बुटवल : बुटवलमा एक बालिकालाई करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरका सुरज परियार पक्राउ परेका हुन्। बैद्धिक अपाङगता रहेकी १४ वर्षीया किशोरीलाई गत चैत्र १२ गते बुटवल बुद्धनगरमा रहेको दिदीको घरमा आएको बेला छिमेकी परियारले बलात्कार गरेको आभियोगमा बुधवार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी…
अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी फेरि बार्सिलोनामै रहन तयार भएका छन्। जुन महिनाको अन्त्यमा करार सकिएसँगै बार्सिलोनाबाट 'फ्री एजेन्ट' बनेका मेस्सी पुन: बार्सिलोनामै रहने गरि करार गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हालै अर्जेन्टिनालाई कोपा अमेरिका जिताउँदै करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका मेस्सी बार्सिलोनामै रहन तयार भएका हुन्। कोपा अमेरिकामा च्याम्पियन बनेपछि हाल उनी छुट्टीमा छन्। जुन ३० मा मेस्सीको करार सकिएसँगै बार्सिलोनाका अध्यक्ष…
काठमाडौं : नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले बिहीवार बिहान नेकपा (माओवादी केन्द्र ) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ सँग शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटवार्तामा प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका थिए। गत वर्षको अन्त्यमा नेपालमा राजदूतको रुपमा कार्यभार समालेकी उनी…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा सम्बन्धी थप निर्णय गर्न आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ। पछिल्लो कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाको मोडालिटी बारे छलफल गर्न बैठक बोलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। आज बस्ने बैठकले लामो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्ने वा नगर्ने भन्ने विषय केन्द्रित हुने भएको छ। यातायात व्यवसायीहरूले…
काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको माग सम्बोधनका लागि भन्दै निगमले पेट्रोल डिजेल र मट्टीतेलमा एक÷एक रुपैयाँ मूल्य घटाएको हो। निगम सञ्चालक समितिको बुधबारको निर्णय अनुसार भाउ घटाइएको हो। निर्णय मंगलबार रातिबाट कार्यान्वयन हुनेछ। समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२८ तथा डिजेल १११ रुपैयाँ कायम हुनेछ।
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडको उपचार, रोकथाम र व्यवस्थापनबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग परामर्श गरेका छन्। प्रधानमन्त्री नियुक्त भई कार्यभार सम्हालेपछि देउवाले पहिलो पटक सीसीएमसीका पदाधिकारीसँग छलफल गरेका हुन्। छफलमा प्रधानमन्त्री देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन पनि दिएका छन्। छलफलबारे ट्विट गर्दे देउवाले भनेका छन् -आज कोभिड–१९ को #उपचार, #रोकथाम र #व्यवस्थापनका बारेमा…
काठमाडौं : सरकारले सार्वजनिक सवारीसाधनको २८ प्रतिशतसम्म भाडा बढाएको छ। यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराईमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा बृद्धि गरेको हो। यातायात व्यवस्था विभागले भाडादर समायोजन सम्वन्धी गरेको अध्ययनले सार्वजनिक सवारीसाधनको भाडादर बढाउनुपर्ने निष्कर्ष निकालेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले स्वीकृत गरेसँगै भाडा वृद्धि गरिएको…
काठमाडौं : प्रधानमन्त्री पदबाट अपदस्त भएपछि बालुवाटारबाट निजी निवास बालकोट फर्किए पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। त्यो यात्रामा उनलाई साथ थियो युवाहरुको। बिहान बालुवाटारबाट प्रहरीको स्कर्टिङ सहित निस्किएका ओलीको गाडीभन्दा पछाडि युवा संघका कार्यकर्ताहरूको जुलुस थियो। जुलुसले आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको विरोध गरिरहेको थियो। विरोध कार्यकर्तामा मात्र सीमित भएन। निवास पुगेपछि ओलीले समेत माधव नेपाललाई आरोप लगाउन भ्याए।…
काठमाडौं : सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनसँग जोडिएका काम कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशम्मेशर जबराको इजलासले धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्व रहेको उल्लेख गर्दै नदीको प्राकृतिक बहाबलाई पथान्तर गरी रिजर्भवायल बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्ने लगायतका अन्य प्रकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरु नगर्न भन्दै…
काठमाडौं : नेपाल स्थित भारतीय दूतावासले प्रधानमन्त्री नियुक्त भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाई दिएको छ। ट्वीट गर्दै दूतावासले नेपाल र भारत बिचको साझेदारी र जनता जनता बिचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेको छ। देउवा नेतृत्वको सरकार गठनमा भारत सरकार सकारात्मक नरहेको भारतीय विश्लेषकहरुको बुझाइ छ। देउवा प्रधानमन्त्रीमा नियुक्त भएको २४ घण्टा बित्न लाग्दा…
काठमाडौं : सरकारले कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो। नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन्। अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था गरेका छन्। स्वास्थ्य मन्त्रालयले…
काठमाडौं: एसियन कप क्वालिफायर्स र साफको तयारीमा रहेको नेपाली फुटबल टोलीमा खेलाडी संख्या घटाइएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि ५० जनालाई प्रशिक्षणमा बोलाएकोमा १४ जना खेलाडी बाहिरिएसँगै प्रशिक्षणमा अब ३६ खेलाडी रहनेछन्। गोलकिपर विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, शेषेहाङ आङदाम्बे, शिषिर लेखी र सुदिल…
कोपा अमेरिका जितेपछि मेस्सी अहिले विश्वभर चर्चामा छन्। भारतमा भने केही दिनयता फरक चर्चा छ मेस्सीको। उनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल छ, जुन एउटा बिडीँको प्याकेटमा छापिएको छ। अर्थात् उनको नाम र फोटो प्रयोग गरिएको 'मेस्सी बिडीँ' भारतमा चर्चामा छ। मेस्सीको भारतमा पहिलो विज्ञापन भएको भन्दै सामाजिक सञ्जालमा ट्रोलहरु पनि त्यतिकै चलिरहेको छ। मेस्सीको फोटो सामाजिक सञ्जालमा छापिएपछि एकजना सामाजिक सञ्जाल…
पोखरा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि गण्डकी प्रदेश संसद अवरुद्ध गरेको छ। प्रतिपक्षीले आवश्यक बहुवर्षीय योजनाहरुलाई निरन्तरता नदिइएको भन्दै बजेटमाथिको छलफलमा अवरुद्ध गरेको हो। बजेटको न्यायोचित वितरण नभएको एमालेले आरोप लगाएको छ। सदनमा बोल्दै एमाले सांसद रामशरण बस्नेतले बजेटको न्योचित वितरणमा ध्यानदिनुपर्ने बताउँदै रातो किताब सच्याउन आग्रह गरे। 'कालो कोठामा बसेर षड्यन्त्रपूर्ण रुपमा ल्याइएको बजेटलाई स्वीकार गर्न…
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार अदालतमा उपस्थित भएका छन्। भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टचार अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। उनीसँगै चार मन्त्री तथा पूर्व सचिवसहित १ सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। तर जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार पछिल्लो निषेधाज्ञा खुकुलो भएको छ। केही निश्चित क्षेत्र बाहेक अन्य सबै क्षेत्रलाई भने सञ्चालन गर्न दिइएको छ। अहिले विद्यालय, होटेल, रेष्टुरेष्ट लगायत भिड हुने क्षेत्रमा मात्र निषेधाज्ञाको प्रभाव छ। अन्य जिल्लाहरूमा पनि निषेधाज्ञाको अवस्था पनि त्यस्तै छ। काठमाडौं उपत्यकाभित्र पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय भोलि रातिबाट सकिदैंछ।…
काठमाडौंः सरकारले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप प्रबन्ध गर्ने निर्णय गरेको छ। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति र शपथपछि पहिलो पटक सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि बैठक बसेको थियो। बैठकले कोभिड-१९ रोकथाममा भएको हालसम्मको खर्च सार्वजनिक गर्ने, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउने…
राजनीतिक अराजकताको सीमा हुन्छ। प्रधानमन्त्रीको कुर्सीमा बसेर केपी शर्मा ओलीले त्यस्तो सीमा यति पटक पार गरे, जति व्याख्या गरे पनि सकिन्न। सर्वोच्च अदालतले पटक-पटक उनका कदमलाई सच्याउन आदेश दिइरहनु पर्यो। तर, सुध्रिने लक्षण कुनै कोणबाट पनि ओलीले देखाएनन्। अन्तत: अदालतलको परमादेशबाट ओलीको सत्ता मिल्कियो। बालुवाटारबाट बहिर्गमन अघिका आखिरी शब्दहरूमा ओलीले जे जति व्याख्या गरे पनि उनी मुलत: गलहत्याएर मिल्काइएका त्यस्ता…
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। योसँगै उनी पाँचौँ पटक प्रधानमन्त्री भएका छन्। पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै देउवाले सत्तारोहण गरेका हुन्। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकोले पाँचै दलको शीर्ष नेताहरुको सल्लाहमा देउवाले मिनी मन्त्रिपरिषद् बनाए। जसमा कांग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भए। खाँण र…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। देउवासँगै चार जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएका छन्। उनीहरुको कार्य विभाजन पनि तोकिएको छ। कार्य विभाजन अनुसार बालकृष्ण खाँणलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमा जनार्दन शर्मा र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसालले शपथ लिएका छन्।…