भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यस्तै, ३४ हजार ४६९ जना संक्रमण मुक्त भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९ हजार ५७५ पुगेको छ। संक्रमणका कारण थप २५२ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण हालसम्म ४ लाख ४५ हजार ३८५ जनाको मृत्यु भइसकेको छ।…
क्यानडामा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोले जित हासिल गरेका छन्। कुबेक शहरको पापिनोबाट उनले आफ्नो सिट सुनिश्चित गरेको बीबीसीले उल्लेख गरेको छ। सत्तारुढ लिबरल पार्टीले निर्वाचनपछि पनि ट्रुडोकै नेतृत्वमा सरकार बन्ने दाबी गरेको थियो। निश्चित गरिएको समयभन्दा अघि नै ट्रुडोले निर्वाचनमा जाने घोषणा गरेका थिए। तर, उनको पार्टीले निर्वाचनमा बहुमत ल्याउने अवस्था भने नरहेको बताइएको छ। लिबरल पार्टीले मध्यावधि…
काठमाडौं : कार्यान्वयनमा आएको चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खारेज हुने भएको छ। सक्कली हो कि नक्कली भनेर छुट्याउन नसक्ने अवस्था आएपछि स्मार्ट लाइसेन्स खारेजीको अवस्थामा पुगेको हो। यातायात व्यवस्था विभागले चिप प्रविधिमा आधारित स्मार्ट लाइसेन्सको विकल्प खोज्न सुरु गरिसकेको छ। अहिले वितरण भइरहेको चिप प्रविधिमा आधारित लाइसेन्सलाई रिड गर्ने मेसिनको अभावमा सक्कली हो वा नक्कली भनेर छुट्याउनै नसक्ने अवस्था…
काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्समा आज हङकङको सामना गर्दैछ। उज्बेकिस्तानको मज्मौसी स्टेडियममा पौने ४ बजे खेल सुरु हुनेछ। समूह एफमा रहेको नेपालले यसअघि फिलिपिन्ससँग खेलिसकेको छ। उक्त खेलमा अग्रता बनाएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल २-१ गोल अन्तरले पराजित भएको थियो। नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्ससँगको नतिजामा खेलाडी सन्तुस्ट नभएको भन्दै हङकङमाथि…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि कोलकत्ता नाइट राइडर्सले सहज जित निकालेको छ। अबुधाबी स्थित जायेद स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ९ विकेटको सहज जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले फितलो ब्याटिङ गरेको थियो। १९ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै बेङ्ग्लोर ९४ रनमा समेटिएको थियो। जसका लागि देवदत्त पार्डिकलले सर्वाधिक २२ रन बनाउँदा श्रीकर…
काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले नवनिर्वाचित आइक्यान पार्सदहरुलाई सम्मान गरेको छ। सम्मान कार्यक्रममा चार्टर्ड एकाउन्टेन्टेस् क्षेत्र सम्बद्ध व्याक्तिहरुको उपस्थिति थियो। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभुषण प्राप्त गरेका संघका सदस्यहरुलाई संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए। सम्मान कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नव निर्वाचित…
काठमाडौंः सर्वोच्च अदालत बार एशोसिएशनले संविधान दिवसका अवसरमा न्यायाधीशहरुलाई प्रदान गरिएको विभूषण अस्वीकार गर्न आग्रह गरेको छ । सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गर्दै विभूषण अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गरेको हो । संविधान दिवसका अवसरमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा, न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी लगायतलाई पदकको सिफारिस भएको थियो। विज्ञप्तिमा बारले सरकारका काम कारबाहीलाई न्यायिक पुनरावलोकन समेतको जिम्मेवारी…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। सोमवार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपालले प्रदेशमा छिट्टै एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको दाबी गरेका हुन्। ' प्रदेश एक र वाग्मतीमा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएको छ। ट्राफिक प्रहरीले चेकिङ कडाइ, यात्रु सहायता कक्ष लगायतका सुरक्षा योजना सार्वजनिक गरेको हो। चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हो। योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन,…
काठमाडौं : 'म नेपाल हो' बोल गीतको भिडियो रिलिज भएको छ। सन्तोष अधिकारीको लगानी रहेको उक्त राष्ट्रिय गीत असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। अजय अधिकारीले लेखेको शब्दमा बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत तथा स्वर रहेको छ। गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन्। गीतको भिडियोमा सन्तोष अधिकारीका साथै कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय रहेको छ। गीतमा…
काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट नयाँ नोट सटही सुरु गरेको छ। राष्ट्र बैंकले काठमाडौं कार्यालयका साथै आफ्नो प्रादेशिक कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेको हो। राष्ट्र बैंकले कोभिड १९ संक्रमणलाई केन्द्रमा राखेर यसपाली चाँडै नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि दुई साता अगाडि नै नयाँ नोट उपलब्ध गराइसकेको छ। बैंक तथा वित्तीय…
साउथ फिल्मका अभिनेता थलापति विजय यतिबेला निकै चर्चामा छन्। चर्चाको कारण हो आमाबुबासहित ११ जना विरुद्ध उनले अदालतमा हालेको मुद्दा। आमाबुबाले राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको उनको आरोप छ। राजनीतिक पार्टीमा आफ्नो नाम जोडेर कार्यक्रम तथा सभा आयोजना नगर्न समेत उनले अनुरोध गरेका छन्। उनका बुबा एसके चन्द्रशेखरले सन् २०२० मा विजयको नामबाट 'अल इन्डिया थलापति विजय मक्कल इयक्कम' पार्टीको…
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा एकजना महिला रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। महिलासँगै कुकर पनि झुन्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार महिला र कुकुर एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। गुल्मी चन्द्रकोट गाउँपालिका १ शान्तिपुर घर भई पोखरा १७ बेलघारी छोरीको घरमा बस्दै आएकी ५५ वर्षीया कोपिला…
काठमाडौं : नेकपा एमलेको स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा असोज १५-१७ मा हुने विधान महाधिवेशनमा पेश हुने दस्तावेजबारे छलफल हुने एजेण्डा छ। राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन लगायतका प्रस्तावलाई अन्तिम रुप दिन एमालेको स्थायी कमिटीको बैठक बसेको हो। आइतवारको बैठकमा पार्टीका उप-महासचिव घनश्याम भुसालले अध्यक्ष ओलीको प्रतिवेदनका विरुद्ध आफ्नो फरक मत राखेका थिए।…
काठमाडौं : आज यँया: पुन्हि/भाद्र शुक्ल पूर्णिमा। काठमाडौंको पश्चिम भेगमा रहेको चन्द्रागिरि नगरपालिका–१ स्थित इन्द्रदहमा मेला लागिरहेको छ आज। इन्द्रजात्रा मृत्यु संस्कारसँग जोडिएको पर्व भएकाले इन्द्रदहमा लाग्ने मेला पनि यसैसँग सम्बन्धित छ। इन्द्रजात्रामा जीवित देवदेवीको रथयात्रापछि राति काठमाडौंमा 'दागीं' निस्किन्छिन्। दागीं अर्थात् इन्द्रकी आमा। कुमारीसहित गणेश र भैरवको रथ यात्राले तल्लो टोलको परिक्रमा गरेर पुन: कुमारी घर पुगेपछि दागीं आफ्नो…
काठमाडौं : प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएर बजेट पारित गराएका छन्। अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरिरहेका थिए। सभामुख र मन्त्री शर्माले बजेटका प्रस्तावहरु अघि बढाउँदै गर्दा एमालेको अवरोध जारी रह्यो। । बजेटको छलफलमा सांसद प्रेम सुवालले मात्रै भाग लिएका थिए। उनका प्रश्नको जवाफ दिँदै…
बुटवल : रुपन्देहीको बुटवल उप महानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले हातपात गरेका छन्। भदौ १३ गते भन्दा अघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए। त्यही क्रममा मेयर सुवेदी अवलोकनका लागि पुगेका थिए। उनलाई स्थानीयले मुक्का प्रहार गरेका हुन्। उनीहरुले…
काठमाडौं : प्रतिनिधिसभाबाट बजेट पारित भएको छ। प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएका थिए। एमालेको नाराबाजी बिच अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरेका थिए। अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। शर्माले संसदमा निर्णयार्थ प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो। अब विधेयक राष्ट्रियसभामा पेश…
चरणजीत सिंह चन्नी भारतको पंजाबमा नयाँ मुख्यमन्त्री बनेका छन्। क्याप्टेन अमरिंदर सिंहले राजीनामा दिएपछि भारतीय राष्ट्रिय कंग्रेसले चन्नीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। यससँगै चन्नी पंजाबका पहिलो दलित मुख्यमन्त्री बनेका छन्। मुख्यमन्त्री बनेका चन्नी यसअघि अमरिंदर सिंह सरकारमा रोजगार मन्त्री थिए। नवजित सिंह सिद्धूसँग विवाद बढ्दै गएपछि मुख्यमन्त्री अमरिंदर निकै दबाबमा थिए। सिंहसँगको विवादका कारणले नै कंग्रेसको केन्द्रीय नेतृत्वले हस्तक्षेप गर्नुपरेको…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा पौडेलले पेश गरेको आर्थिक विधेयकमाथिको दफावार छलफल बिहीवार हुने भएको छ। अर्थमन्त्री शर्माले आर्थिक विधेयक विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले असोज ७ गते बिहीवार व्यवस्थापन कार्य प्रारम्भ भएपछिको समय तोकेका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बिच बजेट सम्बन्धि विधेयकहरु माथि छलफल चलिरहेको छ। बैठकले विनियोजन विधेयक २०७८…