PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • फ्रान्सद्वारा नेपाललाई थप स्वास्थ्य उपकरण सहयोग

    फ्रान्सद्वारा नेपाललाई थप स्वास्थ्य उपकरण सहयोग

    काठमाडौं : फ्रान्स सरकारले कोभिड-१९ विरुद्ध नेपाललाई थप स्वास्थ्य सामाग्री सहयोग गरेको छ। फ्रान्सले अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त सामाग्री र उपकरण प्रदान गरेको हो। फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई आज हस्तान्तरण गरेका हुन्। नेपालगंज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, फेवा सिटी हस्पिटल…

    विस्तृतमा पढ्नुस्

  • 'मानिके मगे हिते' को कभर गीतले चर्चामा श्रीलंकाली गायिका योहानी  

    'मानिके मगे हिते' को कभर गीतले चर्चामा श्रीलंकाली गायिका योहानी  

    तीन महिना अघि श्रीलंकाकी गायिका योहानी डिलोका डे सिल्भाले एक गीत सार्वजनिक गरिन्। गीतको बोल थियो 'मानिके मगे हिते'। योहानीले 'मानिके मगे हिते' गीतमा नै कभर गीत बनाएर रिलिज गरेकी थिइन्। जुन गीत अहिले निकै भाइरल भइरहेको छ। एक वर्ष अघि उक्त गीत रिलिज भएको थियो। दुलान एआरएक्सको शब्द रहेको गीतमा सतिशसानले स्वर भरेका थिए। जुन गीत युट्युवमा १ करोडभन्दा बढि हेरिएको…

    विस्तृतमा पढ्नुस्

  • एमाले क्रान्तिकारी पार्टी हो, प्रचण्ड दक्षिणपन्थीसँग मिले : बादल

     एमाले क्रान्तिकारी पार्टी हो, प्रचण्ड दक्षिणपन्थीसँग मिले : बादल

    काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने अदालतको आदेश प्रतिगमन भएको बताएका छन्। उनले एमालेबाट माधवकुमार नेपाल सहितका नेताहरु दक्षिणपन्थी भएकाले निस्किएर गएको समेत बताए। काठमाडौं जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रममा उनले एमाले लोकतन्त्रिक आन्दोलनको मुल प्रवाह भएको बताए। उनले एमाले क्रान्तिकारी धार बोकेको दल भएको भन्दै भने, 'नेकपा एमाले क्रान्तिकारी धार हो। लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको बाटो गलत छ, ओलीले आफ्ना कमजोरीको निर्मम समीक्षा गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

    माधव नेपालको बाटो गलत छ, ओलीले आफ्ना कमजोरीको निर्मम समीक्षा गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

    काठमाडौं : वाग्मती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमतिलाई पालना गर्नुपर्ने बताएकी छन्। काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा शाक्यले सबै पार्टीका कमिटीहरु २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताएकी हुन्। १० बुँदे सहमति कार्यान्वन नभए फेरी पनि एमालेमा अप्ठेरो स्थिति उत्पन्न हुने भन्दै उनले कार्यान्वयनको विकल्प नभएको बताइन। '२०७५ जेठ २ गतेको कमिटीमान्ने भनेर…

    विस्तृतमा पढ्नुस्

  • चीनको सिचुवानमा भूकम्प : ३ जनाको मृत्यु

    चीनको सिचुवानमा भूकम्प : ३ जनाको मृत्यु

    चीनको सुचुवान प्रान्तमा भूकम्प जाँदा तीनजनाको मृत्यु भएको छ। चिनियाँ अर्थक्वेक नेटवर्कर्स सेन्टरका अनुसार आज बिहानको भूकम्पले ६ म्यागनिच्युडको मापन गरिएको छ। भूकम्पका कारण लुसियानमा दर्जनौं घर ढलेको बताइएको छ। भूकम्प प्रभावित क्षेत्रमा संचार सेवा समेत अवरुद्ध भएको छ। भूकम्पमा करिब ६० जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय मिडियाले…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए ३० हजार बढी कोरोना संक्रमित

    भारतमा थपिए ३० हजार बढी कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३८ हजार ३०३ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ४२ हजार ९२३ पुगेको छ। संक्रमणका कारण भारतमा थप ४३१ जनाको मृत्यु भएको छ। हालसम्‍म संक्रमणका कारण ४ लाख ४३ हजार ९२८ जनाको मृत्यु भइसकेको छ। भारतमा पछिल्लो २४ घण्टामा…

    विस्तृतमा पढ्नुस्

  • गृह जिल्ला पुग्नु अघि रावलले भने : १० बुँदे कार्यान्वयन गराउन छलफलमा छु

    गृह जिल्ला पुग्नु अघि रावलले भने : १० बुँदे कार्यान्वयन गराउन छलफलमा छु

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन गर्न आफू पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीसँग छलफलमा रहेको बताएका छन्। १० बुँदे अनुसार रावल सुदूरपश्चिम इन्चार्ज हुनुपर्ने हो। तर, ओलीले लेखराज भट्टलै सुदूपश्चिमको इन्चार्ज हुने भन्दै रावललाई जवाफ दिएको नेताहरु बताउँछन्। उनले आफू व्यक्तिगत स्वार्थको लागि राजनीतिमा नआएको समेत बताएका छन्। गृह जिल्ला अछाम जाने क्रममा डोटीमा…

    विस्तृतमा पढ्नुस्

  • शनिवारसम्म वर्षा हुने, यस्तो छ आजको मौसम पूर्वानुमान

    शनिवारसम्म वर्षा हुने, यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं : न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिवारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागमा मौसमविद् मिनकुमार आर्यालले बताए। 'आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी…

    विस्तृतमा पढ्नुस्

  • संखुवासभा हत्या प्रकरणमा नयाँ तथ्य : हत्या भएका तेजबहादुरकी बुहारीको मोबाइल भेटिएपछि लोकबहादुरका भाइ पनि समातिए

    संखुवासभा हत्या प्रकरणमा नयाँ तथ्य : हत्या भएका तेजबहादुरकी बुहारीको मोबाइल भेटिएपछि लोकबहादुरका भाइ पनि समातिए

    काठमाडौं : संखुवासभा मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा प्रहरीले थप एक जना युवकलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले लोकबहादुर कार्कीका भाइलाई नियन्त्रणमा लिएको हो। लोकबहादुर यसअघि प्रहरीले अभियुक्त भनिएर सार्वजनिक गरिएका व्यक्ति हुन्। प्रहरीले शुक्रवार नियन्त्रणमा लिएका २५ वर्षीय लोकबहादुरलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो। प्रहरीले आइतवारको पत्रकार सम्मेलनमा हत्यामा…

    विस्तृतमा पढ्नुस्

  • एसी मिलानमाथि लिभरपुलको रोमाञ्चक जित

    एसी मिलानमाथि लिभरपुलको रोमाञ्चक जित

    यूईएफए च्याम्पिन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह बी को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसीमिलानमाथि रोमाञ्चक जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले एसी मिलानमाथि ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको ९ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको प्रहार एसी मिलानमा फिकायो टोमरीसँग ठोकिँदै गोल हुँदा लिभरपुलले खेलमा अग्रता बनाएको थियो। त्यस्तै १४ औं  मिनेटमा लिभरपुलले पेनाल्टीको अवसर…

    विस्तृतमा पढ्नुस्

  • उज्बेकिस्तानमा तयारी गर्दै नेपाली महिला फुटबल टोली

    उज्बेकिस्तानमा तयारी गर्दै नेपाली महिला फुटबल टोली

    काठमाडौं: एफसी महिला एसियन कप क्वालिफायर्सका खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले उज्बेकिस्तानमा छ। ३३ सदस्यीय नेपाली टोली सोमवार राति काठमाडौँबाट प्रस्थान गरेको थियो। नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि कोभिड १९ को महामारीका कारण उज्बेकिस्तानमा स्थानान्तरण गरिएको थियो। प्रतियोगिताका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो पीएसजी, म्यानचेस्टर सिटीले लाइपजिगलाई हरायो

    बराबरीमा रोकियो पीएसजी, म्यानचेस्टर सिटीले लाइपजिगलाई हरायो

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ए को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बेल्जियन क्लब क्लब ब्रुग्गी केभीसँग बराबरीमा रोकिएको छ। जन ब्रेडेल स्टेडियममा सम्पन्न खेलमा स्टार खेलाडीहरु लियोनल मेस्सी, किलियन एम्बाप्पे र नेइमारलाई एकसाथ उतारेको पीएसजी घरेलु टोलीसँग १-१को बराबरीमा रोकिएको हो। खेलको १५ औं मिनेटमा किलियन एम्बाप्पेको पासमा एन्डर हरेराले गोल गर्दै खेलमा पीएसजीलाई खेलमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना खोप खरिद र ‘क्लिनिकल ट्रायल’मा कानुनी अड्चन, यी अध्यादेश भए एकैपटक निष्क्रिय 

    कोरोना खोप खरिद र ‘क्लिनिकल ट्रायल’मा कानुनी अड्चन, यी अध्यादेश भए एकैपटक निष्क्रिय 

    काठमाडौँः साउन ३ गते सरकारका तर्फबाट संसदमा १३ अध्यादेश पेस भएका थिए। संवैधानिक व्यवस्था अनुसार ६० दिनभित्र ती अध्यादेश प्रतिस्थापन विधेयक समेत पारित हुनुपथ्र्यो। तर, दश अध्यादेश स्वीकृतसम्म नभइ स्वतः निष्क्रिय भएका छन्। साउन ३० गतेको समयसीमाबाट भदौ ३० गते मध्यरतसम्म प्रतिस्थापन विधेयक पारित नभएसँगै अध्यादेश निष्क्रिय भएका हुन्।  यसरी अध्यादेश प्रतिस्थापन नहुँदा बिहीबारदेखि मुलुक बजेटविहीन भएका छ। साथै कोरोना खोप…

    विस्तृतमा पढ्नुस्

  • एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेबाट

    एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेबाट

    काठमाडौं: छैठौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ। कोभिड १९ महामारीको मापदण्डलाई पालन गर्दै प्रतियोगिता गराउन लागेको नेपाल भलिबल संघले पत्रकार सम्मेलन गर्दै जनाएको छ। प्रतियोगिताको आयोजनाका लागि ३५ देखि ४० लाख अनुमानित खर्च हुने संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए। प्रतियोगितामा पुरुषतर्फ १२ क्लब र महिला तर्फ ६ वटा क्लबको…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भूबाट अटोमेटिक पेस्तोल सहित एक युवक समातिए

    स्वयम्भूबाट अटोमेटिक पेस्तोल सहित एक युवक समातिए

    काठमाडौं : सशस्त्र प्रहरी बलको विशेष ब्युरोको टोलीले पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ। आज दिउँसो टोलीले स्वयम्भू क्षेत्रबाट तारकेश्वर नगरपालिका ३ बस्ने २४ वर्षीय सोनाम तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट मेड इन जर्मनी लेखिएको अटोमेटिक पेस्तोल र पाँच राउन्ड गोली समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ। बा ४९ प ७५६५ नम्बरको मोटरसाइकलमा आएका युवकलाई शङ्का लागेर चेक…

    विस्तृतमा पढ्नुस्

  • माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको पुच्छर भएको टोपबहादुर रायमाझीको आरोप

    माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको पुच्छर भएको टोपबहादुर रायमाझीको आरोप

    काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व नेता तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन्। एमालेको बुटवलमा आयोजित कार्यक्रममा बोल्दै रायमाझीले कांग्रेससँग गठबन्धन गरेर कम्युनिस्टले गल्ती गरेको उनले बताए। 'कांग्रेसको पुच्छर बनेर हिँड्नुभएको छ। के कम्युनिस्ट कांग्रेसको पुच्छर बनेर हिँडने हो? कांग्रेसको नेतृत्वमा देश विकास सम्भव छ? हाम्रा विरुद्धमा…

    विस्तृतमा पढ्नुस्

  • विभिन्न माग लिएर घरमा नै पुगेका कलाकारलाई प्रचण्डले भने,' तीन दिनमा नतिजा आउने गरी चलचित्र क्षेत्रको समस्या सरकारसँग राख्छु'

    विभिन्न माग लिएर घरमा नै पुगेका कलाकारलाई प्रचण्डले भने,' तीन दिनमा नतिजा आउने गरी चलचित्र क्षेत्रको समस्या सरकारसँग राख्छु'

    काठमाडौं:  केही नेपाली चलचित्रकर्मीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरेका छन्। चलचित्रकर्मीहरूले आज बिहान प्रचण्ड निवास खुमलटारमा गएर कोरोना महामारीबिच थला परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन्। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको नेतृत्वमा पुगेको टोलीले प्रचण्डलाई चलचित्र क्षेत्रको विषयमा विभिन्न माग गदै ज्ञापन पत्र समेत बुझाएका थियो। दाहाल निवास पुग्ने टोलीमा निर्माता सङ्घका…

    विस्तृतमा पढ्नुस्

  • सीताको भूमिकामा कंगना, करिनाको चर्चा मात्रै! 

    सीताको भूमिकामा कंगना, करिनाको चर्चा मात्रै! 

    अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छिन्। निर्देशक अलौकिक देशाइले फिल्म ‘सीता एक अवतार’को मुख्य भूमिकामा कंगना अनुबन्धित भएको बताए। ‘सीता एक अवतार’को मुख्य कंगना नै सीताको भूमिकामा देखिने निर्देशक देशाइ र कंगनाले फेसबुकमार्फत् जानकारी दिएका हुन्।  निर्देशक देसाइले सीताको सुटिङ आरम्भ भएको समेत उल्लेख गरेका छन्। 'ब्रम्हाण्डले ती व्यक्तिलाई मद्दत गर्छन् जो विश्वास सहित समर्पित हुन्छन्। अहिलेसम्म नखोजिएको…

    विस्तृतमा पढ्नुस्

  • सम्झौता भएको १७ वर्षपछि वीरगंज आइपुग्यो भारतबाट निजी कार्गो रेल

    सम्झौता भएको १७ वर्षपछि वीरगंज आइपुग्यो भारतबाट निजी कार्गो रेल

    काठमाडौंः नेपाल-भारत रेल सेवा सुरुवातको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ। बुधबार बिहान वीरगंज सुक्खा बन्दरगाहमा कार्गो रेल आइपुगेको हो। हल्दियाबाट ३५ घण्टामा हिम्ड टर्मिनल प्रालिको र्‍याक कार्गो रेल वीरगंज आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। कार्गो रेल बिहान १० बजे वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आइपुगेको हो। 'पहिलो लटमा रेल हल्दियाबाट खाद्यान्नको २०…

    विस्तृतमा पढ्नुस्

  • नेपाली महिला फुटबल टोली उज्बेकिस्तान पुग्यो

    नेपाली महिला फुटबल टोली उज्बेकिस्तान पुग्यो

    काठमाडौं : एएफसी महिला एसियन कप क्वालिफायर्सका खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको ताश्केन्त पुगेको छ। सोमवार राति काठमाडौँबाट प्रस्थान गरेको ३३ सदस्यीय नेपाली टोली आज ताश्केन्त विमानस्थल पुगेको हो। ताश्केत पुगे लगत्तै टोलीको पीसीआरकालागि स्वाबको नमुना सकंलन गरिएको छ। पीसीआरको रिपोर्ट नआउञ्जेल, टोली होटेल क्वारेन्टाइनमा रहने छ। नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell