PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • प्रचण्डसँगको भेटबारे माधव नेपालको स्पष्टीकरण : स्वास्थ्यबारे जानकारी लिने बाहेक अरु कुरा भएन

    प्रचण्डसँगको भेटबारे माधव नेपालको स्पष्टीकरण : स्वास्थ्यबारे जानकारी लिने बाहेक अरु कुरा भएन

    काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले जनै खटिरा आएका कारण केही दिनदेखि घरमा आराम गरिरहेको बताएका छन्। उनको सचिवालयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको शनिवारको भेटबारे प्रष्ट पार्दै नेपाललाई जनै खटिरा आएको उल्लेख गरेको छ। नेपालका स्वकीय सचिव मोहन गौतमले प्रचण्डले स्वास्थ्य अवस्थाको जानकारी लिने बाहेकको कुराकानी नभएको बताएका छन्। ‘आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड…

    विस्तृतमा पढ्नुस्

  • फाइनल वार्ताका लागि एमाले कार्यदलका नेता सिंहदरवारमा

    फाइनल वार्ताका लागि एमाले कार्यदलका नेता सिंहदरवारमा

    काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ। शुक्रवार भएको सहमतिको मस्यौदालाई अन्तिम रुप दिन उनीहरु वार्तामा जुटेका हुन्। शुक्रवारको ७ घण्टा लामो कार्यदलको बैठकबाट सहमतिको मस्यौदा बनेको र उक्त मस्यौदालाई केही परिमार्जन गरेर शनिवार टुंग्याइने नेताहरुले बताएका थिए। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच सहमतिका लागि गत सोमवारयता…

    विस्तृतमा पढ्नुस्

  • ओलीको सुझाव : सिन्धुपाल्चोकमा बाढी पहिरोले बगाएको क्षेत्रमा बस्ती बसाउन भन्दा मत्स्यपालन क्षेत्र बनाउन सकिन्छ

    ओलीको सुझाव : सिन्धुपाल्चोकमा बाढी पहिरोले बगाएको क्षेत्रमा बस्ती बसाउन भन्दा मत्स्यपालन क्षेत्र बनाउन सकिन्छ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीका बाढी पहिरो पीडितका लागि १५ सय बण्डल जस्ता पाता वितरण गर्ने घोषणा गरेका छन्। शनिवार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणका क्रममा ओलीले ३६६ घरका लागि १५ सय बण्डल जस्तापाता वितरण गर्ने बताए। प्रभावितलाई प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराइने ओलीको भनाइ छ। १ हजार बण्डल जस्तापाता पीडितले माग गरेको भए पनि…

    विस्तृतमा पढ्नुस्

  • दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ

    दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ

    काठमाडौंः  हत्याको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ५ पृथ्वी चोक बस्ने ३१ वर्षीय साजन सिंहलाई नियन्त्रणमा लिएको हो। सिंहले असार २५ गते राती आफ्नै दाई लाई धारिलो हत्या प्रहार गरी हत्या गरेको खुलेको छ। सामान्य विवाद हुँदा सिंहले ४२ वर्षीय दाजु भोला सिंहलाई चक्कु प्रहार गरी घाइते बनाएका…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका: पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

    कोपा अमेरिका: पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

    कोपा अमेरिका अन्तर्गत आज सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धा कोलम्बियाले पेरुमाथि जित निकालेको छ। स्टेडियो नासिओनल डी ब्रसिल्लामा सम्पन्न खेलमा पेरुलाई ३-२ ले हराउँदै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो। खेलको ४५ औं मिनेटमा योसिमर योटूनको गोलमा पेरुले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको कोलम्बियाका लागि जुआन कुआड्राडोले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • देउवाको गृह प्रदेशमा कांग्रेस महाधिवेशन : ९ जिल्ला सभापतिमा ४० भन्दा बढीको चर्चा

    देउवाको गृह प्रदेशमा कांग्रेस महाधिवेशन : ९ जिल्ला सभापतिमा ४० भन्दा बढीको चर्चा

    कैलाली: नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै जिल्ला अधिवेशनको रौनक सुदूरपश्चिमका जिल्लाहरूमा छाएको छ। पार्टी सभापति शेरबहादुर देउवाकै गृह जिल्लामा उनको इच्छा विपरीतका पात्र हाबी रहनु तथा उनको गृह प्रदेशका अन्य जिल्लामा आकाङ्क्षीको लहर लामो देखिएपछि जिल्ला अधिवेशनको रौनक थप पेचिलो र रोचक बन्दै गएको छ। १३औँ महाधिवेशनमा सुदूरपश्चिमका ९ जिल्लामध्ये दार्चुला, बैतडी र देउवाकै गृह जिल्ला डडेलधुराबाहेक ६ जिल्लामा देउवा निकट…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा सर्वोच्चलाई शीतल निवासको जवाफ: ‘राष्ट्रपतिले कर्तव्य पूरा गरेको हो, मुद्दा लाग्दैन’

    मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा सर्वोच्चलाई शीतल निवासको जवाफ: ‘राष्ट्रपतिले कर्तव्य पूरा गरेको हो, मुद्दा लाग्दैन’

    काठमाडौं : मन्त्रिपरिषद् विस्तार सम्बन्धी मुद्दामा राष्ट्रपति कार्यालय शीतलनिवासले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएको छ। सर्वोच्चले असार ८ गते प्रतिनिधिसभा विघटन तथा निर्वाचन घोषणापछि थपिएका २० जना मन्त्रीलाई अन्तरिम आदेशमार्फत पदमुक्त गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको थियो। विहीवार जवाफ बुझाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार आफ्नो अधिकारको विषय भएको र यसमा अदालतले बन्देज लगाउन नमिल्ने जिकिर…

    विस्तृतमा पढ्नुस्

  • यू २३ एसियन कप क्वालिफायर्समा नेपाल समूह 'बी' मा : इरान, ताजकिस्तान र लेबनानसँग भिड्ने

    यू २३ एसियन कप क्वालिफायर्समा नेपाल समूह 'बी' मा : इरान, ताजकिस्तान र लेबनानसँग भिड्ने

    काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपाल समूह 'बी' मा परेको छ। नेपाल रहेको समूहको खेल अक्टोबर २३ देखि ३१ सम्म ताजिकिस्तानमा हुने एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले जनाएको छ। क्वालिफायर्सका लागि ४२ वटा टिमलाई ११ वटा समूहमा विभाजन गरिएको छ। जसमा 'वेस्ट' बाट २३ टिमहरुलाई ६ वटा समूहमा बाँडिएको छ। जसमा ए देखि इ सम्म हरेक समूहमा चार टिम र…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशको खाद्य उद्योगमा लागेको आगोले लियो कम्तिमा ५२ जनाको ज्यान

    बंगलादेशको खाद्य उद्योगमा लागेको आगोले लियो कम्तिमा ५२ जनाको ज्यान

    बंगलादेशको एउटा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा कम्तिमा ५२ जना मानिसले ज्यान गुमाएका छन्। आगोको ज्वालाबाट बच्न कैयौंले माथिल्लो तलाबाट हाम फालेका थिए।  प्रहरीलाई उद्धृत गर्दै एएपीले जनाएअनुसार ढाकाबाट २५ किलोमिटर दुरीमा रहेको रुपगञ्जमा यस्तो दुर्घटना भएको हो। औद्योगिक क्षेत्रमा रहेको उक्त कारखानामा लागेको आगो अझै निभिसकेको छैन।  हसेम फुड एन्ड विभरेजको कारखानमा हिजो साँझ स्थानीय समयअनुसार ५ बजेदेखि आगो…

    विस्तृतमा पढ्नुस्

  • दल खारेज निवेदन दर्ता गरिएकोमा निर्वाचन आयोगप्रति माओवादी केन्द्रको आक्रोश

    दल खारेज निवेदन दर्ता गरिएकोमा निर्वाचन आयोगप्रति माओवादी केन्द्रको आक्रोश

    काठमाडौं : नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजी निवेदन दर्ता गरेकोमा निर्वाचन आयोगप्रति आक्रोश पोखेको छ। केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले विज्ञप्ति जारी गरेर पार्टीसँग सम्बन्ध नै नभएका व्यक्तिले दिएको निवेदन दर्ता गरेको भन्दै आयोगप्रति आक्रोश पोखेका छन्। विज्ञप्तिमा अनाधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत नगर्न आयोगलाई आग्रह समेत गरिएको छ। एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले बुधवार निर्वाचन आयोगमा…

