काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट अधिवक्ता खम्मबहादुर खत्रीले बहस सुरू गरेका छन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्। इजलास सुरु भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षधर कानुन व्यवसायीले निर्धारण गरिएको समयमाथि प्रश्न उठाएका थिए। इजलासले…
काठमाडौं : मंगलवार काठमाडौंको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ। कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। 'कालोपुलतिर बस्दै आएकी महिला सन्तोषी सुब्बा भएको खुलेको छ। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण पंगेनीले भने। मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र…
काठमाडौं : मंगलवार काठमाडौंको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ क्षेत्रमा मृत अवस्थामा भेटिएको महिलाको शव पहिचान हुन सकेको छैन। मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको थियो। 'अनुहार नचिनिने अवस्थामा छ। अनुहारमा केहीले प्रहार गरेको जस्तो देखिएको छ। अहिलेसम्म शव कसको…
यूईएफए युरो कपमा आज चार खेल हुँदैछन्। आज हुने खेलमा समूह 'ई' र 'एफ' समान २/२ खेल हुनेछन्। आज बेलुकी पौने दश बजे समूह 'ई' का दुई खेल हुनेछन्। जसमा पोल्याण्ड र स्वीडेन तथा स्पेन र स्लोभाकिया भिड्नेछन। क्रिस्टोभ्स्की स्टेडियममा हुने खेलमा चार अंक जोडेर समूहको शीर्षस्थानमा रहेको स्वीडेनलाई १ अंक जोडेको पोल्याण्डले चुनौती दिनेछ। स्वीडेनले आफ्नो पहिलो खेलमा स्पेनसँग…
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न समूह 'डी'को खेलमा इङ्ग्ल्याण्डले चेक रिपब्लिकलाई र क्रोएसियाले स्कटल्याण्डलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेका छन्। वेम्बली स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले इङ्ग्ल्याण्डले चेक रिपब्लिकलाई १-० हराउँदा समूह विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो। इङ्ग्ल्याण्डको जितमा रहीम स्ट्रलिङले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरे। जितसँगै खेल खेलेर दुई जित र एक बराबरी…
काठमाडौं: विपक्षी ५ दलका शीर्ष नेताहरुले मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएका छन्। गठबन्धनका तर्फबाट विज्ञप्ति जारी गर्दै नेताहरुले निर्णायक कदमका लागि आफूहरु प्रतिवद्ध भएको बताएका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल,जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले साझा विज्ञप्ति जारी गर्दै निर्णायक…
काठमाडौंः पछिल्लो २४ घण्टामा देशरभर ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङक अनुसार १६ हजार ९ सय १३ जनामा परीक्षण गरिएकोमा ४ हजार ५ सय २२ जनामा संक्रमण देखिएको हो। १२ हजार २ सय ४ जना आरटी पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ जनामा संक्रमण देखिएको हो। त्यस्तै …
काठमाडौं : काठमाडौंको दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ। दक्षिणकाली पार्किङ रहेको पिकनिक स्पट नजिकै शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए। शवको पहिचान खुलिसकेको छैन। 'अनुहार नचिनिने अवस्थामा शव फेला परेको जानकारी आएको छ। घटनास्थलमा हामी पुग्दौंछौं,' एसएसपी खापुङले भने। यसअघि जेठ २५ गते काठमाडौंको बौद्धमा पनि बोरामा फ्यालिएको अवस्थामा मानिसको खुट्टा फेला परेको थियो। अहिलेसम्म…
काठमाडौं : 'आइजी सा'ब वाकिटकी सहितको हर्न बजाइदिनु न।' क्लब हाउसको होस्ट गरेका एक युवकले भन्दै थिए। उनको भनाईपछि नेपाल प्रहरीको बर्दीमा आइजीपी शैलेश थापा क्षेत्री आइपुगे। त्यसपछि उनले हर्न बजाए। फेरि ती युवकले यहाँ भिडभाड भएको भन्दै व्यवस्थापन गर्न ट्राफिक प्रहरी आइपुगे। क्लब हाउसमा यही विषयमा चर्चा चलिरहन्छ। आइजीपी क्षेत्री हराउँछन्। होष्ट गरेका युवाले भने, 'उहाँ अन्य ग्रुपमा लफडा परेकाले जानु…
चर्चित फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीको फिल्म 'आरआरआर' निकै बहु प्रतिक्षित फिल्म हो। कोरोना महामारी बिच लकडाउनका कारण रोकिएको यस फिल्मको छायाँकन पुन: सुरु भएको छ। भारतमा कोरोनाको दोस्रो लहरबिच यस फिल्मको छायाँकन रोकिएको थियो। संक्रमणदर घटे सँगै सरकारले सुटिङका लागि अनुमति दिएपछि फिल्मको छायाँकन प्रारम्भ भएको हो। भारतमा जुलाई वा अगस्टमा कोरोना भाइरसको तेस्रो लहर आउने आशंका गरिएको छ।…
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आजबाट सुरु भएको छ। विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि आजबाट बन्द प्रशिक्षण सुरु भएको हो। नेपालले जुलाईको महिनामा स्पेनमा स्कटल्याण्ड र नामिबियासँग एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्नेछ। नेपालले यसअघि लिग टू अन्तर्गत अमेरिका र ओमनसँग घरेलु मैदानमा खेलेको थियो। जसमा दुई जित र दुई हार ब्यहोरेको थियो। तयारीका लागि क्यानले यसअघि नै…
काठमाडौं: साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सलाई लक्षित गर्दै राष्ट्रिय फुटबल टिमको तयारीका लागि प्रशिक्षणमा ५० जना खेलाडी बोलाइएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जुलाई १ बाट प्रशिक्षण सुरु गर्ने गरी खेलाडीहरु प्रशिक्षणमा बोलाएका हुन्। नेपाली फुटबल टोली अघिल्लो हप्तामात्र कुवेतमा विश्वकप क्वालिफायर्स र एसियन कप क्वालिफायर्स अन्तर्गतको खेल खेलेर स्वदेश फर्किएको थियो। समूह 'बी' रहेको नेपालले चौथो स्थानमा रहँदै एसिया…
काठमाडौं : नेपाली भूमिमा भइरहेको भारतीय पक्षको अवरोधको विषयमा १० दिनभित्र समाधान निकाल्ने उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले बताएका छन्। अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरको मागपत्र बुझेपछि मन्त्री महासेठले भारतीय पक्षसँग १० दिनभित्र कुटनीतिक छलफल गरी समाधान निकाल्ने आश्वासन दिएका हुन्। कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुइँ क्षेत्रमा १३ सय मिटर हुलाकी सडक खण्डको भारतीय पक्षले निर्माण कार्य अवरोध गर्दै आएको…
काठमाडौं : कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संयुक्त इजलासमा हुने भएको छ। सर्वोच्च अदालत प्रशासनले सार्वजनिक गरेको पेशी सूचीमा मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेका पुरकसहित ९ रिट प्रधानन्यायाधीश जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ। सर्वोच्चमा रिट दायर भएर कारण देखाउ आदेश जारी भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विस्तार गरेर मन्त्रिपरिषदलाई…
काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले जोरबिजोर प्रणालीमा गुड्न पाए पनि सार्वजनिक सवारी साधनलाई भने बन्देज…
यूईएफए युरो कपमा आज अन्तिम दुई खेल हुँदैछन्। दुबै खेल राति पौने १ बजे सुरु हुने छन्। स्कटल्याण्ड स्थित ह्याम्सडेन पार्कमा हुने खेलमा स्कटल्याण्ड र क्रोएसिया भिड्नेछन्। क्रोएसियाले यसअघिको खेलमा इङ्ग्ल्याण्डसँग पराजय ब्यहोरेको थियो भने चेक रिपब्लिकसँग बराबरी खेलेको थियो। त्यस्तै इङ्ग्ल्याण्डसँग बराबरी खेलेको स्कटल्याण्ड चेक रिपब्लिकसँग पराजित भएको थियो। त्यस्तै वेम्बली स्टेडियममा शीर्षस्थानको होडमा रहेका चेक रिपब्लिक र इङ्ग्ल्याण्ड…
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाई हराएको छ। स्टेडियो नासिनल डी ब्रासिल्लामा सम्पन्न समूह 'ए'को खेलमा अर्जेन्टिनाले पाराग्वेमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो। अर्जेन्टिनाको जितमा अलेजान्ड्रो गोमेजले निर्णायक गोल गरे। उनले खेलको एन्जेल डी मारियाको पासमा खेलको १० औं मिनेटमा गोल गरे। खेल अवधिभर राम्रो पकड बनाएर पनि पाराग्वेले गोल फर्काउन सकेन। जितसँगै तीन…
डेनमार्कको पार्केन स्टेडियममा १० दिन अघि फिनल्याण्डविरुद्धको खेलको ४३ औं मिनेटमा क्रिस्टियन एरिक्सन मैदानमा ढले। हृदयघातका कारण उनी ढलेपछि केहीसमय खेल रोकियो। संसारभरीबाट उनका लागि प्रार्थना गरियो। सबै फुटबल समर्थकको ध्यान उनीमा खिचियो। उनी होसमा रहेको खबर आएसँगै केहीसमय पछि खेल सुरु भयो। जसमा फिनल्याण्डले डेनमार्कलाई हरायो। एरिक्सन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। त्यही मैदानमा डेनमार्क समूहको अन्तिम खेलमा रसियासँग…
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'ए' को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १-१ को बराबरीमा रोकिएका हुन्। खेलको २६ औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा चिलीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि दोस्रो हाफमा चिलीका आर्टुरो भिडाल आत्मघाती गोल गर्न पुगे। उनले…
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न समूह 'बी'का दुई खेलसँगै बेल्जियम र डेनमार्क अन्तिम १६ मा प्रवेश गरेका छन्। यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको बेल्जियमले क्रिस्टोभ्यस्की स्टेडियममा सम्पन्न खेलमा फिनल्याण्डलाई हराउँदै समूहमा शतप्रतिशत जित निकालेर समूह विजेता बन्न सफल भयो। उक्त खेलमा बेल्जियमले २-० को जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले…