ओलम्पिकबाट स्वदेश फर्किन अस्वीकार गरेकी स्प्रीन्टर क्रिस्ट्सिना सिमानोस्काया आज टोकियोबाट प्रस्थान गरेकी छिन्। टोकियो ओलम्पिकमा २०० मिटर दौडमा सहभागी हुनुपर्ने उनलाई बेलारुसी अधिकारीहरुले जबरजस्ती स्वदेश फर्काउन 'जबरजस्ती' गरेपछि उनले सहयोगको याचना गरेकी थिइन्। त्यसअघि उनले इन्स्टाग्रामा खेल अधिकारीहरुको आलोचना गरेकी थिइन्। सिमनउस्कायाले आइतवार कोचिङ स्टाफहरु उनको कोठामा आएर सामान प्याक गर्न निर्देशन दिएको बताएकी थिइन्। उनले आफूलाई बेलारुस ओलम्पिक कमिटीका पदाधिकारीहरुले हानेदा…
काठमाडौं : सिङ्गापुरका लागि नेपालका गैरआवासीय राजदूत गणेश ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। २०७६ साल जेठ मा थाइल्याण्डका लागि आवसीय राजदूतको रुपमा नियुक्त भएका ढकालले त्यहाँ पुगेर आफ्नो जिम्मेवारी सम्हालिसकेका थिए। उनलाई २०७६ पुस २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सिंगापुरका लागि गैरआवसीय राजदूतको रुपमा नियुक्त गरेकी थिइन्। कोभिड-१९ को संक्रमणका कारण उनले सिङ्गापुर पुगेर ओहोदाको प्रमाणपत्र पेश गर्न सकेका थिएनन्। …
काठमाडौः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले दोष देखाएर नभई आवश्यकता देखाएर नयाँ जिम्मेवारी दिए स्वीकार्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा मंगलबार ऊर्जा मन्त्री पम्फा भुसालले शाक्यलाई राजीनामा दिन आग्रह गरेकी थिईन्। 'प्राधिकरणमा कामै गर्न नसकेको जसरी जिम्मेवारीबाट हटाउन खोजे न्याए माग्न जान्छु। तर उपयुक्त ठाउँमा जिम्मेवारी दिए त्यसलाई स्वीकारेर अघि बढ्छु,' उनले भने। बुधबार पत्रकारहरुसँग अनौपचारिक…
काठमाडौंः नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन्। लिच्छविकालीन मन्दिरमा आज बिहान पूजारी श्रीमद् राजोपाध्याय पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति नपाइएपछि चोरी भएको थाहा पाइएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताए। मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन्। दुई तले मन्दिरको…
काठमाडौः नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गरेका छन्। राष्ट्रियसभाको विषेश समयमा बोल्दै श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका जवानले तुइनको तार काटेकै कारण जयसिंह धामी वेपत्ता भएको बताए। 'अहिलेसम्म आएको तथ्यले के प्रष्ट गरेको छ भने भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकाली नदिमा वेपत्ता भएका हुन्। यसका निम्ति भारतले…
काठमाडौंः सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो। गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा…
काठमाडौंः काठमाडौंको चमतीमा एक महिलाको हत्या भएको छ। आज बिहान करिब १ बजेतिर हत्या भएको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। काठमाडौं महानगरपालिका १६ चमती बस्दै आएकी २८ वर्षीय बबिता राईको हत्या भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए। ' घाँटी थिचेर हत्या गरेको देखिएको छ। शरीरमा कुनै हतियार प्रयोग गरिएको छैन। थप अनुसन्धान गरिरहेका छौँ,' डिएसपी बुढाथोकीले…
काठमाडौंः अवैध रूपमा पैसाको हारजित हुने गरी ओखर खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित विजेश्वरीबाट उनीहरूलाई नियन्त्रणमा लिउको हो। विजेश्वरी स्थित प्रकाश शाहीको घरको चौथो तल्लामा कोठाभित्र ओखर खेल्ने स्थान बनाइ खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले नगद…
काठमाडौं : मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जामन्त्री पम्फा भुसाल तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यबीच भेट भयो। बालुवाटारमा भएको भेटमा ऊर्जामन्त्री भुसालले शाक्यलाई राजीनामा दिएर नयाँ नियुक्तिका लागि सहयोग गर्न आग्रह गरिन्। जनताको अपेक्षा र माग अनुसार कुलमान घिसिङलाई पुनः नियुक्ति दिन चाहेको जानकारी पनि भेटमा भुसालले शाक्यलाई गराइन्। त्रिपक्षीय भेटमा देउवा भने मौन नै बसे। राजीनामा र…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। साउन २७ गतेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको हो।पछिल्लो पटक थप भएको निषेधाज्ञा भोलि राति १२ बजेबाट सकिदैंछ। सबै प्रकारका सभा, र्याली, जुलुस, गोष्ठी, सिनेमा हल, डान्सबार, रेष्टुरेष्ट लगायतका मानिसको भिडभाड हुने गतिविधि गर्न…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई हटाएर कुलमान घिमिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्। मंगलवार उर्जा मन्त्री पम्फा भुसाललाई देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। शाक्य अघि कुलमान घिसिङ नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए। लोडसेडिङ अन्त्य गरेको जस पाएका घिसिङको कार्यकाल सकिएपछि फेरि…
टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आज सम्पन्न पहिलो सेमिफाइनलमा मेक्सिको यू २३लाई हराउँदै ब्राजिल यू २३ फाइनलमा प्रवेश गरेको छ। इबाराकी कासिमा स्टेडियममा सम्पन्न खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिलले फाइनलको यात्रा तय गरेको हो। निर्धारित ९० मिनेटको समयसम्म दुबै पक्षबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो। तर, अतिरिक्त समयमा पनि दुबै पक्षले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा…
काठमाडौं : एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले केपी शर्मा ओली सरकारले गरेको जनविरोधी कामहरुलाई खारेज गर्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभाको बैठकको शून्य समयमा उनले यस्तो बताएकी हुन्। प्रतिनिधिसभामा प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएकी सांसद झाँक्रीले ओली नेतृत्वको सरकारले गरेका जनविरोधी कार्य खारेज गर्न सरकारसँग माग गरेकी हुन्। 'सरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिडाउने मात्रै दायित्व बोकेको…
बुटवलः लुम्बिनीका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्। मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गर्ने तयारी रहेको नेपाली काँग्रेसका सांसद फखरुदिन खानले बताए। ‘अहिले सबै दलको संयुक्त बैठक रहेको छ। आज कार्यालय समय भित्र अविश्वासको प्रस्ताव दर्ता हुन्छ,' सांसद खानले भनिन्। यस्तै जनता समाजवादी पार्टीका संसदीय दलका नेता…
काठमाडौं : लेखा परीक्षणको प्रतिवेदन समयमा नबुझाएका ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ। निर्वाचन आयोगको आज मंगलवार बसेको बैठकले बुधवार देखि लागु हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो। यसरी खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिन्ह दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको निर्वाचन आयोगका…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले दार्चुला घटनाको विषयमा जानकारी दिएका छन्। दार्चुलामा तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा जयसिंह धामी वेपत्ता भएको घटनाको विषयमा जानकारी दिँदा गृहमन्त्री भारतीय पक्षको संलग्नता बारे मौन रहेपछि सांसदहरुले प्रतिप्रश्न गरेका थिए। यो पनि : दार्चुला घटनामा भारतको औपचारीक विरोध गर्न सरकारसँग प्रमुख प्रतिपक्ष एमालेको माग दार्चुला घटना : छानविनका…
काठमाडौं : बाढी पहिरोका कारण देशभर जेठ ३१ देखि आजसम्म ६७ जनाको मृत्यु भएको छ। यसबिच ६१९ मनसुन जन्य विपतका घटनाहरु भएका छन्। प्रतिनिधिसभा बैठकमा विपतका घटनाहरुको तथ्याङ्क प्रस्तुत गर्दै गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोक, डोटीसहितका ५६ जिल्लामा ६७ जनाको मृत्यु हुनुका साथै ४० जना वेपत्ता भएको जानकारी दिएका हुन्। त्यस्तै २१ जना घाइते भएको उनले जानकारी जानकारी दिए। मन्त्री खाँणले बाढी पहिरोबाट ६९० घरमा पूर्ण…
काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना संक्रमण उच्च हुँदै गएकाले कुनै पनि जुलुस, धर्ना, गोष्ठी लगायतका मानिसको भिड हुने कार्य नगर्न अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले भिडभाड नगर्न अनुरोध गरेको हो।काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। सार्वजनिक सवारी साधन, व्यापारिक क्षेत्र खुलेका छन्। सपिङ मल, होटेल, सभा,…
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाकाली घटनालाई लिएर भारतसामु औपचरिक विरोध जनाउन माग गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा विषेश समयमा एमाले सांसद गणेश ठगुन्नाले भारतको औपचारीक विरोध गर्न माग गरेका हुन्। गत शुक्रवार बिहान दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए। यही विषयलाई लिएर संसदमा ठगुन्नाले औपचारिक…
काठमाडौं : साउन ५ गते गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेर लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई संचालन गर्नका लागि सहजीकरण गर्न निर्देशन दियो। अर्थात् तीन महिनादेखि कोरोना संक्रमणको कारण गुड्न नपाएका लामो दुरीका सार्वजनिक सवारी माथि लगाएको निषेधाज्ञा फुकुवा भयो। अहिले एउटा जिल्लाबाट अर्को जिल्ला, पूर्वदेखि पश्चिमसम्म सहजै लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधन चल्न पाउँछन्। काठमाडौं…