यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा अस्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा प्रवेश गरेको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा सम्पन्न खेलमा अस्ट्रियामाथि २-१ गोलअन्तरले हराएको हो। प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समयसम्म खेल बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयसम्म पुगेको थियो। जसमा फेडेरिको किएजाले इटलीलाई अग्रता बनाए। उनले खेलको ९५ औं मिनेटमा गोल गरे। त्यस्को दश मिनेट नबित्दै म्याट्टेओ पेसिनाले गोल थप्दा इटलीले २-०…
वीरगंजः पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता नेकपा (एमाले) पर्साको सचिवमा मनोनीत भएका छन्। एमाले प्रदेश २ को जेठ ३० गतेको निर्णय अनुसार गुप्तालाई मनोनयन गरिएको हो। असार १० गते प्रदेश कमिटी अध्यक्ष ज्वालाकुमारी साहले जारी गरेको विज्ञप्तिले उनलाई सचिवको जिम्मेवारी दिइएको छ। गुप्ता नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षमा निर्वाचित भएका थिए। दल परिवर्तन गरेसँगै उनीमाथि के हुने भन्ने अहिले…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले आफूहरु अलग पार्टीका रुपमा नरहेको बताउँदै नेकपा एमालेकै बिद्रोही पक्ष रहेको प्रष्ट्याएका छन्। 'राष्ट्रियताका पक्षमा उभिएका दलहरु मध्ये हामी एमालेको विद्रोही पक्षका रुपमा छौं। हामी लडाइ केपी ओली प्रवृत्ति विरुद्धको लडाइ हो। केपी ओलीजीमा शक्ति र पैसाको मात लागेको छ,' नेता नेपालले पत्रकारहरुसँगको अन्तर्क्रियामा भने। उनले केपी ओलीको रुपमा नयाँ चरित्र पाएको…
युरो कपको आज राति हुने दोस्रो खेलमा इटली र अस्ट्रिया आमने सामने हुँदैछन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा राति पौने १ बजे हुने अन्तिम १६ को खेलमा यी दुई टोली आमने सामने हुनेछन्। आजको खेलमा युरो कपको अन्तिम १६ मा पहिलो पटक खेल्दै गरेको अस्ट्रियालाई हराउँदै इटली ८२ वर्ष पुरानो आफ्नो कीर्तिमान तोड्न चाहन्छ। इटलीले यसअघि समूह चरणको खेलमा वेल्सलाई…
बुटवल : गृह तथा अन्य ५ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेल यतिबेला गृह जिल्ला रुपन्देहीमा छन्। कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको उद्घाटनका लागि बुटवल आएका उनले लोकतन्त्रको प्राण निर्वाचन भएको बताउँदै ताजा जनादेशबाटै मुलुकले निकास पाउने दावी गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि दलहरूले सरकार बनाउन नसक्दा बाध्य भएर विघटन गर्नुपरेको उनको तर्क थियो। शनिवार…
पोखरा : गण्डकी प्रदेशमा जेठ २९ गते विना विभागीयमा शपथ खाएका ४ जना मन्त्रीले जिम्मेवारी तोकेका छन्। मन्त्रालय विभाजनमा आएको सकस मिलाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतको टोली काठमाडौं पुगेर फर्किएपछि मन्त्रीहरु जिम्मेवारी सम्हाल्न मानेका हुन्। प्रदेश सरकारका प्रवक्ता कुमार खड्काका अनुसार जनता समाजवादी (जसपा)बाट मन्त्री बनेका हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य…
काठमाडौं : सर्लाहीमा वडा अध्यक्षको हत्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ का सूर्यकुमार श्रेष्ठको हत्या भएको हो। श्रेष्ठलाई एक्स्भेटरको बकेटले हिर्काएर एक्स्काभेटरका अपरेटरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ। 'शुक्रवार राति करिब १० बजेतिर सामान्य विवाद हुँदा अपरेटले हत्या गरेको देखियो,' जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौंरले भने। हत्या गरेको अभियोगमा प्रहरीले एक्सकाभेटरका अपरेटर हर्षबहादुर तामाङलाई नियन्त्रणमा लिएको…
यूईएफए युरो कपमा आजबाट अन्तिम १६ का खेलहरु सुरु हुँदैछन्। नकआउट चरणमा आज दुई खेलहरु हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'ए' को उपविजेता वेल्स र समूह बी को उपविजेता डेनमार्क प्रतिस्पर्धामा उत्रँदै छन्। खेल बेलुकी पौने १० बजे सुरु हुनेछ। समूह चरणमा वेल्सले तीन खेलमा १ जित, १ बराबरी र १ पराजय ब्यहोर्दै दोस्रो स्थानमा रहेर नकाउट चरणमा आइपुगेको…
काठमाडौं : असार ७ गते दक्षिणकाली नगरपालिका वडा ७ स्थित दक्षिणकाली मन्दिर नजिकै मृत अवस्थामा भेटिइन् कालोपुल बस्ने २५ वर्षीय सन्तोषी सुब्बा। सन्तोषीको हत्या भएको खुलिसकेको छ। बलात्कार गर्न खोज्दा प्रतिकार गरेकी उनको हत्या भएको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २९ वर्षीय सुरेश तिमल्सिनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सुरेश र सन्तोषीबीच असार ६ गते दिउँसो खाजा खाने क्रममा दक्षिणकालीको…
सुर्खेतः नेकपा (एमाले) ले कर्णाली प्रदेश सभाका तीन सदस्यलाई एक महिनाका लागि निलम्बन गरेको छ। निलम्बित सदस्यहरु प्रदेश सरकारका मन्त्री समेत हुन्। प्रदेश कमिटीको निर्णय अनुसार अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा एक महिनाका लागि निलम्बनमा परेका हुन्। शुक्रबार बसेको ओली समूहको संसदीय दलको बैठकले दलको निर्णयको पालना नगरेको भन्दै निलम्बन गरेको हो। निलम्बनको जानकारी प्रदेशसभा सचिवालयमा पठाइएको छ।…
काठमाडौँः महाधिवेशनको मिति निश्चित भएसँगै नेपाली कांग्रेसमा गुट भेला तीव्र भएका छन्। आ-आफ्नो समूह रणनीतिक तयारीमा छन्। यस्तै दोस्रो तहका कतिपय नेताहरु छुट्टै भेलामा लागेका छन्। केन्द्रीय समितिले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तय गरिसकेको छ। शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दियालो पार्टी प्यालेसमा आफ्नो समूहको भेला गर्यो। भेलामा पौडेलसहित महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान…
काठमाडौं: संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। अधिवक्ताद्वय शैलेन्द्र अम्बेडकर र मोहना अन्सारीले शुक्रबार सर्वोच्चमा निवेदन पेश गरेका हुन्। निवेदन आइतबार दर्ता हुने अधिवक्ता अम्बेडकरले जानकारी दिए। राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग लगायतमा २० पदाधिकारी नियुक्त गरेकी थियन्। रिटमा गैरसंवैधानिक अध्यादेशबाट गरिएको नियुक्त बदर गर्न माग…
ल्हासा : चीनको दक्षिण पश्चिममा पर्ने तिब्बतमा आज बिहानबाट विद्युतीय रेलवे सेवा सञ्चालनमा आएको छ। तिब्बतको राजधानी ल्हास्सालाई नियाङ्ची जोड्ने यो यस क्षेत्रकै पहिलो बुलेट ट्रेनको औपचारिक सुरुवात हो। ४ सय ३५ किलोमिटर लामो नयाँ ट्र्याकमा १ सय ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा रेल कुद्न सुरु भएको हो। यो रेलवे सिंगल लेन हो। ल्हास्सा र शानन र नियाङ्चीमा गरी नौ…
जनकपुरधामः धनुषामा अंश बण्डाको विषयमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। धनुषाधाम नगरपालिका–१ काशीपुर बस्ने ७० वर्षीय विशो यादवको हत्या गरेको अभियोगमा छोरा श्रीकृष्ण यादव पक्राउ परेका हुन्।बुवा छोराबिच अंश बण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा श्रीकृष्णले आज बिहान करिब १ बजे मसाला कुट्ने खलको बिड प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख…
काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपाल समूह 'एफ' मा परेको छ। र, क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले फिलिपिन्स र हङकङसँग घरेलु मैदानमा खेल्ने भएको छ। भारतमा सन् २०२२ मा हुने प्रतियोगिताका लागि हिजो २८ टिमलाई चार टिम रहेको चार समूह र तीन टिम रहेको चार समूह गरी कुल आठ वटा समूहमा बाँडिएको थियो। एसियन कप छनोटको तालिका आएसँगै नेपाली महिला…
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी १७ गतेबाट सुरु हुने राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी थाल्न निर्देशन दिएका छन्। हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन्। शुक्रवार संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई तिमिल्सिनाले निर्देशन दिएका हुन्। यसअघि शुक्रवार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी…
अस्ट्रेलियाको सिड्नी सेन्ट्रल र बोन्डी बिचसहित अन्य पूर्वीय उपनगरहरूमा लकडाउन हुने भएको छ। कोभिड-१९ संक्रमणका नयाँ केसहरू देखिएपछि दश लाखभन्दा बढी मानिसहरूको दैनिकी ठप्प हुने भएको हो। आधिकारिक तथ्याङ्कका अनुसार त्यहाँ बढी संक्रामक डेल्टा भेरियन्ट पुष्टि भएको हो। शुक्रवारमात्र थप १७ जनामा संक्रमण पुष्टि भयो। त्यससँगै कुल संक्रमित संख्या ६५ पुगेको छ। संक्रमण फैलन नदिन लकडाउन हुने भएको हो। गत…
कोपा अमेरिका अन्तर्गत बिहान दुई खेल सम्पन्न भएका छन्। आज बिहान सम्पन्न पहिलो खेलमा उरुग्वेले बोलिभियामाथि जित निकालेको छ। ब्राजिलको एरेना प्यान्टनल स्टेडियममा सम्पन्न खेलमा उरुग्वेले बोलिभियामाथि २-० सहज जित निकालेको हो। खेलमा ४० औं मिनेटमा बोलिभाका जैरो क्विन्टेरोसको आत्मघाती गोलमा अग्रता बनाएको उरुग्वे पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा उरुग्वेका लागि एडिन्सन काभानीले गोल थपे। उनले खेलको…
कोभिड-१९ महामारीको समयमा सामाजिक सञ्जालमा सूचना वितरण चुलिँदै गएको छ। यस्तोमा कति सूचना सत्य र तथ्यमा आधारित छन्। कति त गलत र भ्रामक। सामाजिक सञ्जाल प्रयोगकर्ताले सञ्जालमा दिने सूचना ऐतिहासिक दस्तावेजका रुपमा पनि परिणत हुन सक्छन्। हरेक सत्य सूचनाले दस्तावेजको रुपमा काम गर्ने देखिन्छ। त्यसैले पनि विर्मिङघम सिटी युनिभर्सिटीका प्राध्यापकहरुको समूहले २०२० को मार्चसम्मका ८ करोड ४० लाख ट्वीटलाई अभिलेखीकरण गरेको छ।…
काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपाल समूह 'एफ' मा परेको छ। भारतमा सन् २०२२ मा हुने प्रतियोगिताका लागि २८ टिमलाई चार टिम रहेको चार समूह र तीन टिम रहेको चार समूह गरी कुल आठ वटा समूहमा बाँडिएको छ। नेपाल समूह 'एफ' को आयोजकको रुपमा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन्। महिलातर्फ नेपालको फिफा वरीयता १०१ रहेको…