामारीका कारण कक्षा नियमित सञ्चालन भएको थिएन्। साथै अनलाइन क्लासमा पनि…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदबहाली गरेका छन्। पार्टी कार्यालय थापाथली पुगेर ओलीले कार्यभार सम्हालेका हुन्। चितवनमा सम्पन्न भएको एमालेको १० औं महाधिवेशनबाट उनी पुन: अध्यक्षमा निर्वाचित भएका थिए। भीम रावललाई पराजित गर्दै ओली दोस्रो पटक एमाले अध्यक्ष बनेका हुन्। पदबहालीपछि सम्बोधन गर्दै ओलीले महाधिवेशन सफल भएको भन्दै आफूहरुले लोकतान्त्रिक पद्धति अनुरुप सर्वसम्मतिको प्रयास अघि बढाएको बताए।…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिय सुरु भएको छ। राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका छन्। यस्तै, उनकै प्यानलबाट महामन्त्री पदमा अभिनेत्री रेखा थापाले समेत मनोनयन दर्ता गराएकी छिन्। लिङ्देन र रेखाले मनोनयन दर्ता गराएर फर्किएपछि कमल थापा मनोनयन दर्ता गराउन पुगेका थिए। राप्रपा नयाँ नेतृत्व चयनका…
अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' संक्रमण पुष्टि भएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी नयाँ नियम र प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन्। अमेरिकाको क्यालिफोर्निया, कोलोराडो, मिनेसोटा, न्यूयोर्क र हुवाईमा नयाँ भेरियन्टको संक्रमण देखिएको हो। अधिकारीहरुका अनुसार संक्रमितहरुले भर्खरै कतै यात्रा गरेको फेला परेको छैन। हालसम्म ओमिक्रोन संक्रमण देखिएका ८ जनाको अवस्था सामान्य रहेको छ। बाइडेनले अन्तर्राष्ट्रिय यात्रुलाई अमेरिका आउनुभन्दा २४ घण्टा अघि अनिवार्य कोभिड १९ परीक्षण…
काठमाडौं : नेकपा माओवादी केन्द्रले विधान परिवर्तनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ। शुक्रवार बिहान बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उपसमितिमा स्थायी कमिटी सदस्यहरु लिलामणि पोखरेल, जनार्दन शर्मा, मात्रिका यादव र पम्फा भुषाल रहेका छन्। कार्यदलले मंसिर २५ भित्र विधानको मस्यौदा तयार गर्ने…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरस संक्रमण देखिएपछि जबरा मंसिर १३ गते राति बलम्बुस्थित नेपाल एपीएफ अस्पताल पुगेका थिए। उनको त्यही उपचार भइरहेको थियो। आज डिस्चार्ज भएपछि जबराले अब प्रधानन्यायाधीश निवास वालुवाटारबाटै सर्वोच्च अदालतको प्रशासनिक काम संचालन गर्ने बताइएको छ। कोभिड१९ निमोनिया देखिएपछि अस्पतालमा उपचार भइरहँदा जबराले १४ गते अस्पतालबाट नै पेसी तोकेका थिए। तर,…
काठमाडौं: हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ। घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस…
काठमाडौं : निर्वाचन आयोगले आज आइतवार देखि विभिन्न जिल्लाका स्थानीय तहमा पहिलो चरणको मतदाता नामावली संकलन अभियान चलाउँदै छ। पहिलो चरणमा तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका साथै हिमाली र पहाडी जिल्लामा स्थानीय तहको केन्द्रमा मतदाता अभियान सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणमा तराई, भित्री मधेश र काठमाडौं उपत्यकाका जिल्लामा १५ दिन मतदाता नामावली संकलन हुनेछ। त्यस्तै दोस्रो…
काठमाडौं : दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ। उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन्। मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो। मालिकार्जुन गाउँपालिका-२, ३ र ७ मा मतदान कार्यक्रम गरिएको छ। सानै उमेरमा विवाह…