काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ७ सय ४७ नमुना परीक्षण गर्दा २ सय ५ जनामा संक्रमण देखिएको हो। साथै सोही अवधिमा ४ सय ३६ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ५ सय ७ रहेको छ। त्यस्तै, २४ घण्टाको…
काठमाडौं: क्यान यू १९ राष्ट्रिय प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा सुदूरपश्चिममाथि ११३ रनको फराकिलो जित निकाल्दै लुम्बिनी च्याम्पियन बनेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो। जसका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाउँदा विशाल विक्रम केसीले ५१ रन बनाए। त्यस्तै दुर्गेश गुप्ताले ३२…
काठमाडौंः ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपालमा मानवअधिकारको क्षेत्रमा कार्यरत ३७ भन्दा धेरै संसघसंस्थाले सप्ताहव्यापी कार्यक्रम गर्ने भएका छन्। १३ औं मानवअधिकार महाभेला नाम दिइएको यो कार्यक्रमहरुको संयोजन शान्तिका लागि साझा अभियान (कोक्याप) ले गर्दैछ। सन् २००९ देखि प्रत्येक वर्ष हुँदै आएको यस्तो महाभेलामा यसपटक मानव अधिकारका विभिन्न पक्षमा देशभैरी दर्जनौं कार्यक्रमहरु हुँदैछन्। जसमा नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र,…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सपथग्रहण गरेका छन्। प्रज्ञा भवनमा आयोजित कार्यक्रममा लिङ्देनसहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन्। कमल थापालाई पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष चुनिएका हुन्। अध्यक्षमा पराजित भए पनि निर्वाचित पदाधिकारीमा थापाकै वर्चस्व छ। थापा समूहबाट पुरुषतर्फ उम्मेद्वार रहेको ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङ निर्वाचित भएका छन्। अर्का निर्वाचित उपाध्यक्ष विक्रम…
काठमाडौं : विमानस्थल हुँदै भित्र्याइने सुन तस्करीको जालोमा प्रहरीको संलग्नता देखिएपछि एक प्रहरी पक्राउ परेका छन्। गत शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीका प्रहरी जवान पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण व्यूरोमा दरबन्दी भई त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई नियन्त्रणमा लिइएको हो। करिब दुई महिना अघिदेखि उनी विमानस्थलमा लागूऔषध कारोबारको निगरानीका लागि खटिएका थिए। तर, उनको संलग्नता सुन तस्करीलाई सहयोग…
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्। राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित हुनसाथ निधिले बधाई सन्देश जारी गर्दै उनको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन्। 'राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी हुनु भएकोमा राजेन्द्र लिङ्देनलाई हार्दिक बधाईका साथै शुभकामना दिन चाहन्छु,' शुभकामना सन्देशमा निधिले भनेका छन्, 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली…
चर्चित लेखक एवम् प्राध्यापक महेन्द्र पी. लामाको ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ बजारमा आएको छ। भारतका लामा नेपाली पत्रकारितामा स्तम्भकारका रुपमा स्थापित प्रज्ञिक व्यक्तित्व हुन्। यो पुस्तक भारतका नेपाली भाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दाहरुमा मात्र केन्द्रित नरहेको प्रकाशक संस्था किताब पब्लिसर्सले जनाएको छ। 'यसले दार्जिलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढंगबाट चित्रण…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु भएको छ। निर्वाचनमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएका छन्। प्रज्ञा भवनमा जारी कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा नव निर्वाचित केन्द्रीय कमिटीलाई प्रमाणपत्र वितरण कार्यक्रममा अनुपस्थित भएका छन्। थापाले लिङदेन विजयी भएकोमा सामाजिक सञ्जालमार्फत बधाई दिएका थापालले पूर्व राजा ज्ञानेन्द्र…
जनकपुरधाम : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रीय कार्यसमितिलाई वितरण गरेको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ। समितिले अवैधानिक रुपमा प्रमाणपत्र वितरण गरिएको ठहर गर्दै सो क्षेत्रको क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई दिइएको प्रमाणपत्रहरु रद्द गर्ने निर्णय गरेको हो। निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जारी गरेको विज्ञप्तीमा क्षेत्रीय कार्यसमिति, महाधिवेशन…
काठमाडौं : दरबारमार्गमा रहेको बिइङ ह्युमनका म्यानेजर पक्राउ परेका छन्। बलिउड स्टार सलमान खानको कम्पनीले सञ्चालन ल्याएको क्लोदिङ स्टोर हो बिइङ ह्युमन। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले स्टोरका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको हो। उनलाई पसलमा रहेको रकमको स्रोत खुलाउन नसकेको भन्दै नियन्त्रणमा लिएको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए। उक्त स्टोरबाट १ हजार दरका ४९ बण्डलमा ४९…
