काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्। इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली क्रिकेटलाई सहयोग गर्न आएको बताए। अलराउन्डर अफ्रिदीलाई काठमाडौं किंग्स ११…
काठमाडौं : पछिल्लो २४ घण्टामा एक लाख २८ हजार बढीलाई कोभिड-१९ विरुद्धको खोप दिइएको छ। बिहीवार दिउँसो २ बजे सम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार ३८५ जनालाई कोभिड-१९ विरुद्धको खोप दिइएको छ। ३० हजार ३०९ जनालाई पहिलो डोज दिइएको छ। त्यस्तै एक लाख ५ हजार ४२४ जनालाई दोस्रो डोज दिइएको छ। पछिल्लो…
गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक अनुबन्धित भएका छन्। 'द भ्वाइस किड्स नेपाल' को आधिकारिक फेसबुक पेजमार्फत चारजना निर्णयकको बारे जानकारी दिइएको हो। 'द भ्वाइस किड्स' को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहने छन्। गायक राजु र प्रमोद ‘द भ्वाइस अफ नेपाल’ मा समेत निर्णायकका रुपमा देखिसकेका छन्। नेपाली संगीत…
पछिल्लो २४ घण्टामा १५ हजार २४३ जनाको कोभिड १९ परीक्षण गर्दा १ हजार २३९ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ३२४ जनाको संक्रमण मुक्त भएका छन्। आजसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ७४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमणका कारण थप १३ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ७२ पुगेको छ। कोभिड १९ विरुद्ध एकैदिन…
भारतीय गीतकार मनोज मुंतशिर यतिखेर निकै चर्चामा छन्। एक कविताका कारण उनी विवादमा तानिएका हुन्। विवाद उत्पन्न हुनुको कारण हो कवितामाथि चोरीको आरोप लाग्नु। उनलाई रोबर्ट जे लेभ्रीको कविता 'कल मी' को हिन्दी अनुवाद गरि आफ्नो नाम राखेर छोपेको आरोप लागेको छ। जसकारण सामाजिक सञ्जालमा उनी ट्रोलको सिकार भइरहेका छन्। यसैबिच उनलाई गीत चोरीको समेत आरोप लागेको छ। बलिउड अभिनेता…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन्। पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन्। कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे। 'हामी आफ्नै शक्तिले…
काठमाडौं : राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक– २०७८’ बहुमतले पारित भएको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सांसद कोमल वलीले प्रतिनिधिसभाका सभामुखले नेकपा (एमाले)ले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए। एमालेको अवरोधबिच राष्ट्रिसभाबाट विधेयक पारित भएको हो।…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलनलाई एकतावद्ध बनाउन छलफल चलिरहेको बताएका छन्। उनले माओवादी एजेण्डा र नेतृत्वलाई सिद्ध्याउने योजना सहित प्रतिक्रियावादीहरुले पार्टी फुटाइदिएको बताउँदै भने, 'हिजो संविधानसभा विघटन पछि हाम्रो पार्टीलाई विभाजन गर्ने कोसिस भयो। हुन त हाम्रा नेताको झगडा जस्तो देखिन्छ। तर, माओवादी पार्टी फुटाउन र मुल नेतृत्वलाई कमजोर पार्न निकै ठूलो लगानी…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला गलत भएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकलाई बानेश्वरको बुद्धनगरमा सम्बोधन गर्दै नेपालले अर्को पार्टीमा मिसिन लागेको भन्ने हल्ला झुटो भएको स्पष्ट पारेका हुन्। 'हाम्रो पार्टी अर्को पार्टीसँग मिसिन गएको छ भन्ने हजार प्रतिशत गलत छ। जनवर्गीय संगठन फैलिँदै गएको छ। यो पार्टीलाई सशक्त र प्रभावकारी…
न्यूयोर्क : युनिसेफले सबैभन्दा कम उमेरका बालबालिकाको पोषणको अवस्थामा सुधार नभएको भन्दै कोभिड १९ ले त्यसमा थप समस्या ल्याएको प्रतिवेदन सार्वजनिक गरेको छ। नयाँ प्रतिवेदनका अनुसार, २ वर्षभन्दा कम उमेरका बालबालिका यस्तोखाले जोखिममा छन्। यस हप्ता हुन गइरहेको संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनअघि जारी - फेड टु फेल? बालबालिकाको प्रारम्भिक जीवनमा आहार सङ्कट- ले बढ्दो गरीबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी…
फेसन शो 'माउण्ट एभरेष्ट फेसन रनवे' आजबाट सुरु भएको छ। सगरमाथा आधार शिविरमा हुने फेसन शोको दोस्रो संस्करण आजबाट सुरु भएको हो। हिमालको संरक्षण तथा जैविक संरक्षणमा विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले यो शो आयोजना गरिएको आयोजकले जनाएको छ। कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्मसले नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएमई बैंक, चिभास, द सोल्टी काठमाडौं र इन्टरनेसनल…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। शुक्रवार र शनिवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, प्रस्तावलाई पारित गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको हो। ललितपुरको च्यासलमा बैठक बस्ने तामाङले बताए। यसअघि च्यासलमै सम्पन्न असोज ४ गतेको स्थायी कमिटीको बैठकले ओलीको राजनीतिक प्रतिवेदनसँगै…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारीको टुंगो लगाएको छ। बानेश्वरको बुद्धनरगमा बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीबारे टुंगो लगाएका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए। अध्यक्ष माधवकुमार नेपाल रहेको नेकपा एसमा वरिष्ठ नेतामा झलनाथ खनाल छन्। स्थायी कमिटी, पोलीटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको पनि आजै टुंगो लाग्ने नेताहरुले बताएका छन्। अहिले केहीबेरमा सकिने बैठकपछि पदाधिकारीको घोषणा हुने श्रेष्ठले बताए। उनका अनुसार…
काठमाडौंः जुवा खेली रहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहमहादेवबाट १३ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले कमल दाहालको घरमा दोस्रो तल्लामा १३ जना जम्मा भएर क्यासिनो शैलीमा जुवा खेलिरहेको फेला पारेको प्रहरीको दाबी रहेको छ। उनीहरूको साथबाट प्रहरीले १८ लाख ७५ हजार ५ सय रुपैयाँ समेत बरामद…
काठमाडौंः नेपालबाट भारततर्फ हुने हरियो केराउको तस्करी हुने गरेको छ। बुधवार प्रहरीले ठुलो परिणाम हरियो केराउ बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय कृष्ण नगर र बिओपी कष्णनगरबाट खटिएको संयुक्त टोलीले बुधवार राति पौने १० बजे कृष्ण नगर नगरपालिका वडा नम्बर १ बाट ६ वटा ट्रकमा रहेको २ सय २५ क्विन्टल हरियो केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले…
लिथुएनिया सरकारले आफ्ना नागरिकहरुलाई चिनियाँ कम्पनीले उत्पादन गरेको मोबाइल फोन प्रयोग नगर्न आग्रह गरेको छ। लिथुएनियाको रक्षा मन्त्रालयले सार्वजनिक रुपमा अपील गर्दै आफूसँग भएका चिनियाँ फोन फाल्न नागरिकहरुलाई आह्वान गरेको हो। मन्त्रालयले चिनियाँ कम्पनीको नयाँ फोन नकिन्न समेत भनेको छ। चिनियाँ कम्पनीको फोनमा सेन्सर गर्ने उपकरणहरु जडान भएको र सजिलै साइबर आक्रमण हुन सक्ने भेटिएपछि सरकारले यस्तो अपील गरेको हो।…
म्यानमारमा सेना र 'सैन्य कू' को विरुद्ध उत्रेको लडाकू समूहबिच झडप भएको छ। थान्टलाङ क्षेत्रमा भएको झडपका कारण त्यहाँ बसोबास गर्दै आएका करिब ८ हजार मानिस पलायन हुन बाध्य भएको बीबीसी उल्लेख गरेको छ। थान्टलाङमा रहेका कयौं घरहरुमा आगो लगाइएको छ। जसकारण त्यहाँका मानिस शरण लिन भारत पुगेका छन्। थान्टलाङबाट भागेर करिब ५ हजार ५०० जना भारतको मिजोरम पुगेका छन्।…
अमेरिकी राष्ट्रपति जो बाइडेनले विकासशील राष्ट्रहरुलाई ५०० मिलियन डोज फाइजर भ्याक्सिन दिने घोषणा गरेका छन्। संयुक्त राष्ट्र संघको साधरणसभामा भएको भर्चुअल कोभिड १९ सम्मेलनमा बाइडेन भ्याक्सिन दिने घोषणा गरेका हुन्। यो घोषणासँगै अमेरिकाले विश्वभर १ बिलियनभन्दा बढी डोज सहयोग गर्नेछ। विज्ञहरुका अनुसार विश्वको ७० प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउन ११ बिलियन डोज भ्यक्सिन आवश्यक पर्छ। विश्व स्वास्थ्य संगठनले सन् २०२१ को…
पोखरा : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले जनमत संग्रहमार्फत मात्रै देशमा परिवर्तन आउने बताएका छन्। बुधबार पोखरामा अखिल क्रान्तिकारकिो २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले देश परिवर्तनका लागि आफू र आफ्नो पार्टीले जनमत संग्रहको माग गरेका हुन्। ‘देशमा परिवर्तन ल्याउन जनमत संग्रह ल्याउनुपर्छ। हामीले ल्याउछौं, जनता परिवर्तन चहान्छन्। हामी परिवर्तन ल्याउछौं,’ उनले भने । उनले नेपाली राजनीतिमा…
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु छलफलमा जुटेका हुन्। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले गठबन्धनका नेता छलफलमा जुटेको जानकारी दिए। कांग्रेसको सिंहदरबारमा बसेको पदाधिकारी…