काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले मनाङस्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज निरीक्षण गरेका छन्। खाँणलाई मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा गएको बाढीले जिल्लामा क्षति पुर्याएको संरचना तथा पुनर्निर्माणका बारेमा जानकारी दिएका थिए। बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्याएको थियो। गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका तर्फबाट मन्त्री छान्न आन्तरिक छलफल तिब्र पारेका छन्। बिहीवार स्थायी कमिटीको बैठकमा ककसलाई मन्त्री बनाउने भन्नेबारेमा नेपालले परामर्श गरिरहेको नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारमा ४ वटा मात्रै मन्त्रालय दिएको भन्दै नेपाल असन्तुष्ट छन्। सरकार विस्तार नहुँदा सत्तारुढ गठबन्धनको आलोचना भइरहेको छ। यसबिच नेपालले आफ्नो पार्टीबाट हुने मन्त्रीका…
आजदेखि दशैँ सुरु भएको छ। गत वर्ष कोरोनाका कारण केही प्रभावित भएको दशैंको जमघट यसपटक भने फेरि पुरानै लयमा फर्किँदैछ। सँगै दशैं तिहार लक्षित नयाँ गीतहरु समेत सार्वजनिक भएका छन्। असोज ६ गते सपना म्युजिक इन्डष्ट्रिज मार्फत दशैँतिहार विशेष गीत सार्वजनिक भएको छ। गीतको बोल हो ‘दशैं तिहार आइसक्यो’।विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा विष्णुको नै स्वर…
काठमाडौं : नेकपा एमालेका नेता भानुभक्त जोशी एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। आज काठमाडौंको थापागाउँमा आयोजना गरिएको एक कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा नेपालले ओलीलाई सुधार्न नसकिने निष्कर्षमा पुगेर नेताहरुले एमाले छाडिरहेको बताए। 'सुधार्न नसकिने भयो भन्ने निष्कर्षमा पुगेर भानुभक्त जोशी समाजवादीमा प्रवेश गर्नुभएको छ। सँग सँगै काम गर्ने उत्साह लिएर एमलेमा…
काठमाडौंः नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष ६७ वर्षीय रामाज्ञा प्रसाद चतुर्वेदी मृत अवस्थामा भेटिएका छन्। चाबहिलको बुलबुलेस्थित निर्माणाधीन घर अगाडी उनी आज बिहान मृत फेला परेका हुन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले घर माथिबाट हाम फालेर आत्महत्या गरेको देखिएको छ। 'उहाँ आफै घर माथि जानु भएको देखिन्छ। घरमा अरू कोही छैनन्। त्यसैले पनि आत्महत्या गरेको हो भन्ने हो,' काठमाडौं प्रहरी परिसर काठमाडौँका एसएसपी…
धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदुरपश्चिमका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजावादीमा प्रवेश गरेका छन्। एमाले विभाजनका बेला निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयभित्र एमालेमै रहेका जोशी अब भने एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। नेकपा एमाले भित्रको संघर्षका बेला तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा रहेका नेता जोशीले एमाले विभाजनका बेला पनि एकीकृत समाजवादी रोज्ने बताएका थिए।…
काठमाडौं: मनोज पण्डित निर्देशित फिल्म 'एक' आजबाट रिलिज भएको छ। राजनीतिक ड्रामामा केन्द्रित फिल्म 'एक' आज घटनास्थापनादेखि ओटीटी प्याल्टफर्ममा रिलिज भएको हो। मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित यस फिल्मको कथा पण्डितले नै लेखेका हुन्। फिल्म 'एक' गुप्तचर संस्थाको एजेन्टको संघर्षमा आधारित छ। फिल्म 'एक' को मुख्य भूमिकामा विशाल पोखरेल छन्। साथै फिल्ममा प्रमोद अग्रहरी, मनोज अधिकारी, ज्योत्सना योगी लगायतका कलाकारहरुको भुमिका रहेको…
आजबाट बडादशैं सुरु भएको छ। आज घरघरमा जमरा राखेर घटस्थापना गरिँदैछन। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं घर वा पूजा कोठामा कलश स्थापना गरि दुर्गा भवानीको आह्वान गर्ने गरिन्छ। कलशलाई दुर्गा भगवतीको प्रतीकका रुपमा पूजा गरी नदीबाट ल्याएको पानी र बालुवामा धान, गहुँ, जौं आदि छरेर घटस्थापना गर्ने गरिन्छ। यस वर्षको घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४६ मिनेट रहेको राष्ट्रिय…
काठमाडौं : बुधवार ठमेलस्थित एलफ्ट होटलमा पुस्तक विमोचन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो। दिउँसो १ बजे भनिएको कार्यक्रम एकघण्टा ढिलो सुरु भएको थियो। अभिनेत्री साम्राज्ञी कार्यक्रममा सुरु हुनुभन्दा एक घण्टा अघि नै पुगीसकेकी थिइन्। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनिएको थियो। तर, उनी आएनन्। ‘माया पिरिम’ बोलको गीतको म्युजिकमा साम्राज्ञीले नै अभिनय गरेकी…
काठमाडौं : कांग्रेसको १४ औं महाधिवेन अन्गर्तग हालसम्म ६०५ स्थानीय तहको नेतृत्व चयन भइसकेको छ। मंगलबार साँझसम्मको परिणामअनुसार आएका ६०५ मध्ये २५० देउवा पक्षीय नेताहरु स्थानीय तहको इकाई सभापतिमा निर्वाचित भएको दाबी गरिएको छ। यसमध्ये १८० स्थानका स्थानीय तह इकाई सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत पक्षका नेता निर्वाचित भएको बताइएको छ। सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका…
जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका हुन्। मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमा माथि नै आँच आएको बताउँदै सोनलले मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने माग गरे। सोनलले भने, ‘अख्तियारको छापापछि मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न…
जनकपुरधाम : जनमत पार्टीले प्रदेश २ सरकारविरुद्ध बर्दिवासमा प्रदर्शन गरेको छ। बुधवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान अयोग बर्दिवासको कार्यालय घेराउ गर्दै सिके राउत नेतृत्वको उक्त पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। ‘भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउतको विरोधमा प्रदर्शन गरेका थिए। लालबाबु राउत नेतृत्वको सरकारलाई…
काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। आरटी पीसीआर र एन्टिजेन गरी कूल १५ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणबाट यो संख्यामा संक्रमण पहिचान भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १२ जनाको संक्रमणकै बिच ज्यान गएको छ। यससहित संक्रमणकै बिच ज्यान गुमाउनेको संख्या ११ हजार १…
काठमाडौं : रुपन्देहीका सबै स्थानीय तहमा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धो खोप दिइने भएको छ। जस अनुसार जिल्लाका सबै १६ स्थानीय तहमा कोभिड-१९ विरुद्धको खोप अभियान २२ गते शुक्रवार र २३ गते शनिवार आयोजना गरिने छ। स्वास्थ्य निर्देशनालयको मंगलवारको निर्णय अनुसार दुई रुपन्देहीका सबै स्थानीय तहमा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिन लागिएको हो। स्वास्थ्य…
काठमाडौं : सोमवार दिउँसो मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको सिटिजन्स बैंकमा लुटपाटमा अहिलेसम्मको प्रहरी अनुसन्धानमा ८ जनाको संलग्नता भएको खुलेको छ। दुई जना नेपाली र ६ जना भारतीय नागरिकको संलग्नता भएको देखिएको छ। ६ जना बैंकभित्र जाने र दुई जनाले 'रेकी' गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। सोमबार दिउँसो ३ बजेर ४५ मिनेटमा आएका लुटेरा समूहले बैंकमा रहेको रकम लुटेर फरार…
काठमाडौं : पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन टाइगर एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बुधवार बिहान भएको पहिलो क्वालिफायरमा टस जितेर फिल्ड रोजेको चितवनले पोखरालाई १५ ओभरमा ६६ रनमा समेट्यो। चितवनले एक विकेटको क्षतिमा ७३ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो। दुई सुरुवाती ब्याट्सम्यानले ७ ओभरमा ६३ रन जोडे। ७.१ ओभरमा मोहम्मद शाहजादले २६ बलमा ४८ रन जोडेर नन्दन…
काठमाडौं : ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) मा असोज २१ गते वार्षिक कला महोत्सव आयोजना हुँदैछ। कोरोना भाइरसको संक्रमणले लामो समय कला क्षेत्र र त्यससँग जोडिएका व्यक्तिहरु प्रभावित भएको अवस्थामा यो महोत्सवले कला क्षेत्रलाई ब्युँताउन सहयोग पुग्ने आयोजकले जनाएको छ। त्यसैले पनि यो महोत्सवको थिम नै 'आर्ट फर होप' राखिएको छ। काठमाडौं गेस्ट हाउसको ड्रिम गार्डेनमा आयोजना हुने महोत्सवमा…
काठमाडौं : यसपालिको प्रदर्शनीमा पहिलेभन्दा के फरक छ? ललितपुरको चाकुपाटस्थित 'एमक्युब' ग्यालरीमा कलाकार संगी श्रेष्ठसँग यस्तो प्रश्न सोध्द उनको उत्तर थियो - भावना, संवेग। ग्यालरीमा चलिरहेको कलाकार संगी श्रेष्ठको कला प्रदर्शनीको शीर्षक त्यसैले पनि 'संवेग' रहेको छ। हुन त कलाकारले कला सिर्जना गर्दा आफूलाई स्वेच्छाले नै लकडाउनमा राख्ने गर्दछ। तर अहिले परिस्थिति अलग छ। कोरोनाको त्रासका कारण बाध्य भएर घरमा…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप नौ सय ६८ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ११ हजार पाँच सय ८२ आरटी-पीसीआर र चार हजार चार सय ६० एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएकोमा सात सय ६२ आरटी-पीसीआर र दुई सय ६ जना एन्टिजेन परीक्षणबाट संक्रमित पहिचान भएका हुन्। त्यस्तै पछिल्लो २४…
काठमाडौं : एभरेष्ट प्रमियर लिग अन्तर्गत मंगलबार निर्धारित काठमाडौं किंग ११ र भैरहवा ग्लाडियटरबिचको खेल मैदानको खराब अवस्थाका कारण हुन सकेन। कुनै पनि बल नखेली छाडिएपछि यसको फाइदा काठमाडौंलाई पुगेको छ। आजको खेलमा जित्नै पर्ने वा ड्र गर्नुपर्ने अवस्थामा रहेको काठमाडौंलाई खेल नखेली दुवै टोलीले १/१ अंक बाँड्दा फाइदा पुग्यो। पाँच खेलमा १ खेल मात्र जितेको काठमाडौंको ३ अंक छ। समान…