काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बिच विनियोजन विधेयक पारित भएको हो। विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद प्रेम सुवाल मात्र सहभागी भएका थिए। बैठकमा सुवालले विभिन्न मन्त्रालय अन्तर्गतका शीर्षकमा रहेका खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव बहुमतले अस्वीकृत गर्दै विनियोजन विधेयक पारित भएको हो। अहिले बैठकमा…
इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनपछि भारतीय टोलीको समेत कप्तान रहेका रोयल च्यालेन्जर्स बेङ्ग्लोरका कप्तान बिराट कोहलीले बेङ्ग्लोरको कप्तानी छाड्ने भएका छन्। बेङ्ग्लोरको आधिकारीक ट्वीटर ह्याण्डलले कोहलीको एउटा भिडियो जारी गर्दै यो सिजनको आईपीएल पनि उनले कप्तानी छाड्ने जनाएको हो। 'बेङ्ग्लोरको कप्तानका रुपमा यो मेरो यो अन्तिम आईपीएल हुनेछ। म आईपीएलको अन्तिम खेल खेल्दासम्म बेङ्ग्लोरबाट खेलाडीका रुपमा खेल्नेछु। बेङग्लोरका सम्पूर्ण…
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ। निर्वाचनमा धाँधली भएको विपक्षीहरुको आरोपबिच भएको मतदानमा पुटिनको सत्तारुढ दलले बहुमत ल्याउने 'एक्जिट पोल' हरुले देखाएको बीबीसीले उल्लेख गरेको छ। रसियाको निर्वाचन आयोगले भने निर्वाचन प्रक्रियामा धाँधली भएको भनि लगाइएको आरोप खारेज गरेको छ। हालसम्मको मतगणनामा सत्तारुढ दलले ४५ प्रतिशतभन्दा बढी मत पाएको बताइएको छ। नतिजा र…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतवारको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गर्नसाथ एमालेले बैठकमा नारावाजी गरेको हो। एमालेका सांसदहरुले वेल घेरेर विरोध गरिरहेका छन्। सरकरले भने आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ। एमालेले सभामुख सापकोटाको भूमिकालाई लिएर प्रतिनिधिसभाको बैठक गर्दै आएको छ। यसअघि एमालेको अवरोधका वावजुत…
काठमाडौं : संखुवासभाको मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा थप चार जनाको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ। प्रहरीको दावीसँगै घटनामा ट्विस्ट देखा परेको हो। घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले लोकबहादुर कार्कीका भाइसहित अन्य चार जनालाई पक्राउ गरी आज सार्वजनिक गर्ने भएको छ। लोकबहादुर यसअघि प्रहरीले अभियुक्त भनिएर सार्वजनिक गरिएका व्यक्ति हुन्। विभिन्न…
काठमाडौं: नेपाली क्रिकेट टोलीका सदस्य करण केसीले आइतवार बेलुकी सम्पन्न नेपाल र ओमनबीचको खेलमा जितका लागि महत्वपूर्ण भूमिका खेले। उनले सुरुबाटै विकेट लिन सुरु गरेपछि ओमनी ब्याटिङ दवाबमा आएको थियो। त्यसपछि सन्दीप लामिछाने र शरद भेषवाकरले राम्रो बलिङ गर्दा घरेलु मैदानमा ओमनको ब्याटिङ जम्न सकेन र १ सय २१ रनमा समेटियो। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियम मड्रिडले भ्यालेन्सियालाई हराएको छ। मेस्टल्ला स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलिमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६६ औं मिनेटमा हुगो डुरोको गोलमा भ्यालेन्सियाले अग्रता बनाएको थियो। तर, ८६ औं मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ८८ औं मिनेटमा भिनिसियसको पासमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले टोटनहम हट्स्परमाथि सहज जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलिमाथि ३-० को सहज जित निकालेको हो। चेल्सीको जितमा थिआगो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा चेल्सीले सिल्भाको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ५७ औं मिनेटमा कान्टेले दोस्रो…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट हममाथि जित निकालेको छ। लण्डन स्टेडियममा गएराति सम्पन्न खेलमा युनाइटेडले वेस्टहममाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको ३० औं मिनेटमा घरेलु टोलीले सइद बनरमाको गोलमा अग्रता बनाएको थियो। तर त्यसको ५ मिनेट नबित्दै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा रोकिएको खेलको ८९ मिनेटमा…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले मुम्बई इण्डियन्समाथि रोमाञ्चक जित निकालेको छ। दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा चेन्नइले २० रनको जित निकालेको हो। कोभिड १९ को महामारीका कारण बीचमा १४० दिनसम्म स्थगित भएर फेरि सुरु प्रतियोगितामा चेन्नइलाई जित दिलाउन रुतुराज गाइक्वाडले अर्धशतकीय पारी खेले। टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइका लागि उनले ५८ बलमा ८८ रन…
