PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा सरकारले अवरोध खडा गरिरहेको छ : विष्णु पौडेल

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा सरकारले अवरोध खडा गरिरहेको छ : विष्णु पौडेल

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन्। पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग समेत गरेका छन्। रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै उनले विमानस्थलको कामलाई अघि बढाउनका लागि एशीयाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौता गरेर…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकासँग सम्झौता भए लगत्तै क्यानडाबाट चीन फर्किइन् हुवावेकी मेङ वेनझाउ

    अमेरिकासँग सम्झौता भए लगत्तै क्यानडाबाट चीन फर्किइन् हुवावेकी मेङ वेनझाउ

    क्यानडामा पक्राउ परेकी चिनियाँ टेलिकम जायन्ट 'हुवावे' की वरिष्ठ कार्यकारी मेङ वेनझाउ चीन फर्किएकी छिन्। हुवावेकी संस्थापककी छोरी वेनझाउ २०१८ को डिसेम्बरमा क्यानडामा पक्रउ परेकी थिइन्। अमेरिकाको अनुरोधमा उनलाई पक्राउ गरिएको थियो। जसकारण क्यानडा र अमेरिकासँग चीनको विवाद बढेको थियो। अमेरिकासँग सम्झौता भएसँगै करिब ३ वर्षपछि हुवावेकी आर्थिक मामिला प्रमुख वेनझाउ स्वदेश फर्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। वासिङ्टनले हुवावेमाथि…

    विस्तृतमा पढ्नुस्

  • मिस युनिभर्सका लागि खुल्यो आवेदन, यसपाला दर्ता शुल्क नलाग्ने

    मिस युनिभर्सका लागि खुल्यो आवेदन, यसपाला दर्ता शुल्क नलाग्ने

    काठमाडौं : क्लोज क्याम्प र फिनाले अघिका चरणहरु भर्चुअल रुपमा नै पूरा हुनेगरी मिस युनिभर्स २०२१ आयोजना हुने भएको छ। प्रतियोगिता दर्ता, क्वार्टर फाइनल चयन र प्रशिक्षणसत्रलाई भर्चुअल रुपमा नै संचालन गर्ने गरी यस वर्षको मिन युनिभर्स हुन लागेको हो।  'साहसी, निभर्भिक सुन्दर - मेरा निम्ति सम्पूर्ण नेपाली महिलाहरुको पहिचान हो यो,' प्रतिस्पर्धाबारे मिस युनिभर्स नेपालका निर्देशक नग्मा श्रेष्ठले भनेकी…

    विस्तृतमा पढ्नुस्

  • ईपीएल: काठमाडौंलाई ललितपुरको १ सय ५८ रनको लक्ष्य, सर्राफको अर्धशतक

    ईपीएल: काठमाडौंलाई ललितपुरको १ सय ५८ रनको लक्ष्य, सर्राफको अर्धशतक

    काठमाडौं: आजबाट सुरु भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा ललिपुरको ब्याटिङमा राम्रो सुरुवात हुन सकेन। कप्तान कुशल भु्र्तेललाई शुन्य रनमै गुमाएको ललितपुरका लागि सन्डुन वीरकोड्डे…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित दुई भारतीय नागढुङ्गाबाट समातिए

    स्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित दुई भारतीय नागढुङ्गाबाट समातिए

    काठमाडौंः स्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकम सहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो। सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ईपीएल आजबाट सुरु, उद्घाटन खेलमा लामिछानेको काठमाडौंलाई भूर्तेलको ललितपुरको चुनौती

    ईपीएल आजबाट सुरु, उद्घाटन खेलमा लामिछानेको काठमाडौंलाई भूर्तेलको ललितपुरको चुनौती

    काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रिओट्स आमनेसामने हुँदैछन्। काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा उत्रने छ भने ललितपुर कुशल भुर्तेलको कप्तानीमा उत्रने छ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। लामिछानेको कप्तानी रहेको काठमाडौंमा पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी, सिंगापुरका जनक प्रकाश, अफगानी ब्याट्सम्यान रहमनुल्लाह गुरबाज…

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुर पुगेर राष्ट्रपति भण्डारीद्वारा जिवित देवी कुमारीको दर्शन

    वसन्तपुर पुगेर राष्ट्रपति भण्डारीद्वारा जिवित देवी कुमारीको दर्शन

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमरी घर पुगेर जिवित देवी कुमारीको दर्शन गरेकी छिन्। यँया: (इन्द्रजात्रा) को अन्तिम दिन रथयात्रा सकिएपछि राष्ट्रपति भण्डारी कुमारी घर पुगेकी हुन्। सो अवसरमा राष्ट्रपतिले कुमारीलाई वस्त्र, आभूषण र सुपारी पनि चढाएकी थिइन्। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा हेर्न पुग्थे भने अन्तिम दिन कुमारीको दर्शन गर्न कुमारी घर…

    विस्तृतमा पढ्नुस्

  • आठ आइफोन सहित ६१ स्मार्ट फोन जफत, दुई जना पक्राउ, भन्सार छलेर गरेका थिए चोरी पैठारी

    आठ आइफोन सहित ६१ स्मार्ट फोन जफत, दुई जना पक्राउ, भन्सार छलेर गरेका थिए चोरी पैठारी

    काठमाडौं : एप्पलको आइफोनका ८ नयाँ सेट सहित विभिन्न मोबाइल कम्पनीका ६१ वटा मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  भन्सार छलेर भातरबाट मोबाइल लगायतका सामानहरु चोरी पैठारी गरेर ल्याएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। आइफोनसँगै सामसुङ, लाभा, ओप्पो, हुवेई, साओमी लगायत कम्पनीका ६१ वटा स्मार्टफोन प्रहरीले जफत गरेर त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय पठाएको छ।  चोरी पैठारी गरेर स्मार्ट…

    विस्तृतमा पढ्नुस्

  • प्रतिष्ठानलाई जवाफ दिँदै दुर्गेशले ल्याए 'बहिस्कार' गीत, 'पत्थरजस्ता मान्छेलाई फूलको नमस्कार'

    प्रतिष्ठानलाई जवाफ दिँदै दुर्गेशले ल्याए 'बहिस्कार' गीत, 'पत्थरजस्ता मान्छेलाई फूलको नमस्कार'

    काठमाडौं : गायक दुर्गेश थापाको 'बहिस्कार'  बोलको गीत सार्वजनिक भएको छ। तीज गीतको विवादको जवाफ दिन उनले 'बहिस्कार' बोलको गीत ल्याएका हुन्। गीतको शब्दहरु दुर्गेशले नै लेखेका हुन्। साथै गीतमा दुर्गेशले नै संगीत तथा स्वर भरेका छन्। गीतमा र्‍याप भने साहस शाक्यको रहेको छ। अर्जुन तिवारी (एमबिए फिल्मस्)  र रुपेश थापाको छायाङ्कन रहेको गीतको भिडियोमा दुर्गेशका साथै अभिनेता पल शाहको…

    विस्तृतमा पढ्नुस्

  • करिनाको २० वर्षे फिल्म करियर समेटिएको पुस्तक 'नाजनीन टु नैना' सार्वजनिक

    करिनाको २० वर्षे फिल्म करियर समेटिएको पुस्तक 'नाजनीन टु नैना' सार्वजनिक

    बलिउड अभिनेत्री करिना कपूरको करियरमाथि लेखिएको पुस्तक 'नाजनीन टु नैना' सार्वजनिक भएको छ। उक्त पुस्तक करिनाको कपूरको जन्मदिनको अवसरमा रिलिज गरिएको पुस्तकका लेखक गुरप्रित सिंहले इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। पत्रकार गुरप्रित सिंहले लेखेको यो पुस्तकमा करिनाको २० वर्ष फिल्म करियरको बारेमा लेखिएको छ। पुस्तकले करिनाले फिल्म करियरमा गरेका संघर्ष र कामहरुलाई उतारिएको छ। अभिनेता सैफ अलि खानसँग बिहे गरेपछि करिना…

    विस्तृतमा पढ्नुस्

  • थप १ लाख ७२ हजार बढीले लगाए कोरोनाविरुद्ध खोप, आज थपिए १४७६ संक्रमित

    थप १ लाख ७२ हजार बढीले लगाए कोरोनाविरुद्ध खोप, आज थपिए १४७६ संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १५ हजार ६९० जनाको परीक्षण गर्दा १ हजार १०३ जनाको पीसीआर परीक्षणमा र ३७३ जनामा एन्टीजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो। यस्तै, १ हजार ५५० जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या २० हजार २८७ पुगेको छ। संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारले नियुक्त गरेका समाज कल्याण परिषद् बोर्ड पदाधिकारीको सामुहिक राजीनामा

    ओली सरकारले नियुक्त गरेका समाज कल्याण परिषद् बोर्ड पदाधिकारीको सामुहिक राजीनामा

    काठमाडौं : समाज कल्याण परिषद्को बोर्डबाट सम्पूर्ण पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका छन्। परिषद्का उपाध्याक्ष पद्मप्रसाद खतिवडासहितका ८ जना पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती तथा सदस्यहरु मणीराम वन्जाडे, गोविन्द शाही, नानीमाया थापा नेपाल, ब्रम्हध्वोज गुरुङ, र शुशील ज्ञवाली रहेका छन्। बोर्डको अध्यक्ष महिला बालबालिका तथा समाजकल्याण मन्त्री हुने व्यवस्था छ। १४ महिना अगाडि…

    विस्तृतमा पढ्नुस्

  • 'मिस युनिभर्स नेपाल-२०२१' को लागि आवेदन खुल्ला

    'मिस युनिभर्स नेपाल-२०२१' को लागि आवेदन खुल्ला

    'मिस युनिभर्स नेपाल' ले नयाँ संस्करणको लागि आवेदन खुल्ला गरेको छ। सहभागी हुन चाहने प्रतिस्पर्धाहरुका लागि 'मिस युनिभर्स नेपाल-२०२१' ले आवेदन खुलाएको हो। प्रतियोगितामा सहभागी हुन असोज १४ गते (सेप्टेम्बर ३०) सम्म युवतीहरुले आवेदन दिन सक्नेछन्। साथै, 'मिस युनिभर्स नेपाल' दोस्रो संस्करणको समयतालिका समेत सार्वजनिक गरिएको छ। असोज १५ मा क्वार्टर फाइनलिस्ट र असोज २४ गते सेमीफाइनलिस्ट छानिनेछन्। कार्तिक ३…

    विस्तृतमा पढ्नुस्

  • 'भर्चुअल लभ'को जालोबाट ठगीको धन्दामा चर्चका पादरी !

    'भर्चुअल लभ'को जालोबाट ठगीको धन्दामा चर्चका पादरी !

    काठमाडौं : प्रेन्टी क्रोस्टल चर्चका पादरी सन्दिप क्षेत्री पक्राउ परेका छन्। भारतको दार्जिलिङ जिल्लाको सिलगुढी पानीघट्ट बजारका क्षेत्री सोसल मिडियाबाट ठगीको आरोपमा उनी पक्राउ परेका हुन्।   आफूलाई बेलायती नागरिक नेन्सी माइकलका रुपमा चिनाउँदै फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, आइएमओजस्ता सामाजिक सञ्जालबाट जोडिएर उनले ठगी गर्दै आएको खुलेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको हो। उनले सोसल मिडियामा…

    विस्तृतमा पढ्नुस्

  • महधिवेशन मितिबारे 'कन्फ्युजन' नराख्नुस् : कांग्रेस प्रवक्ता शर्मा, संसदीय दलको बैठकले के गर्‍यो निर्णय?

    महधिवेशन मितिबारे 'कन्फ्युजन' नराख्नुस् : कांग्रेस प्रवक्ता शर्मा, संसदीय दलको बैठकले के गर्‍यो निर्णय?

    काठमाडौं : महाधिवेशनको मितिका सन्दर्भमा कुनै आशंका नलिन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गरेका छन्। कांग्रेस संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रवक्ता शर्माले महाधिवेशनको विषयमा कुनै निर्णय भए त्यो केन्द्रीय समितिमार्फत् हुने प्रष्टयाए।  नेपाली कांग्रेसको महधिवेशन मसिर ९ गतेदेखि १३ गतेसम्म तोकिएको छ। छैटौं पटक सारिएकाले सातौं पटक पनि महाधिवेशन मिति सारिनसक्ने चर्चा व्यापक भएपछि पत्रकारहरुले प्रवक्ता शर्मालाई सोधेका…

    विस्तृतमा पढ्नुस्

  • 'राजा बन्ने' भन्दै नारायणहिटीको श्रीपेच चोरी गर्न खोजेको अभियोगमा एक युवक समातिए

    'राजा बन्ने' भन्दै नारायणहिटीको श्रीपेच चोरी गर्न खोजेको अभियोगमा एक युवक समातिए

    काठमाडौंः नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेच चोर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। पश्चिम रुकुम मुसिकोट घर भएका २५ वर्षीय खीमबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो। उनले संग्राहलय घुम्ने क्रममा आज श्रीपेच रहेको स्थानको सिसा फुटाएर चोर्न खोजेको देखिएको छ। 'हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उसले आफू राज बन्ने भन्दै चोर्न खोजेको बताएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौँका…

    विस्तृतमा पढ्नुस्

  • कोभ्याक्सिन लगाएका भारतीयलाई विदेश भ्रमणमा जान रोक, तर त्यही खोप लगाएका मोदी कसरी पुगे अमेरिका?

    कोभ्याक्सिन लगाएका भारतीयलाई विदेश भ्रमणमा जान रोक, तर त्यही खोप लगाएका मोदी कसरी पुगे अमेरिका?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिकामा छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्यूयोर्क पुगेका हुन्। तर, भारतीयहरुले भने मोदीको अमेरिका यात्रामाथि प्रश्न उठाएका छन्। कारण- कोभ्याक्सिन। नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध भारतमै उत्पादित कोभ्याक्सिनको दुवै डोज लगाइसकेका छन्। तर, त्यो खोपलाई विश्व स्वास्थ्य संगठन र अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले मान्यता दिएको छैन। यस अवस्थामा उक्त खोपको दुवै डोज लगाएका…

    विस्तृतमा पढ्नुस्

  • ठमेलमा होटेलको कोठाभित्र जर्मन नागरिक मृत भेटिए

    ठमेलमा होटेलको कोठाभित्र जर्मन नागरिक मृत भेटिए

    काठमाडौंः ठमेलमा एक जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ४० वर्षीय जर्मन नागरिक डेभिड मिट ज्याक बिहानी होटेलको कोठा भित्र मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ। ४० वर्षीय डेभिड तीन महिना अघि टुरिस्ट भिसामा नेपाल आएको देखिएको छ। २ सय १ नम्बर कोठामा उनी बेडमा मृत फेला परेपछि सोधपुछको लागि प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएको छ। उनी…

    विस्तृतमा पढ्नुस्

  • एमाले केन्द्रीय कमिटीको बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव माथि छलफल हुने

    एमाले केन्द्रीय कमिटीको बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव माथि छलफल हुने

    काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलमा सुरु भएको हो। बैठक दुई दिन सम्म चल्नेछ।  बैठकमा असोज १५-१७ मा ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, र पार्टीको विधान माथि छलफल हुनेछ। यसअघि च्यासलमै सम्पन्न असोज ४ गतेको स्थायी कमिटीको बैठकले ओलीको राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • एभोकाडो चोर्ने समूहलाई प्रहरीले समात्यो, पूर्वआइजीकै बारीबाट चोरी

    एभोकाडो चोर्ने समूहलाई प्रहरीले समात्यो, पूर्वआइजीकै बारीबाट चोरी

    काठमाडौंः प्रहरीले एभोकाडो चोर्ने १२ जनालाई पक्राउ गरेको छ। एभोकाडो चोरी गर्नेको खोजी गर्ने महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली परिचालन गरिएको थियो। केही समयदेखि विभिन्न स्थानमा एभोकाडो चोरी भएको सूचना आएपछि प्रहरीले चोरी गर्ने गिरोहलाई खोजी गरिरहेको थियो। 'संयुक्त टोलीले निगरानी गरेर समातेका हौँ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले भने।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell