काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएका छन्। नियुक्ति सम्बन्धी विवाद सुल्झिएपछि राति ८ बजेपछि शपथ भएको हो। ६ बजे नै शपथको कार्यक्रम तय भए पनि नियुक्ति सम्बन्धी पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै दुई घण्टाभन्दा ढिला भएको थियो। विवादपछि नियुक्तिमा संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको व्यहोरा थप भएको छ। शपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा…
काठमाडौं : आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिँदैछन्। उनीसँगै तीन मन्त्रीले पनि सपथ लिनेछन्। आज गठन हुने मन्त्री परिषद्मा गृह मन्त्रीको रुपमा बालकृष्ण खाँड, अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसालले सपथ लिने स्रोतले जनाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री तथा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिसभा विघटन तथा नयाँ प्रधानमन्त्री चयनलाई असंवैधानिक ठहर्याएपछि देउवा पाँचौ पटक प्रधानमन्त्री…
काठमाडौं : कोभ्याक्स सुविधा अन्तर्गत रहेर कोभिड-१९ भ्याक्सिनको थप १६ लाख डोज नेपाल आइपुग्ने भएको छ। जापान सरकारले कोभ्याक्स सुविधामा उपलब्ध गराउने अस्ट्राजेनेकाले विकास गरी जापानमा उत्पादन भएको खोप नेपाललाई उपलब्ध गराउन लागिएको हो। जापानका विदेशमन्त्री कोटेगी तोसिमित्सुले खोप उपलब्ध गराउने मंगलवार घोषणा गरेका हुन्। खोप कहिलेसम्म नेपाल आइपुग्छ भन्ने विषयमा खोप वितरण गर्ने अन्तर्राष्ट्रिय संगठनले तय गर्ने जापानको विदेश मन्त्रालयले…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टी भएको छ। ७ हजार ५८ जनाको आरटी पिसिआरबाट परीक्षण गर्दा १ हजार ६ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै ३ हजार ९ सय ५४ जनाको एन्टीजेन…
काठमाडौंः उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत एक महिलाको हत्या अभियोगमा प्रहरीले अदालतका सुरक्षा गार्ड (असई) लाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय इलामको टोलीले अनुसन्धानको क्रममा अदालतका सुरक्षा गार्ड ३५ वर्षीय प्रहरी असई युवराज बनियाँलाई नियन्त्रणमा लिएको हो। ' घाँटी थिचेर हत्या गरेको देखिएको छ। हामीले पाएको प्रमाणले उनलाई नै अभियुक्त देखाएकाले हामीले नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ,'…
काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो २ बजे राष्ट्रको नाममा सम्बोधन गर्न सिंहदरवार पुगे। प्रधानमन्त्रीको हैसियतमा कार्यकालको उनको यो सम्बोधन नै अन्तिम बन्यो। सर्वोच्चको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरिसकेकी छिन्। ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट करिब एक घण्टा सम्बोधन गरे। सम्बोधनमा ओलीले अदालतको फैसलामा असन्तुष्टि व्यक्त गर्न भ्याए। फैसला अनुचित भएको, विश्वको इतिहासमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री हटाएको…
काठमाडौंः सर्वोच्च अदालतले समय तोकेर नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिइसकेको छ। सोमबार दिउँसो संवैधानिक इजलासले आज (मंगलवार) ५ बजेभित्र नियुक्त गराउन आदेश दिएको हो। अदातलको आदेश अनुसार सभापति देउवालाई ५ बजेभित्र नियुक्त गराउनु पर्ने हुन्छ। त्यसपछि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउँछिन्। अबको केही घण्टामा नै प्रधानमन्त्रीमा नियुक्त गराउनुपर्ने हुन्छ। त्यसो भए राष्ट्रपति निवासमा शपथको तयारी…
युरो कपको फाइनलमा इटली विरुद्ध पेनाल्टीमा चुकेका इङ्ग्ल्याण्डका फर्वाड मार्कस रासफोर्ड रंगभेदी दुर्व्यव्यवहारमा परे। उनीसँगै पेनाल्टीमा चुकेका अन्य खेलाडीहरु जोर्डन साञ्चो र बुकायो साका पनि दुर्व्यवहारमा परे। फाइनल पछि सामाजिक सञ्जालमा यी तीन खेलाडी निशानामा परेका थिए। पेनाल्टी गुमाएकोमा माफी माग्दै म्यानचेस्टर युनाइटेडका फर्वाड रासफोर्डले आफ्नो छालाको रंगको लागि माफी नमाग्ने बताए। भने: तर म जे हुँ त्यसका लागि कहिल्य पनि माफी माग्दिन। 'म त्यसदिनको प्रदर्शनलाई…
काठमाडौं : नेपाललाई कोभ्याक्सले दिने भनेको कुल लाभान्वित समूहको २० प्रतिशत भ्याक्सिनमध्ये १५ लाख ३४ हजार ८५० डोज भ्याक्सिन नेपाल आइपुगेको छ। जोन्सन एण्ड जोन्सनले विकास गरेको 'सिंगल डोज' भ्याक्सिन नेपाल आइपुगेको हो। यो खोप भ्याक्सिन अमेरिकाले नेपाललाई सोझै सहयोग हस्तान्तरण गरेको नभई अमेरिकाले कोभ्याक्स सुविधामा उपलब्ध गराएको भ्याक्सिनबाट नेपाललाई सहयोग पठाइएको हो। यसअघि यही सुविधामार्फत अमेरिकाले सहयोग गरेको १५…
काठमाडौं: सर्वोच्च अदालतले संविधानको धारा ७६(५) मा विश्वासको मत जाँच्ने आधार राष्ट्रपतिलाई नभएको फैसला सुनाएको छ। प्रतिनिधिसभा विघटन मुद्दाको ३३ घण्टे बहसमा उपधारा ५ मा सरकार बनाउन आधार नपुगेको भन्ने राष्ट्रपतिको निर्णयको चर्को आलोचना भएको थियो। निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘हु आर यु’ समेत भन्न भ्याएका थिए। संवैधानिक इजलासमा राष्ट्रपतिको अधिकार क्षेत्रलाई लिएर उठेको चर्को प्रश्नको सम्बोधन सर्वोच्चले…
काठमाडौँः सर्वोच्च अदालतले परमादेश दिएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। संविधानको धारा ७६(५) अन्तर्गत सरकार गठनका लागि १४९ सांसदको दाबी राष्ट्रपतिबाट अस्वीकृत भएपछि देउवा अदालत पुगेका थिए। सर्वोच्चको परमादेशसँगै अब देउवा भोलि साँझसम्म प्रधानमन्त्री नियुक्त हुनेछन्। उनको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरु हुन्छ। अदालतले परमादेश जारी गरे पनि ओलीले यो समाचार…
काठमाडौँ: सर्वोच्च अदालतको सोमबारको फैसलासँगै राष्ट्रिय राजनीतिको दृश्य बदलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताबाट बहिर्गमन हुँदा विपक्षी दलका नेता/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार इन्ट्री गर्ने तयारीमा छन्। अदालतले देउवालाई मंगलबार ५ वजेभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ भने ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ। योसँगै नयाँ सरकार गठनको गृहकार्यमा देउवा लागेका छन्। नयाँ सरकार गठनकै विषयमा…
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनबाट आफू बाहिरिएको बताएका छन्। विपक्षी ५ राजनीतिक दलको नेपाल निवासमा बसेको बैठकमा नेपालले अब गठबन्धनमा आफू नरहेको बताएका हुन्। परिस्थिति बद्लिएको र एमालेमा एकताको वातावरण बनेकाले गठबन्धनमा आफू नरहने नेपालले बैठकमा बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। उनले अहिलेसम्मको अवस्थामा सहकार्य भएको र त्यसैको परिणामस्वरुप नेपाली…
काठमाडौं : विपक्षी ५ राजनीतिक दलको गठबन्धनले भोलि नै मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ। नेकपा (एमाले)का नेता माधव कुमार नेपाल निवास कोटेश्वरमा बसेको गठबन्धनको बैठकले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सानो मन्त्रीमण्डल गठन गर्ने निर्णय गरेको हो। ५ दलका नेताहरु सम्मिलित उक्त बैठकले सहमतिमै सरकार चलाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिए। सर्वोच्च…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष तथा विवाद समाधानका लागि गठित कार्यदलका संयोजक भीम रावल स्थायी कमिटीको बैठकमा सहभागी नभएरै निस्किएका छन्। बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक बसिरहेको भए पनि रावल भने सहभागी नभएरै निस्किएका हुन्। आफू कार्यदलले तयार पारेको १० बुँदे सहमति पत्र हस्तान्तरण गर्न आएकाले बैठकमा सहभागी नभएको रावलले बताए। ‘अध्यक्षलाई सहमति पत्र हस्तान्तरण गर्न…
काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ। ५ वजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी शुरु भएको हो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने उक्त बैठक बहिस्कार गरेका छन्। नेपाल आफ्नै निवासमा चलिरहेको गठबन्धनको बैठकमा सहभागी छन्। एमालेको आइतवारको १० बुँदे सहमतिपछि नेपाल पनि बैठकमा सहभागी हुने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली…
काठमाडौं : नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतको सोमवारको फैसला कसैले पनि स्वीकार गर्ने खालको नभएको टिप्पणी गरेका छन्। अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरेको आदेशबारे पोखरेलले आक्रोश व्यक्त गरेका हुन्। उनले लोकतन्त्र भएको देशमा प्रधानमन्त्री दिने काम राजनीतिक दलहरुले मात्रै गर्न सक्ने तर्का गरेका छन्। राष्ट्रपतिले त्यसलाई औपचारिकता मात्रै दिने उनको भनाइ छ।…
काठमाडौं : दिउँसो १ बजेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा नेता तथा कार्यकर्ताहरुको घुँइचो नै लाग्यो। कांग्रेसका शीर्ष नेतादेखि कार्यकर्तासम्म उनलाई बधाई दिन बुढानीलकण्ठ पुगेका थिए। सर्वोच्च अदालतले सभापति देउवालाई २७ घण्टाभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवाको निवासमा एकाएक सरगर्मी बढेको थियो। करिब ३ घण्टासम्म देउवा बधाई थाप्न र नेताहरुसँग अबको राजनितिक कोर्ष कसरी अगाडि बढाउने भन्ने विषयलाई लिएर व्यस्त भए।…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्ने गरी आएको सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा तैनाथी बढाइएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीका विपक्षमा फैसला सुनाएपछि ओली समर्थक अहिले अदालतको फैसलाको बिरुद्ध सकडकमा उत्रिएका छन्। विरोध, प्रर्दशन र झडप हुनसक्ने सम्भावना बढेपछि काठमाडौं उपत्यकाभित्र थप सुरक्षाकर्मी परिचालन गरिएको छ। 'सुरक्षाकर्मीलाई अलर्ट गरिएको छ। प्रदर्शन, विरोध हुनेसक्ने स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ,' महानगरीय प्रहरी…
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको निर्णय निष्पक्ष भएको बताएका छन्। देउवा निवास बुढानीलकण्ठमा संचारकर्मीसँगको कुराकानीमा सभापति देउवाले अदालतको निर्णयले नेपालको प्रजातान्त्रिक पद्धतिलाई जोगाएको तर्क गरेका हुन्। 'यो निष्पक्ष छ। धम्कीले डराउँदैनौं। नेपालमा प्रजातन्त्र जो लोकतन्त्र भन्छौं, हामीहरु विधिको शासन हुन्छ,' देउवाले भने। सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय र…