    विस्तृतमा पढ्नुस्

  • विवाद मिलाउन कार्यदलका नेता दिनदिनै सिंहदरबारमा, अझै बनेन विश्वासको वातावरण

    विवाद मिलाउन कार्यदलका नेता दिनदिनै सिंहदरबारमा, अझै बनेन विश्वासको वातावरण

    काठमाडौं : नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ। विवाद समाधानका लागि गठित कार्यदलको शुक्रवारको बैठक सिंहदरबारमा बसिरहेको हो। जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा कार्यदल गठन भएको थियो। जेठ ७ गते बसेको बैठक डेढ महिना निष्क्रिय भए पनि गत सोमवार फेरि बसेको थियो। सोमवार यता लगातार बसे पनि ठोस प्रगति नभएको नेपाल समूहका…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिकाको फाइनल खेलाउने रेफ्रीमाथि अविश्वास, 'मेस्सीले ब्राजिललाई हराउनु पर्छ, कन्मेबोल खतरनाक छन्'

    कोपा अमेरिकाको फाइनल खेलाउने रेफ्रीमाथि अविश्वास, 'मेस्सीले ब्राजिललाई हराउनु पर्छ, कन्मेबोल खतरनाक छन्'

    आइतवार बिहान कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र आयोजक ब्राजिल आमनेसामने हुँदैछन्। फाइनल खेल नजिकिँदै गर्दा पाराग्वेका लेजेण्ड खेलाडी जोस लुइस छिलाभर्टले दक्षिण अमेरिकी फुटबल फेडेरेसनमाथि आक्रामक रुपमा प्रस्तुत हुँदै कोपा अमेरिकाको फाइनलका रेफ्री इस्टेबन ओस्टोजिचले ब्राजिलको पक्षमा निर्णयहरु गर्न सक्ने आरोप लगाएका छन्। चिलाभर्टले रेफ्रो ओस्टोजिचको निर्णहरुबारे विचार राख्दै मेस्सीले ब्राजिल र कन्मेबोलसँग फाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। 'मेस्सीको टिमले…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री जेनी कुँवर मृत अवस्थामा फेला

    अभिनेत्री जेनी कुँवर मृत अवस्थामा फेला

    काठमाडौंः अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छिन्। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।  महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिमबहादुर लामा घटानाको पुष्टि गरे। बस्नेतका अनुसार कुँवरको सुसाइड नोट समेत फेला परेका छ।  झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक भनाई छ। कुँवर नेपाली चलचित्रको अभियनसँगै निर्माणमा पनि संलग्न थिइन्।  साँझ ८ बजेतिर भान्छा कोठाबाहिर किला ठोकेर नाइलन…

    विस्तृतमा पढ्नुस्

  • विष्णु पौडेल अनुपस्थित रहेपछि विषय प्रवेश नै नभइ टुंगियो एमाले कार्यदलको वार्ता, १० दिनदेखि प्रगति नै नभएको दाबी

    विष्णु पौडेल अनुपस्थित रहेपछि विषय प्रवेश नै नभइ टुंगियो एमाले कार्यदलको वार्ता, १० दिनदेखि प्रगति नै नभएको दाबी

    काठमाडौं : नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ। बिहीबार साँझ बस्ने बैठकबाट सहमतिको घोषणा गर्ने बताइए पनि वार्ता निष्कर्षविहीन भएको हो।  अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट संयोजक रहेका नेता सुवास नेम्वाङले ठोस् निष्कर्ष बिना बैठक सकिएको बताए। 'टुंगोमा पुगिसकेको छैन्, तर कुराहरु सकारात्मक भएका छन्। म आशावादी छु,' नेम्वाङले भने। नेपाल समूहका तर्फबाट कार्यदल सदस्य रहेका नेता…

    विस्तृतमा पढ्नुस्

  • एमाले विवाद मिलाउने कसरतमा कार्यदलका नेता, सिंहदरवारमा वार्ता सुरु

    एमाले विवाद मिलाउने कसरतमा कार्यदलका नेता, सिंहदरवारमा वार्ता सुरु

    काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरवारमा शुरु भएको छ। आज (बिहीवार) दिउँसो बसेको एमालेको कार्यदलको बैठकले साँझ फेरी बस्ने सहमति गरेको थियो। उक्त सहमति अनुसार सिंहदरवारमा वार्ता शुरु भएको अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट कार्यदलमा संयोजक रहेका नेता सुवास नेम्बाङले जानकरी दिए। चार दिनदेखि लगातार बैठक बसेको एमाले कार्यदलको चौथो बैठक सहमतिको नजिक पुगेको…

