काठमाडौंः नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकहरुको तार काट्न थालेको छ। आफ्नो पोल प्रयोग गरेकाहरुलाई असोज १५ गतेसम्म भाडा नतिरे तार काट्ने सूचना निकालेको प्राधिकरणले आजदेखि धमाधम तार काट्न थालेको हो। प्राधिकरणका देशभर रहेका १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा एउटा/एउटाको दरले सांकेतिकरूपमा तार काटिएको प्राधिकरणले जनाएको छ। एउटा वितरण केन्द्रले एउटा मात्रै कुनै आइएसपी वा केबुल…
म्याग्दी : खेललाई आफू अनुरुप बुझ्न सकिन्छ। कोही रमाइलो र समय व्यतित गर्न खेल्छन्। कसै शारीरिक अभ्यासका लागि त कोही मनोरञ्जनका लागि खेल्छन्। खेलको अर्को महत्वपूर्ण पक्ष हो यसको व्यवसायीकरण। खेललाई जसरी बुझेपनि यसको आफ्नै महत्त्व छ। केही मनोरञ्जनका र अभ्यासका लागि खेलिने खेल बाहेक पनि ठाँउ अनुसार अन्य खेलसमेत हुन्छन्। जुन खेलले त्यस समुदाय वा देशको मौलिकता र परम्परालाई…
काठमाडौं: आजबाट सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। माल्दिभ्सको मालेमा आज सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८६ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। खेलको ८० औं मिनेटमा मैदान प्रवेश गरेका डाँगीले काउन्टरमा उत्कृष्ट गोल गर्दै नेपालको जित सुनिश्चित गराएका…
काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडलगायतका सामग्रीहरुमा लगाइएको कर खारेज गर्न माग गर्दै युवायुवतीहरुले प्रदर्शन गरेका छन्। युथ कांग्रेस नेपालको अगुवाईमा कर छुट गर्न माग गर्दै युवायुवतीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता सामग्रीमा लगाइएको कर खारेज गर्नु पर्ने उनीहरुको माग थियो। ‘रातो कर, खारेज गर’ भन्दै युवायुवतीहरुले केही समयदेखि प्रदर्शन…
काठमाडौं : एभरेस्ट प्रिमियर लिगको शुक्रवार भएको दोस्रो खेलमा पोखरा राइनोजमाथि चितवन टाइगर्सले जित निकालेको छ। चितवन टाइगर्सले शुक्रवारको खेलमा ९ विकेटले जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। चितवन तीन खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो। समान तीन खेल खेलेको भैरहवा ग्लाडियटर चार अंकका साथ दोस्रो स्थानमा छ। यो हारसँगो पोखराको तीन खेलमा तीन अंक रहेको छ।…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी लिगेसी बोकेका सबै नेताहरु एक ठाउँमा हुनुपर्ने बताएका छन्। शुक्रवार प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। अहिले पनि ‘प्रतिक्रियावादी’हरुले माओवादी लिगेसी बोकेका नेताहरुलाई अपराधीको रुपमा चित्रित गर्ने गरेको बताउँदै उनले त्यस विरुद्ध पनि एक हुन जरुरी रहेको बताए। जनयुद्ध लिगेसीबाट आएका मोहन वैद्य‘किरण’, डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द‘विप्लव’ जो जहाँ…
काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। १३ हजार ३६८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणका क्रममा ८९८ जनामा र १३८ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो। थप ९३८ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ११५ पुगेको छ। संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज जमलस्थित नाचघरमा आयोजित 'राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड -२०७८'मा सहभागी भए। कार्यक्रममा मन्तव्य दिँदै प्रचण्डले बाल्यकालदेखि नै आफूलाई कलाकार बन्ने रहर रहेको बताए। साथै, अहिले नेता नभएको भए कलाकारिता क्षेत्रमा लागेको हुने बताए। 'गीतसंगीत, संस्कृति र खेलकुद भनेपछि मेरो लठै पर्ने बानी छ। म पनि निकै भावुक छु। सम्मानित भएको कलाकारहरुलाई…
काठमाडौं : शिव परियार 'गान्धर्व संगीत प्रशिक्षण केन्द्र' संगीत सिकिरहेका थिए। गुरु चन्दन कुमार श्रेष्ठसँग संगीत सिक्दै गर्दा शिवले गीत रचना गर्न थाले। औपचारिक संगीत करियर सुरुवात गरे। २०५८ सालमा सुरेश वाग्लेले लेखेको गीत उनले 'कम्पोज' गरे। गीतको बोल थियो- जति बिर्स्यो तिम्रो याद। २०५९ सालमा रेडियो नेपालमा आधुनिक गीत प्रतियोगीताको आयोजना भएको थियो। शिवले प्रतियोगितामा सहभागिता जनाए। 'जति बिर्स्यो तिम्रो…
काठमाडौंः पशुपतिनाथ नजिकै बस्ने एक बाबा (जोगी) लाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहान चितवन घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको हो। असोज ११ गते बिहान पौने ६ बजे पशुपतिस्थित विश्वरुपा जाने बाटोको छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार भएको थियो। प्रहरीले घटनामा प्रयोग भएको खुकुरी समेत बरामद…
काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आफ्ना कमीकमजोरीलाई अर्काको थाप्लोमा थुपारेर चोखिने प्रयास गरेका छन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चरम असन्तुष्टिका बेला भदौ २६ गते स्थायी कमिटीको बैठकले पार्टी एकताको सन्देशसहितको निर्णय गरेको थियो। राजनीतिक प्रतिवेदनमा यसलाई महत्त्वपूर्ण निर्णय भनिएको छ। '२०७७ भदौ २६…
काठमाडौं : सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको युद्ध नसकिएको बताएका छन्। माओवादीको प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीसँगको युद्ध जित्न बाँकी रहेको बताए। 'हामीले ब्याटल जितेको हो वार जितिसकेको छैनौं। लडाइ जित्यौं युद्ध जितिसकेको छैनौं,' उनले भने। उनले प्रतिक्रान्ति गर्नेहरुले अहिले पनि लडाइको तयारी गरिरहेको बताए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा…
काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसनको बोर्डको बैठकमा नेपालमा एमसीसीको कार्यान्वयनको विषयमा छलफल भएको छ। बुधवार भएको बैठकमा नेपालमा एमसीसीका उच्च अधिकारीहरुको भ्रमणको विषयमा छलफल भएको थियो। बैठकमा नेपालमा सम्झौताको अनुमोदनको प्रयासका लागि गएको एमसीसीको भ्रमण र एमसीसी नेपाल कम्प्याक्टको अवस्थाको विषयमा छलफल भएको एमसीसीले जारी गरेको वक्तव्यमा उल्लेख छ। बुधवारको बोर्ड बैठकले २५ मिलियन डलर बराबरको गाम्विया र एमसीसी बिचको…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैमात्र अमेरिका बेलायत र अष्ट्रेलिया बिच भएको रक्षा सम्झौताले यस क्षेत्रलाई चुनौती थपेको बताएका छन्। एमालेको प्रथम विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। लामो समयसम्म अमेरिका केन्द्रित विश्व ढाँचा चीनको आर्थिक उदयसँगै एसिया प्रशान्त क्षेत्रमा केन्द्रित हुन थालेको भन्दै त्यसैलाई लक्षित गरी अमेरिकाले इन्डो-प्यासिफिक रणनीति ल्याएको उनको भनाइ थियो। …
काठमाडौं : गायक निमा रुम्बा लामो समयपछि संगीत क्षेत्रमा फर्किएका छन्। मिस क्याटवाक, हुरी बतास, प्रिति बस्यो, साँझमा पनि, मेरी प्रियसी लगायत चर्चित गीत गाएका रुम्बाले नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)’ को भिडियो सार्वजनिक गरेका छन्। पप र आर एण्ड बी शैलीको फ्युजन रहेको गीतमा निमाकै शब्द, संगीत र स्वर रहेको छ। गीतको भिडियोमा 'अन्डरकभर मिशन'मा रहेका जासुसहरुको कथा…
ललितपुर : पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेसँगै नेकपा एमालेको विधान महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ। विधान महाधिवेशनका लागि ठाउँठाउँमा प्रवेश द्वार बनाइएको छ भने फेरि एक पटक अध्यक्ष ओलीको तस्बिरहरु पोलपोलमा टाँगिएको छ। गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ। अधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्। राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवार दिएको आदेशबारे स्पष्टीकरण दिएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक/सांस्कृतिक मेला, जात्रा पर्व लगायतका चाडपर्व गर्न रोक नलगाएको जानकारी दिएका हुन्। प्रशासनले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी गरिने कुनै पनि चाडपर्व र सभा सम्मेलनमा बन्देज नलगाएको स्पष्ट पारेको हो। बिहीवार जिल्ला प्रशासन…
वर्षौ लामो विवादपछि आफ्नो शाही पहिचानलाई तिलाञ्जली दिँदै जापानकी राजकुमारी माकोले पूर्व सहपाठीसँग बिहे गर्ने भएकी छिन्। यसै महिना उनको सामान्य नागरिकसँग बिहे हुनेछ। इम्पेरियल हाउसहोल्ड एजेन्सीले बिहेको मिति २६ अक्टोबरलाई तय भएको जनाएको छ। यो जोडीले पहिले नै अर्थात् २०१८ मा नै बिहे गर्ने तयारी गरेको थियो जुन पछि स्थगित भयो। कोमुरोको परिवार आर्थिक संकटबाट गुज्रिन पुग्दा एकाएक बिहेको…
काठमाडौं : एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियोट्सले विराटनगर वारियर्सलाई ३७ रनले हराएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुर निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २६ रन जोडेको थियो। २ सय २७ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको विराटनगर वारियरर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८९ रन बनायो। पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको विराटनगरका ओपनर…