जनकपुरधाम : धनुषाको शहीद नगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशले प्रतिगमनका सारथी र मतियार दुवैलाई कडा तामाचा लगाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमन तर्फ लग्ने प्रयासमा लागेको र उनको उक्त कदम गैरकानूनी र गैरसंवैधानिक रहेको कुरालाई समेत यस निर्णयले प्रमाणित गरेको उनले प्रतिक्रिया दिए। सर्वोच्च अदालतको यस फैसलाले…
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले उत्तेजना दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा वाधा पुर्याउने मुर्खता कतैबाट नहोस् भन्दै चेतावनी दिएका छन्। सर्वोच्च अदालतबाट आज जारी भएको परमादेशपछि ट्विटरबाट प्रतिक्रिया जनाउँदै उनले 'फेसला कार्यान्वयनमा बाधा पुर्याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौं' भनेका छन्। 'प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश…
काठमाडौंः विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने बताएका छन्। सर्वोच्च अदातले प्रतिनिधिसभा पुनस्थार्पना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमदेश दिएको बधाई दिँदै संयोजनक पाण्डेले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, 'बाइ बाइ केपी ओली। एउटा अहङ्कारको अन्त्य हुनै थियो, भयो। अब केपी ओली प्रवृत्तिको पनि अन्त्य हुन जरुरी छ। संविधान ट्र्याकमा आयो। लोकतन्त्रको…
काठमाडौंः माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्चको फैसलापछि प्रतिगमन परास्त भएको टिप्पणी गरेका छन्। नेता शर्माले सामाजिक सञ्जालमा फैसलापछि 'प्रतिगमन परास्त भो' भन्दै लेखेका हुन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय र संसदलाई परमादेश जारी गरेको छ। त्यस्तै जेठ ७ गते राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभा समेत पुर्नस्थापन गर्न अदालतले आदेश…
काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कदमहरु असंवैधानिक ठहर्याउँदै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेलले दलीय प्रणालीमाथि गम्भीर आघात भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कदमको प्रतिरक्षा गर्दै सोसल मिडियामा उत्रिने मुख्यमन्त्री पोखरेलले लेखेका छन् - संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। उनले…
काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, बाबुराम भट्टराई उपेन्द्र यादव समूहको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो। सिंहदरबारमा बैठक बस्ने तयारी भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनका अनुसार सर्वोच्च अदालतको सोमबारको फैसलाबारे गठबन्धनले समीक्षा…
काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कडा टिप्पणी गरेका छन्। आज सर्वोच्च अदालतको संवैंधानिक इजलासले कुनै फरक मतविना प्रतिनिधिसभा पुनर्स्थपना तथा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो। प्रधानमन्त्री ओलीका कदमलाई समर्थन गर्दै आएका राप्रपाका अध्यक्ष थापाले पार्टीका पूर्व नेता राजेश्वर देवकोटाको भनाइ उदृत गर्दै अदालतमा गोरु ब्याएको टिप्पणी…
काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय र संसदलाई परमादेश जारी गरेपछि सर्वोच्च अदालतको माहोल फरक देखियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले निवेदकको माग बमोजिम आदेश जारी गरेको छ। अदालतले प्रधानमन्त्रीलाई मत दिने र नदिने विषयमा पनि धारा ७६(५) बमोजिम सांसदहरुलाई ह्वीप नलाग्ने ठहर गरेको छ। विपक्षी गठबन्धले माग गरे…
काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय र संसदलाई परमादेश जारी गरेको छ। असार २९ गते साँझ ५ बजेसम्म देउवालाई नियुक्ति गर्न परमादेश जारी भएको हो। यस आधारमा देउवालाई २७ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्नुपर्ने छ। १४९ जना बहुमत सदस्यले समर्थन जनाएकाले विश्वासको मत पाउने पर्याप्त आधार देखिएको भन्दै सर्वोच्चले…
काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले निवेदकको माग बमोजिम आदेश जारी गरेको छ। भर्खरै सुरु भएको इजलासले निवेदकको माग बमोजिम आदेश जारी गरेको हो। प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने तथा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्ति हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको थियो। फैसलाको पूर्ण पाठ पढ्न सुरु भएको छ। अपडेट : देउवालाई प्रम बनाउन परमादेश सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली कांग्रेसका…
