PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • सरकारविरुद्ध विरोधमा उत्रिएका नेविसंघका तीन जना नेता पक्राउ

    सरकारविरुद्ध विरोधमा उत्रिएका नेविसंघका तीन जना नेता पक्राउ

    काठमाडौंः सरकारको विरोध गर्दै राँके जुलुस निकालेका नेपाल विद्यार्थी संघका तीन नेताहरु पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार साँझ काठमाडौंको पब्लिक युथ क्याम्पसबाट नियन्त्रणमा लिइएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए। 'अधिनायकवादी र स्वेच्छाचारीको विरुद्धमा हामीले आन्दोलन गरेका थियौँ', भट्टराईले भने, 'यही क्रममा साथीहरुलाई पक्राउ गरी सोह्रखुट्टे प्रहरी चौकीमा लगियो।'   प्रहरीले सागरबाबु भट्ट, सागर खत्री र प्रज्वल अधिकारीलाई पक्राउ गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय

    दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय

    दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय घोषणा भएको छ। अदालतको मानहानी गरेको भन्दै त्यहाँ सबैभन्दा ठूलो संवैधानिक अदालतले सजाय दिएको हो। ज्याकब राष्ट्रपति हुँदा उनीविरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो। उनले कारोबारी घराना र राजनेतासँगको सहकार्यमा निर्णय लिने प्रक्रिया प्रभावित गरेको बताइएको थियो। ज्याकबको कार्यकाल २०१८ मै सकियो। त्यस विषयमा उनी एक अनुसन्धान आयोग समक्ष पेश हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • कालो चश्मा ढल्‍काएर धान रोप्दै दीपाश्री निरौला र स्वस्तिमा खड्का!

    कालो चश्मा ढल्‍काएर धान रोप्दै दीपाश्री निरौला र स्वस्तिमा खड्का!

    काठमाडौं : असार १५ किसानहरूका लागि उत्सव हो। रोपाई मध्यतिर पुग्ने यस मौसममा किसान हिलो र धानका बिउसँगै रमाउँछन् खेतमा। आम नेपाली पनि यस दिन दही चिउरा खाएर राष्ट्रिय धान दिवश मनाउँछन्। जसका लागि कार्यक्रमहरू नै आयोजना समेत हुन थालेका छन्। खेतमा हिलो खेलेको, नाचेको र रमाए फोटोहरू सामाजिक सञ्जालमा खुब छाउँछ यसदिन। कलाकार दीपाश्री निरौलाले पनि आजकै केही तस्विर…

    विस्तृतमा पढ्नुस्

  • गायक तथा संगीतकार माणिक रत्नलाई 'अजर अमर सम्मान'

    गायक तथा संगीतकार माणिक रत्नलाई 'अजर अमर सम्मान'

    काठमाडौं : गायक तथा संगीतकार माणिक रत्न स्थापित 'अजर अमर सम्मान २०७८' बाट सम्मानित भएका छन्। संगीतकार संघ नेपालले उनलाई १ लाख १ सय ११ रुपैंयाँ नगदसहित सम्मान गरेको हो। सोमबार संघका संरक्षक शम्भुजित बास्कोटाको नेतृत्वमा उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानको समूहले ललितपुर खुमलटारस्थित निवासमा गई रकम हस्तान्तरण गरेको हो। वि.सं १९९४ सालमा काठमाडौंको मख्खन…

    विस्तृतमा पढ्नुस्

  • पेनाल्टीमा चुकेका फ्रेन्च स्ट्राइकर एम्बाप्पेले मागे माफी, लेजेन्ड पेलेले भने: नयाँ यात्राको भोलि पहिलो दिन हुनेछ

    पेनाल्टीमा चुकेका फ्रेन्च स्ट्राइकर एम्बाप्पेले मागे माफी, लेजेन्ड पेलेले भने: नयाँ यात्राको भोलि पहिलो दिन हुनेछ

    फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले स्वीट्जरल्याण्डविरुद्धको अन्तिम १६ को खेलमा पेनाल्टीमा चुकेकोमा माफी मागेका छन्। उनले इन्स्टाग्राममा पोस्ट गर्दै प्रतियोगिताबाट बाहिरिँदा अत्यन्तै दु:खी रहेको उल्लेख गर्दै माफी समेत मागेका छन्। 'म त्यो पेनाल्टीका लागि माफी चाहन्छु। म टिमलाई सहयोग गर्न चाहन्थेँ। तर, म असफल भएँ,' उनले लेखेका छन्, 'यो पछी निदाउनका लागि अत्यन्त कठिन भएको छ। तर दुर्भाग्यबस खेलका यी आरोह…

    विस्तृतमा पढ्नुस्

  • युरो कपमा आज दुई खेल: इङ्ग्ल्याण्डलाई जर्मनीको चुनौती

    युरो कपमा आज दुई खेल: इङ्ग्ल्याण्डलाई जर्मनीको चुनौती

    यूईएफए युरो कपमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा दुई हेबि वेट मानिएका जर्मनी र इङ्ग्ल्याण्ड आमनेसामने हुनेछन्। समूह चरणमा जर्मनी 'ग्रुप अफ डेथ' मानिएको समूह 'एफ' बाट उपविजेता बन्दै अन्तिम १६ मा आइपुगेको थियो। समूह चरणमा फ्रान्ससँग पराजय ब्यहोरेको जर्मनीले पोर्चुगललाई हराएको थियो भने हंगरीसँग बराबरी खेल्दै ४ अंक जोडेको थियो। अर्कोतर्फ इङ्ग्ल्याण्ड समूह…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्यो कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण, ब्राजिलको प्रतिस्पर्धी चिली

    यस्तो बन्यो कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण, ब्राजिलको प्रतिस्पर्धी चिली

    कोपा अमेरिका अन्तर्गत आज दुई खेल भएसँगै समूह चरणका खेलहरु सकिएका छन्। पाँच/पाँच टिमको दुई समूह रहेको प्रतियोगितामा समूह 'ए' बाट बोलिभिया र समूह 'बी' बाट भेनेजुएला बाहिएरिएको छ। समूह 'ए' को शीर्ष चारमा रहँदै १० अंक जोडेको अर्जेन्टिना, ७ अंक जोडेको उरुग्वे, ६ अंक जोडेको पाराग्वे र पाँच अंक जोडेको चिलीले अन्तिम ८ मा स्थान बनाए। त्यस्तै समूह 'बी'…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनाको फराकिलो जितमा मेस्सीको दोहोरो गोल

    अर्जेन्टिनाको फराकिलो जितमा मेस्सीको दोहोरो गोल

    कोपा अमेरिका अन्तर्गत आज बिहान समूह 'ए' का अन्तिम दुई खेल सम्पन्न भएका छन्। आज एरेना प्यान्टानल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४-१ को फराकिलो जित निकालेको छ। खेलको छैटौं मिनेटमा अर्जेन्टिनाका अलेजान्ड्रो डारियो गोमेजले गोल गर्दै खेलमा अग्रता बनाए। त्यस्तै खेलको ३३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले अग्रता दोब्बर बनाए। मेस्सीले नै ४२ औं…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा, पेनाल्टीमा चुके एम्बाप्पे

    फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा, पेनाल्टीमा चुके एम्बाप्पे

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न अन्तिम १६ को खेलमा विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। रोमानियास्थित नेशनल एरेनामा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। तर अतिरिक्त समयमा दुबै टिमले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। र, पेनाल्टीमा फ्रान्सलाई ५-४ ले हराउँदै स्वीजरल्याण्डले क्वाटरफाइनलको यात्रा तय गर्‍यो।   खेलको १५…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनालाई बोलिभियाको चुनौती

    कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनालाई बोलिभियाको चुनौती

    कोपा अमेरिकामा भोलि बिहान समूह चरणका अन्तिम दुई खेल हुँदैछन्। समूह 'ए' का अन्तिम दुई खेलमा भोलि बिहान पौने ६ बजे पाराग्वे र उरुग्वे भिड्नेछन् तथाअर्जेन्टिना र बोलिभिया भिड्नेछन्। ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुने खेलमा पाराग्वे र उरुग्वे आमने सामने हुनेछन्। ६ अंक जोडेको पाराग्वे शीर्ष स्थानमा उक्लिने लक्ष्यका साथ मैदान उत्रने छ भने ४ अंक जोडेको उरुग्वे…

    विस्तृतमा पढ्नुस्

  • सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

    सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

    काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि डिआइजी सहकुल थापा सिफारिस भएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले डिआइजी थापालाई बढुवा गर्ने सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठकले एक जना एआइजीको दरबन्दी थप गरेपछि थापा बढुवा सिफारिसमा परेका हुन्। हाल नेपाल प्रहरीमा प्राविधिक बाहेक चार एआइजी छन्। आगामी वैशाख महिनामा आइजिपी शैलेश थापा क्षेत्रीले अवकाश पाएपछि आइजीको प्रतिस्पर्धामा थापा पनि रहनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • देउवा प्रधानमन्त्री भए सबैलाई खोप दिने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकमै निर्णय गरेर सबैलाई फ्रि अफ कस्ट खोप लगाउँछौ’

    देउवा प्रधानमन्त्री भए सबैलाई खोप दिने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकमै निर्णय गरेर सबैलाई फ्रि अफ कस्ट खोप लगाउँछौ’

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएमा सबै नेपालीलाई खोप लगाउने बताएका छन्। प्रधानमन्त्री भएको मन्त्रिपरिषद्को पहिलो बैठकमा नै कोभिड-१९ नियन्त्रणका लागि खोपबारे निर्णय हुने उनले बताए। सबैका लागि नि:शुल्क खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता भएको देउवाले बताए। बानेश्वरमा आयोजित ५ दलीय गठबन्धनको नागरिक समाजसँगको अन्तरर्क्रियामा देउवाले यस्तो बताएका हुन्। उनले खोपका विषयमा ठूलो चलखेल भएकाले ओली…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई प्रचण्डको जवाफ : उहाँको आजको भाषण सुन्दा कठै विचरा भन्न मन लाग्छ

    ओलीलाई प्रचण्डको जवाफ : उहाँको आजको भाषण सुन्दा कठै विचरा भन्न मन लाग्छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। ओलीले सोमवार नै मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा आफूमाथि आरोप लगाएको भन्दै प्रचण्डले जवाफ फर्काएका हुन्। ओलीले एमालेका नेता माधव नेपाललाई ‘प्रचण्डको पुच्छर’ र नेपाली कांग्रेस ‘प्रचण्ड पथ’मा लागेको आरोप लगाएका थिए। प्रचण्डले आफू, नेपाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको आलोचना गरेको सुन्दा ओली अब पराजित…

    विस्तृतमा पढ्नुस्

  • संसद् पुनर्स्थापना हुन्छ तर राजनीतिक वातावरण पुनर्स्थापना नभएको भन्दा बढी बिग्रन सक्छ : प्रचण्ड

    संसद् पुनर्स्थापना हुन्छ तर राजनीतिक वातावरण पुनर्स्थापना नभएको भन्दा बढी बिग्रन सक्छ : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना हुने बताएका छन्। ५ दलीय गठबन्धनले बानेश्वरमा गरेको नागरिक समाजसँगको अन्तर्क्रियामा प्रचण्डले संसद् पुनर्स्थापना हुनेगरी वहस भइरहेको बताए। उनले तर्क र तथ्यका आधारमा अदालतले संसद् पुनर्स्थापना गर्ने बताए। ‘संसद् पुनर्स्थापना हुन्छ। सबै तथ्य तर्कका आधारमा आशंका गर्ने ठाउँ त छैन। तर, म विश्वस्त हुन सकेको छैन,’ उनले भने। तर,…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि जुटिन् वर्षा शिवाकोटी

    मेलम्ची बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि जुटिन् वर्षा शिवाकोटी

    काठमाडौं : देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएका छन्। बाढी र पहिरोले घरहरू पुरिनुका साथै खेती योग्य जमिन नष्ट गरेको छ। धेरै मानिसहरू घरविहीन भएका छन्। सयौं विस्थापित पनि। सिन्धुपाल्चोक जिल्ला बाढी र पहिरोबाट बढी प्रभावित भएको छ। जसकारण धेरै बालबालिकाहरूको पढाई प्रभावित बनेको छ। तिनै बालबालिकाको लागि भनेर अभिनेत्री वर्षा शिवाकोटीले सहयोग अभियान सुरु गरेकी छिन्। सिन्धुपाल्चोकका…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट

    शहीद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट

    काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिग असोजको पहिलो हप्ताबाट सुरु हुने भएको छ। एन्फा र ए डिभिजन क्लबहरुबीच आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले ए डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरेको हो। त्यस्तै प्रतियोगिताका लागि खेलाडी दर्ता साउन १५ गतेबाट सुरु गर्ने समेत निर्णय बैठकले गरेको छ। अघिल्लो वर्ष कोभिड महामारीका कारण लिग आयोजना सम्भव भएको थिएन।

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारबाट ओलीको विपक्षी गठबन्धनलाई आक्रमण : देउवा प्रचण्ड पथमा, माधव नेपाल प्रचण्डको पुच्छर, प्रचण्ड छेपारो!

    बालुवाटारबाट ओलीको विपक्षी गठबन्धनलाई आक्रमण : देउवा प्रचण्ड पथमा, माधव नेपाल प्रचण्डको पुच्छर, प्रचण्ड छेपारो!

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनका नेताहरुमाथि आक्रोश ब्यक्त गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालप्रति ओलीले तल्लो स्तरमा उत्रिएर अभिव्यक्ति दिएका हुन्। उनले राष्ट्रिय जनमोर्चाको राजनीति नै सत्ता भएको भन्दै आलोचना गरे। बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको कार्यक्रमा ओलीले विपक्षी गठबन्धनको…

    विस्तृतमा पढ्नुस्

  • खुकुलो भयो काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा : कुनकुन क्षेत्र नखुल्ने?

    खुकुलो भयो काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा : कुनकुन क्षेत्र नखुल्ने?

    काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा  एक साता थप भएको छ। तर, केही खुकुलो बनाइएको छ। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्। त्यस्तै २५ सिट क्षमता भन्दाबढीका सार्वजनिक सवारी साधानलाई चल्न दिइएको छ। त्यस्तै विवाहमा पनि १५ जना सहभागी हुने पाउनेछन्। यसअघि १०…

    विस्तृतमा पढ्नुस्

  • अब पसल सातै दिन खुल्ने, होटेल रेष्टुरेन्टमा भने 'टेक अवे' र 'होम डेलिभरी' सुविधा मात्र

    अब पसल सातै दिन खुल्ने, होटेल रेष्टुरेन्टमा भने 'टेक अवे' र 'होम डेलिभरी' सुविधा मात्र

    काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा खुकुलो भएको छ। थप एक साताको लागि थपिएको निषेधाज्ञामा पनि अब पसलहरु भने दैनिक खुल्ने भएका छन्। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्। 'पसलहरुमा लगाइएको बार प्रणाली हटेको छ। अब जुनसुकै बार पनि खोल्न पाइने छ,' काठमाडौं जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • युरो कपमा आज दुई खेल: स्पेनलाई क्रोएसियाको र फ्रान्सलाई स्वीट्जरल्याण्डको चुनौती

    युरो कपमा आज दुई खेल: स्पेनलाई क्रोएसियाको र फ्रान्सलाई स्वीट्जरल्याण्डको चुनौती

    यूईएफए युरो कपमा आज अन्तिम १६ का दुई खेल हुँदैछ। आज हुने पहिलो खेलमा क्रोएसिया र स्पेन आमने सामने हुनेछन्। डेनमार्कस्थित पार्केन स्टेडियममा बेलुकी पौने १० बजे खेल सुरु हुनेछ। समूह 'डी' को उपबिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको क्रोएसियाले समूह चरणमा १ जित, १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेको थियो। जसमा इङ्ग्ल्याण्डसँग १-० ले पराजित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell