काठमाडौं : सरकारले फिल्म तथा संगीत क्षेत्रका व्यक्तीहरुलाई विभूषित गर्ने घोषणा गरेको छ। आइतवार संविधान दिवसको अवसरमा पदक पाउनेहरु कलाकारका साथै अन्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको नाम सार्वजनिक गरिएको हो। सरकारले स्वर्गिय स्वर सम्राट नारायण गोपाललाई यसवर्षको 'महाउज्जवल राष्ट्रदीप' बाट सम्मान गर्ने निर्णय गरेको छ। साथै संगीतकार शम्भुजित बास्कोटा 'कीर्तिमय राष्ट्रदीप' बाट विभुषित हुने भएका छन्। गायक भक्तराज आचार्य, गीतकार कालीप्रसाद…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तान ज्ञानेन्द्र मल्ल र राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ प्रवल जनसेवा श्रीबाट विभूषित गरिने भएका छन्। संविधान दिवसको उपलक्ष्य क्रिकेट र फुटबलको राष्ट्रिय टोलीका कप्तानहरुलाई विभूषित गरिने भएको हो। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार पदक प्रदान गरेकी छिन्। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ…
काठमाडौं : नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले संविधान दिवसका अवसरमा दिइने पदकका बारेमा असन्तुष्टि जनाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्ने पदकका लागि छनोट भएका व्यक्तिहरुका बारेमा नेम्बाङले असन्तुष्टि जनाएका हुन्। संविधान दिवसका अवसरमा एमालेले ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा संविधान सभाका अध्यक्षको समेत रहिसकेका उनले एमालेको सरकार ढलाउन र प्रतिनिधि सभा पुनर्स्थापनका लागि भूमिका खेल्नेहरुले पदक पाएको भन्दै विरोध जनाएका हुन्।…
काठमाडौं : आज यँया: (इन्द्रजात्रा) को दोस्रो दिन। आज 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिँदैछ। दिउँसो ३ बजे रथयात्रा प्रारम्भ हुने इन्द्रजात्रा व्वयस्थापन समितिले जनाएको छ। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी लगायत गद्दी बैठक पुग्दैछन्। रथयात्राका लागि अहिले तार र सडक व्यवस्थापनको काम भइरहेको छ। कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज…
चेन्नइ सुपर किंग्स र मुम्बई इण्डियन्स आज प्रतिस्पर्धामा उत्रिएसँगै आजबाट इण्डियन प्रिमियर लिग (आईपीएल) फेरि सुरु हुँदैछ। यसअघि भारतमा कोभिड १९ को बढ्दो संक्रमणका कारण मे २ मा दिल्ली क्यापिटल्स र पंजाब किंग्सबीचको खेल पछि स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो।यसअघि आईपीएलको २९ वटा खेल सम्पन्न भइसकेको छ। अब सिजनको ३१ खेलबाँकी छन्। जुन २७ दिन भित्र सम्पन्न…
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल दिउँसो पौने ४ बजेबाट ओमनस्थित अलअमेरत स्टेडियममा सुरु हुनेछ। जारी सिरिजमा नेपालले ओमनसँग दोस्रो पटक आमनेसामने हुँदैछ भने लिग २ मा चौथो पटक भिड्न लाग्दैछ। यसअघिको तीनवटै खेलमा…
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले बोचुममाथि फराकिलो जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा बायर्नले बोचुममाथि ७-० को फराकिलो अन्तरले जित निकालेको हो। खेलको १७ औं मिनेटमा लेरोए सानेले बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै दोहोरो गोल गरेका जोसुवा किममिचले २७ औं मिनेटमा गोल गर्दा तेस्रो गोल सर्ज गनब्रीले ३२ औं मिनेटमा गरे। चौथो गोल बोचुमका भासिलिस लामप्रोपउलोसले…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले क्रिस्टल प्यालेसमाथि ३-० को सहज जित निकालेको हो। खेलको ४३ औं मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। यो सँगै मानेले लिभरपुलका लागि १०० औं गोल पनि पुरा गरे। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलका लागि दोस्रो गोल…
काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। उज्बेकिस्तानस्थित स्टेडियन मजमुआसीमा सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। खेलमा नेपालका लागि १० औं मिनेटमा बिमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले अघि रहेको नेपाल दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा पराजित बन्यो। नेपालले…
लिलाराज खतिवडा - मेरा आँखामा मृत्यु सवार थियो। एउटा मान्छेको हत्या गर्न म बन्दोबस्तीका सामानसहित बाहिरिएको थिएँ। सडकमा हिँडिरहँदा मेरो दृष्टि धूमिल थियो। म मान्छेहरुको भिड देखिरहेको थिइँन। सवारी साधनहरुको कोलाहल सुनिरहेको थिइँन। मेरो मनमा एउटा चेहरा मात्रै नाचिरहेको थियो जसको आज म प्राणपखेरु छिन्नेवाला थिएँ। सारा शरीरमा क्रोधको आगो सल्किएको थियो। सास उत्तप्त। मलाई चिटचिट पसिना पनि आइरहेको थियो।…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो। कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन पहिलो मात्रा लगाएका सबैलाई आग्रह गरेको छ। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताएका छन्। गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा उनले सत्ता गठबन्धका आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अब चाँडो मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्। 'झण्डै दुई तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले संविधानको मर्म र भावनाविपरीत काम गर्न नसकेपछि…
भारतमा एकैदिन दुई करोडभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ। पछिल्लो २४ घण्टामा २ करोड १५ लाखभन्दा बढीलाई खोप दिइएको भारतीय स्वास्थय मन्त्रालयले जनाएको छ। हालसम्म भारतमा ७९ करोड ४२ लाख भन्दा बढीले कोभिड १९ विरुद्ध खोप लगाइसकेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ३५ हजार ६६२ जना संक्रमित थपिँदा ३३ हजार ७९८ जन संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी महिला एसियन कप क्वालिफायर्समा आज फिलिपिन्सविरुद्ध खेल्दैछ। उज्बेकिस्तानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा नेपालले कस्तो रणनीतिमा खेल्ला त्यसले आजको नतिजा निर्धारण गर्नेछ। नेपाली महिला टोलीका पूर्व प्रशिक्षक एवम एन्फाका महिला विभाग प्रमुख हरि खड्का कोचले रणनीति बनाउने भए पनि नेपालले निश्चित क्षेत्रमा टिमलाई सन्तुलित राखेर काउन्टर खेल्नसक्ने बताए। 'रणनीति त कोचले…
काठमाडौं : एएफसी महिला एसियन कप क्वालिफायर्समा आज नेपाली महिला फुटबल टोलीले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। उज्बेकिस्तानमा आज नेपाली समयअनुसाार पौने ४ बजे खेल सुरु हुनेछ। नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले नेपाली टोली उत्साहित भएको भन्दै यसअघि बंगलादेशसँगको खेलमा देखिएका कमी कमजोरीलाई सुधारेर राम्रो प्रदर्शन गर्ने बताइन्। 'सबैजना खेल्नलाई उत्साहीत छौं। हाम्रो तयारी पनि पूरा भएको छ। हामीले दुई महिना नेपालमै ट्रेनिङ…
अमेरिकाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको स्वीकार गरेको छ। तालिवानले काबुल नियन्त्रणमा लिएपछि हमिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर इस्लामिक स्टेटले बम विस्फोट गराएको थियो। त्यसमा केही अमेरिकी सेवामा कार्यरत कर्मचारी र सर्वसाधरणको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले इस्लामिक स्टेटलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको थियो। जसमा कयौं मानिस मारिएका थिए। २९ अगस्तमा गरिएको ड्रोन आक्रमणमा…
काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज सम्पन्न खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। ओमनस्थित अल अमेरत स्टेडियममा सम्पन्न खेलमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य…
काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज जारी खेलमा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमनस्थित अल अमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५५ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३६ रन…
काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका प्रतिस्पर्धामा छन्। ओमनस्थित अलअमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन्। उनले ९१ बलमा ३ चौकाको सहायतामा अर्धशतक बनाएका हुन्। अर्धशतकसँगै मल्ल एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीसमेत बनेका छन्। उनले १० खेलबाट…
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। १२ हजार ३८५ जनाको नमूना परीक्षण गर्दा १ हजार ५५८ जनामा संक्रमण देखिएको हो। यस्तै, १ हजार ३५१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ४९६ पुगेको छ। संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११…