    विस्तृतमा पढ्नुस्

  • देउवा र माधव नेपालको नजिर देखाउँदै ओलीले सर्वोच्चलाई भने, ‘मन्त्री हटाउने आदेश शक्ति पृथकीकरण सिद्धान्तको प्रतिकूल’

    देउवा र माधव नेपालको नजिर देखाउँदै ओलीले सर्वोच्चलाई भने, ‘मन्त्री हटाउने आदेश शक्ति पृथकीकरण सिद्धान्तको प्रतिकूल’

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा सर्वोच्च अदालतलाई जवाफ पेस गरेका छन्। जवाफमा मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीलाई हुने जिकिर गरिएको छ। सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीले दुई चरणमा गरेको मन्त्रिपरिषद हेरफेरलाई अन्तरिम आदेशमार्फत अवैधानिक घोषित गर्दै सरकारसँग लिखित जवाफ मागेको थियो। सर्वोच्चको आदेशले २० जना मन्त्रीको पद गएको थियो। आफ्नो लिखित जवाफमा ओलीले मन्त्री हेरफेर कार्यकारिणीको अधिकार…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षे करारमा रामोस पीएसजीमा

    दुई वर्षे करारमा रामोस पीएसजीमा

    स्पेनिस खेलाडी सर्जियो रामोस दुई वर्षे करारमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका छन्। १६ वर्ष स्पेनिस क्लब रियल मड्रिडमा बिताएका रामोसको जुन महिनामा मड्रिडसँग करार सकिएको थियो। 'पीएसजीमा अनुबन्धित हुन पाउँदा अत्यन्तै खुशी छु,' रामोसले भनेका छन्, 'यो मेरो जीवनको राम्रो मौका हो। एउटा नयाँ चुनौती र दिन जसलाई म कहिल्यै बिर्सने छैन।' यो समरमा पीएसजीको यो तेस्रो अनुबन्धन…

    विस्तृतमा पढ्नुस्

  • फुटसल व्यवसायीको प्रशासनलाई ध्यानाकर्षण : ठूलो लगानी परेको छ, मापदण्ड पुर्‍याएर सञ्चालन गर्न दिइयोस्

    फुटसल व्यवसायीको प्रशासनलाई ध्यानाकर्षण : ठूलो लगानी परेको छ, मापदण्ड पुर्‍याएर सञ्चालन गर्न दिइयोस्

    काठमाडौं : नेपाल फुटसल व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई फुटसल सञ्चालनको वातावरण बनाउन भन्दै ज्ञापनपत्र बुझाएको छ। विगत दुई महिनायताको लकडाउनको कारण ठूलो लगानी रहेको फुटसल क्षेत्र चरम आर्थिक संकटमा भएको भन्दै संघले स्वास्थ्य मापदण्ड पूरा गरेर फुटसल सञ्चालनको व्यवस्था मिलाउन भन्दै ज्ञापन पत्र दिएको हो। सवै वर्ग, समूहका लागि शारिरीक, मानसिक स्वास्थ्यसँग जुटेको फुटसल ठूलो लगानी गरी खोलिएकोले…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडाबाट बारा लग्दै गरेको ५७ किलो गाँजासहित दुई जना पक्राउ

    हेटौंडाबाट बारा लग्दै गरेको ५७ किलो गाँजासहित दुई जना पक्राउ

    वीरगंज : मकवानपुर प्रहरीले ५७ किलो ९ सय ग्राम लागुऔषध गाँजा ओसारपसार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पिकअप जीप चालक चितवन, राप्ती नपा–६ बस्ने वर्ष २६ का संजय चौधरी र सोही गाडीमा सवार चितवनकै ४८ वर्षिय लालजी साह रहेका छन्। बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय रातोमाटेको टोलीले हेटौंडा उपमहानगरपालिका १५ पिपल चौतारा नजिकै…

    विस्तृतमा पढ्नुस्

  • ५८ थान भेन्टिलेटरसहित इजरायलबाट आइपुग्यो २० करोडको स्वास्थ्य सामग्री

    ५८ थान भेन्टिलेटरसहित इजरायलबाट आइपुग्यो २० करोडको स्वास्थ्य सामग्री

    काठमाडौं : इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल आइपुगेको छ। स्वास्थ्य सामाग्री तथा उपकरण लिन इजरायल गएको नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईट’ मार्फत ती सामग्रीसहित आज विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको इजरायली दूतावासले जानकारी दिएको छ। विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell