काठमाडौं : अमेरिकी राजदूत र्यान्डी बेरीले परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले कोभिड-१९ विरुद्धको लडाइँमा अमेरिकाले पुर्याएको सहयोग प्रति धन्यवाद दिएका थिए। भेटका क्रममा दुई देशबिचको द्वीपक्षीय सम्बन्धका साथै बहुपक्षीय मञ्चहरुमा साझेदारीको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
नेपाली फिल्मको महानायक को महानायिका को? कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्र अहिले माथि उठ्ने कोसिसमा भन्दा पनि यही बहसमा अल्झिरहेको छ। आइतवार काठमाडौंमा आयोजित 'डाँडाको वरपीपल' फिल्मको युनिटले आयोजना गरेको कार्यक्रम पनि यसै विषयमा केन्द्रित रह्ययो। साँघुरो कोठामा आयोजित कार्यक्रममा एक फरक दृश्य देखियो। कार्यक्रममा दायाँतिरबाट कलाकारहरु रूबिना थापा र सलोन बस्नेत थिए। छेउमै राखिएको थियो अभिनेता राजेश हमालको…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभएको छ। नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको कार्यक्रममा पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको बताएका हुन्। कांग्रेसमा पुस्तान्तरणको माग भइरहेको बेला उनले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्। कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उनले १४औँ महाधिवेशनले नयाँ सन्देश दिने बताए।…
काठमाडौं : साफ च्याम्पियनसीपमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। मालेस्थित रंगशालामा राति ९:४५ बजे दुई टोली आमनेसामने हुनेछन्। यसअघिको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको थियो। श्रीलंकाविरुद्ध पनि पहिलो खेल जस्तै सुखद् नतिजा ल्याउनेमा नेपाली टोलीले लक्ष्य लिएको छ। श्रीलंका आज प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। यसअघिको पहिलो खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएको थियो।
काठमाडौं : नेपाली कांग्रेस रामेछापको जिल्ला सभापति छनोट गर्न दोस्रो चरणको निर्वाचन नहुने भएको छ। निवर्तमान सभापति लवश्री न्यौपानेले प्रतिस्पर्धा नगर्ने भएपछि संस्थापन पक्षका पूर्णबहादुर तामाङ 'कान्छाराम' जिल्ला सभापति हुने भएका छन्। पहिलो चरणमा भएको मतदानमा कान्छारामले ६६८ मत प्राप्त गरेका थिए। यसैगरी लवश्रीले ३५६ मत पाएका थिए। अर्का प्रत्यासी कृष्णबहादुर महतले ३२८ मत पाएका थिए। कुल १३८८ मत रहेकोमा…
भारतीय टेलिभिजन शो 'तारक मेहताका उल्टा चश्मा' का नट्टु काकाको भुमिका निभाउँदै आएका घनश्याम नायकको निधन भएको छ। क्यान्सरका कारण उनको ७७ वर्षको उमेरमा आइतवार निधन भएको हो। शोका निर्माता असित कुमार मोदिले नट्टुकाकालाई आफूले सधैँ सम्झिरहने उल्लेख गरेका छन्। घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि उनको घाँटीमा केही गाँठा देखिएका थिए। त्यसपछि उनको उपचार चलिरहेको थियो। गत वर्ष…
काठमाडौं : संखुवासभाको मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाले ५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको हो। गत शुक्रवार प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए। त्यस्तै, सरकारी वकिल कार्यालयले आइतवार जिल्ला अदालत संखुवासभामा…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन्। पाँच दिनको अस्पताल बसाईपछि नेपाल आज बिहान घर फर्किएको उनको सचिवालयले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि नेपाल असोज १४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका थिए। उनले अब केहीदिन घरमै स्वास्थ्यलाभ गर्ने जनाइएको छ। 'स्वास्थ्यलाभ गरी आज घर फर्किनुभएको छ। स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केहीदिन…
हिन्दी फिल्म उद्योग अहिले निकै परिवर्तन भइसकेको छ। जसरी दर्शकहरुको माग बदलिरहेको छ, त्यसरी नै फिल्म निर्माणको प्रक्रियासमेत बदलिँदो छ। साथै लैङ्गिक समानता समेत फिल्मी क्षेत्रमा स्थापित हुँदैछ। केही वर्षदेखि बलिउड उद्योगमा अभिनेताहरु फिल्म निर्माणमा निकै सक्रिय छन्। शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगनदेखि रणवीर कपूरसम्म फिल्म निर्माणमा अगाडि देखिन्छन्। त्यसैगरि अहिले बलिउडमा अभिनेत्रीहरुको पनि फिल्म…
काठमाडौंः गृह मन्त्रालयले १६ जना उपसचिव र सहसचिवको काज सरुवा गरेको छ। गृहमन्त्री स्तरको निर्णय अनुसार देशका विभिन्न १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। भोजपुर, कास्की, लमजुङ, सप्तरी, तेह्रथुम, रसुवा, म्याग्दी लगायत १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन। भोजपुरमा सहसचिव कमलराज ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। त्यस्तै कास्कीमा जयनारायण आचार्यको सरुवा भएको हो।
काठमाडौंः पछिल्लो २४ घण्टामा थप ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ सय ७९ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ४ सय ५ जना संक्रमण मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १६ हजार ८ सय ४ रहेको छ। त्यस्तै सोही अवधिमा संक्रमण भएका ७ जनाको…
काठमाडौँ : तिहार तथा छठका लागि भन्दै अवैध रूपमा पटका तथा आतसबाजीजन्य बस्तुहरू काठमाडौंमा भण्डार हुन थालेको खुलासा भएको छ। महानगरीय अपराध महाशाखाको टोलीले शनिवार ठुलो परिमाणमा गैरकानुनी रुपमा लुकाइ छुपाई राखिएको पटका आतसबाजीजन्य विस्फोटक पदार्थहरू बरामद गरेको हो। प्रहरीले काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारबाट अवैध रूपमा भण्डार गर्ने सर्लाही रामनगरका ३० वर्षीय कामेश्वर प्रसाद यादवलाई नियन्त्रणमा…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सु-शासन, समृद्धिका विषयमा अरू राजनीतिक पार्टीसँग एमालेको भिन्नता रहेको बताएका छन्। पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि उठेका प्रश्नको जवाफ दिँदै उनले देश बनाउने कर्तव्य एमालेको रहेको भन्दै देश बन्न सकेन भने यसको दोष आफ्नो काँधमा पर्ने बताए। महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा आएका सुझावहरूलाई सामेल गरेर प्रकाशित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले…
काठमाडौं : नेकपा एमालेले सामाजिक कार्य गर्नका लागि छुट्टै संयन्त्रको व्यवस्था गर्ने भएको छ। महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिए। 'लोक कल्याणकारी सामाजिक जनउत्तरदायित्वको भावनालाई एउटा संयन्त्र मार्फत अगाडि बढाएर लैजाने छौँ,' उनले भने, 'एउटा छुट्टै संयन्त्र नहुँदा काम गरेको नदेखिने नेतृत्वको समय पनि लस हुने अवस्था देखिएको छ। यो ग्याप…
काठमाडौं : नेकपा (एमाले)ले विधान महाधिवेशन मार्फत ७० वर्षे हद म्यादलाई अगाडि बढाउने भएको छ। कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने, र कार्यकालको बिचमा ७० वर्ष पूरा भए पनि निर्वाचित भएको कार्यकाल पूरा गर्न पाउने उनले जानकारी दिए। त्यस्तै, एक कार्यकारी पदमा एक व्यक्ति दुई पटक भन्दा बढी उम्मेदवार हुन नपाउने भएको छ। 'एउटा कार्यकारी पदमा एक…
काठमाडौं : नेकपा (एमाले)ले केन्द्रीय तहमा तीन तहको कमिटी निर्माण गर्ने भएको छ। एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको विधान मस्यौदा र संगठनात्मक संरचना अन्तर्गत केन्द्रमा केन्द्रीय समिति सहित तीन तहको संरचना हुनेछ। महाधिवेशनबाट केन्द्रीय कमिटी र केन्द्रीय कमिटीबाट निर्वाचित ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको छ। साथै पदाधिकारी सम्मिलित सचिवालय गठन गरिने छ। एमालेको पदाधिकारीको संख्या १५ पुर्याइने भएको…
काठमाडौं : नेकपा एमालेले विधान अधिवेशनका बिच राजकुमार लेखीसहित ५५ जनालाई पार्टी प्रवेश गराइएको छ। पार्टी अध्यक्ष ओलीको चर्को प्रचारसहित जारी अधिवेशनमा आज लोकतान्त्रिक समाजवादी पार्टीका लेखी सहितका कार्यकर्तालाई एमाले प्रवेश गराइएको हो। लेखी महन्थ ठाकुर नजिकका नेता हुन्। एमाले प्रवेश गरेका अन्यको भने राजनीतिक उचाई उनीजस्तो छैन। लेखी सहितको टिमलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे भने महासचिव इश्वर…
काठमाडौं : एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सले पहिलो जित दर्ता गरेको छ। आजको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग ११ लाई ७ रनले जितेको हो। वर्षाका कारण मैदान नसुकेपछि ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको थियो। विराटनगरका लागि ८ ओभरको खेलमा पाँचौँ नम्बरमा आएका ब्याट्सम्यान अनिल साहले १६ बलमा नटआउट पाँच छक्का र दुई चौकाको सहायताले ४५…
काठमाडौं : एभरेस्ट प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग ११ लाई १०५ रनको लक्ष्य दिएको छ। वर्षाका कारण मैदान नसुकेपछि ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको थियो। विराटनगरका लागि ८ ओभरको खेलमा पाँचौं नम्बरमा आएका ब्याट्सम्यान अनिल साहले १६ बलमा नटआउट पाँच छक्का र दुई चौकाको सहायताले ४५ रन जोड्दै विराटनगरको स्कोरलाई १०४ रन पुर्याए।…
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्टेले २०२२ मा राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। २०२२ मा त्यहाँ राष्ट्रपतीय निर्वाचन हुँदै छ। 'आज म राजनीतिबाट अवकाश लिने घोषणा गर्दै छु,' शनिवार ७६ वर्षका राष्ट्रपति दुतेर्टेले पत्रकारहरूमाझ निर्वाचन आयोगको कार्यालय परिसरमा भनेको सिन्ह्वाले जनाएको छ। उनको यो अप्रत्याशित घोषणाका क्रममा उनले फिलिपिनोको 'बढ्दो सेन्टिमेन्ट'लाई ध्यानमा राखेर यस्तो निर्णय लिएको बताए। 'विश्वव्यापी फिलिपिनोहरुको सेन्टिमेन्ट म…