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले लियोनमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीले लियोनमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लुकास पक्वेटाको गोलमा लियोनले खेलमा अग्रता बनाएको थियो। अर्कोतर्फ पीएसजीका लागि ६६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै नेइमारले गोल गर्दै खेल बराबरीमा ल्याए। पीएसजीको जितका लागि…
काठमाडौं : नेपाली क्रिकेट टोलीले ओमनमाथि सहज जित निकालेको छ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज सम्पन्न खेलमा नेपालले ओमनमाथि ७ विकेटको सहज जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य…
काठमाडौं: ओमन क्रिकेट टिमले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज जारी खेलमा नेपालले कसिलो बलिङ गर्दा ओमनले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो। टस जितेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा नशिम खुशीले १२ रन…
काठमाडौं : यँया: इन्द्रजात्राको दोस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज 'क्व:नेया' (तल्लो टोलमा) जिवित देवी कुमार र जिवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो। दिउँसो ४ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत लगायत गद्दी बैठक पुगेका थिए। त्यसक्रममा मजिपा…
केपी ओली सरकारको पालामा सर्प पाल्न भन्दै करोडौं मिल्यो। त्यतिले चित्त किन बुझ्थ्यो। बिरामी भएर भारतमा उपचार गर्न सरकारले नै खर्च बेहोरिहाल्यो। इलामका धनीमानी नै हुन्। धनी हुनुको अर्थ धनप्रति आशक्ति कम हुनु होइन क्या रे! नपाएको इज्जत थियो। ओलीसँग त्यो आशा गर्न सकिने कुरा भएन। लागे माधव नेपालतिर। माधव नेपालले सम्मान दिए, यता देउवा सरकारलाई उपचारको खर्च बेहोर्न चाँजोपाँजो…
२०६५ साल आश्विन ३ गते शुक्रवार। अर्थात् १३ वर्ष अघि आजकै दिन। यँया: को अन्तिम दिन जिवित देवी कुमारीसँग जिवित देव गणेश र भैरवलाई नानिचा:या अर्थात् शहर बिचको टोलमा रथ यात्रा गराउने दिन थियो। राजतन्त्रको अन्त्यपछि पहिलो पटक राष्ट्रपतिका रुपमा रामवरण यादव कुमारीबाट टिका थाप्न साँझ कुमारी घर आउने कार्यक्रम तय भएको थियो। अन्तिम दिन भए पनि बिहानीपख वसन्तपुरको माहौल…
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज हुने खेलमा नेपालले टस जितेर ओमनलाई ब्याटीङको निम्तो दिएको छ। खेल दिउँसो पौने ४ बजेबाट ओमनस्थित अलअमेरत स्टेडियममा सुरु हुनेछ। जारी सिरिजमा नेपालले ओमनसँग दोस्रो पटक आमनेसामने हुँदैछ भने लिग २ मा चौथो पटक भिड्न लाग्दैछ।…
काठमाडौं : मुलुकमा आज संविधान दिवस मनाइरहँदा एउटा तप्का यसको विरुद्धमा प्रदर्शनमा उत्रिएको छ। उनीहरुले प्रतिनिधिसभा नजिकै पुगेर संविधानको प्रति जलाउँदै यसको विरोध गरेका हुन्। माइतीघरबाट सुरु भएको राजावादी समूहको र्याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो। त्यहाँ पुगेपछि उनीहरु संविधान मात्र जलाएनन् चर्का नाराबाजीसमेत गरे। राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका उनीहरुले संविधान जलाएका हुन्। उनीहरुले…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार बनेका संस्थाहरुको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन्। ललितपुरको च्यासलमा एमालेले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका नखेलेको भन्दै ओलीले फेरि पनि विरोध गरे। उनले निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुको भूमिकालाई पनि आफूहरुले गम्भीरताका साथ लिएको ओलीको बताए। 'निर्वाचन आयोगले निष्पक्ष ढंगले आफ्नो कर्तव्य पालन गरोस्।…
काठमाडौं : ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’का लेखक सुजित मैनालीको दोस्रो कृति 'सती' सार्वजनिक भएको छ। अनुसन्धनात्मक लेखकका रुपमा स्थापित मैनालीको यस पुस्तकमा सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरिएको छ। नेपालमा सती प्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असरहरु लैंगिक भेदभाव अनेक रुपमा अझै पनि समाजमा व्याप्त छन्। मानव–इतिहासकै क्रूरतम अध्याय मानिने सती प्रथाबारे…