PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • प्रशिक्षक अल्मुताइरी र उपाध्यक्ष नेम्वाङबीचको विवाद एन्फाले सकेन सुल्झाउन, छानबिनका लागि खेलकुद मन्त्रालयलाई आग्रह

    प्रशिक्षक अल्मुताइरी र उपाध्यक्ष नेम्वाङबीचको विवाद एन्फाले सकेन सुल्झाउन, छानबिनका लागि खेलकुद मन्त्रालयलाई आग्रह

    काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र पुरुष राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादबारेका निवेदनमा छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ। दुबैले एक अर्कामाथि छानबिनको माग गर्दै निवेदन दिएका थिए। प्रशिक्षक अल्मुताइरीले केही दिनअघि उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको बताएपछि विषय पेचिलो बनेको थियो। नेम्वाङले आरोप अस्वीकार गर्दै…

    विस्तृतमा पढ्नुस्

  • दार्चुला घटनाको छानबिन गर्न सरकारसँग कांग्रेसको माग

    दार्चुला घटनाको छानबिन गर्न सरकारसँग कांग्रेसको माग

    काठमाडौंः नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीले तुइन काटिदिएका कारण नदी पार गर्ने नेपाली युवा हराइरहेको घटनाको छानबिन गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न तथा भारतीय पक्षसँग सम्वाद गर्न सरकारसँग माग गरेको हो।  एसएसबीले तुइन काटिदिँदा व्यास गाउँपालिकाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन्।  पीडित नागरिकलाई न्याय दिलाउन तथा राहतको व्यवस्था गर्न पनि कांग्रेसले माग…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाललाई दोस्रो अध्यक्ष स्वीकार्न सकिन्न : ईश्वर पोखरेल

    माधव नेपाललाई दोस्रो अध्यक्ष स्वीकार्न सकिन्न : ईश्वर पोखरेल

    काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष स्वकार्न नसकिने बताएका छन्। शुक्रवार पार्टी कार्यालय थापाथलीमा आयोजित खिर खाने कार्यक्रममा पोखरेलले दोस्रो अध्यक्षको प्रस्ताव विधान विपरीत भएको दाबी गरे। उनले एकता लागि १० बुँदे सहमति भएको र त्यसलाई पालना गर्नुपर्ने बताए। 'पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैनन् । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली…

    विस्तृतमा पढ्नुस्

  • थप ३६११ जनामा कोभिड-१९ संक्रमण, २७ जनाको मृत्यु

    थप ३६११ जनामा कोभिड-१९ संक्रमण, २७ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोभिड-१९ संक्रमण पुष्टी भएको छ।  १४ हजार ६६१ जनाको नमुना परीक्षणका क्रममा २४.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। कुल परीक्षण मध्ये ९ हजार ७८३ जनाको पसीआर परीक्षण गर्दा २५.२१ प्रतिशत अर्थात २ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै ४ हजार ८७८ जनाको एन्टिजेन…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशका तीनजना मन्त्री प्रदेशसभा सांसदबाट भए पदमुक्त

    लुम्बिनी प्रदेशका तीनजना मन्त्री प्रदेशसभा सांसदबाट भए पदमुक्त

    बुटवल : जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३ जना सांसद पदमुक्त भएका छन्। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन्। सांसदबाट पदमुक्त भएका तीनै जना प्रदेश सरकारका मन्त्री पनि हुन्। जनता समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता सहसराम यादव र प्रमुख सचेतक पुरमती ढेँगा…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली नदीमा जिप खस्दा आमाबुबा बेपत्ता, तीन छोराछोरीको उद्धार

    कर्णाली नदीमा जिप खस्दा आमाबुबा बेपत्ता, तीन छोराछोरीको उद्धार

    कैलालीः कैलालीमा जिप दुर्घटना भई कर्णाली नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। मोहन्याल गाउँपालिका ७ बाँका स्थित चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा जिप दुर्घटना भएको हो। पाँच जना सवार रहेको जिप ब्याक गर्ने क्रममा नदीमा खस्दा दुई जना बेपत्ता भएकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रकरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार डोटीको आदर्श गाउँपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण शंकर पोखरेल सरकारद्वारा बहिष्कार

    प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण शंकर पोखरेल सरकारद्वारा बहिष्कार

    बुटवल : अमिक शेरचनले आज लुम्बिनी प्रदेश प्रमुखका रुपमा पदभार ग्रहण गरेका छन्। बुटवलमा प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दा शेरचनको स्वागतमा प्रदेश सरकारका कोही पनि मन्त्री पुगेनन्। यसअघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालीन आन्तरिक मामिला तथा योजना मन्त्री कूलप्रसाद केसी पदभार ग्रहणमा पुगेका थिए। यादवको विदाइमा भने मुख्यमन्त्री शंकर पोखरेल आफैँ सहभागी भएका थिए। तर, नयाँ प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • ११६ देशमा रोजगारीका लागि ७२ हजारले लिए श्रम स्वीकृति, कोभिडका कारण ६२ प्रतिशतले कमी

    ११६ देशमा रोजगारीका लागि ७२ हजारले लिए श्रम स्वीकृति, कोभिडका कारण ६२ प्रतिशतले कमी

    काठमाडौं : कोभिड-१९ को लकडाउनसँगै हवाइ यात्रामा लागेको प्रतिवन्ध पछि वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्यामा कमी भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा नयाँ श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य गिरावट आएको हो। आर्थिक वर्ष २०७७/७८ मा २०७६/०७७ को तुलनामा श्रम स्वीकृति लिनेको संख्या ६२.१५ प्रतिशतले कमी आएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्ष २०७७/७८ मा नयाँ श्रम…

    विस्तृतमा पढ्नुस्

  • ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा प्रहरीको छापा, एक जना समातिए

    ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा प्रहरीको छापा, एक जना समातिए

    काठमाडौं : प्रहरीले काठमाडौंको ठमेलस्थित एक रक्सी फ्याक्ट्रीमा प्रहरीले छापा मारेको छ। ज्याठा चोकबाट नजिकै रहेको चिनियाँ नागरिकले संचानल गरेको फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो। 'गैर कानुनी रूपमा उत्पादन गरेको पाइएकाले छापा हानेका छौँ। थप घटनाको बारेमा बुझ्दैछौं,' महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले भने। रक्सी कहाँ कहाँ बिक्री हुन्थ्यो? कति मानिस फ्याक्ट्रीमा कार्यरत थिए भन्ने लगायतका कुरा खुलिसकेको छैन। अहिले…

    विस्तृतमा पढ्नुस्

  • टोकियो ओलम्पिकमा सकियो नेपालको प्रतिस्पर्धा

    टोकियो ओलम्पिकमा सकियो नेपालको प्रतिस्पर्धा

    काठमाडौं: जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको सहभागिता सकिएको छ। आज एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले सहभागिता जनाएसँगै नेपालको तर्फबाट सहभागिता टुंगिएको हो। आज बिहान सम्पन्न खेलमा चौधरीले १०० मिटरको दौड १२.९१ सेकेन्डमा पुरा गरेकी थिइन्। त्यस्तै पौडीवाज गौरिका सिंह र अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाउँदै राष्ट्रिय कीर्तिमान बनाउन सफल भए। त्यसबाहेक जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले पनि सहभागिता…

    विस्तृतमा पढ्नुस्

  • एन्फा कार्यकारी समितिको आपतकालीन बैठक आज, अलमुताइरी राजीनामा प्रकरण मुख्य एजेन्डा

    एन्फा कार्यकारी समितिको आपतकालीन बैठक आज, अलमुताइरी राजीनामा प्रकरण मुख्य एजेन्डा

