काठमाडौं : प्रधानमन्त्री शेरवहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिती खोजेका छन्। ‘यहाँ विपक्षी दलका नेता हुनुहुन्न,’ सम्बोधनको सुरुमै देउवाले एमाले अध्यक्ष ओलीको उपस्थिति खोज्दै भने। त्यसपछि प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका तर्फबाट बोलेका एमालेका उपनेता सुवास नेम्वाङको उपस्थिति खोजे देउवाले। प्रधानमन्त्री देउवाले बोल्ने बेला नेम्वाङ बैठकबाट बाहिरिइसकेका थिए। ‘उपनेता पूर्व सभामुख पनि…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै मध्यम तथा लामो दुरीको सार्वजनिक सवारी संचालन गर्न यातायात व्यवसायीहरुलाई अनुरोध गरेको छ। गृह मन्त्रालयले साउन ५ गते सबै जिल्लालाई परिपत्र गर्दै मध्यम तथा लामो दुरीका सार्वजनिक सावारी चलाउन सहजिकरण गर्न परिपत्र गरेको थियो। गृह मन्त्रालयको परिपत्रअनुसार नै मध्य तथा लामो दुरीका सार्वजनिक सवारी चलाउन जिल्लाहरुले यातायात व्यवसायीलाई अनुरोध गरेका हुन्। साउन…
हेटौंडा : वाग्मती प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्टेसन म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (टीएमआइएस) शुक्रवारदेखि कार्यान्वयनमा ल्याएको छ। यस प्रणाली कार्यान्वयनमा ल्याउने वाग्मती पहिलो प्रदेश हो। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना मन्त्तालयले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्घाटन…
पोखरा : गण्डकी प्रदेशका नवनियुक्त छ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। आज शुक्रवार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराइन्। आज सपथ लिएका मन्त्रीमा सत्तारूढ नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा पर्यटन, उद्योगमा, मेखलाल श्रेष्ठ, शिक्षा संस्कृति र विज्ञान र विन्दुकुमार थापाले कानुन, सञ्चार मन्त्रालयको जिम्मा पाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रबाट सांसद रामजी बरालले अर्थ…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहंकारले कम्युनिस्ट आन्दोलन कमजोर भएको बताएकी छिन्। पार्टीका अध्यक्ष केपी ओलीका गतिविधिप्रति कठोर अभिव्यक्ति दिँदै आएकी माधवकुमार नेपाल समूहकी नेता शाक्यले भनिन्, 'एउटा नेताका कारण व्यवस्था झन्डै गुमेको।' तुलशीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको कडा आलोचना गरिन्। 'बादरको मुकुटो लगाएर किन सडकमा पठाइयो?,' उनले ओली पक्षीय…
पोखरा : गण्डकी प्रदेश सरकारले मन्त्री बन्नेको नाम टुंगाएको छ। प्रदेशमा सत्तारूढ नेपाली कांग्रेसका तर्फबाट मणिभन्द्र शर्मा र मेखलाल श्रेष्ठ र विन्दुकुमार थापालाई मन्त्री बनाउने निर्णय गरेको छ। यसअघि नेपाली कांग्रेसबाट डोवाटे विक मन्त्री बन्ने चर्चा थियो। तर, अहिले उनको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको छ। यता नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले बिहिवार नै रामजी बराल, चन्द्रबहादुर बुढा र…
काठमाडौं : सुदूर पश्चिमका सांसदहरुको चर्को दवावपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने निर्णय गरेका छन्। उनको राजीनामा फिर्ता नभए आफूहरुले पनि राजीनामा गर्ने भन्दै सुदूर पश्चिम प्रदेशससभाका १७ एमाले सांसदहरुले दवाव दिएका थिए। स्वस्थ,मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।सार्वभौम जनता,मतदाता,राजनीतिक नेता,कार्यकर्ता,जनप्रतिनिधि,बुध्दिजीवी,आफन्त र शुभेच्छुकहरूको व्यापक…
काठमाडौं : आगलागी सम्बन्धी प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाको बारुण यन्त्र इकाईलाई विभिन्न अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीको शहरी विपद् पूर्वतयारी परियोजना मार्फत सो सामग्री प्रदान गरिएको हो। युएनडीपीले अग्नि नियन्त्रणका लागि फायर पीपीई सेट, अक्सिजन सिलिण्डर, होज पाइप, फायर एसकेप मास्क, फायर गगल, बोल्ट कटर, फायर एक्स र उद्धारका लागि फायर…
काठमाडौं: जापानको टोकियोमा आजबाट औपचारिक रुपमा सुरु हुने ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदैछन्। ओलम्पिकमा नेपालको तर्फबाट पौडीमा गौरिका सिंह र अक्जेन्डर शाह, शुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट सुरुमै जापान पुगेका पौडीका अलेक्जेन्डर शाह र ब्रिटेनबाट सिधै जापान पुगेकी कीर्तिमानी खेलाडी गौरिका सिंहले टोकुसिमामा अभ्यास गरेका थिए। त्यस्तै सुटिङकी कल्पना परियारले…
टोकियो ओलम्पिक अन्तर्गत आज सम्पन्न समूह डी को खेलमा ब्राजिल यू २३ ले जर्मनी यू २३ लाई हराएको छ। योकोहामा स्टेडियममा सम्पन्न खेलमा रिचार्लिसनको ह्याट्रिकमा ब्राजिलले जर्मनीमाथि ४-२ गोलअन्तरको जित निकालेको हो। खेलको सातौं मिनेटमै रिचार्लिसनको गोलमा अग्रता बनाएको ब्राजिलका लागि २२ औं मिनेटमा रिचार्लिसनले नै दोस्रो गोल थपे। त्यस्तै ३० औं मिनेटमा रिचार्लिसनले नै अर्को गोल गर्दै ह्याट्रिक पुरा…
काठमाडौं : नेकपा (एमाले)का २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीकै कारण शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको स्पष्टीकरण तयार पारेका छन्। ओलीले बुधवार २४ घण्टाको समय राखेर २२ जनालाई स्पष्टीकरण पत्र पठाएका थिए। जवाफमा सांसदहरुले संसद् जोगाउन विपक्षी दलको नेताको पक्षमा मत दिएको उल्लेख गरेका छन्। ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने तर पदबाट राजीनामा नदिएपछि विश्वासको मत दिन बाध्य भएको उल्लेख…
काठमाडौं : महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदैँ छ। असार १५ देखि तीजका गीतहरु रिलिज हुन थालेका हुन्। कोरोना महामारीबीच पनि तीजका गीतको संख्यामा कमी आएको छैन। अहिले पनि तीजका गीतहरु आउने क्रम जारी नै छ। कमला घिमिरे र सचिन परियारको तीज गीत ‘बाउआमा सजाय-३’ यो साताको अत्यधिक भ्युज कमाउने गीतमा परेको छ। यो गीतलाई रिलिज भएको ६ दिनमै २३…
काठमाडौं : सरकारी निवास बालुवाटारमा पार्टीका गतिविधि नगर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका हरेक गतिविधि बालुवाटारबाटै संचालन गर्दै आएको परम्परालाई नेपाली कांग्रेसले तोड्ने निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालय समेत खासै नगई ओलीले सरकार, पार्टी र गुटको गतिविधि पनि सरकारी निवासमै गरेकोमा चर्को आलोचना हुँदै आएको थियो। 'विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक…
टोकियो ओलम्पिक अन्तर्गत आज सम्पन्न पुरुष फुटबल अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिको यू २३ टिमले फ्रान्स यू २३ टिमलाई हराएको छ। जापानमा जारी प्रतियोगितामा आज सम्पन्न खेलमा मेक्सिकोले ४-१ ले खेल आफ्नो पक्षमा पारेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा भेगा एलेक्सिसले लाइनेज डिएगोको पासमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। त्यस्तै ५५ औं मिनेटमा कोरडोभा सेबस्टेइनले मेक्सिकोको अग्रता…
काठमाडौं : अन्तर मन्त्रालय समन्वय नहुँदा कोभिड १९ को तेस्रो लहरले नराम्ररी प्रभाव पार्ने सम्भावना बलियो बन्दै गएको छ। गृह मन्त्रालयको सर्कुलर र स्वास्थ्य मन्त्रालयको चेतावनी परस्पर बाझिनेगरी सार्वजनिक भएको छ। गृह मन्त्रालयले निषेधाज्ञा थप खुकुलो बनाउँदै लामो र मध्यम दुरीका यातायात निर्वाध सञ्चालनको लागि निर्देशन जारी गरिरहँदा स्वास्थ्य मन्त्रालयले भनिरहेको छ - 'यो महामारीमा भाइरस विरुद्धको युद्ध कुनै व्यक्ति,…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रसले दमनकारी नीति स्थापनाकालदेखि नै लिएको आरोप लगाएका छन्। पुष्पलालको स्मृति दिवसमा ललितपुरको च्यासलमा भएको कार्यक्रममा उनले नेपाली कांग्रेसले आफूसँग सहकार्य नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले कांग्रेस सुरुवातदेखि नै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न तयार नभएको आरोप लगाए। उनले अहिले पनि कांग्रेस प्रतिक्रियावादीसँग मिलेको टिप्पणी गरे। 'लोकतन्त्रवादी सँग नमिल्ने दमनकारीसँग मिल्ने नीति…
काठमाडौंः चितवनमा एक पुरुष मृत अवस्थामा फेला परेका पुरुषको सनाखत भएको छ। मृतक धादिङ नीलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय भरत गुरुङ भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिए। मृत भेटिएका गुरुङ नेपाली सेनामा कार्यरत भएको समेत खुलेको छ। उनी नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत भएको डीएसपी थापाले बताए। आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर…
जब ओलम्पिकमा सिनियर खेलाडीको चर्चा आउन थाल्छ, टोकियो पुगेका अस्ट्रेलियाकी म्यारी हान्ना, अमेरिकाकी कार्ली लोयड लगायतका खेलाडीले प्रमाणित गर्दिन्छन्: एज इज जस्ट अ नम्बर। अमेरिकी फुटबलर कार्ली लोयडको उमेरलाई लिएर विभिन्न चर्चा चल्ने गर्छ। अहिले ३९ वर्षे उनी टोकियो पुगेकी छिन् ओलम्पिक खेल्नका लागि। तर उनी जारी ओलम्पिककी सिनियर खेलाडी होइनन्। न त टोकियोमा फुटबल खेल्ने खेलाडी मध्येमा नै। हिजो…
काठमाडौं : यातायात व्यवसायीहरुले आज ७ बुँदे माग सहित हड्ताल गर्दा राजधानीको यातायात मात्र बिथोलिएन, अराजकताको अवस्था नै देखियो। चलिरहेका सार्वजनिक सवारी साधानलाई समेत प्रर्दशनकारीले रोकेर अवरोध पुर्याउने मात्र होइन, पठाओका चालकमाथि पनि मुक्काबाजीमा उत्रिए आन्दोलनकारी। शान्ति पूर्ण भनिएको हड्ताल अराजक बन्न पुग्यो। सडकमा सवारी तेर्स्याएर निजि सवारी साधानलाई समेत ठाउँ ठाउँमा अवरोध पुर्याए यातायात व्यवसायीको संगठनका समूहहरुले। पठाओ चालक उनीहरुको निसानामा परिरहे।…
१२ वर्षीया सिरियन टेबलटेनिस खेलाडी हेन्ड जाजाले टोकियो ओलम्पिककी सबैभन्दा कान्छी प्रतिस्पर्धीका रुपमा सहभागिता जनाउँदै छिन्। सन् २०२० को फेब्रुअरीमा जोर्डनमा सम्पन्न वेस्टन एसिया ओलम्पिक क्वालिफाइङमा पाँच मध्ये चार खेलमा जित निकाल्दै उनी ११ वर्षमो उमेरमा ओलम्पिकका लागि क्वालिफाइ भएकी थिइन्। टोकियो ओलम्पिकमा उनले टेबलटेनिस महिला सिंगलतर्फ प्रतिस्पर्धा गर्नेछिन्। इन्टरनेशनल टेबलटेनिस फेडेरेसनका अनुसार उनको जन्म २००९ जनवरी १ मा भएको हो। उनी टेबलटेनिसको वरीयतामा १५५…