PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • ओमनसँगको खेलबारे कप्तान मल्लको प्रतिक्रिया: जतिन्दरले खेल हाम्रो हातबाट लिएर गएजस्तो लाग्यो

    ओमनसँगको खेलबारे कप्तान मल्लको प्रतिक्रिया: जतिन्दरले खेल हाम्रो हातबाट लिएर गएजस्तो लाग्यो

    काठमाडौं : नेपाल क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमनसँग हिजोको पराजयको कारण आफ्नो टिमले ठूलो योगफल बनाउन नसक्नु भएको प्रतिक्रिया दिएका छन्। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिका बिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ओमनलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमनले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीको प्रतीक्षामा एन्फा टेक्निकल सेन्टरको मैदानमा नेता तथा कार्यकर्ता

    एमाले अध्यक्ष ओलीको प्रतीक्षामा एन्फा टेक्निकल सेन्टरको मैदानमा नेता तथा कार्यकर्ता

    बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन्। बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आउन लागेका हुन्। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।   भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए। ११ बजे शुरु हुने कार्यतालिका रहे पनि…

    विस्तृतमा पढ्नुस्

  • भारतमा ७५ करोडभन्दा धेरैले लगाए कोभिड १९ विरुद्धको खोप, संक्रमण घट्दो

    भारतमा ७५ करोडभन्दा धेरैले लगाए कोभिड १९ विरुद्धको खोप, संक्रमण घट्दो

    पछिल्लो २४ घन्टामा भारतमा २७ हजार १ सय ७६ जनामा कोभिड १९ संक्रमण पहिचान भएको छ। यही अवधिमा ३८ हजार १२ जना मानिस निको भएको र २ सय ८४ जनाले ज्यान गुमाएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ।  यससँगै भारतमा कोभिड १९ संक्रमितको कूल संख्या ३ करोड ३३ लाख १६ हजार ८७ पुगेको छ जसमध्ये ३…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको किलागल जहाँ दैत्य र देवदेवी युद्ध लडिरहेका छन्

    काठमाडौंको किलागल जहाँ दैत्य र देवदेवी युद्ध लडिरहेका छन्

    किलागलमा रहेको डबलीमा बिहान नहुँदै मालश्री राग बज्यो। लगत्तै डबलीमा देवगणहरु उपस्थित भए। रागसँगै भैरव, कुमारी, चण्डी, बेता: (बेताल), क्वं(कङ्गाल) र ख्या: (ख्याक)ले डबलीको एक फन्को लगाए। बेता:, क्वं र ख्याले डबली छोडेर गएपछि खरजति तालमा भैरव, कुमारी र चण्डीले नृत्य गर्न थाले। गुठियारहरुले राग अनुसार खिं, पोङ्गा, ता:, बबू बाजा बजाए। चरणवद्ध रुपमा हुने नृत्यमा दैत्य र देवदेवीहरुको युद्ध…

    विस्तृतमा पढ्नुस्

  • लुकाकुको गोलमा चेल्सीको संघर्षपूर्ण जित

    लुकाकुको गोलमा चेल्सीको संघर्षपूर्ण जित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह एचको खेलमा इङ्ग्लिस क्लब चेल्सीले रसियन क्लब एफसी जेनितमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले जेनितमाथि १-० को जित निकालेको हो। साविकको च्याम्पियन चेल्सीलाई जित दिलाउन बेल्जियन फर्वाड रोमेलु लुकाकुले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीको रोकिएको खेलमा उनले ६९ औं मिनेटमा मिनेटमा गोल गरेका थिए। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको गोलको बावजुत म्यानचेस्टर युनाइटेड योङ बोइजसँग पराजित

    रोनाल्डोको गोलको बावजुत म्यानचेस्टर युनाइटेड योङ बोइजसँग पराजित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह एफको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्वीजरल्याण्डको क्लब बीएससी योङ बोइजसँग पराजित भएको छ। स्टेड डी स्वीसीमा सम्पन्न खेलमा घरेलु टोली योङ बोइजले १० खेलमा समेटिएको युनाइटेडलाई २-१ गोलअन्तरले हराएको हो। खेलको १३ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। युनाइटेडका डिफेन्डर आरोन वान-बिस्साकाले योङ बोइजका क्रिस्टोफर मार्टिन्समाथि…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनामाथि बार्यन म्युनिखको सहज जित, लेवान्डोस्कीको दोहोरो गोल

    बार्सिलोनामाथि बार्यन म्युनिखको सहज जित, लेवान्डोस्कीको दोहोरो गोल

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ई को खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनामाथि बायर्नले ३-० को सहज जित निकालेको हो। बायर्नको जित रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा थोमस मुलर एक गोल गरे। खेलको ३४ औं मिनेटमा मुलरको गोलमा अग्रता बनाएको बायर्न पहिलो हाफमा एक गोलले…

    विस्तृतमा पढ्नुस्

  • जतिन्दर सिंहको शतकको सहयतामा नेपालमाथि ओमनको जित

    जतिन्दर सिंहको शतकको सहयतामा नेपालमाथि ओमनको जित

    ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज सम्पन्न खेलमा नेपाल ओमनसँग पराजित भएको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपाल ५ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ओमनलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमनले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। सुरुवाती…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकन क्रिकेटर मालिंगाले गरे सबै फर्म्याटको क्रिकेटबाट संन्यासको घोषणा

    श्रीलंकन क्रिकेटर मालिंगाले गरे सबै फर्म्याटको क्रिकेटबाट संन्यासको घोषणा

    काठमाडौं: श्रीलंकन क्रिकेटर लाथिस मालिंगाले सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। २०१४ को टी २० विश्वकपमा श्रीलंकाको कप्तानी गरेका मालिंगाले ट्वीटरमा एक सन्देश दिँदै सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। क्रिकेटका फास्ट बलरमध्येमा छुट्टै पहिचान बनाएका मालिंगाले तीनै फर्म्याटमा आफूलाई स्थापित गर्न सफल भएका थिए। यसअघि नै टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्यास लिएका उनले पछिल्लो पटक २०२०…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर जान लागेका दुई पुरुषको लगेजमा भेटियो तीन किलोभन्दा बढी सुन,प्रमाण नभएपछि समातिए

    विराटनगर जान लागेका दुई पुरुषको लगेजमा भेटियो तीन किलोभन्दा बढी सुन,प्रमाण नभएपछि समातिए

    काठमाडौंः त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षमा तीन किलोभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन्। श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई पुरुषको लजेग चेक गर्दा तीन किलो ३६० ग्राम सुनका गरगहना फेला परेको हो। पक्राउ पर्नेमा धनुषा घर भएका ४७ वर्षीय मुरारीराज अधिकारी र कैलालीका २९ वर्षीय बोधराज भण्डारी रहेका छन्। 'उनीहरुले सुन वैध तरिकाबाट कारोबार भएको यथेष्ठ प्रमाण…

    विस्तृतमा पढ्नुस्

  • बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा के हुन्छ? सरकारसँग छन् यी चार विकल्प

    बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा के हुन्छ? सरकारसँग छन् यी चार विकल्प

    काठमाडौंः दोस्रो पटक प्रतिनिधिसभा विघटन भएसँगै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो। जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएपछि असार २७ गते प्रतिनिधिसभा पुनस्र्थापित भयो। पुनस्र्थापित प्रतिनिधिसभाको साउन ३ गतेको पहिलो बैठकमा बजेटसम्बन्धी अध्यादेश पनि पेस भयो।  अध्यादेश पेस भएसँगै संवैधानिक सीमा अनुसार ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर, मंगलबारको प्रतिनिधिसभाको बैठकपछि उक्त समयभित्र…

    विस्तृतमा पढ्नुस्

  • शतकबाट चुके आशिफ, नेपालले ओमनलाई दियो १ सय ९७ रनको सामान्य लक्ष्य

    शतकबाट चुके आशिफ, नेपालले ओमनलाई दियो १ सय ९७ रनको सामान्य लक्ष्य

    काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले ओमनलाई १ सय ९७ रनको सामान्य लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले आशिफ शेखको अर्धशतकीय पारीको सहायतामा ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको हो। शुन्य रनमा कुशल भुर्तेल आउट भएपछि सम्हालिएर प्रदर्शन गरेको नेपालका लागि ओपनर आशिफ शेखले…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भुमा बोक्सी लागेको भन्दै एक महिलामाथि कुटपिट, पीडित महिलाका श्रीमानसहित ‘झारफुक’ गर्ने समातिए

    स्वयम्भुमा बोक्सी लागेको भन्दै एक महिलामाथि कुटपिट, पीडित महिलाका श्रीमानसहित ‘झारफुक’ गर्ने समातिए

    काठमाडौं : बोक्सी भन्दै कुटपिट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पीडित महिलाका श्रीमानसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा जनार्दन पाण्डे, दशनारायण महर्जन, दिपेन्द्र कुमार थिङ र जितेन्द्र महर्जन रहेका छन्। उनीहरुले भदौ २० गते स्वयम्भुस्थित एक होटेलमा महिलालाई झारफुक गर्ने भन्दै कुटपिट गरेका थिए। ‘पीडित महिलाले जाहेरी दिएपछि उहाँको श्रीमानसहित केही मानिसलाई…

    विस्तृतमा पढ्नुस्

  • ओमनविरुद्ध आशिफ शेखको अर्धशतक

    ओमनविरुद्ध आशिफ शेखको अर्धशतक

    काठमाडौं: ओपनर आशिफ शेखले ओमनसँगको खेलमा अर्धशतक बनाएका छन्। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा ओमनविरुद्धको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि शेखले ६२ बलमा ४ चौकाको सहायतामा अर्धशतक बनाएका हुन्। ओमनस्थित अल अमरेत स्टेडियममा सुरुवाती ब्याटिङ गरेको नेपालले कुशल भुर्तेललाई  रन नजोड्दै गुमाएको थियो। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा पभेलियन फर्कँदा रोहित…

    विस्तृतमा पढ्नुस्

  • भोलिसम्म बजेट पास नभए सरकारले खर्च गर्न नपाउने, आउला त पेश्की विधेयक ?

    भोलिसम्म बजेट पास नभए सरकारले खर्च गर्न नपाउने, आउला त पेश्की विधेयक ?

    काठमाडौं : सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारितको समयसीमा गुजार्ने निश्चित देखिएको छ। अध्यादेश संघीय संसदको अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र प्रतिस्थापन समेत गर्नुपर्ने भए पनि नहुने देखिएको हो। बुधबारसम्म विधेयक पारित गर्नुपर्ने भए पनि प्रतिनिधि सभाको बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ। विधेयक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ।  तर अब दुबै सदनबाट समयभित्र विधेयक पारित नहुने निश्चित…

    विस्तृतमा पढ्नुस्

  • थपिए १५६२ संक्रमित, १५८९ जना भए संक्रमण मुक्त

    थपिए १५६२ संक्रमित, १५८९ जना भए संक्रमण मुक्त

    काठमाडौं : देशभर थप १ हजार ५६२ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनाको परीक्षण गरिँदा १५ सयभन्दा बढीमा संक्रमण देखिएको हो। यस्तै, १ हजार ५८९ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ। संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण देशभर १० हजार…

    विस्तृतमा पढ्नुस्

  • घाँटीमा रेटिएको डोबसहित शिक्षकको शव भेटियो

    घाँटीमा रेटिएको डोबसहित शिक्षकको शव भेटियो

    सुर्खेत : दैलेखमा एक जना शिक्षकको हत्या गरिएको छ। गुराँस गाउँपालिकाको मालिका माध्यामिक विद्यालयका शिक्षक नगेन्द्र बीसीको शव फेला परेको हो।  दैलेख प्रहरीका अनुसार शिक्षक बीसीलाई सोमवार राती घाँटी रेटेर हत्या गरिएको अवस्थामा मंगलवार विद्यालय हाताभित्रै भेटिएको हो।  ‘घटनास्थलमा प्रहरी पुगेको छ, घटना कसले र किन गरायो भन्ने विषयमा प्रारम्भीक अनुसन्धान अघि बढाएका छौं’ डीएसपी अनुपम श्रेष्ठले भने।  स्थानीयले शिक्षक…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमा सनाखत गर्न नपाएका सोम पाण्डे र शारदा भट्टलाई एकीकृत समाजवादी जाने बाटो खुल्यो

    निर्वाचन आयोगमा सनाखत गर्न नपाएका सोम पाण्डे र शारदा भट्टलाई एकीकृत समाजवादी जाने बाटो खुल्यो

    काठमाडौं : सांसद सोम पाण्डे र शारदा देवी भट्टले नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये एउटालाई रोज्न पाउने भएका छन्। नेकपा एकीकृत समाजवादीमा सनाखत गराउन निर्वाचन आयोग पुगे पनि पाण्डे र भट्टले सनाखत गर्न पाएका थिएनन्। त्यसविरुद्ध पाण्डे र भट्टले दल रोज्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।   न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुले निर्वाचन आयोगमा निवेदन गरी रोजेको…

    विस्तृतमा पढ्नुस्

  • चुनाव लक्षित ओलीको भाषण : माधव नेपाल र गठबन्धनलाई 'ह्याण्डसम' भनेर मत दिने कि 'ब्युटिफुल'?

    चुनाव लक्षित ओलीको भाषण : माधव नेपाल र गठबन्धनलाई 'ह्याण्डसम' भनेर मत दिने कि 'ब्युटिफुल'?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकले चुनावबाट जितेर सरकार बनाउन नसक्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई 'परमादेशको' सरकार बताउँदै ओलीले एमालेले मात्रै जनादेशबाट एक्लै सरकार बनाउन सक्ने दावी गरे। 'अहिलेको सरकार जनादेशबाट आएको होइन। जनादेशबाट एमाले बाहेक अर्को सरकार आउनै सक्दैन,' उनले भने। सत्ता गठबन्धन चुनावबाट डराएको ओलीको आरोप थियो। चुनावमा जनताले गठबन्धनलाई मत नदिने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस जितेर ब्याटिङमा

    नेपाल टस जितेर ब्याटिङमा

    काठमाडौं: नेपाली क्रिकेट टोलीले ओमनविरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली ओमन आज दिउँसो सवा ४ बजे अल अमरेत स्टेडियममा प्रतिस्पर्धामा उत्रँदै छन्। सोमवारको खेलमा अमेरिकालाई ५ विकेटले हराउँदै सिरिजमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell