पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशका फिल्मकर्मीलाई बलिउडको नक्कल नगर्न आग्रह गरेका छन्। उनले नक्कल गर्नुभन्दा नयाँ कन्टेन्टमाथि काम गर्न आवश्यक भएको सुझाव दिए। इस्लामाबादमा आयोजिक सर्ट फिल्म फेस्टिभलमा बोल्दै उनले पाकिस्तानको फिल्म उद्योगमा मेकरले सोच्ने तरिका नयाँ हुनपर्ने समेत बताए। 'पहिले देखि पाकिस्तानी फिल्म क्षेत्र बलिउडबाट प्रभावित छ। मेरो अनुभव अनुसार यो दुनियामा ओरिजिनालीटी मात्रै बिक्छ। नक्कलको कुनै मूल्य…
काठमाडौं : भोलिबाट काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन चल्ने भएका छन्। त्यस्तै काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा थप गरिएको छ। आज काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठेकले सार्वजनिक सवारी साधन खोल्न दिने निर्णय गरेको हो। तर, स्वास्थ्य मापदण्ड पूरा गरेर २५ सिट क्षमता भन्दा बढी भएका सार्वजनिक सवारी साधनहरु मात्र चल्न पाउने छन्। यसमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ।…
काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भोलिबाट सार्वजनिक सवारी खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्बियाउन विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएपनि सवारी साधान खोल्न विषयमा भने कुनै टुङ्गोमा पुग्न सकेका छैनन्। तर सवारी साधान खोल्दा कसरी खोल्न भन्ने विषयमा भने गहन छलफल भएको छ। 'छलफल भइरहेको छ। खोल्ने वा…
कोपा अमेरिका अन्तर्गत आज बिहान समूह 'बी' का अन्तिम दुई खेल सम्पन्न भएका छन्। आज स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो। नेइमार, थिएगो सिल्भा लगायतका स्टार खेलाडी बिनै मैदान उत्रिएको ब्राजिल इक्वेडरसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको ३७ औं मिनेटमा इडर मिलिटाओको गोलमा अग्रता बनाएको ब्राजिल पहिलो हाफमा एक गोलले अघि रह्यो। यद्यपि दोस्रो हाफमा…
यूईएफए युरो कपमा अहले अन्तिम १६ का खेलहरु चलिरहेका छन्। अन्तिम १६ का चारवटा खेल सकिँदै गर्दा क्वाटरफाइनलका समीकरण पनि बन्दै गएका छन्। अन्तिम १६ को खेलबाट हालसम्म डेनमार्क, इटली, चेक रिपब्लिक र बेल्जियमले क्वाटरफाइनलमा स्थानमा बनाइसकेका छन्। यसको आधारमा क्वाटर फाइनलको दुईवटा खेल खेल्ने टिमको टुंगो लागिसकेको छ। क्वाटरफाइनल अन्तर्गत जुलाई ३ मा हुने खेलमा डेनमार्क र चेक रिपब्लिक…
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधिको प्रवल दाबेदार मानिएको नेदरल्याण्ड्स अन्तिम १६ को खेलमा चेक रिपब्लिकसँग स्तब्ध हुन पुग्यो। हंगेरीस्थित पुस्कास एरेना स्टेडियममा १० खेलाडीमा समेटिएको नेदरल्याण्ड्स चेक रिपब्लिकसँग २-० स्तब्ध भएको हो। खेलको ५५ औँ मिनेटमा म्याथियस डी लिटले रातो कार्ड खाँदै बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा सीमित भयो। पेनाल्टी क्षेत्रबाहिर लडेका उनले बल हातले तानेपछि रेड कार्ड…
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा बेल्जियमले साविक विजेता पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। बेल्जियमको जितमा थोर्गेन हजार्डले निर्णायक गोल गरे। उनले खेलको ४२ औं मिनेटमा गरेको गोल पोर्चुगललाई हराउन पर्याप्त बन्यो। दोस्रो हाफमा पोर्चुगलले बेल्जियममाथि दवाब बढाए…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्बियाउन विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएका छन्। आज उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबिच थप एक साता निषेधाज्ञा गर्ने सहमति भएपनि कुनै निर्णय भने हुन सकेन। 'केही क्षेत्रलाई खुकुलो र केहीलाई थप कडाइ गर्नुपर्ने देखिएको छ। त्यसलाई कसरी वैज्ञानिक बनाउने भन्ने छलफलमा नै समय बित्यो,' जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख…
काठमाडौं : गएको हप्ता फिल्म सम्बन्धि जानकारी दिने रजतपट युनिटले काठमाडौंको एक बाल आश्रममा खाना खुवायो। सोही संस्थाका लागि खाद्यान्नसमेत उपलब्ध गराएको थियो। उक्त कार्यक्रममा सहभागी भए कलाकार आकाश श्रेष्ठ। खाद्यान्न बोकेको गाडी बिग्रिँदा श्रेष्ठले चामलको बोरा बोकेरै आश्रमसम्म पुर्याएका थिए। आकाश यस अभियानमा जोडिँदा अभिनेत्री पुजा शर्माले भने मन दुखाएकी छिन्। उनले आकाशसँगको आफ्नो मित्रता एकतर्फीमात्र भएको अड्कल काटिन्।…
काठमाडौं : काठमाडौंभित्र रहेका विभिन्न सहकारी संस्थाबाट नगद तथा सुन चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोट वेल्कोट नगरपालिका घर भएका २२ वर्षीय दीपक गजुरेलाई पक्राउ गरेको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। गजुरेललाई प्रहरीले शनिवार गौशालामा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले सीसा काट्ने मेसिन, मास्टर चावी, विभिन्न बैकको खातामा…
काठमाडौं : शनिवार दिउँसो न्यूरोडमा एक आठ वर्षीय बालिकाको बलात्कार भएको छ। शनिवार दिउँसो करिव साढे दुई बजे जुद्ध शम्शेरको शालिक नजिकै बालिका बलात्कार भएको भएको महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी वीरबहादुर मल्लले जानकारी दिए। प्रहरीले करणीको अभियोगमा धादिङ धुनिवेशी नगरपालिका सूर्य तामाङलाई नियन्त्रणमा लिएको छ। अभियुक्त तामाङ रिक्सा चालक हुन्। उनी यसअघि पटकपटक अभद्र तथा चोरी अभियोगमा पक्राउ पर्दै आएका व्यक्ति हुन्। पीडित बालिका…
फिल्म 'गंगूबाई काठियावाडी'को छायाँकन सकिएको छ। माफिया डन गंगूबाईको जीवनमाथि बन्न लागेको बायोपिकको छायाँकन सुरु भएको डेढ वर्षपछि पूरा भएको हो। बिचमा कोरोना महामारीका कारण काम स्थगित भएको थियो। लकडाउनकै बेला भारी वर्षाका कारण फिल्म खिच्न बनाइएको सेट भत्किएपछि छायाँकन प्रभावित भएको थियो। फिल्मको एउटा गीत र केही भाग खिचिएको थिएन। भारतमा लकडाउन खुकुलो भएसँगै फिल्मको खिच्न बाँकी भाग मुम्बईको…
कोपा अमेरिका अन्तर्गत भोलि बिहान समूह 'बी' का दुई खेल हुँदैछन्। सोमवार बिहान हुने पहिलो खेलमा ब्राजिल र इक्वेडर आमनेसामने हुनेछन्। बिहान पौने तीनबजे स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा हुने खेलमा समूहको शीर्षस्थानमा रहेको ब्राजिललाई समूहको चौथो स्थानमा रहेको इक्वेडरले चुनौती दिनेछ। आयोजक ब्राजिल समूहका तीन खेलमा लगातार जित निकाल्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ भने इक्वेडरले १ हार र…
काठमाडौं : साहित्यकार तिलबिक्रम नेम्वाङ (बैरागी काइँला) को आइसीयूमा उपचार भइरहेको छ। विहीवार राति मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको हो। 'सुत्न जाँदा बुवा अचानक ढल्नु भयो। दाहिने खुट्टा र हात चलिरहेको थिएन। उहाँलाई राति नै अस्पताल ल्याएका थियौँ, ब्रेन स्ट्रोक भएको रहेछ,' उनकी छोरी नओमती लिम्बुले जानकारी दिइन्। हाल उनको होस आइसकेको छ। साथै मान्छे चिन्नुका…
काठमाडौं : नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। आइतवार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बैठक बोलाउन निर्णय गरेको हो। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले असार १६ गते बैठक बोलाइएको बताए। उनले पार्टीका सांगठनिक कामहरु क्रमिक रुपमा अघि बढाउनका लागि विभिन्न कमिटीका बैठकहरु बस्न लागेको जानकारी दिए। एमालेमा देखिएको जटिलता तथा विपक्षी गठबन्धनले…
काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज निवेदकका तर्फबाट बहस जारी छ। प्रतिनिधिसभा विघटनको विषयमा परेको रिटमाथि दुवै पक्षलाई तोकेको समयमा निवेदकका तर्फ २ घन्टा ३५ मिनेट बाँकी रहेको छ। आज वरिष्ठ अधिवक्ता सविताराज भण्डारीले बहस गर्दै प्रधानमन्त्री छनोट गर्ने अधिकार राष्ट्रपतिमा नभएको तर्क गरिन्। आजबाट नै प्रधानमन्त्री ओलीको तर्फबाट बहस सुरु हुने छ। 'प्रधानमन्त्री छनोट गर्ने राष्ट्रपतिलाई अधिकार छैन।…
काठमाडौंः बालसुधार गृहको छतबाट हाम फालेर चार जना बाल बिज्याइकर्ताहरु भागेका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्वर ३ स्थित बालसुधार गृहको छतबाट भागेका हुन्। शनिवार दिउँसो सवा ३ बजे उनीहरु छत माथिबाट हाम फालेर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङले जानकारी दिए। फरार रहेका चार जनामध्ये एक जनालाई तत्कालै र बाँकी तीन जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। आज…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप गर्न आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। भोलि रातिबाट पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय सकिन लाग्दै गर्दा निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो। निषेधाज्ञा एक साता थप गरेर केही क्षेत्रलाई अझै खुकुलो बनाएर लैजाने तयारी भइरहेको छ। तर कुन कुन क्षेत्रलाई थप सहज बनाउने भन्ने विषयमा कुनै निर्णयमा नपुगेकाले…
यूईएफए युरो कपमा आज राति अन्तिम १६ का दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'सी' को विजेता नेदरल्याण्ड्स र समूह 'डी' तेस्रो स्थानमा रहँदै तेस्रो भएका टिम मध्ये उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा प्रवेश गरेको चेक रिपब्लिक प्रतिस्पर्धा गर्नेछन्। समूह चरणको खेलमा नेदरल्याण्ड्सले युक्रेनमाथि ३-२, अस्ट्रियामाथि २-० र नर्थ म्यासाडोनियामाथि ३-० अन्तरको जित निकाल्दै ९ अंक जोडेर…
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा अस्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा प्रवेश गरेको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा सम्पन्न खेलमा अस्ट्रियामाथि २-१ गोलअन्तरले हराएको हो। प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समयसम्म खेल बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयसम्म पुगेको थियो। जसमा फेडेरिको किएजाले इटलीलाई अग्रता बनाए। उनले खेलको ९५ औं मिनेटमा गोल गरे। त्यस्को दश मिनेट नबित्दै म्याट्टेओ पेसिनाले गोल थप्दा इटलीले २-०…