भारतको नागाल्याण्डमा सुरक्षाकर्मीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ। उग्रवादी संगठन समूहको सदस्य भएको अनुमान गर्दै सुरक्षाकर्मीले गोली चलाएका थिए। तर, मृत्यु हुने सबै गाउँका कामदार रहेको खुलेको छ। तिरु-ओटिंग सडकखण्डमा कारवाहीका लागि तैनाथ सुरक्षा बलले गाउँलेहरुलाई विद्रोही सम्झेर गोली चलाएको बताइएको छ। विद्रोही सवारहरु भनि सूचना भएको गाडीको रंग गाउँले चढेको गाडीको रंगसँग मिलेको थियो। स्थानीय संचारमाध्यमको रिपोर्टको…
भारतको नयाँ दिल्लीमा ओमोक्रन भेरियन्टको पहिलो केस पुष्टि भएको छ। तान्जिनियाबाट फर्किएका एक व्यक्तिमा कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। 'अहिलेसम्म विदेशबाट आएका १७ जना मानिसमा कोभिड १९ पोजेटिभ देखिएको छ। सबैलाई अस्पतालमा भर्ना गरिएको छ,' जैनले भनेका छन्। दिल्लीमा पहिलो केस भेटिए पनि भारतमा भेटिएको ओमोक्रनको…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुस्तान्तरणको नारासहित राजेन्द्र लिङ्देन नेतृत्वमा पुगेका छन्। उनलाई नेतृत्वमा पुग्न सहज भने थिएन। राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिँदैगर्दा उनको प्रतिस्पर्धा अध्यक्ष कमल थापा विरुद्ध थियो। लामो समय देशको राजनीतिको केन्द्रमा रहेका थापालाई पराजित गर्दै लिङ्देन नेपाली राजनीतिमा राजसंस्था र हिन्दु राष्ट्र बोकेको फरक राजनीतिक विचार सहितको पार्टीको अध्यक्षमा निर्वाचित भए। निर्वाचित भइसकेपछि लिङ्देनले कार्यकर्तालाई…
हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्रबहादुर बानियाँलाई समथर्न गर्ने भएका छन्। हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रधानले आज हुने दोस्रोचरणको निर्वाचनमा संस्थापन पक्षका बानियाँलाई समर्थन गर्ने घोषणा गरेका हुन्। शनिवार भएको निर्वाचनमा सभापतिमा बानियाँले ९९२ मत ल्याएका थिए भने संस्थापनइतर पक्षका जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका थिए। तेस्रो हुने भीमसेनदास प्रधानले १९७ मत ल्याएका थिए। पूर्व…
कैलाली : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन्। संस्थापन पक्षका बलायरको प्यानलले नै जित निकालेको छ। शनिवार भएको मतदानमा कुल १ हजार ३ मत खसेको थियो। जसमा बलायरले ६८८ मत ल्याउँदै विजयी भएका हुन्। सभापतिका प्रत्यासी नारायण दत्त मिश्रले २८० मत प्राप्त गरे। यस्तै, उपसभापतिमा जनकराज चौधरीले ६१० र लोकराज अवस्थीले ५२३ मत ल्याउँदै विजयी भए।…
इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। माउन्ट सेमेरु विस्फोट हुँदा लुमाजाङ जिल्लाको ११ गाउँहरु प्रभावित भएका छन्। उक्त क्षेत्रबाट हालसम्म ९०० जना भन्दा बढी व्यक्तिलाई स्थानान्तरण गरिएको छ। यस्तै, ज्वालामुखी विस्फोट हुँदा करिब ५७ जना घाइते भएको स्थानीय अधिकारीहरुले छन्। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। ज्वालामुखी विस्फोट भएको क्षेत्रमा उद्धारकार्य जारी रहेको छ। तर, ज्वालामुखी विस्फोटपछि…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज एक मात्र खेल हुँदैछ। त्रिपुरेश्वस्वरस्थित दशरथ रंगशालामा हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्। उपाधिको दाबेदार मानिएको आर्मीले जारी सिजनमा उत्साहजनक सुरुवात गर्न सकेको छैन। आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको आर्मी दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। दुई…
कैलालीः नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर जित सुनिश्चित गरेका छन्। मतणना अन्तिम चरणमा पुग्दा बलायरले ३७९ को अग्रता बनाएका छन्। अब गणना गर्न बाँकी ९७ मतमात्र छ। खसेको कूल १००३ मतमध्ये ९०६ मतको गणना सम्पन्न भइसकेको छ। जसमा बलायरले ६२९ र नारायणदत्त मिश्रले २५० मत पाएका छन्। उपसभापतिमा गोपालसिंह गुरुङले २५२, जनकराज चौधरीले ५५६, मनबहादुर रावलले २३७, लोकराज…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपामा चलिआएको परम्परालाई तोड्दै नयाँ सुरुवात गरेको बताएका छन्। उनले पुस्तान्तरणको कुरा गर्ने कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पनि यस मुद्दामा राप्रपाले नेतृत्व गर्ने बताए। '२०४६ सालपछि राष्ट्रको नेतृत्वमा रहेको असफल पुस्तालाई परिवर्तन गर्न आवश्यक छ भन्ने एमाले कांग्रेस र माओवादीका पुस्तान्तरणका कुरा गर्ने नेताहरुलाई पनि राप्रपाले नेतृत्व गर्छ। हामीले पुस्तान्तरण…
बुटवलः लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ। पदाधिकारीतर्फको प्रारम्भिक मत परिणाम अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार अमरसिंह पुनले अग्रता लिएका छन्। २०० मत गन्दा पुनले ११८ र संस्थापन पक्षका उम्मेद्वार भरतकुमार शाहले ८१ मत पाएका छन्। पदाधिकारीमा पनि संस्थापन इतरका उम्मेद्वार अगाडि रहेका छन्। शनिबार रूपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा सम्पन्न भएको…