जनगणतन्त्र चीन स्थापनाको ७२ वर्षगाँठ चीनमा अहिले भव्यरुपमा मनाइएको छ। ७२ औं स्थापना दिवसको अवसरमा शुक्रवार बिहान बेइजिङ स्थित थिआनआन'मन स्क्वायरमा चीनको झण्डा फहराइएको छ। जनगणतन्त्र चीनको स्थापना दिवसको अघिल्लो दिन चीनले शहीद दिवसको रुपमा राष्ट्रिय विभुतीहरुलाई सम्मान गर्दै मनाएको थियो। बिहीवार भएको थिआनआन'मन स्क्वारमा आयोजित कार्यक्रममा राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङले शहीदको सम्मानमा पुष्प अर्पण गरेका…
काठमाडौं : साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसीप आजबाट सुरु हुँदैछ। मालेस्थित नेशनल फुटबल स्टेडियममा सुरु हुने खेलमा आज नेपालले घरेलु टिमको सामना गर्दैछ। माल्दिभ्स सन् २०१८ मा भएको साफ च्याम्पियनसिपको विजेता टोली पनि हो। नेपालले नेपाली समय अनुसार राति ९: ४५ मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि श्रीलंका र बंगलादेश बिच प्रतिस्पर्धा हुनेछ। 'हेड टु हेड' मा नेपालले माल्दिभ्सलाई हालसम्म पराजित गर्न…
काठमाडौं : नेपाली कांग्रेसको प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन आजबाट शुरु भएको छ। कांग्रेसले १३ गतेका लागि प्रदेश सभाको क्षेत्रीय अधिवेशन तोकेको थियो। तर, विभिन्न कारणले गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेका जिल्लामा समेत प्रदेशसभा अधिवेशन हुन सकेको छैन। यसका वावजुद् पनि हिमाली जिल्लाहरुमा प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन शुरु भएको हो। कतिपय जिल्लामा प्रदेश सभाको क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन सँगसँगै गर्ने तयारीसमेत…
काठमाडौं: नाटक 'हरेक बबाल कुरा' आजबाट फेरि मञ्चन हुने भएको छ। असोज १५ गतेदेखि २० गतेसम्म नाटक पुन: कौसी थिएटरमा मञ्चन हुनेछ। यसअघि यो नाटक भदौ २५ देखि असोज १ गतेसम्म सिमित दर्शकबिच मञ्चन भएको थियो। धेरै जनाले नाटक हेर्न नपाएको गुनासोको सम्बोधन गर्दैँ पुन: नाटक देखाउने योजना बनाएको कथाघेराले जानकारी दिएको छ। साथै नाटकबाट धेरै राम्रो प्रतिक्रिया आएको निर्देशक…
काठमाडौं : नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पर्सिसम्म चल्ने विधान महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ। महाधिवेशनको उद्घाटन शुक्रवार अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। सम्मेलन केन्द्रमा अहिले एमाले नेता कार्यकर्ता पुग्न सुरु भइसकेको छ। केन्द्रलाई एमालेको झण्डा र ब्यानरले सजाइएको छ। ठाउँठाउँमा ओलीको तस्विरसहित प्रवेशद्वार बनाइएको छ। बानेश्वर सडकखण्डमा…
काठमाडौं : एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियोट्सले विराटनगर वारियर्सलाई २२७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२६ रन जोडेको थियो। यो स्कोर अहिलेसम्म इपीएलमा ठूलो लक्ष्य हो। ललितपुरका लागि सन्दुनले वीराक्कोडी र अज्मतुलाह ओमर्जाइले अर्दशतकीय पारी खेल्दै ललितपुरको स्कोरवोर्डलाई माथि उकाले। वीराक्कोडीले ४३ बलमा १० चौका र तीन छक्का खेल्दै ७३…
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन्। आज बागलुङमा आयोजित एक कार्यक्रममा उनले दलहरुले राजनीतिलाई व्यापार बनाएको बताएका हुन्। 'व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन। प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ' उनले भने। उनले केही दलहरुले राजतन्त्र मागिरहेको भन्दै संघर्ष गरी ल्याएका गणतन्त्रमाथि धावा बोलिरहेको बताए।…
अष्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सीमा नोभेम्बरबाट खोल्ने भएको छ। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अष्ट्रेलिया सरकारले आफ्ना सबै सीमा १८ महिनादेखि बन्द गरेको थियो। अष्ट्रेलियाले आफ्नै नागरिकलाई समेत प्रेवशमा रोक लगाएको थियो। सरकारको उक्त निर्णयको समर्थनका साथै आलोचना भएको थियो। अब भने भ्याक्सिन लगाएका मानिसलाई प्रवेश दिने गरी अष्ट्रेलियाले आफ्नो सीमा खोल्न लागेको हो। हाललाई अष्ट्रेलियन नागरिक र विदेशमा फसेकाहरुलाई मात्रै प्रवेश…
काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडिएटर्सबीचको खेल बराबरीमा रोकिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७७ रन नै बनायो। निर्धारित ओभरमा खेल बराबरी भएपछि सुपर ओभरमा गएको खेल वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सुपर ओभर खेलाइएन। योसँगै दुवै…
गायिका ब्रिटनी स्पेयर्सले आफ्ना बुवाविरुद्धको मुद्दा जितेकी छिन्। बुधबार ब्रिटनीका बुबा जेमी स्पेयर्सलाई ब्रिटनीको संरक्षकबाट हट्न अदालतले आदेश दिएको हो। केही समयअघि जेमी स्पेयर्सले आफू संरक्षकबाट हट्न सहमत भएको बताएका थिए। अमेरिकाको लस एन्जल्स उच्च अदालतले जेमी स्पेयर्सलाई संरक्षकबाट हट्न आदेश दिएको हो। १३ वर्षको संरक्षकत्व समाप्त भएपछि अब ब्रिटनीले आफ्नो स्वास्थ्य, सम्पत्ति र जीवनसँग सम्बन्धित कुनै पनि निर्णय स्वयम…
काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापा बादलले जनताको बहुदलीय जनवाद (जबज) अझै सान्दर्भिक रहेको बताएका छन्। विधान महाधिवेशन व्यवस्थापन समितिका संयोजक समेत रहेका बादलले कार्यक्रमबारे जानकारी दिन बोलाइएको पत्रकार सम्मेलनमा जबजलाई अगाडि बढाइने बताएका हुन्। 'जबज कार्यक्रम अहिले पनि सान्दर्भिक छ। त्यसलाई अगाडि बढाइएको छ। नेपालको जनवादी क्रान्ति जबजबाट सफल भयो। अब जबजलाई नयाँ रुपमा संश्लेषण गर्ने भन्ने छ। जबजकै…
काठमाडौं : नेकपा एमालेको पहिलो विधान महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ। समितिका संयोजक रामबहादुर थापा 'बादल'ले बिहीवार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएका हुन्। १५ गते देखि १७ गतेसम्म हुने महाधिवेशनका ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ। महाधिवेशनको उद्घाटन शुक्रवार १२:१५ बजे अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। उद्घाटन सत्रपछि शुक्रवार नै सुरु…
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सांसद खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताएका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकपछि सांसद अधिकारीले नेकपा एकीकृत समाजवादी अवैधानिक पार्टी भएको बताउँदै एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताएका हुन्। उनले एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर…
काठमाडौं : बन्द भएका सिनेमा हलहरू असोज २१ गतेदेखि खुल्ने भएका छन्। पहिलो दिन भने हलिउड फिल्म 'फास्ट एण्ड फ्युरियस ९' रिलिज हुनेछ। त्यसपछि २६ गते मात्रै नेपाल फिल्महरु रिलिज हुनेछन्। तर अहिलेसम्म 'डाँडाको वरपिपल' र 'धन्दागिरी' ले मात्रै २६ गतेको रिलिज टार्गेट सार्वजनिक गरेको छ। तर, पहिले नै रिलिज हुने भनिएका ठुला बजेटका फिल्महरुले रिलिज डेट तय गर्न सकेका छैनन्।…
महाराष्ट्रमा सिनेमा हल खुल्ने घोषणासँगै ठुला बजेटका फिल्महरुले रिलिज मिति घोषणा गरिसकेका छन्। तर, कुनै यस्ता फिल्म पनि छन् जसले सिनेमाहलको सट्टा फिल्म रिलिजको लागि ओटीटी प्याल्टफर्ममा नै रोजिरहेका छन्। जसमध्येको एक हो अभिनेता विद्युत जामवाल अभिनित फिल्म 'सनक'। 'डिज्नी प्लस हटस्टार' ले इन्स्ट्राग्राम पेजमार्फत एक पोस्टर सार्वजनिक गदैँ फिल्मको रिलिज डेट बारे जानकारी दिएको हो। साथै फिल्म १५ अक्टोबर…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच प्रतिनिधिसभामा महालेखा परीक्षकको वर्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ ओं वार्षिक प्रतिवेदन, २०७८ संसदमा पेश गरेका हुन्। संसदको अवरोध जारी राखेको एमालेले आज पनि बैठक सुरु हुनसाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक सांसद्हरुलाई बैठक संचालन सहज बनाउन आग्रह गरेका…
काठमाडौं : चितवन टाइगर्सले काठमाडौं किंग्स ११ माथि ३ विकेटको जित निकालेको छ। काठमाडौंले दिएको १४२ रनको लक्ष्यलाई चितवनले ७ बल बाँकी रहँदा १८.४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो। काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। काठमाडौंका लागि सुभाष खकुरेलले सर्वाधिक ३५ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्काको सहायतामा ३५ रन बनाउँदा राजु…
काठमाडौं : छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह एको विजेतासमेत बनेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८…
काठमाडौं : अहिले पनि देशभर दैनिक एक हजार भन्दा बढीमा कोरोना संक्रमण देखिइरहेको छ। काठमाडौं उपत्यकाभित्र पनि दैनिक ३ सय जनामा संक्रमण भेटिएको छ। उपत्यकाभित्रका तीन वटै जिल्लामा कोभिड संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्ने प्रशासनले आदेश जारी गरेका छन्। तर, प्रशासनको आदेश कागजमा मात्र सीमित रहेको छ। अहिले काठमाडौं उपत्यकाभित्र सडकदेखि सार्वजनिक सवारीमा पनि मानिसको उत्तिकै भिड देखिन्छ। त्यस्तै, नजिँकिदै गरेको दशैंले…
भारतमा पछिल्लो २४ घन्टामा २३ हजार ५ सय २९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। यही अवधिमा संक्रमण मुक्त हुनेको संख्या २८ हजार ७ सय १८ जना रहेको भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ। २४ घन्टामा भारतमा संक्रमणकै बिचमा मृत्यु हुनेहरुको संख्या ३ सय ११ रहेको छ। भारतमा संक्रमितको एक्टिभ केस पनि लगतार घटिरहेको…