काठमाडौँः नेपाली कांग्रेसले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ। २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
काठमाडौँः नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि आयोग गठन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेको तीन दिन नबित्दै सत्ता घटक माओवादी केन्द्रले आयोग गठनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो। तत्कालीन सरकारले देवीप्रसाद ज्ञवालीको नेतृत्वमा आयोग गठन गरेको थियो। मन्त्रिपरिषद्को…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी भदौ १७ र २० गते दुई मैत्रीपूर्ण खेलहरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपाल र भारत हालसम्म १९ पटक आमनेसामने भएका छन्। जसमा भारतले १३ खेल जित्दा नेपालले २ खेल जितेको छ। पछिल्लो पटक नेपालले सन् २०१३ मा भारतलाई हराएको थियो।…
काठमाडौं : सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेसँगै सरकारको चर्को विरोध भइरहेको छ। यस्तोमा संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम तयार गर्न गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनमा भूमिहीनलाई जग्गा उपलब्ध गराउने कार्यक्रम तय गरेको छ। आर्थिक नीति तथा कार्यक्रम खण्डमा भूमिहीनलाई भूमि उपलब्ध गराउने देखि बसोबासको व्यवस्था गर्नेसम्म उल्लेख छ। ‘संविधानको भावनाअनुसार भूमिहीनहरूलाई भूमि उपलब्ध गराउने,’ शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष…
काठमाडौंः सडकमा ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी इमानदारीपूर्वक ड्युटी गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरी पुरस्कृत तथा सम्मानित भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार काठमाडौंस्थित कार्यालयमा कार्यक्रम आयोजना गर्दै पुरस्कृत एव सम्मान गरेको हो। सम्मानित हुनेहरुमध्ये ९ जनालाई नगदसहित वृत्तिविकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको महाशाखाले जनाएको…
काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारका प्राथमिकता र कार्यक्रमहरु तयार पारेको छ। गठबन्धनले गठन गरेको कार्यदलले आज शुक्रवार प्रधानमन्त्री शेरवहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा समावेश गरिएको नीति तथा कार्यक्रममा परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्ने उल्लेख छ। अन्तराष्ट्रिय सम्बन्धमा सरकारको नीति:…
काठमाडौंः डाक्टर गोविन्द केसीले विभिन्न पाँच बुँदे माग राख्दै सत्याग्रह घोषण गरेका छन्। स्वास्थ्य तथा मेडिकल शिक्षा सुधारमा सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै सत्याग्रह घोषणा गरेको हुन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या हप्तौँसम्म स्वास्थ्य मन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्याउने प्रयास गरेको…
काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारका प्राथमिकता र कार्यक्रमहरु तयार पारेको छ। गठबन्धनले गठन गरेको कार्यदलले आज शुक्रवार कार्यदलको प्रतिवेदन प्रधानमन्त्री शेरवहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा सरकारका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयनका लागि वर्तमान सरकारले राष्ट्रिय सहमतिको पहल गर्ने उल्लेख छ। कार्यदलले…
अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी यतिबेला आफ्नो आगामी क्लब छनोट गर्न स्वतन्त्र छन्। धेरै हप्ता भइसक्यो उनी 'फ्री एजेन्ट' भएको। र, यसपटक बार्सिलोना छाडेर अर्को क्लबमा जान उनलाई बाटो खुलेको छ। यद्यपि, उनीसँग विकल्प थोरै छन्। मुख्य कुरा सबै क्लबहरुले उनको मागलाई धान्ने ल्याकत राख्दैनन्। बार्सिलोनाले उनीसँग क्याम्प नोउमै बस्नेगरी सहमति गराए पनि ला लिगाको खेलाडी दर्ता र वित्तिय नियमहरुका…
काठमाडौं : सत्तारुढ दलहरुको कार्यदलले तयार पारेको प्रतिवेदनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। आज अपरान्ह चार बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। संयुक्त सरकारको सत्ता संचालनका लागि न्युनतम साझा कार्यक्रम तय गर्दै तयार पारेको प्रतिवेदन आजै कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुलाई…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टोकियो ओलम्पिकमा भारतीय हक्की टिमको उपलब्धिलाई अनुच्छेद ३७० र राम मन्दिरसँग जोडेका छन्। उनले ५ अगस्टलाई कडी बनाउँदै यी फरक प्रसंगलाई उपलब्धिसँग जोडेका हुन्। अंग्रेजी अखबार द ट्रिब्युनका अनसार मोदीले एउटा भर्चुअल कार्यक्रममा भारतको 'विजयी सुरुवात'को रुपमा यी प्रसंग जोडेका हुन्। 'यस्तो लाग्छ कि भारतको जितको सुरुवात भइसकेको छ। यसमा ५ अगस्टको मिति विशेष महत्वपूर्ण बनेको छ,'…
अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सीले आधिकारिक रुपमा बार्सिलोनाबाट बाहिरिएका हुन्। पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति बने पनि ला लिगाको खेलाडी दर्तासम्बन्धि नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै जनाएको छ। २०२१/२०२२ का सिजनका लागि अर्को क्लबको…
काठमाडौंः नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले राजीनामा दिएका छन्। प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष विष्टले बिहीबार राजीनामा बुझाएका हुन्। उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो। सरकार परिवर्तन भएसँगै विष्टले राजीनामा दिएका हुन्।
बुटवल : लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वलीले मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएर राखिएको आरोप लगाएकी छिन्। कहिले नेकपा एमाले त कहिले माओवादी केन्द्रमा रहेको भन्दै अभिव्यक्ति दिँदै आएकी उनले आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कार्यकालयमा आफूलाई बन्धक बनाएर राखिएको बताएकी हुन्। साउन १५ यता उनी माओवादी केन्द्रसँग सम्पर्क बाहिर थिइन्। त्यसबिचमा उनी नेपालगञ्जमा अस्पतालमा भर्ना भएको समाचार चर्चा चलेको…
बनियानीः झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन्। ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए। उनले भने, “खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।” खोपका लागि मजदूर…
काठमाडौंः निषेधाज्ञा खुकुलो भएपछि सुरु भएको आन्तरिक उडानमा दैनिक १२ हजार भन्दा बढीले यात्रा गर्न थालेका छन्। वायुसेवा संचालक संघका अनुसार सुरक्षित र सहज उडानका कारण हवाई यात्रुको संख्या बढेको हो। संघले आन्तरिक उडानलाई जोखिममुक्त बनाउने प्रतिवद्धता समेत जनाएको छ। 'मुलुकको अर्थतन्त्रलाई जस्तो सुकै अवस्थामा पनि चलायमान राख्न आवश्यक छ। आफ्नो काम विशेष/व्यवसायका लागि आउजाउ गर्ने यात्रुलाई संक्रमणरहित आउजाउ गर्नबाट…
काठमाडौंः निषेधाज्ञा खुकुलो भएपछि सुरु भएको आन्तरिक उडानमा दैनिक १२ हजार भन्दा बढीले यात्रा गर्न थालेका छन्। वायुसेवा संचालक संघका अनुसार सुरक्षित र सहज उडानका कारण हवाई यात्रुको संख्या बढेको हो। संघले आन्तरिक उडानलाई जोखिममुक्त बनाउने प्रतिवद्धता समेत जनाएको छ। 'मुलुकको अर्थतन्त्रलाई जस्तो सुकै अवस्थामा पनि चलायमान राख्न आवश्यक छ। आफ्नो काम विशेष/व्यवसायका लागि आउजाउ गर्ने यात्रुलाई संक्रमणरहित आउजाउ गर्नबाट…
काठमाडौं : कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि बेलायतले जारी गरेको यात्रा प्रतिबन्धको रातो सूचीबाट भारतलाई हटाउन लागेको छ। अगस्ट ८ देखि यो सूचीलाई अध्यावधिक गर्दै भारतलाई रातो सूचीबाट हटाउन लागेको हो। बेलायती यातायात मन्त्री ग्रान्ट सेप्सले ट्वीटर मार्फत युएई, कतार, भारत र बहराइनलाई रातो सूचीबाट हटाउँदै पहेँलो सूचीमा समावेश गर्ने जानकारी गराउँदै यसको कार्यान्वयन अगस्ट ८ बिहान ४ बजे देखि…
काठमाडौं : प्रहरी हेडेक्वाटरभित्र नै चोरी होला भन्ने कमैले सोचेका हुन्छन्। त्यो पनि सामान्य विषय होइन परीक्षाको प्रश्न पत्र नै। तर जति नै सुरक्षाकर्मीले घेरिएको सुरक्षित ठाउँ भए पनि चोरी भयो। शनिवार र शुक्रवार भएको प्रिस्याट परीक्षाको प्रश्न पत्र नै चोरी भएको खुलेको हो। यो परीक्षा राष्ट्र संघको शान्ति मिसनमा जानको लागि जवानदेखि एसएसपीसम्मलाई लिइएको थियो। यसरी युएन मिसनको प्रश्न पत्र…
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १ सय ७ जनामा कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। १६ हजार २ सय ९८ जनाको परीक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ११ हजार ३ सय ५४ जनाको परीक्षण गरिएको थियो। जसमा २ हजार ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…