अहिले टिकटकमा एक हिन्दी गीत निकै भाइरल भइरहेको छ। गीतको बोल हो 'एक परदेशी मेरा दिल ले गया…'। हाल चर्चामा रहेको सो गीतको ओरिजिनल भर्सन भने सन् १९५८ मा रिलिज भएको थियो। ९० को दशकको निकै हिट आशा भोस्ले र मोहम्मद रफीले गाएका थिए। 'फागुन' फिल्मको उक्त गीतमा मधुवाला र भारत भुषणको अभिनय रहेको थियो। उक्त गीतको शब्द कमाल जलालाबादीले…
काठमाडौं : नेकपा एमालेमा विवाद समाधानका लागि भएको १० बुँदे कार्यान्वयन गर्ने बारे गठित कार्यदलको बैठकले समस्या समाधानका विभिन्न विकल्पबारे छलफल गरेको छ। पार्टी कार्यालय थापाथलीमा बसेको बैठकमा १० बुँदे कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि नीतिगत व्यवस्था गर्ने विषयमा छलफल भएको कार्यदलका संयोजक भीम रावलले जानकारी दिए। भने,'१० बुँदे कार्यान्वयनको सन्दर्भमा जहाँ समस्या उत्पन्न भएका छन् त्यहाँ समस्या समाधान गर्नका…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। १४ हजार ३ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ५८ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ३ सय १८ जना डिस्चार्ज भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ४ सय २२ रहेको छ। २४ घण्टाको अवधिमा संक्रमण भएका…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार राजनीतिक दलसम्बन्धी व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्ने गरी जारी गरेको अध्यादेशलाई खारेज गरेकी छिन्। अध्यादेश खारेजपछि ऐनका साविकका व्यवस्था शून्य भएका छन्। व्यवस्था निष्क्रिय भए पनि सरकारले साविकका व्यवस्था जगाउने गरी कुनै अध्यादेश वा विधेयक ल्याएको छैन। खारेजीको सिफारिस गरे पनि पुरानो व्यवस्था पुन: स्थापित गर्ने व्यवस्था गरिएको छैन। कानुन व्याख्या सम्बन्धी ऐनको दफा ६ अनुसार पूरा…
भक्तपुर : रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौँकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौँको नभइ भक्तपुरको रानीपोखरीको कथा हो। भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौंको रानीपोखरी पुनर्निर्माण हुँदै गर्दा भक्तपुरमा पनि रानीपोखरी निर्माण कार्यले गति लिइरहेको थियो। धेरै समय ओझेलमा परेको यो रानीपोखरी छिट्टै सर्वसाधरणका लागि खुल्ला गर्ने रणनीति भक्तपुर नगरपालिकाको छ। भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय…
काठमाडौं : गृह मन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उपत्यकामा चाडपर्व लक्षित उपत्यकाको सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँर्दै गृहमन्त्री खाणले नागरिकलाई अनुभूति देखिगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न…
बेलायतमा इन्धन संकट बढ्दै गएपछि सेनालाई तयारी अवस्थामा राखिएको छ। तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुँदा गाडीहरुको लामो लाइन भएपछि त्यसलाई सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको बीबीसीले उल्लेख गरेको छ। सरकारले आवश्यक परेमा सेनाका ट्याङकरहरुलाई इन्धन ढुवानीका लागि प्रशिक्षण दिने तयारी समेत गरेको छ। बेलायतमा इन्धनको अभावका दृश्यहरु देखिएपनि व्यापार मन्त्री क्वासी कोर्टनले भने आफूहरुसँग तेलको पर्याप्त आपूर्ति…
अभिनेता इरफान खानको निधनपछि उनका छोरा बाबिल पनि फिल्म क्षेत्रमा देखिने भएका छन्। केही समयअघि उनी अनुष्का शर्मा प्रोडक्सनमा बन्न लागेको फिल्म 'काला' मा अनुबन्धित भइसकेका थिए। बाबिलको त्यो डेब्यु फिल्म हुनेछ। बाबिलसँग इरफानका फ्यानहरुले निकै आशा गरेका छन्। यसैबिच उनी यशराज फिल्म्सको प्रोडक्सनमा बन्न लागेको पहिलो वेबसिरिजमा देखिने भएका छन्। आदित्य चोपडाको यशराज फिल्म्स ओटीटी प्याल्टफर्ममा आउने खबर बाहिरिएसँगै…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका छन्। कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ओली बिच भएको भेट मार्फत् ओलीले देउवालाई सन्देश पठाएका हुन्। सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएर फिर्ता लिनु षड्यन्त्रपूर्वक भएको भन्दै ओलीले मन्त्री कार्कीमार्फत् असन्तुष्टि पोखेका हुन्। 'सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११…
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री वर्षमान पुनलाई थप उपचारका लागि थाइल्यान्डको बैंकक लगिने भएको छ। यहीँ उपचार गराइरहेका पुनलाई पहिले नै उपचार गरेको समितिभेज अस्पताल लैजान लागिएको हो। जन्डिसका कारण पुन लामो समयदेखि अस्वस्थ रहँदै आएका छन्। चार वर्षअघि पनि उनलाई कमलपित्तकै समस्याका कारण समितिभेजमा उपचार गराइएको थियो। त्यसअघि उनको सोही रोगको उपचार भारतको मेदान्त अस्पतालमा…
काठमाडौंः भक्तपुरमा ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। सोमवार रति पौने ९ बजे भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी चोक स्थित अरनिको राजमार्गमा नगरकोटमोडबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश ३-०२-००८ प २५०१ नम्बरको मोटरसाइकललाई सूर्य बिनायकबाट राधेराधेतर्फ जाँदै गरेको भारतीय नम्बरको १८ चक्के खाली टेलर गाडीले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल चालक भक्तपुर सूर्य बिनायक नगरपालिका वडा…
काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अफगानिस्तान लगायतका देशमा भइरहेको राजनीतिक संकटको बारेमा चासो व्यक्त गरेको छ। राष्ट्रसंघको महासभाको ७६ औं सत्रमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अफगानिस्तान, म्यानमार, लिविया, सिरिया, यमनसहित खाडीका देशहरुमा भइरहेको राजनीतिक अवस्थाप्रति चासो व्यक्त गरेका हुन्। ‘अफगानिस्तानको पछिल्लो विकासक्रम हामी सबैको साझा चासो हो। अफगानिस्तानका जनताहरु अझै राम्रो पाउन योग्य छन्। हामी बिना रोकटोक मानवीय…
उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रहार गरेको दाबी दक्षिण कोरियालले गरेको छ। आफ्नो पूर्वी तटीय क्षेत्रमा मिसाइल प्रहार भएको दक्षिण कोरियालले जनाएको हो। संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाली दूतले प्योङयाङलाई आफ्नो सुरक्षा गर्ने र हतियार परीक्षणको अधिकार भएको बताएपछि यो मिसाइल परीक्षण भएको बीबीसीले उल्लेख गरेको छ। यही महिनाको सुरुवातमा प्योङयाङले ब्यालास्टिक र क्रुज मिसाइलको पनि परीक्षण गरेको थियो। केहीदिन अघि…
जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना आवश्यक रहेको बताएका छन्। होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धि छलफल कार्यक्रममा अध्यक्ष यादवले धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश नं. २ मा खुद्रा विकासले प्रवर्द्धन सम्भव नरहेको उल्लेख गर्दै सरकारले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए। …
चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ। कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो। देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आज आठ जनासँग जनही तीन लाख रुपैयाँ माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको…
काठमाडौं : विशेष अदालतले कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्मा ढकाललाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। 'सूचित आदेश र कानुनको अख्तियारीको बदनीयतपूर्व प्रयोग गरी १ अर्ब ३३ करोड बर्क्यौता कर छुट दिएको' पुष्टि भएको भन्दै अदालतले यस्तो आदेश दिएको हो। 'विशेष अदालत ऐन २०५९ को दफा ७ को खण्ड घ बमोजिम प्रतिवादी चुडामणि शर्मा ढकालबाट पचास लाख…
भारतको महाराष्ट्र सरकारले कार्तिक ५ (२२ अक्टोबर) बाट फिल्म हल खोल्न दिने निर्णय गरेको छ। महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरेले गरेको घोषणासँगै धमाधम फिल्मका रिलिज मिति सार्वजनिक हुन थालेका छन्। सबैभन्दा पहिले रोहित शेट्टीले फिल्म 'सुर्यवंशी' को प्रदर्शन मिति घोषणा गरेका हुन्। अक्षयकुमार अभिनित फिल्म 'सुर्यवंशी' तिहारमा रिलिज हुनेछ। 'सुर्यवंशी' हलिउड फिल्मसँग 'द इटर्नल्स' भिड्नेछ। त्यस्तै, आइतवारमात्रै यशराजले आफ्ना चारवटा फिल्मको…
आफ्ना विरोधीलाई योजनावद्ध रुपमा समाप्त पार्न कति सम्मको हद पार गर्न सक्छ अमेरिका भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ जुलियन असान्जेको अपहरणपछि हत्यासम्मको योजना। सन् २०१७ मा असान्जे लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएको पाँचौ वर्ष हुँदै थियो। अमेरिकी गुप्तचर संस्था सीआईएले असान्जेलाई अपहरण गर्ने योजना बुनेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनभित्र असान्जेको अपहरण र हत्या सम्मको योजनालाई कार्यान्वयन गर्ने विषयमा बहस…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८२ जना कोरोना पोजेटिभ देखिएको छ। १५ हजार ४ सय ८८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८२ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही समयमा १ हजार २ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ८ सय ४८ रहेको छ। त्यस्तै संक्रमण भएकामध्ये २४…
काठमाडौं : पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा कूटनीतिज्ञ सहभागी भएका छन्। गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका राजदूत एवम् कूटनीतिज्ञहरुले आज बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी भएका छन्। हाइकिङपश्चात् उनीहरुले दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र डेभिज फल्सको अवलोकन गरेका छन्। तत्पश्चात राजदूत एवम् कुटनीतिज्ञहरुलाई फेवातालमा…