PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • म्याद गुज्रिएका सामानमा 'रिलेबलिङ' गर्ने घरमा प्रहरीको छापा, एक सञ्चालक समातिए

    म्याद गुज्रिएका सामानमा 'रिलेबलिङ' गर्ने घरमा प्रहरीको छापा, एक सञ्चालक समातिए

    काठमाडौंः प्रहरीले काठमाडौंको सानो भर्‍याङ एक गोदाममा छापा पारेको छ। महानगरीय अपराध महाशाखाको टोलीले दिउँसो म्याद गुज्रिएको सामानलाई 'रिलेबलिङ' गर्ने गोदाममा छापा मारेको हो। यसै क्रममा प्रहरीले यस्तो गतिविधि गरेको अभियोगमा वीरगन्ज घर भएका अविनाश अग्रवाललाई नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए। 'म्याद गुज्रिएका सबै प्रकारका सामानहरू ल्याएर अर्को म्याद भएको लेबल टाँसेर विभिन्न ठुला मार्टहरूमा पठाउने गरेको…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची नदीमा आएको बाढी अझैं रोकिएन, १२ वटा पक्की घर बगायो, ८ वटा कच्ची घरमा क्षती

    मेलम्ची नदीमा आएको बाढी अझैं रोकिएन, १२ वटा पक्की घर बगायो, ८ वटा कच्ची घरमा क्षती

    काठमाडौं : दुई दिनदेखि नपरे पनि मेलम्ची नदीमा आएको बाढीले मेलम्ची र हेलम्बुबासीलाई त्रासित बनाएको छ। अहिले पनि नदीमा पानीको बहाव कम नहुँदा मानिस त्रासित बनेका हुन्छ। त्यस्तै पानीको बहाव कम नहँदा अन्य क्षति हुनसक्ने आशंकामा क्षति कम गर्नको लागि सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। अहिलेसम्म बाढी पहिरोको कारण १२ वटा पक्की घर बगाइसकेको छ। त्यस्तै ८ वटा कच्ची घर…

    विस्तृतमा पढ्नुस्

  • 'आजाद कश्मीर'मा क्रिकेट लिग आयोजना हुँदा विदेशी खेलाडीलाई भारतको धम्की! 'खेले भारत आउन दिन्नौं'

    'आजाद कश्मीर'मा क्रिकेट लिग आयोजना हुँदा विदेशी खेलाडीलाई भारतको धम्की! 'खेले भारत आउन दिन्नौं'

    भारत र पाकिस्तानबिच विवादित क्षेत्रमा क्रिकेट लिग आयोजना हुन लाग्दा दुवै देशबिच तनाव सिर्जना भएको छ। दुवै देशका क्रिकेट बोर्डहरु अहिले आमनेसामने भएका छन्। क्रिकेट क्षेत्रमात्रै होइन राजनीति पनि गरम भएको छ।  यही अगस्त ६ मा पाकिस्तानको समर्थन रहेको आजाद कश्‍मीरमा 'कश्मीर प्रिमियर लिग' आयोजना हुँदैछ। तर खेल सुरु हुनु एक साता बाँकी रहँदा भने विवाद उत्कर्षमा पुगेको छ।  विवादको कारण : प्रतियोगिता हुने स्थान।…

    विस्तृतमा पढ्नुस्

  • सचिव सरुवाः अर्थ सचिवमा मधु मरासिनी, शिशिर ढुंगाना पुगे प्रधानमन्त्री कार्यालयमा

    सचिव सरुवाः अर्थ सचिवमा मधु मरासिनी, शिशिर ढुंगाना पुगे प्रधानमन्त्री कार्यालयमा

    काठमाडौंः सरकारले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ। सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र मरासिनी थिए। मरासिनी अहिले महालेखा नियन्त्रक थिए। त्यस्तै अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। स्रोतका अनुसार मरासिनी बिहान अर्थ सचिवमा सरुवा भएको चिठ्ठी लिन मुख्य सचिवको कार्यालय पुगेका छन्। हुलाक सेवाबाट निजामती…

    विस्तृतमा पढ्नुस्

  • एक साताको निषेधाज्ञाले पनि 'कन्ट्रोल'मा आएन झापामा कोरोना संक्रमण

    एक साताको निषेधाज्ञाले पनि 'कन्ट्रोल'मा आएन झापामा कोरोना संक्रमण

    काठमाडौं : पछिल्लो समय ५ सयभन्दा बढी कोरोनाको सक्रिय संक्रमित भएको जिल्ला हो झापा। झापाका मुख्य सहरहरूमा कोरोना संक्रमण दर ह्वातै बढेको छ। संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। तर पनि पछिल्लो एक हप्तामा कोरोना संक्रमितको संख्यामा कमी आएको छैन। झापामा पछिल्लो केही दिन यता दैनिक २ सयभन्दा बढी संक्रमित भेटिने गरेका छन्। शनिवारमात्र धेरैपछि संक्रमितको सङ्ख्या…

    विस्तृतमा पढ्नुस्

  • कोभिड उपचारमा उत्कृष्ट काम गरेका स्वास्थ्यकर्मी सम्मानित

    कोभिड उपचारमा उत्कृष्ट काम गरेका स्वास्थ्यकर्मी सम्मानित

    काठमाडौंः कोभिड महामारीको दोस्रो लहरका बेला हटस्पट बनेको भेरी अञ्चल अस्पतालका सात स्वास्थ्यकर्मीहरुलाई कोभिड उपचार तथा रोकथाममा उत्कृष्ट योगदान गरेको भन्दै बारबारा फाउन्डेसनले विशेष सम्मान गरेको छ। फाउन्डेसनले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेसहित सातजनालाई विशेष सम्मान प्रदान गरेको हो। फाउन्डेसनले कोभिड महामारीका समयमा स्वास्थ्य क्षेत्रमा आइपरेको गहन जिम्मेवारी बहन गरी पेशागत जिम्मेवारीभन्दा माथि उठेर साहसका साथ अग्रपंक्तिमा रहि…

    विस्तृतमा पढ्नुस्

  • दुई दिनदेखि थिएन पानी परेको, तै पनि उर्लियो बाढी, बगायो पक्की पुल : उपल्लो बस्तीको टुट्यो लाइफ लाइन

    दुई दिनदेखि थिएन पानी परेको, तै पनि उर्लियो बाढी, बगायो पक्की पुल : उपल्लो बस्तीको टुट्यो लाइफ लाइन

    काठमाडौं : दुई दिनदेखि पानी नपरेकाले हिजोसम्म पनि स्थानीयहरु फलामे फ्रेम बनाएर त्यसभित्र ढुंगा भरिरहेका थिए। ढुंगा भर्नुको कारण थियो - रातो पुल बचाउनु। हेलम्बुका तीन वटा वडा, मेलम्ची नगरपालिकाका दुई वटा वडाका साथै पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई वडाका बासिन्दाको लाइफलाइन यही पुलसँग जोडिएको थियो। मेलम्ची खानेपानीको मुहानसम्म जानका लागि पक्की पुल यहीमात्र बाँकी थियो। बाँकी त यसअघि मेलम्चीमा आएको…

    विस्तृतमा पढ्नुस्

  • योजना आयोगका उपाध्यक्षलाई पत्र : खेलकुदबाट विकास किन नगर्ने?

    योजना आयोगका उपाध्यक्षलाई पत्र : खेलकुदबाट विकास किन नगर्ने?

    राधेश्याम दाहाल -  श्री विश्व पौडेलज्यू, राष्ट्रिय योजना आयोग, काठमाडौं। सरकार परिवर्तनपिच्छे नेपालमा परिवर्तन हुने पदमध्ये राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि एउटा हो। सरकारको विकास रणनीतिलाई अगाडि बढाउन यो पदप्रति धेरैको आशा र अपेक्षा पनि रहन्छ। भर्खरै गठन भएको नयाँ सरकारले योजना आयोगमा उपाध्यक्ष बनाउने चर्चा चलिरहँदा तपाईँसँगै अरुहरूको पनि नाम सतहमा आएका थिए। सरकारले तपाईँलाई नियुक्ति देला भन्ने विश्वास…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा फेरि बलियो हुँदै तालिवान, नागरिकको प्रश्न : अब के हुन्छ ? 

    अफगानिस्तानमा फेरि बलियो हुँदै तालिवान, नागरिकको प्रश्न : अब के हुन्छ ? 

    अफगानिस्तानमा तालिवानले आक्रमणलाई तिब्र बनाएको छ। सेप्टरबरसम्म सबै विदेशी सेना अफगानिस्तानबाट हट्ने घोषणा भएपछि तालिवान पुन: सक्रिय भएको हो। केही समययता अफगानी गाउँहरु नियन्त्रण गर्न सफल बनेको तालिवानी लडाकु हाल हेरत, लस्कर घा र कन्दहर शहरमा प्रवेश गरेका छन्। कयौं स्थानमा प्रहरी र तालिवानी लडाकुबिच झडप समेत भएको छ। पछिल्लो केही समययता सरकार र तालिवानको लडाइँमा धेरैजनाको मृत्यु भइसकेको छ।  इरान र…

    विस्तृतमा पढ्नुस्

  • दार्चुला प्रकरणमा गृहको वक्तव्यः 'अध्ययनका लागि सुरक्षाकर्मीको टोली घटनास्थल छ, भ्रम सिर्जना हुनेगरि सूचना प्रकाशन नगरौं'

    दार्चुला प्रकरणमा गृहको वक्तव्यः 'अध्ययनका लागि सुरक्षाकर्मीको टोली घटनास्थल छ, भ्रम सिर्जना हुनेगरि सूचना प्रकाशन नगरौं'

    काठमाडौंः दार्चुला घटनाको छानबिनका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीसहितको टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको छानबिनको लागि स्थानीय प्रशासनलाई निर्देशन भइसकेको जनाएको छ। निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली घटनास्थलमा पुगेको जनाइएको छ।  गृहको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन दिइसकेको र घटनाको वास्तविक सत्य…

    विस्तृतमा पढ्नुस्

  • समानान्तर गतिविधि गर्दै जाउँ, ओली कमजोर भए हाम्रो पार्टीमा भित्र्याउला : रामकुमारी झाँक्री

    समानान्तर गतिविधि गर्दै जाउँ, ओली कमजोर भए हाम्रो पार्टीमा भित्र्याउला : रामकुमारी झाँक्री

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले ओलीलाई प्रतिस्पर्धाका लागि तयार रहन चुनौती दिएकी छन्। उनले नवौं महाधिवेशनबाट आएको कमिटी राखेर पार्टी चलाए आफू त्यसका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताइन्। अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले नेपाल दोस्रो अध्यक्ष नहुने बताइन्। उनले विधानमै नभएको व्यवस्थाबाट दोस्रो अध्यक्ष बनाउन खोजिएको भन्दै विरोध गरिन्। 'विधानमा दुईवटा अध्यक्षको…

    विस्तृतमा पढ्नुस्

  • चाक्सीबारीमा विमलेन्द्र, प्रकाशमान र शशांक बिच छलफल, महाधिवेशनसम्म बन्ला त समीकरण?

    चाक्सीबारीमा विमलेन्द्र, प्रकाशमान र शशांक बिच छलफल, महाधिवेशनसम्म बन्ला त समीकरण?

    काठमाडौं : नेपाली कांग्रेसको चौधौं महाधिवेशनकै सन्दर्भलाई लिएर नेपाली कांग्रेसका दोस्रो पुस्ताका तीन नेता छलफलमा जुटेका छन्। कांग्रेस संस्थापक नेताका छोराहरु डाक्टर शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबिच चौथो पटक औपचारिक छलफल भइरहेको हो।  कांग्रेस उपसभापति विमलेन्द्र निधिको पहलमा पहिलो बैठक निधि निवासमा भएको थियो। निधि शेरबहादुर देउवाको टिममा रहेर लामो समय काम गरे पनि आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादव जसपाको संसदीय दलको नेतामा सर्वसम्मत चयन

    उपेन्द्र यादव जसपाको संसदीय दलको नेतामा सर्वसम्मत चयन

    काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्। संसदीय दलको बैठकले सर्वसम्मत रुपमा यादवलाई नेता चयन गरेको सांसद प्रदीप यादवले जानकारी दिए। २१ जना सांसदहरुको उपस्थितिमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले यादवलाई नेताका रुपमा प्रस्ताव गरेका थिए। निवार्चन आयोगले पार्टी आधिकारिकताको विवाद  टुंग्याएसँगै यादवले आन्तरिक गतिविधि तीब्र पारेका छन्। सरकारमा सहभागी हुनुअघि यादवले संसदीय…

    विस्तृतमा पढ्नुस्

  • पार्टीमा ठाउँ छैन भन्ने केपी ओलीलाई माधव नेपालको काउण्टर : तर्सेर भाग्ने कुरा हुँदैन, मैदान छोडिँदैन

    पार्टीमा ठाउँ छैन भन्ने केपी ओलीलाई माधव नेपालको काउण्टर : तर्सेर भाग्ने कुरा हुँदैन, मैदान छोडिँदैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले तर्सेर नभाग्ने जवाफ फर्काएका छन्। काठमाडौं जिल्ला कमिटीलाई सम्बोधन गर्दै ओलीले नेपाललाई पार्टीमा ठाउँ नभएको बताएका थिए। ओलीलाई काउण्टर दिँदै नेता नेपालले मैदान छाडेर नभाग्ने बताएका हुन्। अखिल फोर्सको भेलालाई काठमाडौंको कार्की बैंकेटमा सम्बोधन गर्दै नेपालले भने,'तर्सेर भाग्ने कुरा आउँदैन। मैदान छाडने कुरा आउँदैन। सही तरिका अपनाउने कुरा हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई माधव नेपालको सुझाव : इमान्दार बन्नुस्, खोपको वाचा पुरा गर्नुस्

    देउवालाई माधव नेपालको सुझाव : इमान्दार बन्नुस्, खोपको वाचा पुरा गर्नुस्

    काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड १९ नियन्त्रणमा लाग्न आग्रह गरेका छन्। अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै नेपालले देउवा सरकार आफ्नो बोली अनुसार नचलेको बताए। उनले सरकारले भने अनुसारले काम नगरेको बताएका हुन्। नेपालले देउवा सरकारले नसकिने काम गर्छु भन्नु नहुने बताउँदै खोप प्राथमिकता भएको वाचा गरेकाले सबैलाई खोप पुर्‍याउन आग्रह गरे। नेपालले देउवालाई गठबन्धनको…

    विस्तृतमा पढ्नुस्

  • साथीलाई काठमाडौंबाट पर्सासम्म बोलाएर हत्या र लुटपाट : तीनजना समातिए, एक भारतीय नागरिक फरार

    साथीलाई काठमाडौंबाट पर्सासम्म बोलाएर हत्या र लुटपाट : तीनजना समातिए, एक भारतीय नागरिक फरार

    काठमाडौं : लुटपाट गरि हत्या गरेको अभियोगमा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ७ रामटोल बस्ने २५ वर्षीय राहुल महर्जन, २७ वर्षीय विक्की भन्ने दीप लामा तामाङ र  बाराको फेटा गाउँपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई नियन्त्रणमा लिएको हो। उनीहरु तीनजना सहित भारत घर भएका रवि सर्राफले मिलेर चिनजान…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण बढेपछि झापामा आजदेखि निषेधाज्ञा : घरबाट बाहिर निस्कन समेत रोक

    संक्रमण बढेपछि झापामा आजदेखि निषेधाज्ञा : घरबाट बाहिर निस्कन समेत रोक

    काठमाडौं : झापामा आजदेखि कडा निषेधाज्ञा गरिएको छ। निषेधाज्ञाको कारण सडक, बजार, व्यापारिक क्षेत्र सुनसान देखिएको छ। केही दिनदेखि झापामा संक्रमितको सङ्ख्या ह्वातै बढेपछि जिल्ला प्रशासनले कडा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्ने भन्दै प्रशासनले अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन समेत…

    विस्तृतमा पढ्नुस्

  • एमालेको आज स्थायी कमिटी, तीन एजेन्डामा हुँदै छलफल

    एमालेको आज स्थायी कमिटी, तीन एजेन्डामा हुँदै छलफल

    काठमाडौं : नेकपा एमालेको आज स्थायी कमिटी बैठक बस्दैछ। तुलसीलाल स्मृति भवन च्यासले ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिका अलावा तीनवटा एजेन्डाले प्राथमिकता पाउने छ। आजको बैठकको मुख्य एजेन्डामा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण रहेको छ। सत्ताबाट बाहिरिएलगत्तै नेकपा एमालेको पार्टीगत सक्रियता पनि बढ्दै गएको छ। पार्टीको संस्थापन समूह र  माधवकुमार नेपाल सहितको विद्रोही…

    विस्तृतमा पढ्नुस्

  • पूर्वयुवराज पारसले गरे ड्युटीमा रहेका प्रहरीलाई दुर्व्यवहार, ‘कारबाही नगरी सम्झाएर छाडियो’

    पूर्वयुवराज पारसले गरे ड्युटीमा रहेका प्रहरीलाई दुर्व्यवहार, ‘कारबाही नगरी सम्झाएर छाडियो’

    काठमाडौं : पटक-पटक प्रहरीसँगको विवादका कारण चर्चामा आउने पूर्वयुवराज पारस शाह फेरि विवादमा तानिएका छन्। शुक्रबार महाराजगञ्जस्थित नारायण गोपाल चोकमा ट्राफिक प्रहरीसँग गरेको अभद्र व्यवहारको कारण उनी चर्चामा आएका छन्। साँझतिर मोटरसाइकलमा आएका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि उनीले प्रहरीमाथि अभद्र व्यवहार गरेका हुन्। प्रहरीले पारसलाई रोकेर जान भन्दै आग्रह गरेका हन्छन्। तर, पूर्व युवराज पारसले ‘तैले हिँड्भन्दा जान्न म’ भन्दै प्रहरीमाथि हातपात गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणका फरार अभियुक्त भण्डारी पक्राउ

    ३३ किलो सुन प्रकरणका फरार अभियुक्त भण्डारी पक्राउ

    काठमाडौंः ३३ किलो सुन प्ररकणमा फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले झापा गौरादह नगरपालिका ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। शुक्रबार दिउँसो गौशालाबाट भण्डारीललाई विषेश सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो। २०७४ माघ ९ गते दुबईबाट तस्करी गरेर ल्याएको सुन प्ररकणमा प्रहरीका एसएसपीसहित ३०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell