PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • एमालेका २२ सांसदलाई २४ घन्टे स्पस्टीकरण, 'भीम रावलको राजीनामा गलत'

    एमालेका २२ सांसदलाई २४ घन्टे स्पस्टीकरण, 'भीम रावलको राजीनामा गलत'

    काठमाडौं : नेकपा एमालेले पार्टी आफ्ना २२ सांसदलाई २४ घन्टे स्पस्टीकरण सोधेको छ। आज च्यासलमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले हिजो पार्टीको ह्विप नमानी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसदहरुलाई कारवाहीको प्रकृया अगाडि बढाउने निर्णय  गरेको हो। साथै बैठक भोलिसम्मका लागि स्थगित भएको छ। पार्टी एकताका लागि माधवकुमार नेपाललाई १० बुँदे सहमतिअनुसार पार्टीमा फर्काउन नसकेको बैठकपछि पार्टी प्रवक्ता प्रदीप…

    विस्तृतमा पढ्नुस्

  • वडा अध्यक्ष सवार मोटरसाइकलमा भेटियो खैरो हेरोइन, तीन जना समातिए

    वडा अध्यक्ष सवार मोटरसाइकलमा भेटियो खैरो हेरोइन, तीन जना समातिए

    काठमाडौं : प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना वडा अध्यक्ष समेत रहेका छन्। पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, ४० वर्षीय बलिष्टर सहनी र रामआदेश सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। 'वडा अध्यक्ष चढेको मोटरसाइकलबाट हेरोइन फेला पारेका हौं,' जिल्ला प्रहरी कार्यालय पर्साका…

    विस्तृतमा पढ्नुस्

  • एमालेका २२ जनाको देउवालाई मत, ओली समूहका ८ जनाले गरे फ्लोर क्रस, १६ जना अनुपस्थित

    एमालेका २२ जनाको देउवालाई मत, ओली समूहका ८ जनाले गरे फ्लोर क्रस, १६ जना अनुपस्थित

    काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) का २२ जना सांसदहरुले विश्वासको मत दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा भएको मदतानमा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका हुन्। यसरी मत दिनमा माधव नेपाल पक्षका मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरु पनि छन्। 'हामी २२ जनाले मत दिएका छौँ। केही ओली पक्षका पनि हुनुहुन्छ,' सांसद मेटमणी…

    विस्तृतमा पढ्नुस्

  • देउवाले पाए प्रतिनिधि सभामा विश्वासको मत, तेस्रो पटकको विघटनबाट जोगियो संसद्

    देउवाले पाए प्रतिनिधि सभामा विश्वासको मत, तेस्रो पटकको विघटनबाट जोगियो संसद्

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। आइतबार राति भएको मतदानमा देउवाले १६५ मत पाए।  कूल उपस्थित २४९ मध्ये देउवाको पक्षमा १६५ र विपक्षमा ८३  मत परेको हो। एक सांसद तटस्थ रहे।  देउवालाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल र नेकपा (एमाले) को एक समूहले मत दिएको हो।  प्रतिनिधि सभामा कायम रहेको २७१ संख्याको बहुमत पुग्न १३६ मत आवश्यक थियो। सो…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई बैठकमा नदेखेपछि देउवाले भने, ‘उहाँ आउनुभएको भए म खुसी हुन्थेँ’

    ओलीलाई बैठकमा नदेखेपछि देउवाले भने, ‘उहाँ आउनुभएको भए म खुसी हुन्थेँ’

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा आफ्नो सम्बोधनका क्रममा विपक्षी दलका नेता केपी शर्मा ओली उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। संसदीय अभ्यासमा प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रमुख विपक्षी दलको नेता उपस्थित हुने प्रचलन छ।  तर, ओली केहीबेर बैठकमा बसेर बाहिरिएका थिए।  विश्वासको मतको प्रस्तावको छलफलमा जवाफ दिने क्रममा देउवाले भने, ‘ वास्तवमा उहाँको स्वास्थ्यले हो कि किन हो यहाँ देखिएन ।…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले देउवालाई विश्वासको मत नदिने, जनमोर्चा देउवाको पक्षमा

    राप्रपाले देउवालाई विश्वासको मत नदिने, जनमोर्चा देउवाको पक्षमा

    काठमाडौँः राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ। प्रतिनिधि सभामा एक सिट रहेको राप्रपाले तटस्थ बस्ने निर्णय गरेको जानकारी सांसद राजेन्द्र लिङ्देनले जानकारी दिए।  विश्वासको मतको प्रस्तावको छलफलमा भाग लिँदै लिङ्देनले मत नदिने बताएका हुन्। सरकारको प्रारम्भिक संकेत शुभ नरहेको बताउँदै उनले आगामी दिनमा गुण दोषका आधारमा समर्थन र विरोध गर्ने जनाए।  एक सिट रहेको राष्ट्रिय जनमोर्चाले भने देउवाको…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको राजनीतिक परामर्श जारी, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग भेट

    विप्लवको राजनीतिक परामर्श जारी, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग भेट

    काठमाडौंः पछिल्लो समय राजनीतिक परामर्शलाई तीव्रता दिइरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आइतबार माओवादी केन्द्र छाडेका नेताहरुलाई भेट गरेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुरु भएको राजनीतिक परामर्शको सिलसिलामा विप्लवले पूर्व माओवादीका नेताहरु भेट गरेका हुन्।  ललितपुरस्थित नेता लेखराज भट्टको निवासमा विप्लवले रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह तथा मणि थापासँग भेट गरेका…

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने, संसद भवनमा भयो मौखिक सहमति

    महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने, संसद भवनमा भयो मौखिक सहमति

    काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ। जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि तयार भएका हुन्। ठाकुर समूहका एक सांसदका अनुसार मधेसका माग सम्बोधनको प्रतिबद्धतापछि सत्ता गठबन्धनसँग विश्वासको मत दिनेबारे मौखिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाविरुद्ध मतदान गर्न एमाले अध्यक्ष ओली पुगे संसद भवन

    प्रधानमन्त्री देउवाविरुद्ध मतदान गर्न एमाले अध्यक्ष ओली पुगे संसद भवन

    काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएर १५ मिनेटको लागि स्थगित भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो बैठक बसिरहेको हो। १५ मिनेटपछि सुरु हुने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्ने छन्। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागि हुन भर्खरै संसद भवन पुगेका छन्। उनी…

    विस्तृतमा पढ्नुस्

  • पुनर्स्थापनापछिको पहिलो बैठक : संसद भवन भित्र र बाहिर देखिएका दृश्य

    पुनर्स्थापनापछिको पहिलो बैठक : संसद भवन भित्र र बाहिर देखिएका दृश्य

    काठमाडौं : अहिले बानेश्वरस्थित सम्मेलन केन्द्रको भवनामा प्रतिनिधिसभाको बैठक चलिरहेको छ। सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो बैठक बसिरहेको हो। आजको बैठकमा सबैभन्दा महत्वपूर्ण मानिएको विषय हो प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु। त्यसैले अहिले भवनमा देउवाले पक्ष र विपक्षमा मतदान दिनको लागि सांसदहरु बैठकमा सहभागी भइसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा पनि बैठकमा नै छन्। तर, प्रमुख प्रतिपक्षी दलका नेता पूर्व…

    विस्तृतमा पढ्नुस्

  • जब सांसद सुरेन्द्र पाण्डेले भीम रावलको राजीनामा रोक्ने खोजे…

    जब सांसद सुरेन्द्र पाण्डेले भीम रावलको राजीनामा रोक्ने खोजे…

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने पूर्व सन्ध्यामा सुदूर पश्चिमका नेताले प्रतिनिधिसभाका सभामुखसामु राजीनामा बुझाएका हुन्। सांसद रावलको राजीनामालाई लिएर एमाले सांसदहरु नै आश्चर्यमा परेका छन्। संसद भवनभित्र नै रहेका अर्का सांसद सुरेन्द्र पाण्डेले रावललाई राजीनामा नदिन र यसको जानकारी पत्रकारलाई नगराउन गरेको प्रयास असफल बन्यो।  जव रावलले…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मतको पूर्व सन्ध्यामा भीम रावलले दिए सांसदबाट राजीनामा

    विश्वासको मतको पूर्व सन्ध्यामा भीम रावलले दिए सांसदबाट राजीनामा

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने पूर्व सन्ध्यामा सुदूर पश्चिमका नेताले प्रतिनिधिसभाका सभामुखसामु राजीनामा बुझाएका हुन्।  प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै राष्ट्रपति कार्यालयमा पठाइएको सूचीमा रहेका उनी सर्वोच्च अदालतमा उनैलाई समर्थन गर्दै हस्ताक्षर गर्ने अभियानमा पनि सक्रिय थिए। पछिल्लो समय उनी पार्टी एकताका लागि गठित कार्यदलका सदस्य समेत…

    विस्तृतमा पढ्नुस्

  • सत्ता सपनाको जीर्ण नायक (कविता)

    सत्ता सपनाको जीर्ण नायक (कविता)

    सुभाषचन्द्र देवकोटा - उसले, आलिसान बंगलाको बार्दलीमा उभिएर पुन: क्रान्तिको घोषणा गर्‍यो +++ उसले हात हल्लायो आँखा चम्कायो आफ्नै सहकर्मीविरुद्ध  जेहाद छेड्यो आफ्नो लाज ढाक्न सानदार बिद्रोहको उद्घोष गर्‍यो +++ उसले फेरि एकपटक सत्ताको मीठो स्वाद सम्झियो आलिसान कुर्सी सम्झियो र, आफूलाई महानायक ठानेर क्रान्तिको सपना बाढ्यो +++ सत्ताबाट वेदखल हुनुपरेको बिरहमा तालीको गडगडाहट बिच टुटेफुटेको क्रान्ति गीत गायो +++…

    विस्तृतमा पढ्नुस्

  • जसपाका १९ सांसदले देउवालाई विश्वासको मत दिने निर्णय

    जसपाका १९ सांसदले देउवालाई विश्वासको मत दिने निर्णय

    काठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। जनता समाजवादी पार्टीका संसदीय दलको बैठक दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको थियो। बैठकमा उपस्थित पार्टीका १९ जना सांसदले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेका हुन्।    मिती २०७८।०४।०३ जनता समाजवादी पार्टी को संसदीय दलको बैठक दलका ज्येष्ठ सदस्य माननीय महेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक जाने तयारीमा रहेकी एथ्लेटिक्सकी प्रशिक्षक मल्ललाई कोभिड संक्रमण, उनको स्थानमा सन्तोष श्रेष्ठ जाने

    ओलम्पिक जाने तयारीमा रहेकी एथ्लेटिक्सकी प्रशिक्षक मल्ललाई कोभिड संक्रमण, उनको स्थानमा सन्तोष श्रेष्ठ जाने

    काठमाडौं: टोकियो ओलम्पिकमा जाने तयारीमा रहेकी एथेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोभिड संक्रमण भएको छ। जापानको टोकियोमा हुने गृस्मकालीन ओलम्पिकमा जान लागेकी उनको पीसीआर परीक्षण गर्दा कोभिड संक्रमण देखिएको नेपाल ओलम्पिक कमिटीले एक विज्ञप्तिमार्फत जनाएको छ। 'टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिड सम्बन्धी नियमअनुसार वहाँलाई सहभागी गराउन नमिल्ने भएका कारण वहाँको प्रतिस्थापनमा पहिलेको लङ लिस्टमा एक्रडेट भैसकेका प्रशिक्षक सन्तोष श्रेष्ठलाई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सांसदहरूलाई ह्विप जारी : 'माधव नेपाल पक्ष साथमै रहनेमा ढुक्क'

    कांग्रेस सांसदहरूलाई ह्विप जारी : 'माधव नेपाल पक्ष साथमै रहनेमा ढुक्क'

    काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आज साँझ हुने विश्वासको मतदान प्रकृयामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। संसदीय दलको बैठकको सांसदहरुलाई ह्विप जारी गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।  गठबन्धनमा रहेका दलहरूलाई पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मतदान दिन बैठकले आह्वान गरेको छ। विश्वासको मतदान प्रकृयामा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूको साथ रहनेमा कांग्रेस ढुक्क रहेको…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारलाई भारतको पहिलो उपहार: १५० आईसीयु बेड सहयोग

    देउवा सरकारलाई भारतको पहिलो उपहार: १५० आईसीयु बेड सहयोग

    काठमाडौं : भारतले कोभिड-१९ रोकथामका लागि नेपालालाई १५० आईसीयु बेड उपहार प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई सहयोग हस्तान्तरण गरेका हुन्। केपी ओली नेतृत्वको सरकारको बहिर्गमन पछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भारतले प्रदान गरेको सहयोग यो नै पहिलो हो।

    विस्तृतमा पढ्नुस्

  • ओलीले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश देउवाको सिफारिसमा खारेज

    ओलीले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश देउवाको सिफारिसमा खारेज

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज गरेकी छिन्। संवैधानिक नियुक्तिमा आफूले चाहेका व्यक्तिलाई निर्वाध रुपमा चयन गर्न सहज बनाउँदै ओलीले यस्तो अध्यादेश जारी गरेका थिए। संवैधानिक परिषदको बैठकमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिने व्यवस्था हटाउँदै…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टर चढेर गगन थापा विश्वासको मत दिन काठमाडौं आउँदै

    हेलिकप्टर चढेर गगन थापा विश्वासको मत दिन काठमाडौं आउँदै

    काठमाडौं : नेपाली कांग्रेसका सांसद हेलिकप्टर चढेर विश्वासको मतका लागि काठमाडौं आउने भएका छन्। दुई दिनदेखि पोखरामा रहेका उनी स्थल मार्गबाट काठमाडौं आउने क्रममा पहिरोले बाटो रोकिएपछि हेलिकप्टरबाट आउन लागेका हुन्।    नेपाली कांग्रेसका नेता रामजी कुँवरको स्मृति सभामा भाग लिन शनिवार गगन पोखरा गएका थिए। दमौली नजिकै पहिरोले बाटो बन्द भएको उनका सहयोगी सविन मुडवारीले जानकारी दिए। त्यसैले थापा…

    विस्तृतमा पढ्नुस्

  • चीनले १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई पनि खोप दिँदै

    चीनले १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई पनि खोप दिँदै

    चीनमा १८ वर्ष मुनिका किशोर-किशोरीका लागि कोभिड-१९ विरुद्धको खोप दिने भएको छ। चीनका केही प्रान्त तथा महानगरपालिकाहरुले १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरुलाई खोप उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेको चाइना डेलीले जनाएको छ।  चीनको उत्तरपूर्वी प्रान्त हेइलोङजियाङले मध्यमा तथा उच्च माध्यमिक विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप दिने योजना तयार गरेको छ। खोप दिन अगाडि विद्यार्थीका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell