बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागू औषध मुद्दामा पक्राउ परेर हिरासतमा छन्। आइतवार मुम्बईको समुद्री किनारमा क्रुज शिपमा भएको एक रेव पार्टीमा छापा मारेर आर्यनसहित अन्य सात जनालाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको थियो। लागुऔषधको केसमा प्रकाउ परेका आर्यनसहित अन्य सात जना आरोपीहरु ७ अक्टोबरसम्म एनसीबीको हिरासतमा रहनेछन्। यो मुद्दामा दिनदिनै सोधपुछ हुनुका साथै अनुसन्धान भइरहेको…
फेसबुकसहितका एप डाउन भएको केही घण्टामै फेसबुकका सीईओ मार्क जुकरबर्गले झण्डै सात अर्ब अमेरिकी डलरले व्यक्तिगत सम्पत्ति गुमाउन पुगेका छन्। सोमबार जुकरबर्गको सम्पत्ति झरेर झण्डै १२१ अर्ब डलरमा पुगेपछि उनी बिल गेट्सभन्दा तल झर्दै धनाढ्यहरुको सूचिको पाँचौं नम्बरमा पुगेका छन्। ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुकरबर्गले सेप्टेम्बर १३ देखि १९ अर्ब अमेरिकी डलर गुमाइसकेका छन्। त्यतिबेला उनको सम्पत्ति १४० अर्ब डलर…
काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ। एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सुचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ। मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो। एमाले सांसदहरुको विरोधबिच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र…
चीनले एकै दिन हालसम्मकै धेरै सङ्ख्यामा लडाकु विमान ताइवानको आकाशमा पठाएको छ। चिनियाँ जनमुक्ति सेनाले सोमवार मात्र ताइवानको आकाशमा सैन्य ड्रिलका लागि ५६ वटा युद्धक विमान पठाएको ग्लोबल टाइम्सले जनाएको छ। अमेरिकाले ताइवान नजिक चिनियाँ मुख्य भूमिमा भइरहेको सैन्य ड्रिल प्रति चासो व्यक्त गरेको भोलिपल्ट नै चिनियाँ जनमुक्ति सेनाले विमानको सङ्ख्यामा 'रेकर्ड ब्रेक' गर्दै हालसम्मकै धेरै सैन्य विमान पठाएको समाचारमा…
काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको तयारी छ। देशभरका कयौं वडा, गाउँ/नगर कमिटीको निर्वाचन सम्पन्न भइसकेको छ। केही क्षेत्रमा निर्वाचन बांकी छ। यसबिच नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन नियम सच्चाएको छ। जिल्ला कार्यसमितिको निर्वाचनलाई लिएर विधानमा स्पष्ट व्यवस्था नभएको भन्ने गुनासो आएको भन्दै निर्वाचन समितिले नियम सच्चयाउँदै थप व्याख्या गरेको हो। अब दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा क्षेत्र…
भारतमा अहिले दुईवटा विषय चर्चाको सबैभन्दा शिखरमा रहेको छ। एउटा – बलिउड अभिनेता शाहरुख खानको छोरा पक्राउ परेको घटना हो भने दोस्रो – र्यालीका क्रममा केन्द्रीय राज्य मन्त्री अजय मिश्राको छोराले चलाएको गाडीले मारिएका किसानको घटना। उत्तर प्रदेशको लखीमपुर खीरीमा किसानको र्यालीमा लापरवाह तरिकाले गाडी गुडाएर ४ किसानसहित ८ जना मारिएको घटनामा राज्यमन्त्रीका छोराको प्रत्यक्ष संलग्नता रहेको देखिएको बताइन्छ। गाडी…
काठमाडौं : महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरु पछिल्लो समय बढ्दै आएको देखिएको छ। प्रहरी तथ्यांकअनुसार प्रत्येक वर्ष महिला तथा बालबालिकामाथि हुने जबर्जस्ती करणी, बोक्सीको आरोप, बालयौन दुर्व्यवहार, बालविवाह, घरेलु हिंसा लगायतका अपराधहरू बढ्न थालेको हो। महिलामाथि धेरैजसो बोक्सीको आरोप, अप्राकृतिक मैथुन, बालविवाह, घरेलु हिंसा लगायतका घटना बढेको देखिएको छ। आर्थिक वर्ष २०७७/ ७८ मा ६१ वटा बोक्सीको आरोपमा महिलामाथि…
काठमाडौं : दिउँसो साढे १ बजेदेखि नै महानगरिय प्रहरी परिसर टेकुमा अन्य दिनको भन्दा धेरै सङ्ख्यामा प्रहरीका गाडीको आवत जावत बढेको थियो। प्रत्येक प्रहरीका भ्यानबाट १० देखि २० जनासम्म हथकडी लगाएका युवाहरु परिसरमा उत्रिरहेका थिए। त्यसपछि हिरासत कक्ष नजिकै रहेको प्राङ्गणमा उनीहरुलाई लाइन बनाएर राख्न थालियो। झन्डै १० भन्दा बढी गाडीमा आएका हथकडी लगाएका युवाहरुको हुल एकाकार भयो। लाग्थ्यो यिनीहरु परेडका लागि तयारी…
काठमाडौं : एभरेस्ट प्रिमियर लिगको पानीले रोकिएको पाँचौँ खेल पुन: अवरुद्ध हुँदा पोखरा राइनोजलाई फाइदा पुगेको छ। खेलको दोस्रो इनिङको पाँच ओवर बाँकी छँदा पानीका कारण खेल अवरुद्ध भएपछि खेलको नतिजा डकओर्थ लेविस स्ट्रेन (डीएलएस)मेथडबाट निकालिएको हो। डीएलएस मेथडबाट पोखरा राइनोजले काठमाडौं किंग्स ११ विरुद्ध १४ रनको जित निकालेको हो। टस जितेर फिल्डिङ रोजेको पोखरा राइनोजविरुद्ध काठमाडौंले १८३ रनको लक्ष्य प्रस्तुत गरेको…
काठमाडौं : देशभर थप १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १ हजार ८७४ जनाको परीक्षण गर्दा ८१२ जनामा पीसीआर परीक्षणका क्रममा र २१८ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो। संक्रमणका कारण थप १० जनाको मृत्य हुँदा कूल मृतकको संख्या ११ हजार १७४ पुगेको छ। यस्तै, एक हजारजना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६…
काठमाडौं : नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला, र प्रकाशमान सिंहबिच छलफल सकिएको छ। निधि निवासमा करिब ३ घण्टा बसेको बैठकले महाधिवेशन तालिका प्रभावित हुन नदिन क्रियाशिल सदस्यता विवाद रहेको जिल्लामा तत्काल विवाद टुंगो लगाउन पर्ने निष्कर्ष निकालेको छ। उनीहरुले तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुनुपर्नेमा समेत जोड दिएका छन्। प्रकाशमान सिंहको सचिवालयका…
जनकपुरधाम : प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ। प्रदेश २ मा अख्तियारको छापाविरुद्ध जनता समाजवादी पार्टी(जसपा) आन्दोलित रहेको समयमा सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो। मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका जनमत पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले मूल ढोका बाहिरै रोकेको थियो। मोटरसाइकल जुलुस सहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका…
काठमाडौं : सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले आफू सचेत रहेको बताएका हुन्। एमालेले १४ जना सांसदलाई कारवाही माग राख्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ। कारवाही अघि नबढाउने भए एमालेले सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ।…
काठमाडौं : नेपाली कांग्रेसको चौधौं महाधिवेशनकै सन्दर्भलाई लिएर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला, र प्रकाशमान सिंहबिच छलफल भइरहेको छ। महाधिवेशनमा केन्द्रित भएर तीन नेता छैटौँपटक छलफलमा जुटेका हुन्। निधि निवास बानेश्वरमा दिउँसो तीन बजेदेखि नेताहरुबिच छलफल भइरहेको छ। तीनैजना नेता सभापति पदको आकांक्षी हुन्। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सभापतिका लागि लड्ने घोषणा गरिसकेका छन्।…
काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनु भएका छन्। पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दाबी समेत गरेका छन्। आइतवार सम्पन्न पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको उनले बताए। पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको उनले बताएका हुन्।…
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा निर्वाचित भएका नीलकाजी शाक्यले आउने स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन लाग्ने बताएका छन्। निर्वाचित हुनुभएको छ । रोल.... काठमाडौं महानगरमा छरिरहेको काँग्रेसलाई एक ठाउँमा ल्याउने आफ्नो लक्ष्य रहेको भन्दै अबको निर्वाचनमा कांग्रेसलाई ३२ सै वडामा जिताउने अर्कोफ लक्ष्य रहेको पनि बताए। 'अब काठमाडौं महानगरलाई कसरी अघि बढाउने, के गर्ने भन्ने कुरामा ध्यान दिनेछौं। काठमाडौंमा…
काठमाडौं : सार्वजनिक सवारी तथा स्थानमा भिडभाडको समयमा सक्रिय हुने पकेटमारको प्रभाव कम गर्न प्रहरीले २० दिने अभियान संचालन गर्दा २ सय ७ जना पक्राउ परेका छन्। दशैं तिहारमा देश विदेशबाट आउजाउ गर्ने मानिसहरुको यातायातमा धेरै भिड हुने गर्छ। त्यस्तैमा पाकेटमारहरु सक्रिय हुने गर्छन्। त्यसैलाई मध्यनजर गरेर भदौ २५ गतेदेखि असोज १५ गतेसम्म सादा पोशाकका प्रहरीहरु सार्वजनिक सवारीमा परिचालित थिए।…
काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नाम जोडेर मन्त्रिपरिषद् विस्तारबारे प्रकाशन भएका समाचारहरु मिथ्यापूर्ण र भाम्रक भएको जनाएको छ। प्रधान न्यायाधीशले मन्त्रायल बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचार प्रकाशन भएपछि सर्वोच्च अदालतले आज समाचारको खण्डन गर्दै स्पष्टीकरण दिएको हो। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा केही मिडियाले मिथ्यापूर्ण र भ्रामक समाचार सम्प्रेषण गरी अदालतप्रतिको…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका छन्। प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचार प्रकाशन भएपछि सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज राणासँग भेटेका थिए। बारका पदाधिकारीसँग भेटका क्रममा राणाले आफुले कसैलाई मन्त्री बनाउन नसक्ने बताएका हुन्। प्रधानन्यायाधीश राणाले यस विषयमा आएको…
काठमाडौं : एभरेस्ट प्रिमियर लिग अन्तर्गत सोमवार भएको पहिलो खेलमा चितवन टाइगर्सलाई भैरहवा ग्लाडियटरले ६ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको चितवन टाइगर्सले निर्धारित २० ओभरमा १६४ रन बनाएको थियो। १६५ रनको लक्ष्यसहित क्रिजमा उत्रिएको भैरहवाले १३ बल बाँकी छँदै चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। भैरहवाका लागि सुरुवाती दुई व्याट्सम्यानले इपीएल २०२१ को पहिलो १०० रनको साझेदारी…