काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालले एकता नचाहेको निष्कर्ष निकालेको छ। च्यासलमा बसेको स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बैठकमा नेपाल पक्षले एकता नचाहेको बारेमा छलफल भएको जानकारी दिए। आफूहरुले विहान नेपाललाई भेटेर पार्टीको संस्थागत निर्णय मान्न आग्रह गरे पनि नेपालले नमान्ने बताएको उनको आरोप थियो। यस्तै, एमालेको स्थायी कमिटीको बैठकले शुक्रवारको संसदीय…
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेका छन्। एमाले विवाद समाधानका लागि सक्रिय नेताहरुले पार्टीको संस्थागत निर्णय मान्न अनुरोध गरे पनि नेपालले अस्वीकार गरेको एमालेका प्रवक्त प्रदीप ज्ञवालीले जानकारी दिए। आइतवार बिहान वार्तामा सक्रिय नेताहरु नेपाललाई भेटन उनकै निवास कोटेश्वरमा पुगेका थिए। भेटमा नेपालले एक्लै भए पनि देउवाको पक्षमा मत दिने बताएका ज्ञवालीले…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल मनोनित भएका छन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान (संशोधन सहित) को धारा २५ (९) बमोजिम रावललाई मनोनयन गरेका हुन्। देउवाले कांग्रेसको विधान र नियमावली बमोजिम कार्य गर्न गराउन रावललाई निर्देशन पनि दिएका छन्। कञ्चनपुर घर भएका रावल काठमाडौंमा बस्दै आएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको भदौ…
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपील गरेका छन्। देउवालाई विश्वासको मत दिने/नदिने भन्नेबारेमा एमालेको माधवकुमार नेपाल-खनाल समूहभित्र विवाद भइरहेका बेला वरिष्ठ नेता झलनाथ खनालले विश्वासक मत दिन सांसदहरुलाई अपील गरेका हुन्। उपचारका क्रममा भारतमा रहेका खनालले विश्वासको मत दिन अपील गरेका हुन्। उनले आफ्नो मत पनि देउवाकै पक्षमा भएको जानकारी दिएका…
काठमाडौं : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षभित्र देउवालाई विश्वासको मत दिने या नदिने बारेमा फेरि पनि विवाद भएको छ। पार्टीको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेता र अनौपचारिक वार्तमा सक्रिय नेताहरु देउवालाई विश्वासको मत दिन नहुने पक्षमा छन् भने त्यस बाहेकका नेताहरु भने विश्वासको मत दिनुपर्ने बताउँदै आएका छन्। नेपाल पक्षका नेता तथा अध्यक्ष केपी शर्मा ओली पक्षसँग अनौपचारिक वार्तामा…
बुटवल : नेकपा एमाले विवाद मिलाउन गठित समितिमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तीन महिना एकताको प्रयास असफल भएको बताएका छन्। विवाद मिलाउन गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा माधवकुमार नेपालले असहमति जनाएकाले अहिलेसम्म गरेको सबै प्रयास विफल भएको तर्क गरेको हुन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’ आज प्रधानमन्त्री…
काठमाडौं : सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका कम्तिमा २३ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन्। सामाजिक सञ्जालमा सांसद झाँक्रीले लेखेकी छिन्, '...हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।' संविधानको धारा ७६(५) को प्रधानमन्त्रीका लागि संघीय संसदका सदस्य शेरबहादुर देउवालाई समर्थन गरेको उल्लेख गर्दै उनले १४९ जनाको…
काठमाडौँः संघीय संसद्को दुबै सदनको अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैको पहिलो बैठक आइतबार ४ बजे बस्दैछ। प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरेपछि अधिवेशन आह्वान भएको हो। संघीय संसदका दुबै सदनले आइतबारका सम्भावित कार्यसूची पनि सार्वजनिक गरेका छन्। सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाइने उल्लेख छ। यस्तै, मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि बैठकमा जानकारी गराइनेछ।…
कैलालीः कञ्चनपुरको बेदकोट नगरपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामका एक बाबा मृत फला परेका छन्। बेदकोट ४ मा रहेको धामका ७५ वर्षीय बाबा किशन नाथको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्ध राज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। 'अहिले नै घटना के भएको भन्ने अवस्था छैन। पोस्टमार्टमपछि केही खुल्ला,' डिएसपी न्यौपानेले…
काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिवार जनता समाजवादी पार्टी( जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटेका छन्। ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीलाई जसपाको ठाकुर समुहले भेटेका हुन्। अध्यक्ष ठाकुरसँगै नेता राजेन्द्र महत्तो, शरदसिंह भण्डारी, अनिल झाको समूह बालकोट पुगेको हो। 'उहाँ प्रधानमन्त्रीबाट हटेपछि भेट भएको थिएन। त्यसैले के छ कस्तो छ भन्ने विषयमा बुझ्न गएका थियौँ,' नेता…
काठमाडौं: नेपाली महिला भलिबल टोलीले फिलिपिन्समा हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ। प्रतियोगिताका लागि नेपाली टोली पछिल्लो समय अभ्यासमा जुटे पनि कोभिड महामारीका कारण फिलिपिन्सको सरकारले नेपाल र भारतको टिमलाई निषेध गर्दा नेपाली टोली सहभागी हुन नपाएको नेपाल भलिबल संघले जनाएको छ। प्रतियोगिता भदौ दोस्रो सातााबाट सुरु हुँदैछ। प्रतियोगिताका लागि नेपाली टोलीले असार…
काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको क्रियाशील सदस्यता विवाद 'कुटपिट'मा पुगेको छ। केन्द्रीय सदस्य मोहन बस्नेत समूहका नेताहरुले क्रियाशिल सदस्य छानविन समितितका सदस्यमाथि हातपात गरेको छन्। पशुपतिको धर्मशालामा नेपाली कांग्रेसको क्रियाशिल सदस्यबारे चलिरहेको छानविनमा मोहन बस्नेत निकट नेता हरिशरण श्रेष्ठको टोलीले केन्द्रीय सदस्य तथा छानविन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गरेको हो। बस्नेत निकट नेता श्रेष्ठ १३ औं महाधिवेकानका बेला सिन्धपाल्चोक जिल्लाको…
काठमाडौं : उत्तरी छिमेकी चीनले नेपाललाई थप १६ लाख डोज कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ। चीनले नेपाललाई थप खोप अनुदानमा दिने निर्णय गरेको चिनियाँ राजदूत होउ यान्छीले जानकारी गराएकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार आज राजदूत होउले प्रधानमन्त्री शेरवहादुर देउवासँग शिष्टाचार भेट गर्दै चीन सरकारले सहयोग गर्ने निर्णय गरेको जानकारी गराएकी हुन्। भेटमा प्रधानमन्त्री देउवाले चीन सरकारले भ्याक्सिन सहयोग…
काठमाडौं : नवनियुक्त महान्यायाधिवक्ता खम्म बहादुर खातीले पदभार ग्रहण गरेका छन्। खातीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बिहीबार महान्यायधिवक्ता नियुक्त गरेको थियो। रामशाहपथस्थित महान्यायाधिवक्ता कार्यालयमा पदभार ग्रहण गर्दै खातीले संविधान र कानुन बमोजिम काम गर्ने गर्ने प्रतिबद्धता जनाए। उनले आफ्नो कार्यकालमा काम गर्दा सरकारी वकिलहरुसँग पूर्ण सहयोगको आशा व्यक्त गरे। ‘संस्थाको उन्नतिका लागि नेतृत्व दिन्छु। क्षमता विकासको काम मेरो तर्फबाट हुन्छ,’…
टोकियो ओलम्पिक संचालन भइरहँदा कोभिड १९ संक्रमणको जोखिम कम गर्न आयोजकले ओलम्पिकमा आउने सबै खेलाडी र पदाधिकारीमका लागि 'प्ले बुक' बनाएको छ। जुलाई २३ बाट सुरु हुने ओलम्पिकका लागि खेलाडी र अफिसियलका साथसाथै जापानी जनताको समेत स्वास्थ्यलाई मध्यनजर गर्दै मापदण्डहरुको 'प्ले बुक' जारी गरिएको हो। इन्टरनेशन ओलम्पिक कमिटी, इन्टरनेशनल पाराओलम्पिक कमिटी, टोकियो ओलम्पिक आयोजक कमिटी, टोकियो महानगर र जापान सरकारले स्वास्थ्य र खेलक्षेत्रका विज्ञसँगको…
काठमाडौः काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ। साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। लामो दुरीका सार्वजनिक सवारी सम्बन्धी कुनै पनि निर्णय गरेको छैन। लामो दुरीका सार्वजनिक सवारी साधनलाई मन्त्रिपरिषद्को बैठकले नै खोल्ने भएकाले कुनै पनि निर्णय नभएको सिडिओ पराजुलीले बताए। 'अत्यावश्यक सवारी साधनलाई मात्र काठमाडौं उपत्यकाभित्र…
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण लगायतका कार्यहरु सम्पन्न गर्न प्राधिकरणको अवधिभर विद्यमान जनशक्ति यथावत राख्न सिफारिस गरेको छ। बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले कोभिड महामारी नियन्त्रणका लागि घोषित निशेधाज्ञाका कारण निजी आवास पुनर्निर्माण लगायतका कार्यमा अवरोध भएका कारण हाल कार्यरत कर्मचारीहरुको दरबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो। गत असार १० गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक…
काठमाडौंः सरकारले साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ३ गते बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ३ गते दिउँसो ४ बजेलाई बैठक बोलाउन सिफारिस गरिएको हो। गत जेठ ७ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस…
काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहका सांसद झपट रावलले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला गलत लागेमा राजीनामा दिन सुझाव दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली समूहले फैसलालाई गलत र माधव नेपाललाई गद्दार भनेर टिप्पणी गरिरहेका रावलले जवाफ फर्काएका हुन्। ‘म चुनौती दिन चाहन्छु, सर्बोच्चको फैसला गलत हो भने पुनःस्थापित भएको प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने हिम्मत र आँट…
काठमाडौं : बुधवार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरे। लामो समय भूमिगत रहेका विप्लव र प्रचण्डको भेट करिब ५ वर्षपछि भएको हो। यसअघि उनीहरु बिच कुनै भेट भएको थिएन। उनीहरुको भेटको साक्षी बनेका थिए नेकपा पार्टीका अर्का नेता धर्मेन्द्र बाँस्तोला। प्रचण्ड निवास खुमलटारको भेटमा तीनै जना नेता प्रफुल्ल देखिएका थिए। यसअघि…