PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • प्रचण्डले फेरि पनि भने : आजभोलि नै मन्त्रिपरिषद विस्तार

    प्रचण्डले फेरि पनि भने : आजभोलि नै मन्त्रिपरिषद विस्तार

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज/भोलि नै मन्त्रिपरिषद विस्तार हुने बताएका छन्। शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषद बिस्तारमा अब ढिलाइ नहुने बताए। उनले पार्टीले अहिले अर्थ र उर्जा मन्त्रालय पाएको र फेरि पनि महत्वपूर्ण मन्त्रालय पाउने दाबी गरे। भने,'सम्भवत:  आज/भोलि नै मन्त्रिपरिषद बिस्तार टुंगिन्छ होला। हामीले अहिले अर्थ र उर्जा मन्त्रालय लिएका…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरको वाग्मती पुलमुनि महिलाको शव भेटियो, सनाखत भने हुन सकेन

    बानेश्वरको वाग्मती पुलमुनि महिलाको शव भेटियो, सनाखत भने हुन सकेन

    काठमाडौंः नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पस नजिकै वाग्मती खोलामा एक महिलाको शव भेटिएको छ। आज बिहान साढे ६ बजेतिर स्थानीयले खोलाभित्र पुलको खम्बामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाएको नयाँ बानेश्वर वृत्तका डिएसपी मीनबहादुर लामाले जानकारी दिए। शवको सनाखत हुन सकेको छैन। अन्दाजी ५० वर्षीय महिलाको शव भएको प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • चेल्सी युभेन्टससँग पराजित

    चेल्सी युभेन्टससँग पराजित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एच'को खेलमा इटालियन क्लब युभेन्टसले इङ्ग्लिस क्लब चेल्सीमाथि जित निकालेको छ। युभेन्टसको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टोलीले चेल्सीमाथि १-० को जित निकालेको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको सुरुमै युभेन्टसले अग्रता बनाएको थियो। खेलको ४६ औं मिनेटमा फेडेरिको किएजाले अग्रता बनाएका थिए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा उनको…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको लज्जास्पद हार

    बार्सिलोनाको लज्जास्पद हार

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ई' को खेलमा स्पेनिस क्लब बार्सिलोना पोर्चुगिच क्लब बेनफिकासँग पराजित भएको छ। स्टेडियो डा लुजमा सम्पन्न खेलमा बार्सिलोना घरेलु टोलीसँग ३-० गोलअन्तरले पराजित भएको हो। खेलको तेस्रो मिनेटमा डार्विन नुनेजको गोलमा बेनफिकाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको घरेलु टोलीका लागि दोस्रो हाफमा राफा सिल्भाले अग्रता दोब्बर बनाए। उनले खेलको…

    विस्तृतमा पढ्नुस्

  • सकियो 'ग्रीन बर्ड' को छायाङ्कन

    सकियो 'ग्रीन बर्ड' को छायाङ्कन

    काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'ग्रीन बर्ड'  को छायाङ्कन सम्पन्न भएको छ। २५ दिनको 'सेड्युल' रहेको फिल्मको छायाङ्कन १९ दिनमै सकिएको फिल्मका निर्देशक प्रमोद कँडेलले जानकारी दिए। 'भर्खरै फिल्मको सुटिङ सकिएको छ। हाम्रो योजना अनुसार सुटिङ समयमै सकिएको छ। अहिले नै फिल्म मिति तय गर्न गाह्रो छ। अब पोष्टप्रोडक्सनको काम हुनेछ। त्यपछि मात्रै रिलिजबारे योजना बनाउने…

    विस्तृतमा पढ्नुस्

  • रुपचन्द्र बिष्टको जीवनीमा आधारित फिल्म 'रुदाने' को टीजर सार्वजनिक

    रुपचन्द्र बिष्टको जीवनीमा आधारित फिल्म 'रुदाने' को टीजर सार्वजनिक

    काठमाडौं : फिल्म 'रुदाने- विद्रोहको नेपाली नाम' को टीजर सार्वजनिक भएको छ। फिल्ममा विद्रोही नेता रुपचन्द्र विष्टको (रुदाने) राजनीतिक जीवनको पाटोलाई देखाइएको छ। यो फिल्म थाहा दर्शनका अभियन्ता, दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित छ। 'रुदाने' नाम रुपचन्द्र आफैले राखेको उपनाम हो। जसको अर्थ हुन्छ रु-रुप दा-दामन र ने- नेपाल। रुपचन्द्र बिष्टको जीवन र संघर्षमा आधारित यो फिल्ममा विष्टको भूमिका…

    विस्तृतमा पढ्नुस्

  • इपिएल : विराटनगरमाथि भैरहवाको सहज जित

    इपिएल : विराटनगरमाथि भैरहवाको सहज जित

    काठमाडौं : एभरेस्ट प्रिमियर लिगको ८ औं खेलमा भैरहवा ग्लाडियटरले विराटनगर वारियर्स माथि सहज जित हात पारेको छ। टस जितेर भैरहवा ग्लाडियटरले फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको विराटनगर वारियर्स ८९ रनमै समेटियो। जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले १५.३ ओभरमै चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। भैरहवाका उपुल थरङ्गाले १५.३ ओभरमा १ रन आवश्यक हुँदा चौका प्रहार गर्दै स्कोरबोर्ड भैरहवाको पक्षमा ९२…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन २ लाख ८६ हजार बढीले लगाए खोप, २८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

    एकैदिन २ लाख ८६ हजार बढीले लगाए खोप, २८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

    काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १४ हजार ५४१ जनाको कोभिड १९ परीक्षण गर्दा १ हजार १५७ जना संक्रमित थपिएका छन्। यस्तै, १ हजार ११३ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार १९३ पुगेको छ। संक्रमणका कारण थप ८ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार १२३ पुगेको छ। पछिल्लो २४ घण्टामा २ लाख…

    विस्तृतमा पढ्नुस्

  • सर्वदलीय बैठक बोलाउन देउवालाई माओवादीले आग्रह गर्ने, एमालेले अवरोध कायम राखे संसद अधिवेशन अन्त्य!

    सर्वदलीय बैठक बोलाउन देउवालाई माओवादीले आग्रह गर्ने, एमालेले अवरोध कायम राखे संसद अधिवेशन अन्त्य!

    काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको नेता देव गुरुङले जानकारी दिए। उनले सर्वदलीय बैठक पछि पनि एमालेले सदन चल्न नदिए चाँडै सदन अन्त्य गर्ने तयारी बारेमा समेत छलफल भएको बताए। 'एमालेले सदन अवरोध गरिरहने र…

    विस्तृतमा पढ्नुस्

  • कश्मीरमा आफूलाई फेरि नजरबन्दमा राखिएको महबुबा मुफ्तीको दाबी

     कश्मीरमा आफूलाई फेरि नजरबन्दमा राखिएको महबुबा मुफ्तीको दाबी

    भारतको पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की नेतृ महबुबा मुफ्तीले आफूलाई फेरि नजरबन्दमा राखिएको दाबी गरेकी छिन्। हाल जम्मू कश्मीरमा रहेकी मुफ्तीले ट्वीट गर्दै आफू त्रालमा रहेको एक गाउँमा जान खोज्दा नजरबन्दमा राखिएको बताएकी हुन्। उनले उक्त गाउँमा सेनाले तोडफोड गरेको समेत दाबी गरेकी छिन्। उनले 'कश्मीरको वास्तविक तस्विर' भन्दै भारत सरकारको निम्तोमा कश्मीर भ्रमणमा पुगेको विदेशी प्रतिमण्डलमाथि समेत प्रश्न उठाएकी…

    विस्तृतमा पढ्नुस्

  • फुमिओ किशिडा जापानको नयाँ प्रधानमन्त्री बन्ने

    फुमिओ किशिडा जापानको नयाँ प्रधानमन्त्री बन्ने

    जापानको सत्तारुढ दलको नयाँ अध्यक्षमा फुमिओ किशिडा निर्वाचित भएका छन्। लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो। जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेका हुन्। उनका प्रतिष्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए। नव निर्वाचित अध्यक्ष किशिडा पार्टी छिट्टै प्रधानमन्त्री बन्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले वर्तमान…

    विस्तृतमा पढ्नुस्

  • जापानमा  ६.१ म्याग्निच्युडको भूकम्प

    जापानमा  ६.१ म्याग्निच्युडको भूकम्प

    जापानमा बुधबार ६.१ म्याग्निच्युडको भूकम्प आएको छ।  जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प आएको जापानको भूगर्भ विभागले जनाएको छ। भूकम्पका कारण मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्। स्थानीय समयअनुसार दिउँसो २ बजेर २२ मिनेटमा भूकम्प आएको विभागले जानकारी दिएको छ।  भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, ६ वटा पालिकामा निर्वाचन

    कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, ६ वटा पालिकामा निर्वाचन

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ। आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो। जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • डेढ वर्ष अघि नै प्रचारप्रसारमा ५० लाख सकाएको 'म यस्तो गीत गाउँछु २' कहिले हुन्छ रिलिज ?

    डेढ वर्ष अघि नै प्रचारप्रसारमा ५० लाख सकाएको 'म यस्तो गीत गाउँछु २' कहिले हुन्छ रिलिज ?

    काठमाडौं : बन्द भएका फिल्महलहरु असोज २१ गते घटनास्थापना देखि खुल्ने भएका छन्। साथै नेपाल चलचित्र संघले अघिल्लो तीन महिनासम्म प्रदर्शन गरिने फिल्महरुको रिलिज मिति असोज २० भित्र सार्वजनिक गर्न आग्रह समेत गरेको छ। कोरोना भाइरसको सबैभन्दा बढी मारमा परेको फिल्म मध्य एक हो 'म यस्तो गीत गाउँछु २'। यो फिल्म २०७६ फागुन ३० गते रिलिज हुने भनिएको थियो। फिल्मको प्रचारको काम…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

    प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा छापा मारेको छ। बुधवार दिउँसो कार्यालयमा बर्दिबास कार्यालयबाट गएको टोलीले छापा मारेको हो।  'आयोगकै निर्णयमा बर्दिवासबाट टोली पठाएका हौं। साइलक खरिदको विषयमा उजुरी परेपछि टोली परिचालन भएको हो,' अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने। मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ अभियना संचालन गर्दा भ्रष्टाचार…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले गर्‍यो 'रणनीतिक हतियार' हाइपरसोनिक मिसाइलको परीक्षण

    उत्तर कोरियाले गर्‍यो 'रणनीतिक हतियार' हाइपरसोनिक मिसाइलको परीक्षण

    उत्तर कोरियाले नयाँ हाइपरसोनिक मिसाइलको सफल प्रक्षेपण गरेको दावी गरेको छ। परीक्षण गरिएको मिसाइलको नाम ह्वासङ् - ८  रहेको छ।  पाँच वर्षे सैन्य क्षमता विस्तारका क्रममा विकसित गरिएको मिसाइल सबैभन्दा महत्वपूर्ण ५ हतियार मध्येको एक रहेको त्यहाँको सरकारी मिडियाले जनाएको बीबीसीले उल्लेख गरेको छ। उत्तर कोरियाले मिसाइललाई 'रणनीतिक हतियार' भनेको छ जसको अर्थ आणविक क्षमतासहितको भन्ने हुन्छ।  प्योङ्याङले हतियार प्रविधिमा…

    विस्तृतमा पढ्नुस्

  • देउवासँग संवादपछि पेरिसडाँडाको बैठकमा प्रचण्ड, मन्त्रिपरिषद बिस्तार टुंग्याउने कसरत जारी

    देउवासँग संवादपछि पेरिसडाँडाको बैठकमा प्रचण्ड, मन्त्रिपरिषद बिस्तार टुंग्याउने कसरत जारी

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। समसामयिक राजनीति र मन्त्रिपरिषद बिस्तारबारे प्रचण्डले देउवालाई बालुटारमै पुगेर भेटेका हुन्। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले समसामयिक राजनीतिबारे छलफल भएको जानकारी दिए। देउवालाई भेटेपछि प्रचण्ड सोझै पार्टी कार्यालय पेरिसडाँडा गएका छन्। पार्टीको स्थायी कमिटी बैठकका लागि प्रचण्ड पेरिसडाँडा पुगेका हुन्। अहिले स्थायी कमिटीको बैठक बसिरहेका…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना भाइरसको एक्टिभ केस ३ लाखभन्दा तल!

    भारतमा कोरोना भाइरसको एक्टिभ केस ३ लाखभन्दा तल!

    भारतमा कोभिड १९ संक्रमण दरमा ठूलो गिरावट आएको छ। पछिल्लो २४ घन्टामा १८ हजार ८ सय ७० जनामा कोरोना भाइरस पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ठीक हुनेको संख्या लगातार बढिरहेकाले एक्टिभ केस पनि भारतमा ३ लाखभन्दा तल झरेको छ। पछिल्लो २४ घन्टामा २८ हजार १ सय ७८ जना कोभिड १९ मुक्त भएका हुन्। यसबचि ३ सय ७८ जनाले…

    विस्तृतमा पढ्नुस्

  • सय जना भन्दाबढी पकेटमार समातिए, केही पकेटमार प्रहरीको निगरानीमा

    सय जना भन्दाबढी पकेटमार समातिए, केही पकेटमार प्रहरीको निगरानीमा

    काठमाडौं : प्रहरीले केही दिनयता काठमाडौंका विभिन्न स्थानबाट १ सय जना भन्दा धेरै पकेटमारलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र विभिन्न बृत्तबाट खटिएको टोलीले एक सय जनाभन्दा धेरै पकेटमार नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। दशैंमा भिडभाडको मौका छोपी पकेट मार्ने गरेकाले विशेष निगरानीमा राखेर प्रहरीको संक्रियता बढाएको एसपी बस्नेतले जानकारी दिए। 'एक सय जना भन्दाबढी पकेटमारलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतीय कम्युनिष्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरे कन्हैया कुमार

    भारतीय कम्युनिष्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरे कन्हैया कुमार

    कम्युनिष्ट युवा नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन्। आज एक कार्यक्रमबिच बिहारका कन्हैया कांग्रेसमा प्रवेश गरेका हुन्। जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्दा राजनीतिमा होमिएका उनी भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभामा खडा भएका थिए। तर, उनले निर्वाचनमा पराजय भोग्नु परेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचक मानिने कन्हैयाको कंग्रेस प्रवेशलाई महत्वका साथ हेरिएको छ। कन्हैयाविरुद्ध मोदी सरकारले देशद्रोहको मुद्दा चलाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell