काठमाडौं : नेपाली कांग्रेस रुपन्देहीका १६ वटै स्थानीय तहमा नेतृत्वको छिनोफानो भएको छ। शनिवार सबै स्थानीय तहमा भएको निर्वाचन मार्फत स्थानीय तहले नयाँ नेतृत्व पाएका हुन्। जसमध्ये जिल्लाको एक मात्र उपमहानगरपालिकामा खेलराज पाण्डेय सभापतिमा निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी रिता केसीलाई पराजित गरेका हुन्। पाण्डेयले ४१२ मत ल्याउँदा केसीले १२४ मत मात्र प्राप्त गरेकी थिइन्। त्यस्तै तिलोत्तमा नगरपालिकामा हरिलाल पाण्डे सभापति…
काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विराटनगर वारियर्स चितवन टाइगर्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले २ विकेटको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवनले ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङमा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदैछन्। ललितपुरको च्यासलमा शुक्रवार देखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले आइतवार जवाफ दिन लागेका हुन्। केन्द्रीय कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनका साथै महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संसोधन प्रस्तावमाथि बैठकमा छलफल भएको थियो। समूहगत रुपमा भएको छलफलमा…
काठमाडौं : सत्ता गठबन्धनका नेताहरू सरकारमा सहभागी हुने मन्त्री र राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले शीर्ष नेताहरूको बैठक बसिरहेको जानकारी दिए। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सरकार बिस्तार र…
काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज जारी पहिलो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात राम्रो हुन सकेन। आशिफ शेखलाई शुन्य रनमा र चन्द्रपउल हेमराजलाई २ रनमा गुमाएको विराटनगर सुरुमै दवाबमा आएको थियो। यद्यपि अनिल…
काठमाडौं : ललितपुरको बागमती किनारमा एक बालक मृत फेला परेका छन्। पाँच दिनदेखि पानीको भेलसँगै ढलभित्र छिरेर हराएको एक बालकको शव हुन सक्ने प्रहरीको आशङ्का रहेको छ। मङ्गलवार राति करिब साढे ८ बजेतिर ढलमा छिरेका ९ वर्षीय बालक बेपत्ता भएका थिए। त्यसपछि प्रहरीले खोजी गरेको थियो। 'आफन्तले दिएको फोटो र शवमा भेटिएको कपडाको रंग एउटै छ। त्यसैले कपनबाट हराएका बालक…
काठमाडौं : त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणपछि बाहिरिएको सुन प्रकरणको अन्तिम बहस चलिरहेको छ। जिल्ला अदालत विराटनगरमा झन्डै चार वर्षअघि दर्ता भएको मुद्दाको अन्तिम किनारा दिन बहस सुरु भएको हो। बिहीबारदेखि बहस सुरु भएको हो। आइतबार र सोमबार सरकारी वकिलले बहस गरेपछि मंगलबारबाट प्रतिवादीका निजी वकिलले बहस गर्ने कार्यतालिका रहेको छ। २०७४ माघ ९ गते…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमनसँग मैत्रीपूर्ण खेल खेल्दैछ। साफ च्याम्पियनसिपको तयारीमा कतार पुगेको नेपाली टोलीले आज बेलुकी ९:४५ बजे दोहास्थित कतार युनिभर्सिटी मैदानमा ओमनसँग प्रतिस्पर्धा गर्नेछ। ओमन विश्वकप क्वालिफायर्सको तयारीमा छ। फिफा वरीयतामा ओमन ७८ औं स्थानमा छ भने नेपाल १६८ औं स्थानमा छ। साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले यसअघि भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो। साफ च्याम्पियनसिप…
काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुईवटा खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स साडे ९ बजे आमनेसामने हुनेछन्। करण केसीको कप्तानीमा रहेको विराटनगरमा जिम्बावेका सिकन्दर राजा, क्यानडाका रेयान पठान, वेस्ट इन्डिजका चन्दरपउल हेमराज, श्रीलंकाका दिल्सन मुनावेरा लगायतका विदेशी खेलाडी छन्। त्यस्तै राष्ट्रिय टोलीमा राम्रो प्रदर्शन गर्दै आएका आशिफ शेख पनि…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी सिटीसँग १-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीको जित सुनिश्चित गर्न गाब्रियल जिससले निर्णायक गोल गरे। उनले खेलको ५३ औं मिनेमा क्यान्सेलोको पासमा गोल गरेका थिए। त्यस्तै आजै सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड एस्टोन…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित भएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेड एस्टोन भिल्लासँग १-० ले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको अन्तिम समयमा एस्टोन भिल्लाले खेलमा अग्रता बनाएको थियो। भिल्लाका लागि कोर्टने हउसले ८८ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए। यद्यपि युनाइटेडले त्यसपछि खेलमा फर्कने अवसर पाए पनि…
नारीवादी 'आइकन' कमला भसिनको आज बिहान निधन भयो। ७५ वर्षीया भसिन सन् १९७० देखि नै महिलाका मुद्दामा कलम चलाउँदै आएकी थिइन्। दक्षिण एसियाकी सशक्त सामाजिक अभियन्ता, कवि अनि लेखक भसिनले निरन्तर लैङ्गिक समानता, गरिवी निवारण, मानव अधिकार र शैक्षिक विकासमा पैरवी गरिन्। नारीवादी विचारका कारण चर्चित भसिन नारीवादीहरुको सञ्जाल ‘संगत’का संस्थापक थिइन्। सन् २००२ मा संयुक्त राष्ट्रसंघको जागिर छाडेपछि उनले संगतमार्फत्…
काठमाडौं : पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन २ लाख १६ हजार ७२५ जनाले खोप लगाएका हुन्। यससँगै देशभर खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६० लाख १४ हजार ९४१ पुगेको छ। ६५ लाख २८ हजार ३९२ जनाले पहिलो मात्रा लगाइसकेका छन्। सम्बन्धित समाचार : थप ९ सय ५३ जनामा कोरोना पुष्टि, १ हजार ३…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। १० हजार ५ सय ७९ जनाको परीक्षण गर्दा ९ सय ५३ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही समयमा १ हजार ३ सय ७१ जना डिस्चार्ज भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङख्या १९ हजार ७ सय रहेको छ। जसमध्ये १८ हजार ३ सय ४० जना होम आइसोलेसनमा, १…
काठमाडौंः घरमा गएर चोरी गरेको अभियोगमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीय पुष्पा सिटौलालाई नियन्त्रणमा लिएको हो। असोज ६ गते दिउँसो १ बजेर ४० मिनेटमा उनले भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने सावित्री दवाडीको घरमा रहेको सुनचाँदी तथा नगद रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन 'नम्बर वान म्यान' बन्नुपर्ने भन्दै सभापतिमा उम्मेदवारी दिने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताए। साथै, १४ औं महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत…
पोखरा : विश्व पर्यटन दिवसको अवसरमा रेवान पोखराले एकदिने सडक महोत्सव ( मिनी स्ट्रिट फेष्टिबल) आयोजना गर्ने भएको छ। महोत्सव यहीँ असोज ११ गते सोमवार बाराही चोकदेखि खहरेचोकसम्म गरिने शनिवार आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराले जानकारी दिएको छ। महोत्सव सोमवार साँझ ५ बजेदेखि राति ११ बजेसम्म हुनेछ। सरकारले निषेधाज्ञा खुला गरेसँगै पर्यटन क्षेत्रलाई चलायमान गराउन हरेक वर्ष गर्दै आइरहेको मिनी…
काठमाडौं : बिहीवार राति ११ बजेर ४५ मिनेटमा इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्यो। सडकबाट झन्डै ३५ मिटर तल कार खसेको थियो। मुग्लिनमा कार्यरत प्रहरीले घटनाको जानकारी लियो। त्यसपछि त्यसको जानकारी सशस्त्र प्रहरीको विपद् तालिम केन्द्र कुलिनटारलाई समेत जानकारी थियो। सशस्त्रबाट ९ जना सुरक्षाकर्मी घटनास्थल पुगे। राति नै खोजी गर्यो। केही अप्ठ्यारो स्थान…
काठमाडौं : नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गरिरहेका छ। शुक्रवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उप-महासचिव विष्णु पौडेलको विधान सशोधन प्रस्तावमाथि समूहगत छलफल भएको थियो। उक्त समूहगत छलफलको निष्कर्ष सुनाउन शनिवार टोली नेताहरु छानिएका छन्। टोली नेता छान्दा नेकपा एमालेमा तेस्रो धारका नेताका रुपमा चिनिएका…
काठमाडौं: आजबाट सुरु भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रिओट्सलाई हराउँदै काठमाडौं किंग्स ११ ले सुखद सुरुवात गरेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा काठमाडौंले ललिपुरमाथि ७ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ३ विकेट…