काठमाडौंः अमेरिकी सरकारले दिएको १५ लाख ३४ हजार ८५० डोज खोप आइपुगेको छ। आज बिहान कतार एयरवेजको विमान मार्फत दोहा हुँदै खोप काठमाडौं आइपुगेको हो। जोनसन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक डोज लगाए पुग्छ। यसअघि नेपालमा उपलब्ध भएका कोरोना विरुद्धको खोप दुई डोज लगाउँदै आइएको छ। तस्विर : अमेरिकी दूतावास / flickr त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरीले…
डल्लास : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०२४ मा राष्ट्रपतीय निर्वाचनमार्फत पुन: ह्वाइट हाउसमा फर्किने तयारी गरेका छन्। ट्रम्पले २०२४ को जीपीओ (ग्रान्ड ओल्ड पार्टी)को कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी)को आइतवार दिउँसो टेक्सस भेलामा राष्ट्रपतीय मनोनयन प्रतिस्पर्धामा सहज जित हात पारेका छन्। गोप्य अनौपचारिक मतदानमा उनले ७० प्रतिशत मत प्राप्त गरेका हुन्। यो भेला सामान्यतय रिपब्लिकन उम्मेदवारको छनोटको लागि प्रमुख मानिन्छ। यसअघि…
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको फैसला आज सोमवार फैसला आउँदै छ। निवेदकहरुले १२ घण्टा र विपक्षीहरुले १५ घण्टा बहस गरेपछि असार २१ गते निवेदकका वकिलहरुले जवाफी बहस र एमिकस क्युरीका तर्फबाट चार जनाले बहस गरेका थिए। आज फैसला सुनाउने गरी संवैधानिक इजलासले फैसलालाई करिब अन्तिम रुप दिइसकेको छ। पछिल्लो केही दिनयता संवैधानिक इजलासका दुई सदस्य ईश्वर खतिवडा र…
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै इटली च्याम्पियन बनेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै इटली च्याम्पियन बनेको हो। खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। १ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो कप फाइनलमा सबैभन्दा छिटो भएको गोल हो भने इतिहासमा पाँचौ…
यूईएफए युरो कप अन्तर्गत आज जारी फाइनल खेलमा पहिलो हाफ सकिँदा इङ्ग्ल्याण्डले एक गोलको अग्रता बनाएको छ। खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै इङ्ग्ल्याण्डलाई खेलमा अग्रता दिलाएका हुन्। १ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो कप फाइनलमा सबैभन्दा छिटो भएको गोल हो भने फुटबल इतिहासमा पाँचौ छिटो भएको गोल हो। यी हुन् युरो कपमा सबैभन्दा छिट्टो…
काठमाडौं: नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको छ। सिंहदरवारमा बसेको बैठकले २०७५ जेठ २ गतेअघिकै कमिटीमा फर्कने र नेकपा हुँदा एमालेका नेता जुन कमिटीमा थिए त्यसैमा कायम हुनेलगायतका सहमित गरेको छ। पार्टीको अन्तर्विरोध पार्टीभित्रै हल गर्नेगरि सहमति भएको हो। सहमतिको पहिलो बुँदामा पार्टीको विवाद अन्तर्विरोधलाई विधिसम्मत ढंगले हल गर्ने उल्लेख छ। 'कतिपय सन्दर्भमा कटूतापूर्ण तथा एकअर्काप्रति निषेधात्मक…
काठमाडौं: नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको छ। कार्यदलको सिंहदरवारमा बसेको बैठकले २०७५ जेठ २ गतेको कमिटीमा फर्कने र नेकपा हुँदा एमालेका नेता जुन कमिटीमा थिए त्यसैमा कायम हुने लगायतका सहमति गरेको छ। पार्टीको अन्तर्विरोध पार्टीभित्रै हल गर्ने विषयमा पनि सहमति भएको नेता भीम रावलले जानकारी दिए। उनले सबै संगठनहर अब २०७५ जेठ २ गतेअघिकै अवस्थामा फर्कने बताए। …
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २० छ। योसँगै नेपालमा ६ लाख ९९ हजार ८८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। साथै ९ हजार ३८२ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। जुन कुल संक्रमितको १.५ प्रतिशत हो। कोभिड-१९ को दोस्रो लहरसँगै फैलिएको…
काठमाडौं : नेकपा (एमाले)का नेताहरुको बिहीवार, शुक्रवार र शनिवार गरेको दाबीले फेल खायो। बुधवारको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको मेरियट होटलमा भएको वार्ताले सहमतिको वातावरण बनेको र बिहीबार नै टुंगिने उनीहरुको दाबी थियो। तर, दाबी अनुसार सहमति भएन। फेरि शुक्रबार बिहानको वार्तापछि दिउँसो गृहकार्य गरेर साँझ सहमति गरी विवाद मिलाउने कार्यदलका नेताको दाबी थियो। तर, बिहान र साँझ गरी…
काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। मंगलबार ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। आइतबारका लागि बोलाइएको स्थायी कमिटी बैठक ओलीले सोमबारसम्मका लागि सारेका थिए। स्थायी कमिटी बैठककै भोलिपल्ट केन्द्रीय कमिटी बैठक बोलाइएको हो। यसअघि बालुवाटारमै बसेको असार १८ र १९ गतेको केन्द्रीय कमिटी बैठकले अर्को बैठक…