काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट विदामा बस्दै छन्। भदौं २४ गतेबाट अवकास पाउन लागेका थापा नेपाली सेनाको चलन अनुसार अवकास अघि विदामा बस्न लागेका हुन्। थापा विदामा बस्ने भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त भइसकेका छन्। साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।…
काठमाडौं: संयुक्त गठबन्धनको सरकारले सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रम ल्याउने तामझाम केही अघिदेखि गरेको थियो। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको सत्ता गठबन्धन दलहकरुको कार्यदलले बालुवाटारमा खटेर न्यूनतम साझा कार्यक्रम तयार पारे। उक्त साझा कार्यक्रमको मुख्य बुँदा कोभिड-१९ को महामारीमा नागरिकको जीवन रक्षा गर्ने भनियो। नभन्दै आइतबार कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक खड्काले तामझामका साथ उक्त कार्यक्रम सार्वजनिक गरे।…
काठमाडौं : संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम मार्फत सरकारले ओली सरकारको चुरेको गिट्टी बालुवा निर्यात गर्ने योजनालाई रोक लगाउने घोषणा गरेको छ। चालु आर्थिक वर्षको बजेट अध्यादेश मार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले व्यापार घाटा नियन्त्रणका लागि ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने र त्यसको ढुवानीका लागि खानी क्षेत्रबाट सीमा क्षेत्रसम्म केवलकारको निर्माण गर्ने घोषणा गरेका थिए। संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा…
२१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन्। 'यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष म, मेरो परिवार यहाँ निरन्तरता दिन चाहन्थ्यौं,' मेस्सीले भने,'आज मैले गुडबाइ भन्नै…
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ३७८ जनाको परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण देखिएको हो। नयाँ संक्रमित थपिएसँगै देशभर संक्रिय संक्रमितको सङख्या ३५ हजार ४८५ पुगेको छ। यस्तै, २ हजार २९ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा देशभर संक्रमण भएका ५५ जनाको मृत्यु भएको छ। यो…
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काको सम्मानमा जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने निर्णय गरेको छ। पारस खड्काको योगदानलाई सम्मान गर्दै क्यानले ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट साउन १९ गते संन्यासको घोषणा गरेका थिए। ७७ नम्बरको जर्सीमा मैदान उत्रने खड्काले संन्यासपछि क्यानको व्यवस्थापनमा आउने इच्छा देखाएका छन्। Honouring…
'मिस्टर नेपाल सुप्रानेश्नल २०२०' सन्तोष उपाध्याय पोल्याण्ड गएका छन्। पोल्याण्डमा आयोजना हुने 'मिस्टर सुप्रानेश्नल' प्रतियोगिताको १२ औँ संस्करणमा सहभागी हुन उनी शनिवार राति पोल्याण्ड प्रस्थान गरेका हुन्। पोल्याण्डको नोवा स्याजमा आयोजना हुने प्रतियोगितामा उनले नेपाललाई प्रतिनिधित्व गर्नेछन्। अन्तर्राष्ट्रिय स्टेजमा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पाइला चाल्दा पाउँदा निकै खुसी लागेको उनले इस्ट्राग्राममा उल्लेख गरेका छन्। View…
फ्रेन्च टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई क्लबमा अनुबन्धन गर्न लागि परेको छ। मेस्सी बार्सिलोनाबाट बाहिरिने निश्चित भएसँगै पीएसजीले उनलाई भित्र्याउन प्रयास थालेको हो। विश्वका अधिकांश क्लबहरुले मेस्सीलाई भित्र्याउन चाहे पनि केही क्लबलाई छाडेर अन्यसँग त्यस बराबरको आर्थिक हैसियत पुरा हुँदैन। तर, यसमा कतारी स्वामित्व रहेको पीएसजीका लागि भने त्यो असम्भव छैन। पीएसजीले यसअघि नै करिव ४०० मिलियन युरो तिरेर…
काठमाडौं : मुकुन्द भट्टले निर्देशन लागेको फिल्म 'एक्स ९'(लेभल वान) मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन्। शनिवार अनमोलले फिल्म निर्माण सम्झौता गर्दै औपचारिक रुपमा फिल्म 'साइन' गरेका हुन्। नेपालको सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्म 'एक्स ९' मा जोडिन पाउँदा निकै खुसी लागेको अनमोलले फेसबुकमा उल्लेख गरेका छन्। यो फिल्मका लागि निर्देशक भट्टले निषेधाज्ञाअघि अनमोलसँग मौखिक सहमति गरेता पनि कागजी…
काठमाडौं: भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको क्लब टोटेनह्याम हट्सपरमा आबद्ध भएकी छिन्। उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् छ। यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन्। वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी थिइन्। आले १९ वर्षमुनिका सहभागी हुने…
एएफए कम्युनिटी सिल्ड अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै लेस्टर सिटीले उपाधि जितेको छ। वेम्बली स्टेडियममा सम्पन्न खेलमा लेस्टरसिटीले १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लेस्टरका केलेची इहेन्चोले निर्णायक गोल गरेका थिए। उनले खेलको ८९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। कम्युनिटी सिल्डमा प्रिमियर लिगको विजेता र…
काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका दिइएको बताएका छन्। तर, ओली सुध्रिएर आउनेमा आफूलाई कुनै पनि आश नरहेको पनि नेपालले बताए। दोलखा काठमाडौँ सम्पर्क मञ्चका आफू पक्षीय नेताहरुलाई भर्चुअल सम्बोधन गर्दै नेपालले ओलीले सदस्यता वितरण रोके, आइतबारका लागि बोलाइएको बैठक स्थगित गरेमा वार्ताको प्रक्रिया अघि बढ्ने पनि बताए।…
काठमाडौंः एमाले केन्द्रीय कमिटी बैठक सारिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा बैठक एक सोमबारसम्म स्थगित भएको हो। आइतबारका लागि बैठक बोलाइएको थियो। सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो। एमाले विवाद चर्किएका बेला बैठक एक दिन स्थगन गरिएको हो। तर, वरिष्ठ नेता माधव नेपाल पक्षले भने बैठक स्थगितसँगै सदस्यता वितरण रोक्नुपर्ने लगायतका माग राखेको छ।
टोकियो ओलम्पिक अन्तर्गत आज सम्पन्न फुटबलको पुरुषतर्फको फाइनल खेलमा ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ। योकोहामा स्टेडियममा सम्पन्न खेलमा साविक विजेता ब्राजिलले २-१ ले खेल आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जितेको हो। ब्राजिलको जितमा म्याथिउस कुन्हा र माल्कोम सिल्भाले गोल गरे। खेलको ३८ औं मिनेटमा ब्राजिलले पाएको पेनाल्टीमा रिचार्लिसन चुके पनि पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै कुन्ह्वाले अग्रता…
काठमाडौं : कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोरोना संक्रमण बढेकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरिएको थियो। अब अर्को परीक्षा कहिले गर्ने भन्ने टुङगो छैन। परीक्षा हुनुभन्दा १५ दिन अघि सुचना सार्वजनिक गरेर परीक्षा लिने बोर्डका एक सदस्यले जानकरी दिए। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेको…
काठमाडौंः स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निषेधाज्ञा खुकुलो भएपछि देशभर कोभिड १९ संक्रमणको बताएका छन्। आज नेपाल मास्क अभियानको शुभारम्भ कार्यक्रममा मन्त्री श्रेष्ठले निषेधाज्ञा खुकुलो भएपछि मानिसको आगमन बढ्दा र जनस्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण सँगै अस्पताल भर्ना हुने दर बढेको बताएका हुन्। अस्पताल भर्ना दर बढेसँगै जोखिम पनि बढेर गएको मन्त्री श्रेष्ठले बताए। स्वास्थ्य मन्त्रालयले आजबाट साउन २९ गतेसम्म नेपाल मास्क अभियान…
आइतवार भएको टोकियो ओलम्पिक्सको एक खेलमा इजरायललका खेलाडी डॉल्गोपायटले इतिहास रच्दै स्वर्ण पदक जिते। उनको जितपछि इजरायललको राष्ट्रिय गीत 'हातिकवाह' बजाइयो। इजरायलको राष्ट्रिय गीत सुनेसँगै भारतीयहरुले संगीतकार अनु मलिकलाई सम्झिन पुगे। अनु मलिकलाई सम्झनुको कारण थियो इजरायललको राष्ट्रिय गीत र हिन्दी गीतको संगीत मिल्नु। सन् १९९६ मा रिलिज भएको फिल्म 'दिलजले' को गीत 'मेरा मुल्क मेरा देश' र इजरायललको राष्ट्रिय…
ललितपुरः वाग्मती गाउँपालिका– ३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन्। कान्ति लोकपथ भएर हेटौँडा जाने क्रममा बा ४५ प ४९०६ नम्बरको मोटरसाइकल २ सय मिटर तल खसेको थियो।…
काठमाडौंः खसीको मासु भन्दै बाख्रीको मासु बेचेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा कलंकी स्थित खसी बजार गएर अनुसन्धान गर्दा खसीको मासु भन्दै बाख्रीको बचेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारत विहार बाहराइज घर भएका ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २५ वर्षीय जाविर क्रोसिल र …
काठमाडौं : गएको आर्थिक वर्षमा देशभर नै अपराधको तथ्याङ्को ग्राफ उकालो लाग्यो। हत्या, आत्महत्या लगायतका घटना बढे। हत्या त २५ प्रतिशतभन्दा बढीले बढ्यो। देशभर मात्र होइन काठमाडौं उपत्यकामा समेत यसको प्रभाव देखियो। सुरक्षाको हिसाबले सबैभन्दा धेरै सुरक्षित मानिने काठमाडौं उपत्यकाभित्र पनि हत्या, जबरजस्ती करणी, आत्महत्याका घटना वर्षभरी नै भइरहे। कति घटनामा प्रहरीले तत्कालै अभियुक्तलाई पक्राउ गर्न सफल भयो भने कति…