काठमाडौं : पछिल्लो समय अपरिचित वा आफन्तहरुले नै दिएको सामान विदेश लैजाँदा धेरै मानिस विमानस्थलबाटै पक्राउ पर्न थालेका छन्। त्यसैले प्रहरीले कसैको सामान विदेश लैजानु अघि होसियार बन्न सुझाव दिएको छ। तस्करले यसरी पठाइने सामानभित्र लागु औषध लुकाएको हुनसक्छ। त्यसैले सामान लैजानेलाई केही पनि थाहा नहुने तर प्रहरीको नियन्त्रणमा परेपछि सजायको भागिदार हुनबाट चाहिँ नबच्ने हुनाले सजगता अपनाउन सुझाएको हो। भदौ २१ गते…
काठमाडौं : नेपाली महिला फुटबल टोली आज सम्पन्न एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको दोस्रो खेलमा बराबरीमा रोकिएको छ। उज्बेकिस्तानस्थित स्टेडियम मज्मौसी स्टेडियममा सम्पन्न समूह एफको खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा दबाब बनाएर पनि नेपाली टोली स्कोरिङका चुकेको थियो। अघिल्लो खेलमा फिलिपिन्ससँग २-१ गोलअन्तरले पराजय ब्यहोरेको नेपालले एएफसी वुमन्स एसियन कपमा क्वालिफाई हुने अवसर गुमाएको छ। तस्बिरहरु :…
काठमाडौं : सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए। बैठकले कर्णाली करिडोर अन्तर्गत सल्ली सल्ला-सिमिकोट खण्डको डल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलोमिटर सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट…
काठमाडौं : सरकारले राजनीतिक नियुक्तीबाट गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 'राजनीतिक नियुक्तीबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ,' मन्त्री कार्कीले भने।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजतन्त्रपरस्त शक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोचमा रहेको आरोप लगाएका छन्। पार्टीको पहिलो केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालले यस्तो आरोप लगाएका हुन्। ‘नेपालमा दुई प्रकारका राजनीतिक धार विद्यमान रहेको छ। एउटा अलोकतान्त्रिक, असहिष्णु, र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेश परस्त तथा राजतन्त्र परस्त शक्तिसँग दक्षिणपन्थ…
काठमाडौं : नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा आयोजना गरिएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। बैठकमा नेपालले प्रस्तुत गरेको प्रतिवेदन बारे छलफल भएको प्रचार विभाग प्रमूख जगन्नाथ खतिवडाले बताए। केन्द्रिय कमिटी बैठकका निर्णय सुनाउँदै खतिवडाले निर्वाचन आयोगमा सनाखत गरेका ११६ जना र त्यसपछि थपिएका केन्द्रीय कमिटी सदस्यहरुले सपथ लिएको…
काठमाडौं : देशभर थप १ हजार ३३० जनामा कोभिड १९ संक्रमण देखिएको छ। १ हजार ३६ जनामा पीसीआर परीक्षणका क्रममा र २९४ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो। यस्तै, १ हजार ८३० जना संक्रमण मुक्त हुँदा देशशर सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ५२४ पुगेको छ। संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण ११…
अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन्। अभिनेत्री शिल्पा शेट्टीका श्रीमान कुन्द्रालाई सोमवार मुम्बई अदालतले ५० हजार भारतीय रुपैया धरौटीमा रिहा गरेको एएनआईले जानकारी छ। कुन्द्रा मुम्बईको आर्थर रोड जेलबाट जमानतपछि रिहा भएका छन्। अदालतले कुन्द्राका सूचना प्रविधि (आइटी) प्रमुख रायन थोर्पेलाई पनि धरौटीमा रिहा गरेको छ। #WATCH | Businessman Raj Kundra released from…
काठमाडौं : जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपीचन्द्र पार्कीको आज बिदाइ गरिएको छ। नेपालगंज म्याराथनद्वारा आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो। दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगंज म्याराथनका आयोजक क्रिएटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्। सो अवसरमा दुवै जनालाई ट्रयाक सुट…
काठमाडौं : नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएको बताए। 'नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनायौँ। बिद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्दो रहेछ' नेपालले भने। केशरजंग रायमाझिले कम्युनिस्ट आन्दोलनको बिसर्जन गरेका भन्दै उनले…
काठमाडौं : नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका माधवकुमार नेपाल सहित १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनमाथि सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ। आजको सुनुवाईबाट अन्तरिम आदेश हुने वा नहुने भन्ने विषय चासोका रुपमा हेरिएको थियो। अन्तरिम आदेश छलफलका लागि भन्दै सर्वोच्चले दल त्याग सम्बन्धी निर्वाचन आयोगबाट भएको निर्णयको सक्कल फाइल झिकाउन भनेको छ। साथै प्रतिनिधसभाका सभामुखबाट भएको…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई रैथाने लोकतन्त्रवादी दाबी गरेका छन्। मदन भण्डारीको जीवनी सम्बन्धी पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। उनले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताहरुले भन्दा कम बलिदानी नगरेको समेत दाबी गरे। उनले नेकपा एमालेले तयार पारेको 'डेमोक्रेसी'को प्रारुप छ जुन अरुसँग नभएको समेत बताए। सरकारले वितरण गरेको पदकलाई रत्नपार्कमा वितरण गरे…
काठमाडौं : नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा ७ एजेण्डामा छलफल हुने प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। बैठक अघि संचारकर्मीलाई प्रतिक्रिया दिँदै एकीकृत समाजवादीका नेता विरोध खतिवडाले केहीदिन भित्रै प्रदेश नम्बर १ र वाग्मतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताए। 'एक दुई दिनभित्र वागमती र प्रदेश…
काठमाडौं : राष्ट्रियसभाको बैठकमा एमालेको विरोधका बिच विनियोजन विधेयक माथिको छलफल सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बिच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ आजै बसेको पहिलो बैठकमा टेबुल भएको थियो। राष्ट्रियसभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुले उठेर विरोध गरेका थिए। त्यसैबिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रियसभा समक्ष टेबुल गरेका…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बिच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ। राष्ट्रियसभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुको विरोधका बिच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रियसभा समक्ष टेबुल गरेका हुन्। राष्ट्रियसभा बैठक सुरु भएसँगै नेकपा(एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल…
काठमाडौं : ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने ओमान गएको टोली आज नेपाल फर्किएको हो। भ्रमणका क्रममा नेपालले ओमान र अमेरिकासँग लिग चरणका दुई-दुई खेल खेलेको थियो भने पपुआ-न्युगिनीसँग मैत्रिपूर्ण दुई खेल खेलेको थियो। जसमध्ये अमेरिका र ओमानसँगका एक-एक खेलमा जित…
काठमाडौं : नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका माधवकुमार नेपाल सहित १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ आज पनि हुँदैछ। अन्तरिम आदेश हुने वा नहुने विषयमा आज निर्णय आउनेछ। सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालका संयुक्त इजलासमा सोमवार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद,…
काठमाडौंः लागु औषध चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले हस्तकलाको समानभित्र चरेस प्याकिङ गर्ने कारखानामा छापा मारेको हो। प्रहरीले कारखानाबाट दुई जनालाई नियन्त्रणमा लिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै यस घटनामा संलग्न अन्य सात जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले यसरी प्याकिङ गरेको सामान विदेश पठाउने गरेको खुलेको छ।…
रुवान्डामा नरसंहार भएको समयमा सयौं मानिसको ज्यान जोगाएका पउल रुसेसाबगिनालाई रुवान्डाको एक अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ। सन् १९९४ मा भएको नरसंहारमा उनी आतंकवादी गतिविधिमा संलग्न रहेको ठहर गर्दै अदालतले उनलाई सजाय सुनाएको हो। रुसेसाबगिनाले भने आफूलाई न्याय मिल्ने कुनै आशा नरहेको भन्दै अदालती सुनुवाइ बहिष्कार गरेका थिए। करिब ८ लाख मानिस मारिएको उक्त नरसंहारको बेलामा आफूले संचालन…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी विस्तार गर्ने भएको छ। त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले आज केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। यसअघि नेकपा एमालेबाट विभाजन हुने बेलामा नेपालको पक्षमा ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए। विधानमा १५१ जनाको केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो। क्वालिटी बैङ्क्वेट बानेश्वर बुद्धनगरमा बस्ने बैठकले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्ने छ।…