काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पूर्व प्रदेश प्रमुखहरुलाई नै फिर्ता ल्याउने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रदेश २ मा तिलक परियार र गण्डकीमा अमिक शेरचनलाई ल्याउने निर्णय गरेको हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै जनालाई प्रदेश प्रमुखबाट हटाएको थियो। ओलीले गरेका निर्णयलाई उल्ट्याएको सन्देश दिन…
काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गर्दै उच्च अदालतले महरा निर्दोष रहेको फैसला दिएको हो। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका महरालाई संघीय संसद सचिवालयमा कार्यरत एक महिलाले करणी गरेको आरोप थियो। सभामुख हुँदा सरकारी आवासबाट पक्राउ परेका महरालाई २०७६ साल फागुनमा जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको थियो।…
बुटवल : दाङको तुल्सीपुर उपमहानगरपालिका–७ पर्सेनीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बाटो निर्माणका लागि खनिएको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँका ३८ वर्षीय चुडामणि भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए। तुल्सीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल ह्युम पाइप बिच्छ्याउन खनिएको खाल्डोमा खसेको थियो।
काठमाडौं : विवादित बन्दै आएको नेपाली कांग्रेसको क्रियाशील सदस्यताबारे छानविन गर्न गठित समितिले आज पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन हस्तान्तरण गरेको छ। नेता रमेश लेखकको संयोजकत्वमा गठित समितिले आज पदाधिकारी बैठकमा प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रधानमन्त्री देउवाको निवास बुढानीलकण्ठमा आज कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक बसिरहेको छ। १४ औं महाधिवेशनको कार्यतालिकाबारे बैठकमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव…
सोमबार टोकियो ओलम्पिक अन्तर्गत फेन्सिङ खेल हुँदै थियो। उक्त खेलमा अर्जेन्टिनी फेन्सर मारिया बेलेन पेरेज माउराइसले पदक जित्न सकिन्न। तर, खेलमा पराजित भएपनि सो दिन उनको जीवनको निकै सुखद् दिन रह्यो। ३६ वर्षीया खेलाडी मारियाले पदक बिहिन भएपनि 'औंठी' का साथ टोकियो छाड्दैछिन्। मारिया पोस्ट म्याच कन्फरेन्समा थिइन्। हंगेरीकी खेलाडी आन्ना मार्टोनसँग १५-१२ ले उनी पराजित भएपछि उनी मिडियासँग कुराकानी…
काठमाडौं : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणले कोरोना संक्रमितको संख्या बढेकोमात्र नभइ दोस्रो लहर समाप्ततिर गइनसकेको संकेत गरेको छ। प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा हिजो ३ सय ८० जनामाथि परीक्षण गर्दा १ सय ३० जनामा कोभिड १९ को संक्रमण पोजेटिभ देखियो। यो परीक्षणको ३४ प्रतिशतभन्दा बढी हो। पूर्वी नेपालको झापा अहिले हटस्पटका रुपमा उदाएको छ भने सँगैका जिल्लाहरुमा पनि संक्रमण…
भारतको असम र मिजोरम राज्यबीचको सीमा विवादमा ६ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरु सबै असम राज्यका प्रहरी रहेको बताइएको छ। घटनामा परी ८० भन्दा बढी मानिसहरु घाइते भएको बताइएको छ। असमको कछार जिल्लाको सीमामा विवाद हुँदा उक्त घटना भएको थियो। कछारको सीमामा असम र मिजोरम दुबै राज्यका नागरिक र प्रहरी झडपमा उत्रिएका थिए। सोमवार भड्किएको दंगामा असमका ६ जना…
काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यादव पक्षलाई आधिकारिकता प्रदान गरेको जानकारी दिए। निर्वाचन आयोगमा सोमवार भएको केन्द्रीय कार्यकारिणी समितिको सनाखद पश्चात आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो। सनाखदका क्रममा जसपा बन्दाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिक मान्दै निर्वाचन आयोगले सनाखदका लागि सबै सदस्यलाई आयोगमा बोलाएको थियो। …
काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताको विषयमा सांसद रेशम चौधरी तटस्थ बस्ने भएका छन्। कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्याइएको थियो। आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन्। जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका…
काठमाडौं : नेपाली कांग्रेसको ललितपुर जिल्ला सचिव भीमसेन घिमिरेको मृत्यु भएको छ। जिल्ला कार्य समिति ललितपुरका सचिव घिमिरेको ४७ वर्षको उमेर आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। घिमिरे २०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए। नेपाल विद्यार्थी संघबाट राजनीतिक थालेका उनको निधनप्रति नेपाली कांग्रेसका…
बुटवल : नेपालबाट भारत पुगेका चार जना बालबालिकाहरुको उद्धार गरिएको छ। प्रवासी नेपाली मित्र मञ्च, भारत तथा मानव कल्याण मित्र मञ्च नेपालले तीनजना बालक र एकजना बालिकाको उद्धार गरेको हो। बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरका ९ वर्षीय रोशन वादी, ७ वर्षीय विशाल वादी, ५ वर्षीय पूजा वादी र बैतडीको पाटन नगरपालिका–४ वस्तीका १५ वर्षीय प्रकाशसिंह महरा (नरेश) लाई उद्धार गरेर नेपाल…
वीरगंज : जंगली हात्तीको आक्रमणमा परी प्रदेश २ को सर्लाही जिल्लामा फेरि एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हरिवन नगरपालिका – ४ की ६२ वर्षीया तेतरी खातुन रहेकी छिन्। उनलाई आज बिहान २ बजे हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। गाउँकै आभाष रायको घरमा विवाह हेर्न जाने क्रममा बाटोमा जंगली हात्तीले अचानक आक्रामण गरेको हो। गम्भीर घाइते भएकी…
काठमाडौं : सांसद रेशम चौधरीले कारागारबाट पार्टीको आधिकारिताका लागि सनाखत नगर्ने भएका छन्। सनाखत गर्न आज बिहान डिल्लीबजार कारागार पुगेका निर्वाचन आयोगका कर्मचारीलाई आफू कारागारमा बसेर सनाखत नगर्ने भन्दै फर्काइदिएका हुन्। सांसद चौधरीले आयोगमा नै गएर सनाखत गर्ने अडिक लिएका छन्। 'आयोगका कर्मचारी पत्र लिएर सनाखत गर्न आउनु भएको थियो। तर, उहाँले मान्नु भएन। आयोग नै जाने भन्नुभएको छ,' कारागारका एक…
काठमाडौँः नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष श्रेष्ठले शपथ लिएका हुन्। शपथपछि उनले पदभार पनि ग्रहण गरेका छन्। आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्। राज्यमन्त्री नियुक्त गरे पनि मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन्।
काठमाडौंः नेपाल वायुसेवा निगमको निजीकरण प्रक्रिया तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजीकरण प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘दवै पक्षको छलफलबाट अन्तरिम आदेशको सम्बन्धमा निर्णय हुनुअघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु, निजीकरणका सम्बन्धमा…
काठमाडौं : जनता समाजवादी पार्टीको विवादमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयको सक्कल फाइल मगाएको छ। जसपाको विवादका सम्बन्धमा निर्वाचन आयोगले भोली (सोमवार) जसपाको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएसँगै त्यसलाई रोक्न महन्थ ठाकुर पक्ष अदालत पुगेको थियो। न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ। रिट माथि सुनुवाई गर्दै ध्यायाधीश रेग्मीको इजलासले अन्तरिम…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टी भएको हो। १० हजार ५ सय ६९ जनाको आरटी पिसिआर र ३ हजार २ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको…
काठमाडौंः प्रहरीले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो बिगारेर टिकटक बनाएको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ बस्ने सोमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए। घिमिरेलाई झापा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो बिगारेर भिडिओ बनाइ टिकटकमा अपलोड गरेका थिए। उनी…
काठमाडौः काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप गरिएको छ। आज उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १० दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेका हुन्। ' संक्रमणलाई हेरेर थप १० दिन निषेधाज्ञा गरिने निर्णय भएको छ। अन्य कुराहरु भने परिवर्तन गरिएको छैन,' जिल्ला प्रशासन कार्यालय काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले भने। निषेधाज्ञा गरिएका अन्य क्षेत्र भने यसपटक पनि खुल्ला गरिएको छैन। सबै प्रकारका…
काठमाडौं : अखिल नेपाल फुटवल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङले आफ्ना कारणले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकले राजीनामा दिएको भनाईको खण्डन गरेका छन्। बिनाआधार मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूलाई दोष दिएर राजीनामा गरेको नेम्बाङको दाबी छ। आइतवार अलमुताइरीले नेम्बाङलाई आरोप लगाउँदै पदबाट राजिनामाको घोषणा गरेका थिए। 'फलानका कारणले यस्तो भयो। मुख्य प्रशिक्षक जस्तो व्यक्तिले त्यही संस्थाको उपाध्यक्षलाई आरोप…