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्याकारी समितीको आपतकालिन बैठक बस्दैछ। सातदोबाटो स्थित एन्फा मुख्यालयमा आज दिउँसो ४ बजेलाई समितिको बैठक बोलाइएको हो। बैठकमा मुख्य दुई वटा विषयलाई मुख्य एजेन्डा बनाइएको  एन्फाका प्रवक्ता किरण राईले बताए। जसमा पहिलो प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरणको सन्दर्भमा र दोस्रो साफ फुटबल आयोजनाको सन्दर्भमा रहने छ। आधिकारिक राजीनामा नदिए पनि अलमुताइरी प्रकरणलाई बढी चासोका रुपमा हेरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • झापामा आज राति १२ बजेदेखि कडा निषेधाज्ञा, घरबाट बाहिर निस्कन रोक

    झापामा आज राति १२ बजेदेखि कडा निषेधाज्ञा, घरबाट बाहिर निस्कन रोक

    काठमाडौंः केही दिनदेखि झापामा संक्रमितको सङ्ख्या ह्वातै बढेपछि जिल्ला प्रशासनले आज राति १२ बजेदेखि कडा निषेधाज्ञा गर्ने भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै आज राति १२ बजेदेखि साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्ने भन्दै प्रशासनले अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन समेत रोक लगाएको छ। त्यस्तै अत्यावश्यक सेवा प्रवाह गर्ने…

    विस्तृतमा पढ्नुस्

  • सात दिनमा थपिए २७२९ सक्रिय संक्रमित, अघिल्लो साताको तुलनामा पछिल्लो सात दिनको वृद्धिदर २२७ प्रतिशत

    सात दिनमा थपिए २७२९ सक्रिय संक्रमित, अघिल्लो साताको तुलनामा पछिल्लो सात दिनको वृद्धिदर २२७ प्रतिशत

    काठमाडौं: लकडाउन खुकुलो हुँदै जाँदा नेपालमा सक्रिय संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ। अघिल्लो सात दिनको तुलनामा पछिल्लो सात दिनमा सक्रिय संक्रमितको वृद्धिदर २२७.२२ प्रतिशतले बढी छ। साउन ७ गते २७ हजार ३७५ सक्रिय सक्रिमत १४ गते आइ पुग्दा ३० हजार ३९० पुगेको छ। यो संख्या साउन १ गते २६ हजार ८२७ थियो। पछिल्लो सात दिनमा मात्र दुई हजार…

    विस्तृतमा पढ्नुस्

  • थप ३३ सय ६५ जनामा संक्रमण, १४ जनाको गयो ज्यान

    थप ३३ सय ६५ जनामा संक्रमण, १४ जनाको गयो ज्यान

    काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ६५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। १४ हजार २ सय ४२ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण देखिएको हो।  कूल परीक्षण गरिएकामध्ये संक्रमित हुनेको संख्या करिब २४ प्रतिशत हो। आरटी पीसीआरबाट परीक्षण गर्दा २ हजार ३ सय ३५ जनामा संक्रमण देखिएको हो। त्यसैगरी एन्टीजेन परीक्षणबाट १ हजार…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले बालबालिकामा परेको ‘डिजिटल प्रभाव’बारे अध्ययन गर्न संसदीय समितिको निर्देशन : अनाथ बालबालिकाको संरक्षण गर्नुु

    लकडाउनले बालबालिकामा परेको ‘डिजिटल प्रभाव’बारे अध्ययन गर्न संसदीय समितिको निर्देशन : अनाथ बालबालिकाको संरक्षण गर्नुु

    काठमाडौं : प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले कोभिड-१९ को संक्रमणसँगै बालबालिकामा परेको ‘डिजिटल प्रभाव’को बारेमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीवार समितिले कोभिड-१९ को सन्निकट सम्भावित तेश्रो लहर र बालबालिकामा पर्नसक्ने भनिएको प्रभाव सम्बन्धी कार्यसूचीमा रहेर मन्त्रालयका सचिवहरु, बाल अधिकार परिषद्का कार्यकारी निर्देशकसहितका पदाधिकारीसँग छलफल गरेको थियो। ‘कोरोना महामारीबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षक अलमुताइरीले छानविनको माग गर्दै एन्फामा दिए निवेदन

    प्रशिक्षक अलमुताइरीले छानविनको माग गर्दै एन्फामा दिए निवेदन

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले छानविनको माग गर्दै अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दिएका छन्। साउन १० गते राजीनामा दिने सामाजिक सञ्जालबाट घोषणा गरेका अलमुताइरीले आज एन्फामा दुई सञ्चारकर्मी र वरिष्ठ उपाध्यक्षसँगको विवादबारे छानविन गर्न भन्दै निवेदन दिएका हुन्। 'दुई जना पत्रकारको विषय र वरिष्ठ उपाध्यक्षसँगको विषयमा आवश्यक छानविन होस भनेर निवेदन दिनु भएको छ,'…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दौडधुप : बालुवाटारमा देउवालाई भेटेर कोटेश्वरमा नेपालसँग छलफल

    प्रचण्डको दौडधुप : बालुवाटारमा देउवालाई भेटेर कोटेश्वरमा नेपालसँग छलफल

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेताहरुसँगको संवादलाई तीब्र बनाएका छन्। बिहीवार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका प्रचण्डले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि लगत्तै भेटेका छन्। नेता नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। मन्त्रिपरिषद बिस्तारबारे नेपालसँग प्रचण्डले छलफल गरेका थिए। नेपालले छलफलका…

    विस्तृतमा पढ्नुस्

  • महिलाका मुद्दा उठाउँदा ‘झगडालु’ को आरोप लाग्छ सांसदलाई

    महिलाका मुद्दा उठाउँदा ‘झगडालु’ को आरोप लाग्छ सांसदलाई

    काठमाडौं : ‘बाल विवाह तथा दाइजो प्रथा विरुद्ध आवाज उठाएबापत बिचल्लीमा परेकी युवती म,’ पर्सा वीरगन्जकी युवती रिंकु ठाकुर जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुसँगको भर्चुअल अन्तरक्रियामा भन्दै थिइन्, ‘घर छोड्दा १७ वर्षकी थिएँ। घर छोडेको पाँच वर्ष भयो, यसबिचमा मेरो जीवनमा धेरै अप्रिय घटनाहरु भए, तर कुनै निकायको चासो भएन।’ नेपाल एफ एम नेटवर्क र संयुक्तराष्ट्रसंघीय विकास परियोजना (यूएनडीपी)को सहकार्यमा प्रदेश–२…

    विस्तृतमा पढ्नुस्

  • किन दाँतले टोक्छन् खेलाडीले मेडल?

    किन दाँतले टोक्छन् खेलाडीले मेडल?

    आफ्नो विधामा माथिल्लो पदक जितेपछि हर्षित खेलाडीहरु पोडियममा गएर मेडल ग्रहण गर्छन् र दाँतको बिचमा टोकेर राख्छन्। टोकियो ओलम्पिक होस् या अरु कुनै प्रतियोगिता, यस्ता दृश्य सबैले देखिरहेकै हुन्छन्। तर किन टोक्छन् भन्नेमा चाहिँ खासै चासो देखिन्न। अहिले जारी टोकियो ओलम्पिकमा चाहिँ यसको सन्दर्भ अलि फरक छ। त्यसैले त केही दिन अघि टोकियो ओलम्पिकको अफिसियल पेजमा एउटा ट्वीट आयो - खेलाडीले प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • मेयर पराजुलीविरुद्ध प्रदर्शन, लाग्यो चर्का नारा

    मेयर पराजुलीविरुद्ध प्रदर्शन, लाग्यो चर्का नारा

    विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरूद्ध महानगर भवन अगाडि बिहीवार प्रदर्शन गरिएको छ। प्रमुख पराजुलीले बुधवार राति एक कार्यकर्ताका घरमा आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लेकार्ड देखाएका थिए। उनीहरूले मेयर पराजुलीविरूद्ध नारावाजी समेत गरेका थिए। बुधवार राति विराटनगरको मुनाल पथमा स्थानीय काङ्ग्रेसी विमल राजभण्डारीका घरमा सुटुक्क भेरोसेल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell