PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • १८ अर्बको सामान नेपाल भित्रिँदा निर्यात भने शून्य : उत्तरी नाकाबाट पनि भित्रन थाले गाडी

    १८ अर्बको सामान नेपाल भित्रिँदा निर्यात भने शून्य : उत्तरी नाकाबाट पनि भित्रन थाले गाडी

    रसुवा : नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमशः वृद्धि भइरहेको जनाएको हो। कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार यसरी आयात भएका सवारी साधनमा किसानले प्रयोग गर्ने हाते…

    विस्तृतमा पढ्नुस्

  • यात्रु बोकिरहेका गाडीमै महासंघको अवरोध, यात्रुहरु परे चर्को मर्कामा

    यात्रु बोकिरहेका गाडीमै महासंघको अवरोध, यात्रुहरु परे चर्को मर्कामा

    काठमाडौं : यातायात व्यवसायीहरुले आज ७ बुँदे माग सहित हड्ताल गर्दा राजधानीको यातायात अव्यवस्थित बन्यो।  सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै सडक अस्तव्यस्त बनाएका हुन्।  उनीहरुको गतिविधिका कारण यात्रुहरु अलपत्र…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा एक पुरुष मृत फेला, घटनास्थल नजिकै भेटिएको गोलीको खोका

    चितवनमा एक पुरुष मृत फेला, घटनास्थल नजिकै भेटिएको गोलीको खोका

    काठमाडौंः चितवनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित सिमल डाँडा खेत नगरमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। शवको सनाखत हुन सकेको छैन। टाउकामा गोली लागेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। प्रहरीले घटनास्थल नजिकै गोलीको खोका समेत भेटिएको जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • थप २८३८ जना कोभिड-१९ संक्रमित पहिचान, परीक्षणको २२.५ प्रतिशतमा संक्रमण

    थप २८३८ जना कोभिड-१९ संक्रमित पहिचान, परीक्षणको २२.५ प्रतिशतमा संक्रमण

    काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ८३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको कुल परीक्षणमा १२ हजार ६१६ परीक्षण गर्दा २२.५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। यसबीच ८ हजार ७१५ जनाको आरटी-पीसीआर परीक्षण गर्दा एक हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै तीन हजार ९०१ जनाको एन्टिजेन परीक्षण गर्दा ९२० जनामा…

    विस्तृतमा पढ्नुस्

  • ओलीले सोधेको स्पष्टीकरणलाई माधव नेपाल समूहको जवाफ : किन सोधेको? सोध्ने विषय नै होइन

    ओलीले सोधेको स्पष्टीकरणलाई माधव नेपाल समूहको जवाफ : किन सोधेको? सोध्ने विषय नै होइन

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको प्रतिक्रिया पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले ह्वीप लगाउन नसक्ने र अरु विषयलाई जोडेर अहिले स्पष्टीकरण सोध्नुको औचित्य नभएको उनीहरुको तर्क छ। बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकपछि नेता रघुजी पन्तले स्पष्टीकरण सोधेर बखेडामात्र झिकेको बताए। उनले पार्टी एकता विपरीत…

    विस्तृतमा पढ्नुस्

  • सरकारले आयात प्रतिबन्ध लगाएको रेडबुल बिक्री, प्रहरीले छापा मार्दा चार जना समातिए

    सरकारले आयात प्रतिबन्ध लगाएको रेडबुल बिक्री, प्रहरीले छापा मार्दा चार जना समातिए

    काठमाडौंः सरकारले आयत गर्न प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुल बिक्री गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाले  काठमाडौँका विभिन्न ठाउँमा छापा मार्दा बिक्री गरेको पाइएपछि चार जनालाई नियन्त्रणमा लिएको हो। काठमाडौंको न्यूरोड,सिनामंगल, पुरानो बानेश्वर, कपन लगायत क्षेत्रमा रहेका होलसेलबाट प्रतिबन्धित रेडबुल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरूमा प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, बाँके…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको अध्ययनको दाबी: सिनोभ्याकको खोप ३-१७ वर्ष उमेर समूहमा ९८.९ प्रतिशत प्रभावकारी

    दोस्रो चरणको अध्ययनको दाबी: सिनोभ्याकको खोप ३-१७ वर्ष उमेर समूहमा ९८.९ प्रतिशत प्रभावकारी

    काठमाडौं : हाल विश्वमा प्रयोग भइरहेका कोभिड-१९ विरुद्धको खोपको प्रयोग १८ वर्षदेखि माथिका नागरिकहरुलाई दिइँदै आएको छ। १७ वर्षदेखि मुनिको उमेर समूहमा खोपको प्रभावकारिताको बारेमा अध्ययन कम रहेको छ। अध्ययनको कमीका कारण पनि डब्लुएचओले खोपलाई १८ वर्ष माथिका नागरिकहरुका लागि प्रयोग गर्न सुझाव दिएको छ। हाल डब्लुएचओले १० वटा खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ भने बाँकी १२ वटा खोप…

    विस्तृतमा पढ्नुस्

  • बेइजिङमा हुने 'विन्टर ओलम्पिक' २०२२ मा दर्शकको उपस्थिति हुनुपर्छ : आईओसी

    बेइजिङमा हुने 'विन्टर ओलम्पिक' २०२२ मा दर्शकको उपस्थिति हुनुपर्छ : आईओसी

    अर्को वर्ष फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा 'विन्टर ओलम्पिक' हुँदैछ। कोभिड १९ को महामारीका कारण पछि सरेको यो प्रतियोगिताका लागि अहिलेसम्म टिकेटिङ सुरु गरिएको छैन। र, मुखैमा टोकियोमा ग्रीष्मकालीन ओलम्पिक हुन गइरहेको छ जहाँ दर्शकको उपस्थिति शुन्य हुनेछ। बेइजिङमा हुने शीतकालीन ओलम्पिक सुरु हुन २०० दिन पनि बाँकी छैन। यसबिच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का समन्वय आयोगका प्रमुख जुआन एन्टोनियो समरन्चले बेइजिङमा दर्शकहरुको उपस्थितिमा…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई भेट्न महन्थ ठाकुर बालुवाटारमा, सरकारमा जाने तयारी त होइन?

    देउवालाई भेट्न महन्थ ठाकुर बालुवाटारमा, सरकारमा जाने तयारी त होइन?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। आफ्ना सांसदहरुले छाड्ने संकेत पाएपछि अप्रत्यासित रुपमा प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका महन्थले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग भएका सहमतिलाई अगाडि बढाउन आग्रह गरेका छन्। पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको साथसहित देउवा प्रधानमन्त्री बनेपछि महन्थ-राजेन्द्र महतो कमजोर बन्न पुगेका थिए। उनीहरुलाई साथ…

    विस्तृतमा पढ्नुस्

  • बिहान प्रचण्ड बालुवाटार, साँझ देउवा पुगे खुमलटार

    बिहान प्रचण्ड बालुवाटार, साँझ देउवा पुगे खुमलटार

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटन उनकै निवास खुमलटार पुगेका छन्। देउवा प्रचण्ड पत्नी सीताको स्वास्थ्यबारे जानकारी लिन खुमलटार पुगेका हुन्। प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले पारिवारिक भेटघाटका लागि देउवा खुमलटार आएको जानकारी दिए। 'पारिवारिक भेट हो। त्यस्तो कुनै औपचारिक छलफल हुँदैन, मेडमको स्वास्थबारे जानकारी लिन आउनुभएको हो,' उनले भने। प्रचण्डले आजै देउवालाई प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग संचालनमा चार क्लबको असहमति, 'कोभिड कहर सकिएको छैन, तत्काल लिग गर्नु उपयुक्त छैन'

    ए डिभिजन लिग संचालनमा चार क्लबको असहमति, 'कोभिड कहर सकिएको छैन, तत्काल लिग गर्नु उपयुक्त छैन'

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ३ गतेबाट ए डिभिजन लिग संचालनको तयारी थाल्दै गर्दा चार वटा क्लबले असहमति जनाएका छन्। मंगलवार थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबले उपयुक्त समयमा मात्र लिग गराउन भन्दै एन्फामा निवेदन दिएका छन्। जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र माधव नेपालविरुद्ध ओली समर्थकको 'बाँदर जुलुस'

    प्रचण्ड र माधव नेपालविरुद्ध ओली समर्थकको 'बाँदर जुलुस'

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएदेखि उनका समर्थकहरु सडकमा उत्रिनेक्रम जारी छ।  राष्ट्रिय युवा संघ नेपालको आह्वानमा आज उनीहरुले बाँदर जुलुस प्रदर्शन गरे। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिरमा 'गद्दार' लेखेर प्रदर्शनमा उत्रिएका थिए। हिजोमात्रै यही समूहले माधवकुमार नेपालको पुत्ला खोलामा लगेर जलाएको थियो। पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • थप २५ जना कोभिड-१९ संक्रमितको मृत्यु, परीक्षण गरिएका मध्ये २३ प्रतिशत बढी संक्रमित

    थप २५ जना कोभिड-१९ संक्रमितको मृत्यु, परीक्षण गरिएका मध्ये २३ प्रतिशत बढी संक्रमित

    काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा तीन हजारभन्दा बढीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्ला केही साता संक्रमण ग्राफ ओरालो लाग्दै गर्दा निषेधाज्ञा खुकुलो बनाएसँगै संक्रमण बढेको हो। पछिल्लो २४ घण्टामा एक १३ हजार १३५ नमुना परीक्षण गर्दा तीन हजार १०८ जना संक्रमित पहिचान भएका छन्। जुन प्रति ४.२२ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ८…

    विस्तृतमा पढ्नुस्

  • महेश बस्नेतको माधव नेपाललाई प्रस्ताव : एमाले छोडनुस् सम्मानजनक विदाइ गर्छौं

    महेश बस्नेतको माधव नेपाललाई प्रस्ताव : एमाले छोडनुस् सम्मानजनक विदाइ गर्छौं

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकट नेता महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सम्मानजनक बिदाइ गर्न आफू तयार रहेको बताएका हुन्। 'तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोडनुस्। हामी पुत्ला जलाउँदैनौं। सम्मानजनक बिदाइ गर्छौ। तर, एमालेमा बसेर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही 

    प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही 

    पोखरा : गण्डकी प्रदेशसभाको प्रदेश मामिला समितिको  सभापतिमा खिमबिक्रम शाही निर्वाचित भएका छन्।  आज मंगलवार भएको निर्वाचनमा शाही समिति मार्फत् सर्वसम्मत रुपमा चयन भएका हुन्। शाहीलाई आजै  सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन्।  यसअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद इन्द्रधारा विष्टले उम्मेदवार दिएका थिए। १३ सदस्यीय समितिमा ६ जना एमालेका सदस्य छन्। एमालेले सार्वजनिक लेखा समितिमा सभापति…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको चुनौतिबिच हुँदै टोकियो ओलम्पिक, अधुरै रहने भयो प्रतियोगिता भव्य बनाउने योजना

    कोरोनाको चुनौतिबिच हुँदै टोकियो ओलम्पिक, अधुरै रहने भयो प्रतियोगिता भव्य बनाउने योजना

    टोकियो ओलम्पिक यसअघिका ओलम्पिक भन्दा फरक हुनेछ। कोरोना भाइरस महामारीका कारण ओलम्पिक हेर्न पुग्ने खेल पर्यटक यसपटक प्रतिबन्धित छन्। जितपछिको सेलिब्रेसनको माहोल पहिला जस्तो हुने छैन। यस्ता कयौ कुराहरु छन् जुन पहिलो पटक ओलम्पिककै इतिहासमा 'एक्पेरिमेन्ट' हुन गइरहेको छ। ओलम्पिकको सुरुवातमै उद्घाटन समारोहबाट अनुमान सुरु हुन्छ कुन स्तरमा प्रतियोगिता हुँदैछ भनेर। यसअघिका उद्घाटन भव्य बनाउने आयोजक राष्ट्रबिच प्रतिस्पर्धा देखिन्थ्यो। रियो, लण्डन र बेइजिङ ओलम्पिकमा त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सहज हुँदै स्थिति : अब ५८ जिल्लामा मात्र निषेधाज्ञा

    सहज हुँदै स्थिति : अब ५८ जिल्लामा मात्र निषेधाज्ञा

    काठमाडौं : कोरोना संक्रमण दर घटेको भन्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञा हटाउनेदेखि खुकुलो बनाउने क्रम जारी छ। देशभर संक्रमण उच्च रहँदा ७५ वटा जिल्लामा निषेधाज्ञा लागू भएको थियो। सरकारले जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा गर्ने जिम्मेवारी दिएपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा सम्बन्धि निर्णय गर्दै आएका छन्। अहिले देशभरका ५८ वटा जिल्लामा मात्र निषेधाज्ञा रहेको छ। खोटाङ र मनाङ जिल्लामा भने दोस्रो लहरको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा अब सातामा तीन उडान अनुमति दिने मन्त्रिपरिषद्को निर्णय

    भारतमा अब सातामा तीन उडान अनुमति दिने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौंः सरकारले भारतमा हुने हवाड उडानको संख्या बढाएको छ। कोभिड–१९ का कारण कटौती गरिएको उडान संख्या थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। अब सातामा तीन उडान हुनेगरि अनुमति दिइएको हो। यसअघि सातामा एक उडान हुने गरेको थियो। सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा तीन उडानका लागि अनुमति दिइएको जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • ट्विट कुटनीति : प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबिच टेलिफोन कुराकानी

    ट्विट कुटनीति : प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबिच टेलिफोन कुराकानी

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच टेलिफोन सम्बाद भएको छ। प्रधानमन्त्री देउवाले ट्विट गर्दै भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको जानकारी गराएका छन्। मोदीले प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए।  I had cordial telephone conversation with Prime Minister @narendramodi this afternoon. We shared views on further strengthening bilateral ties. PM Modi assured early supply of Covid Vaccines…

    विस्तृतमा पढ्नुस्

  • झापाको गौरादहमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् समातिए

    झापाको गौरादहमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् समातिए

    काठमाडौंः श्रीमतीको हत्या अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। झापाको इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको संयुक्त टोलीले मोरङ रंगेली नगरपालिका घर भएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई नियन्त्रणमा लिएको हो। सिजलाले असार ३१ गते  बिहान ७ बजेतिर गौरादह नगरपालिका वडा नम्बर १ सितल चोक बस्ने ३४ वर्षीय संगिता टुडुलाई हत्या गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले सामान्य विवादमा कुटपिट पछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell